Daily Archives 25th September 2017

चार दिनदेखि स्वास्थ्य संस्था ठप्प

काठमाडौं । चिकित्सकहरुको अनिश्चितकालीन आन्दोलनका कारण चारदिनदेखि सरकारी तथा निजी अस्पताल ठप्प हुँदा बिरामी मारमा परेका छन् । चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भए क्षतिपूर्नि चिकित्सकबाटै भराउने गरी कानुन बनाउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएपछि चिकित्सकले गरेका आन्दोलनका कारण चारदिनदेखि सरकारी तथा निजी अस्पताल ठप्प भएका छन् । आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेर आन्दोलन गर्दा टाढा–टाढाबाट उपचार गर्न काठमाडौं आएका सर्वसाधारणको बिचल्ली हुने अवस्था आएको हो । चार दिनदेखि आकस्मिक सेवाबाहेक सबै ठप्प पार्नु दूर्भाग्यपूर्ण भएको हाडजोर्नी विशेषज्ञ एवं स्वास्थ्य क्षेत्र सुधार अभियन्ता प्रा.डा.गोविन्द केसी बताउँछन् । आफ्नो १२ औं अनशन सुरु गर्नु अघि पत्रकारसँग डा.केसीले विरामीको अंगभंग हुने र
More

पाँच नेपाली भारतमा लुटिए

भीमदत्तनगर । दशैँ पर्व मनाउन घर फर्किरहेका पाँचजना नेपाली आज भारतमा लुटिएका छन् । भारतको बागेश्वरमा मजदुरी गरेर फर्किरहेका दैलेख तिलेपाटा नगरपालिका–५ का लक्ष्य नेपाली, नवराज नेपाली, भरत नेपाली, कमल नेपाली र रमेश सिजापति नगदसहित लुटिएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पाँचै जनालाई भारतको उत्तराखण्डको किच्छा भन्ने स्थानमा लुटिएका हुन् । किच्चा सीमावर्ती भारतीय वनबासा बजारबाट झण्डै ७० किलोमिटरको दूरीमा छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले मजदरी गरेर घर फर्किरहेका नेपालीलाई लुटेरा समूहले मादकपदार्थ सेवन गराएर लुटपाट गरेको प्रारम्भिक जानकारी आएको बताउनुभयो । लुटिएका पाँचै जना सोमबार दिउँसो पश्चिमी नाका गड्डाचौकी पुगेर
More

महाबिर पुन वेलायत आउने

लण्डन । प्रतिस्ठित सामाजिक उद्धमि, विभिन्न अन्तराष्ट्रिय पुरस्कारहरुबाट बिभुसित, डा. माहाबिर पुन बेलायत आउने भएका छन । एशियन नोवेल पुरस्कार भनिने रामोन म्याग्सेसे तथा जोनाथान पोस्टेल र इन्टर्नेट हल अफ फेम जस्ता प्रतिस्ठित पुरस्कारबाट सम्मानित भैसकेका पुन अक्टोबर ५ मा लण्डन आइपुग्ने छन् । हिमालयन ब्याडमिन्टन क्लब, लन्डनको निमन्त्रणामा आउन लागेका पुन झन्डै एक महिना बेलायतमा रहने छन् । भ्रमणको क्रममा राष्ट्रिय आविष्कार केन्द्रको बिषयमा बेलायतको विभिन्न क्षेत्रहरूमा विभिन्न शहरमा अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन् । उनले ८ अक्टोवरमा मा निरमाया रेष्टुरेन्ट अल्डरसट, १४ मा मेड्स्टोन फेमेली चर्च मेड्स्टोन, र १५ मा हेरिटेज सेन्टर नैनीटनमा कार्यक्रम गर्ने छन् । यस्तै
More

फोनिज यूकेको बैठक बस्यो

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत (फोनिज यूके) को तेश्रो कार्यसमितिको प्रथम बैठक बस्यो । महासंघका अध्यक्ष प्रमिला लाबुङ राईको अध्यक्षतामा शनीवार २३ सेप्टेम्बरको दिन अल्डरशटको गोर्खा भिल्ला रेस्टुँरामा नवनिवार्चित कार्यसमितिको बैठक बसेको हो । बैठकमा कार्यसमितिका अधिकाँश सदस्यहरु उपस्थित थिए । बैठकको प्रारम्भमा अध्यक्ष एबं निवर्तमान महासचिब प्रमिला लाबुङ राईले नयाँ महासचिब खुशी लिम्बुलाई महासंघको कार्यबिवरणका कागजातहरु र नयाँ कोषाध्यक्ष गोमा रानालाई महासंघको कोष र आर्थिक बिवरणहरु औपचारिक रुपमा हस्तान्तरण गर्नुभयो । फोनिज यूकेलाई संगठनको रुपमा बिस्तार गर्न बेलायतमा रहेको सबै जातीय संस्थाका अध्यक्षहरुको उपस्थितिमा अर्को बैठक चाँडै बस्ने भएको छ । जसका लागि बेलायतमा रहेका तेह्र वटै जातीय
More

