Daily Archives 28th September 2017

दशैँमा चामल पाएन

हुम्ला । हिन्दूको महान् चाड दशैँका बेला नेपाल खाद्य संस्थान सिमीकोटबाट चामल नपाएपछि यहाँका उपभोक्ताले बजारबाट रु चार हजार ५०० मूल्य पर्ने २५ किलोग्राम प्याकेटका चामल किन्न बाध्य भएका छन् । त्यस्तै सिमीकोट हिल्सा नाका र डोजम खोलाबाट प्रति च्याङ्ग्रा रु १० हजारदेखि २२ हजारसम्म किनेर भएपनि दशैँ मनाउन यहाँका स्थानीयवासी बाध्य भएका छन् । गत वर्षभन्दा यस वर्षको दशैं अत्यन्त महँगो भएको कुरा स्थानीयवासीले राससलाई जानकारी गराउनुभयो ।
More

निर्वाचनलाई पर्वका रुपमा मनाउनुपर्छ– प्रमुख आयुक्त डा यादव

प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको व्यवस्थापकीय तयारीमा आयोग जुटिसकेको बताउनुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा प्रमुख आयुक्त यादवले मंसिरमा हुने निर्वाचनको लागि आवश्यक कानून र ऐन प्राप्तभएपछि अन्य व्यवस्थापकीय तयारीको काम भइरहेको जानकारी दिनुभयो । आगामी निर्वाचनमा सवै दलका प्रमुख नेताहरू उम्मेदवार हुने भएकाले आचारसंहिताको पूर्णपालना हुनेमा आयोग विश्वस्त रहेको बताउँदै उहाँले आचार संहिता उल्लंघनमा घटनाका सरोकारवाला पक्षसग छलफल गर्ने बताउनुभयो । आचारसंहिता उल्लंघन गरेको कुरा जनताले हेरिरहेको बताउँदै प्रमुख आयुक्त यादवले सबैलाई एकै ठाउँमा राखेर आचारसंहिता उल्लंघनबारे बृहत्त छलफल गर्ने उल्लेख गर्नुभयो । स्थानीय तहको निर्वाचन
More

वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक एवं गायक मुनालको निधन

वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको आज साँझ ६८ वर्षको उमेरमा भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको छ । सुरिलो आवाजबाट रेडियो नेपालको बाल कार्यक्रम सञ्चालन गरेर एक समयमा लोकप्रिय रेडियो प्रस्तोता बन्नु भएका मुनाल घाँटीको क्यान्सर (पाइरोपÞmोम साइनस)बाट पीडित हुनुहुन्थ्यो । ११ वर्षअघि उहाँको लडेर ब्रेन ह्याम्ब्रेजसमेत भएको थियो । विराटनगरमा २००६ सालमा जन्मनुभएका उहाँले रेडियो नेपालबाटै आफ्नो करियर सुरु गर्नुभई झण्डै चार दशक रेडियो नेपालमै बिताउनुभयो । उहाँले ‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, ‘बाँसुरीको धुनमा मादलुको तालमा’, ‘झमझम इष्टकोट’लगायत दर्जनौ भ.चर्चित गीत गाउनुभएको छ । उहाँ २०६४ सालमा रेडियो नेपालबाट सेवा
More

बागलुङमा तीन पत्रकार पुरस्कृत

जिल्ला कृषि विकास कार्यालय बागलुङले पत्रकार महासंघमार्फत प्रदान गर्ने कृषि पत्रकारिता पुरस्कारबाट आज तीन पत्रकारलाई पुरस्कृत गरेको छ । छापा माध्यमतर्फ नागरिककर्मी संगम घर्तीमगर, विद्युतीयतर्फ रेडियो परिवर्तनका सुमन सुनार र अनलाइन (न्यू मिडिया) तर्फ गलकोट खबर डटकमका बालकृष्ण सुवेदी पुरस्कृत हुनुभएको हो । महासंघ बागलुङ शाखाद्वारा यहाँ आयोजित समारोहमा सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले पुरस्कृत पत्रकारलाई नगद रु पाँच हजारसहित प्रमाणपत्र र दोसल्ला प्रदान गर्नुभएको थियो । कृषिका मुद्दामा कलम चलाउने पत्रकारलाई वर्ष २०७३ को पुरस्कार प्रदान गरिएको हो । वर्षभरिमा कृषिका विषयमा उत्कृष्ट समाचार संकलन, लेखन र प्रकाशन÷प्रशारण गर्ने पत्रकार पुरस्कारको लागि छनोट गर्ने गरिएको महासंघका अध्यक्ष
More