तीन साहित्यकार बेलायतमा सम्मानित

लन्डन- नेपाली साहित्यमा योगदान पुऱ्याउने तीन जना स्रष्टालाई बेलायतमा सम्मान गरिएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बेलायतले एउटा साहित्यिक कार्यक्रमबीच उपन्यासकार अमर न्यौपाने, कवि गोविन्दराज विनोदी एवं गजलकार रवि प्राञ्जललाई सम्मान गरेको हो। कार्यक्रममा तीन जना सर्जकहरूले आआफ्नो रचना बाचन गर्दै डायस्पोरामा समेत सिङ्गो नेपालको अनुभूति गर्न पाएको अनुभव व्यक्त गरे। एनआरएनए युकेका नवनिर्वाचित अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका केन्द्रीय सल्लाहकारहरू विश्वआदर्श पण्डित र डमर घले, पूर्व युके अध्यक्ष मुछेत्र गुरुङ, सलाहकारहरू, केन्द्रीय सदस्यहरू एवं एनआरएनए समुदायको राम्रो उपस्थिति थियो। अतिथिहरूलाई स्वागत गर्दै एनआरएनए आइसिसीका पूर्व युरोप उपसंयोजक सोम सापकोटाले एनआरएनए अभियान भाषासाहित्यसँग पनि उत्तिकै जोडिएको बताए
More

कुल आचार्यको उम्मेदवारी घोषणा आइतवार

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनएको युरोप संयोजक कुल आचार्यले आइतवार औपाचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । आचार्यले आगामी अक्टोवरमा काठमाण्डौंमा हुने संघको विश्वसम्मेलनको लागि उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्न लागेका हुन् । आचार्यले आइतवार अल्डरशटमा आयोजित एक कार्यक्रममा बोल्दै आफ्नो उपाध्यक्षमा रहेर काम गर्ने इच्छा रहेको भन्दै आगामी आइतवार लण्डनमा एक पत्रकार सम्मेलन मार्फत आफ्नो उम्मेदवारी घोषणा गर्ने जनाए । लामो समयदेखि वेलायतमा बसोवास गर्दै आएका आचार्य व्यवसायी र समासेवीको रुपमा परिचित छन् । सरल र मिजासिला स्वभावका आचार्यले अहिलेसम्म समालेका कुनै पनि पदमा विवाद र समस्या नदेखिएकाले यसअघि यूरोप संयोजक निर्विरोध भएका थिए । गैरआवासीय
More

गाडी जाम स्याउ कुँहिने अवस्थामा

कालिकोटको साविक भर्ता गाविसस्थित जितेगाडदेखि एसमोडसम्मको सडक साघुँरो हुँदा यात्रु र सवारी साधनहरु आवातजावतमा समस्या । दुई दिनदेखि गाडी जाम हुँदा जुम्लाबाट नेपालगन्ज, काठमाडौँ लगायत जिल्लाहरुमा लैजाने स्याउ कुहिने अवस्थामा रहेको छ । तस्बिर : शुरबहादुर सिंह
More

संसदीय अभ्यासविपरीत विधेयक पारित हुन थाले : ओली

भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनीरुपमा संसदीय अभ्यासविपरीत अचेल विधेयक पारित हुन थालेको बताएका छन् । संसदद्वारा पारित शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न माग गर्दै सोमबार आफ्नै निवास भक्तपुरको बालकोटमा ज्ञापनपत्र बुझाउन आएका संयुक्त विद्यार्थी संगठनका नेताहरुसँग उनले यस्तो बताएका हुन् । ज्ञापनपत्र बुझ्दै अध्यक्ष ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसदमा टेबुल ठटाएकै आधारमा ऐन पारित गर्ने गलत अभ्यास हुन थालेको बताए । अध्यक्ष ओलीले संसद बैठकमा कोरम पुगोस् कि नपुगोस् यस विषयमा सवाल नै नगरिकन ताली पिटेर ऐन पारित गर्ने अभ्यास सुरु भएको बताए । संसदमा कतिपय कमजोरी भएको भन्दै अध्यक्ष ओलीले
More

प्रत्येक वडामा एक वर्षभित्र इन्टरनेट पु-याउन समितिको निर्देशन

काठमाडौं । व्यवस्थापिका–संसद्, विकास समितिले एक वर्षभित्रमा प्रत्येक वडामा इन्टरनेट सेवा पु-याउन निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा आाज बसेको बैठकले मुलुक संघीय प्रणालीमा गइरहेको अवस्थामा स्थानीय तहको शीघ्र विकासका लागि सूचना प्रविधिको विकास अनिवार्य भएको भन्दै आगामी कात्तिक १५ गतेसम्म नेपालको प्रत्येक गाउँमा सञ्चार सेवा पु-याउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो । दुई वर्षभित्रमा गाउँ गाउँमा तीव्र गतिको इन्टरनेट सेवा पु-याउने सरकारको उद्देश्य रहे पनि काममा ढिलाइ भएको भन्दै समितिले जतिसक्दो चाँडो काम सम्पन्न गर्न निर्देशन दिएको थियो । अब एक वर्षभित्रमा गाउँ गाउँमा इन्टरनेट पु-याउने उद्देश्यले अप्टिकल फाइबर विस्तारलाई तीव्रता दिइएको नेपाल दूर सञ्चार प्राधिकरणले जनाएको छ
More

डाक्टर केसीले सुरु गरे १२औं अनशन, गोपाल खड्कामाथि पनि छानबिन हुनुपर्ने

काठमाडौं । चिकित्सा शिक्षा विधेयक माथेमा आयोगको प्रतिवेदन र आफूहरुको सुझावअनुसार परिमार्जन गरेर मात्र पारित गर्नुपर्ने माग राख्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन सुरु गरेका छन् । यो उनको १२औं अनशन हो । त्रिवि शिक्षण अस्पताल महाराजजगञ्जमा अनशन सुरु गर्नुअघि पत्रकार सम्मेलन गरेर केसीले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक जनतामुखी नरहेको बताए। ‘माफियामुखी चिकित्सा शिक्षा विधेयक आउनुभन्दा नआएकै जाति छ,’ केसीले भने, ‘जनतामुखी विधेयक नआएसम्म आन्दोलन जारी रहन्छ ।’ माथेमा आयोगको प्रतिवेदन र आफूहरुको सुझावअनुसार परिमार्जन गरेर तत्काल विधेयक पारित गर्नुपर्ने उनको माग छ । यसका अलावा केसीले सरकारले तोकेकोभन्दा दशौं लाख बढी शुल्क निर्धारण गर्ने काठमाडौं विश्वविद्यालयको निर्णय
More

अब दलहरुको ध्यान प्रतिनिधि र प्रदेशसभाको निर्वाचनतिर

पोखरा । स्थानीय तहका तीनै चरणका निर्वाचन सम्पन्न भई मतपरिणाम पनि आएपछि अब दलहरुको ध्यान आगामी मंसिर १० र २१ हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनतिर गएको छ । जिल्लाका प्रमुख दलहरु नेपाली काँग्रेस, एमाले, (माओवादी केन्द्र) लगायतका दलले इमान्दार र स्वच्छ छवि भएका उम्मेदवार छनोट गरेर जिल्ला समितिमा पठाउन क्षेत्रीय समितिलाई निर्देशन दिइसकेका छन् । उम्मेदवार बन्न इच्छुक दलका नेता पनि टिकट पाउनका लागि दौडधूप शुरु गरेको देखिन्छ । चियापसल, गाउँ नगरका चोक, चौतारा र भेटघाटमा निर्वाचनकै परिचर्चा शुरु हुन थालेकोे छ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा कुन दलको उम्मेदवारलाई जिताउन त्यस क्षेत्रको विकास हुन्छ
More

स्वास्थ्य सेवा बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह

काठमाडौं । सरकारले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्दै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन आन्दोलनरत चिकित्सक संघलाई आग्रह गरेको छ । आजको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संघले राखेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालगायतका मागबारे आगामी मन्त्रिपरिषद्को बैठकबाट सम्बोधन गर्ने हुँदा स्वास्थ्य संस्था बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । सूचना तथा सञ्चार मन्त्री बस्नेतका अनुसार चिकित्सक संघले आकस्मिकबाहेकका देशभरका स्वास्थ्य संस्था बन्द गरेको सम्बन्धमा आजको मन्त्रिपरिषद्मा गम्भीर छलफल भएको र प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनुभएकाले आगामी मन्त्रिपरिषद्को
More