एनआरएनए कोषाध्यक्षमा हिक्मत थापाको पुन: उम्मेदवारी

लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) का कोषाध्यक्ष हिक्मत थापाले आगामी अक्टोवरको दोस्रो साता हुने विश्वसम्मेलनमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन्। थापाले विहीबार एक विज्ञप्ति जारी गर्दै दोस्रो कार्यकालको लागि उम्मेदवारी घोषणा गरेका हुन्। अफ्रिका महादेशमा गैरआवासीय नेपाली संघको विस्तारमा महत्वपुर्ण भुमिका निभएका थापाले नेपालमा बैदेशिक लगानी र बिपतमा आर्थिक सह्योगका लागि महत्वपूर्ण काम गरेर संघ भित्र चर्चाको शिखरमा छन्। थापासंग एनआरएनए नाइजेरियाका संस्थापक अध्यक्ष, दुई कार्यकाल नाइजेरियाको अध्यक्ष र दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक रहेर काम गरेको अनुभव छ । संघको ८ औं विश्व सम्मेलन १४ देखी १७ अक्टोवर सम्म काठमाडौंमा हुदैंछ।
More

बाढीपीडितहरु

दशैँ कसरी मनाउने भन्नेमा चिन्तामा मोरङको मिक्लाजुङ–६ स्थित नुनसरी बक्राहा खोलाबाट घरबारबिहीन भई नजिकैको मिक्लुङ सामुदायिक वनमा बस्दै आएका बाढीपीडितहरु । तस्वीर : सुमन घिमिरे, उर्लावारी, मोरङ, रासस
More

पर्वत समाज यूकेले सुस्त मनस्थिति र दृष्टिबिहीनलाई सहयोग गर्ने

लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेले पर्वत जिल्लाको एक मात्र अपांग मैत्री स्कुल श्री शिवालय उच्च माविमा अध्ययनरत सुस्त मनस्थिति र दृष्टिबिहीन विद्यार्थीलाई आर्थिक सहयोग गर्ने भएको छ । उक्त विद्यालयमा अध्ययनरत सुस्त मनस्थिति भएका र 
दृष्टिबिहीन विद्यार्थीलाई सहयोग गर्न अभियान थालिएको सोसाइटीका अध्यक्ष दधी आचार्यले जानकारी दिए । अभियानमा हालसम्म ५ लाख रुपैयां संकलन भइसकेको जनाउंदै उनले दाताप्रति आभार व्यक्त गरे । सहयोग रकमलाई अक्षयकोषमा राख्न सकिनेबारे पनि छलफल भइरहेको अध्यक्ष आचार्यले बताए । गत आइतबार एम्पायर हल अल्डरसटमा भएको संस्थाको 
बैठकमा यस अभियान सफल बनाउन अपनाउने रणनीतिक योजनाबारे छलफल भएको छ । बैठकले सो सहयोग संकलन कार्य अझै
More

आज महाअष्टमी पर्व

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन् । वडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बली दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन
More

नेकपा (माओवादी केन्द्र) द्वारा उम्मेदवार सिफारिस

आगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र), म्याग्दीले उम्मेदवारको नाम सिफारिस गरेको छ । नेकपा (माओवादी केन्द्र) म्याग्दीको बुधबार बेनीमा केन्द्रीय कार्यालय सदस्य अमिक शेरचनको आतिथ्यमा बसेको बैठकले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम प्रदेश र केन्द्रीय कमिटीमा सिफारिस गरेको हो । मंसिर १० गते पहिलो चरणमा चुनाव हुन लागेको म्याग्दीमा संघमा एक र प्रदेशमा दुई वटा निर्वाचन क्षेत्र रहेको छ । संघको प्रत्यक्षतर्फ जिल्ला संयोजक तथा पूर्व सभासद् गोविन्द पौडेल, खुमनाथ सुवेदी र चन्द्रबहादुर घिमिरेलाई सिफारिस गरिएको सचिवालय सदस्य शेरबहादुर केसीले जानकारी दिनुभयो । यसैगरी, समानुपातिकतर्फ विश्वसेन मल्ल र यामन रोकाको नाम सिफारिस भएको छ ।
More

मासु खाँदा सावधानी अपनाउन चिकित्सकको सुझाव

–नारायण अधिकारी । वडादशैँको आज आठौँ दिन महाअष्टमी देशभरका शक्तिपीठ र घरघरमा बलि दिएर मनाइँदैछ । देवीलाई बलिसँगै बोका, राँगा, कुखुरा लगायतको बढी नै मासु उपभोग गर्ने गरिन्छ । तर यसरी मासु खाँदा सावधानी अपनाउन सकिएन भने मासुले रमाउने भन्दा पनि रोग निम्त्याउन सक्छ । त्यसैले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । जिल्ला पशु सेवा कार्यालय, चितवनका प्रमुख डा डिल्लिराम सेढार्इं रोगी पशुको मासु खाएमा यसले दीर्घकालीन हानि पु¥याउनसक्ने बताउनुहुन्छ । उहाँका अनुसार मासुका लागि निरोगी पशु चौपाया बध गर्नुपर्छ । सामान्यतः नाकबाट सिँगान बगाएको, झोक्राएको, निन्याउरो, खुट्टा टेकेर उभिन नसकेको, टाउको झुकेको, आँखा चम्किलो नभएको, आँखामा कचेरा
More