दैनिक दुई करोडको खसीबोका बिक्री

कपिलवस्तु । चाडपर्व भित्रिएसँगै जिल्लाबाट दैनिक रु दुई करोडभन्दा बढी मूल्यका खसीबोका बिक्री भइरहेको छ । यहाँबाट बिक्रीका लागि खसीबोका काठमाडौं पठाउने गरिएको छ । घटस्थापनादेखि खसीबोकाको मागमा अत्यधिक वृद्धि भएको छ । व्यापारीले दैनिक १० देखि १५ ट्रक खसीबोका काठमाडौँ पठाउने गरेका छन् । जिल्लाको चन्द्रौटास्थित खसीबजारमा दशैंको अवसरमा स्वदेशी तथा विदेशी खसीबोकाको कारोबार अत्यधिक हुने गर्छ । स्थानीय तथा भारतको बहराइच, कल्पी, सुल्तानपुर, कानपुरलगायतका व्यापारीले खसीबोका ल्याई काठमाडौंलगायत देशका अन्य शहरमा पठाउने गरेका छन् । भारतीय व्यापारीले कृष्णनगर नाकाहँदै खसीबोका चन्द्रौटा बजार ल्याउने गरेका छन् । चन्द्रौटाबाट एकदिनमा १२ ट्रकसम्म खसीबोका काठमाडौं पठाउने गरेको भारतीय व्यापारी हलिम कुरैसीले
More

दसैँ मनाउन घर फर्किदै

भारतको विभिन्न क्षेत्रबाट रोजगारी गरेर दसैँ पर्व मनाउन कञ्चनपुरको गड्डाचौकी नाकाबाट सोमबार घर फर्किदै नेपालीहरु । तस्बिरः शेरबहादुर सिंह
More

जर्मन चान्सलर मार्केल चौथो कार्यकालका लागि निर्वाचित

बर्लिन । जर्मन चान्सलर एन्जिला मार्केल जर्मनको चान्सलरका लागि चौथो पटक पनि निर्वाचित हुनुभएको छ । तर उहाँको राजनीतिक कन्जरभेटिभ दल नेतृत्वको गठबन्धन सिडियु सिएसयुले भने इतिहासमा सबैभन्दा ठूलो हार व्यहोर्नुपरेको बताइएको छ । उहाँले चान्सलरका लागि निर्वाचन जितेको भए पनि सरकार गठनका लागि भने अर्काे राजनीतिक दलको सहयोग चाहिने छ । प्राप्त समाचारहरुका अनुसार उहाँको दल नेतृत्वको गठबन्धनले जम्मा ३३ प्रतिशत मत ल्याएको छ । त्यसपछि दोस्रो ठूलो दलकारुपमा मत ल्याउने अर्का दल एसपिडीले भने २० प्रतिशत मत ल्याएको छ । विश्लेषकहरुले उहाँको दलले गएको करिब ७० बर्षको इतिहासमा नै सबैभन्दा थोरै मत यो निर्वाचनमा ल्याएको बताएका छन् ।
More

जनसम्पर्क समिति बेलायतको पद हस्तान्तरण

लन्डन– नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति बेलायतको पद हस्तान्तरण एवं दसैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । भेटघाट रेस्टुरेन्ट अल्डरसटमा २३ सेप्टेम्बरमा भएको कार्यक्रममा पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य एनपी साउदको प्रमुख आतिथ्यता र सांसद बहादुरसिंह थापाको विशेष आतिथ्यता रहेको थियो । युवराज गुरुङको सभापतित्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएपछि पदहस्तान्तरण कार्यक्रम आयोजना गरिएको हो । माहामन्त्री प्रवेश केशिले सन्चालन गरेको कार्यक्रममा नब निर्बाचित कार्यसमितिका पदाधिकारी सहभागी भएका थिए ।
More

‘शेष घलेको भिजन ट्वान्टी ट्वान्टीमा हुनु पर्ने ६ संसोधन’

२८ अगस्ट २०१६ मा न्युजर्सी, अमेरिकास्थित होटल हिल्टन डबल ट्रीमा गैरआवासीय नेपाली संघको क्षेत्रीय सम्मेलन भइरहेको थियो । त्यहाँ युरोप, अमेरिका, एशिया, अफ्रिकासहित सबै महादेशका ४०० भन्दा बढी गैरआवासीय नेपालीहरु सहभागी थिए । एनआरएनए भित्र अहिले हंगामा मच्चाइरहेको अध्यक्ष शेष घलेको ‘भिजन ट्वान्टी ट्वान्टी एन्ड बियोन्ड’ भन्ने प्रस्ताव पहिलो पटक त्यहीँ सार्वजनिक भएको थियो । नागरिकता प्राप्ति र नेपालमा लगानी सुरक्षाको ग्यारेन्टीको माग लगभग पूरा भइसकेको अवस्थापछि एनआरएनएको संस्थागत संरचना परिवर्तन गर्नुपर्ने भन्दै अध्यक्ष घलेले सो प्रस्ताव ल्याएका थिए । अध्यक्ष घलेले उद्घाटन मन्तव्यमै भिजन ट्वान्टी ट्वान्टीका अन्र्तवस्तुलाई पेश गरेपछि त्यसले हलमा एउटा नयाँ तरंग सिर्जना गरिदिएको थियो । कार्यक्रमको
More

एनआरएन यूकेको सल्लाहकारमा तिमल्सेना र राई

लन्डन । एनआरएनए यूकेको निर्वाचन ०१७ मा अध्यक्षका दुई प्रत्यासीहरु कृष्ण तिमल्सेना र हिराधन राई संघको सल्लाहकार नियुक्त भएका छन् । एनआरएनए यूकेको बुझबुझारथ कार्यक्रममा आइतबार एम्पायर हलमा आयोजित एक कार्यक्रममा दुई प्रत्यासीलाई नवनियुक्त अध्यक्ष योगकुमार फगामीले सल्लाहकार नियुक्त गरेको घोषणा गरियो । अध्यक्ष फगामीले दुई उपविजेतालाई तत्काल सल्लाहकार नियुक्त गरेर संघमा उदाहरणीय काम गरेको भन्दै प्रशंसा भएको छ । तिमल्सेना संघमा उपाध्यक्ष र आइसीसी सदस्य भइसकेका छन् भने राई दुई पटक उपाध्यक्ष भइसकेका छन् । यसैबीच, एनआरएनए यूकेको प्रवक्तामा रमेशसिंह सराङकोटी नियुक्त भएका छन् । सोही कार्यक्रममा सराङकोटीलाई प्रवक्ता नियुक्त गर्दै भविष्यमा संघका हरेक गतिविधि मिडिया र अन्य सम्वन्धित
More

दुई महिनामा आठ अर्ब मूल्य बराबरको सवारीसाधन नेपाल भित्रिए

वीरगञ्ज । नेपालीको महान् चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालु आर्थिक वर्षको साउन, भदौ महिनामा छिमेकी मुलुक भारतबाट आठ अर्ब मूल्य बराबरको भारतीय सवारी साधन नेपाल भित्र्याएका छन् । यसबाट वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वमध्ये ३० प्रतिशत राजश्व भारतीय सवारी साधनबाट उठेको सूचना अधिकारी सन्तोष यादवले राससलाई बताउनुभयो । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको साउन, भदौ महिनामा भारतबाट रु दुई करोड सात लाख तीन हजार मूल्य बराबरको ३० वटा बस, रु १२ करोड ७७ लाख ८६ हजार मूल्य बराबरको ६३ थान मिनी बस, रु २१ लाख मूल्य बराबरको एक थान माइक्रो बस, रु तीन अर्ब
More

दशैंका अवसरमा २१ कैदीलाई माफी

रत्ननगर । सरकारले वडादशैंको अवसर पारेर चितवनका २१ कैदीको बाँकी कैद मिनाहा गरेको छ । कैद मिनाहा भएका कैदीलाई आजै आफन्तको जिम्मा लगाएर घर पठाइने जिल्ला कारागार चितवनका जेलर कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार यसरी कैद माफी पाउनेमा सबैभन्दा बढी सवारी ज्यानसम्बन्धी मुद्दाका छ जना परेका छन् । हातहतियार सम्बन्धी मुद्दाका चार जना र कर्तव्य ज्यान मुद्दाका चार जनाको पनि कैद माफी भएको छ । यस्तै चोरी मुद्दाका तीन जना, बहुविवाह मुद्दाका तीन जना र डाँका मुद्दाको एक जनाको पनि कैद माफी गरिएको कारागार प्रमुख काफ्लेले जानकारी दिनुभयो । असल आचरण देखाउनेलाई कारागारको सिफारिसका आधारमा छनोट गरेर यसरी
More