Monthly Archives October 2017

माओवादी विना विभागीय राज्यमन्त्री कांग्रेसमा प्रवेश

काठमाडौं । माओवादी विना विभागीय राज्यमन्त्री माओवादी नेता शम्भुलाल श्रेष्ठ नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा श्रेष्ठ सहितका माओवादी नेता तथा कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् । सर्लाहीबाट २०७० सालको निर्वाचनमा झलनाथ खनाललाई हराउने श्रेष्ठलाई प्रधानमन्त्री शेर बहादुर देउवाले पार्टीमा स्वागत गरे । उनले सर्लाही क्षेत्र नं १ बाट एमाले नेता खनाललाई झण्डै सात सय मतान्तरले पराजीत गराएका थिए । उनीसँगै जिल्लाका विभिन्न पार्टीका नेताहरु काँग्रेसमा प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेमा उनी बाहेक पनि प्रेमहरि श्रेष्ठ, इन्द्र बहादुर योञ्जन, आदिमाया स्याङ्वा, रामप्रित चौधरी, रामनानु साह, सुनिल मोक्तान, पूर्णबीर थापा, रामप्रसाद महतो, अम्मरबहादुर कार्की,
More

माओवादी केन्द्रद्वारा ढुंगेलको रिहाइ माग

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुराकानी गर्दै भन्नुभयो, “द्वन्द्वकालीन मुद्दा सत्य तथा मेलमिलाप आयोगबाटै समाधान गरिने शान्ति सम्झौताको मर्मविपरीत बालकृष्ण ढुंगेललाई पक्रिनु निन्दनीय छ । उहाँको तत्काल रिहा गरिनुपर्छ ।” ढुंगेलविरुद्ध लगाइएको मुद्दा सत्य तथा मेलमिलाप आयोगले नै हेर्नुपर्ने उहाँको भनाइ छ । निर्वाचनका समयमा आएर ढुंगेललाई पक्रनु निर्वाचन नगर्ने षड्यन्त्र हुनसक्ने आशंका गर्दै नेत्री भुसालले शान्तिपूर्ण निर्वाचन कुनै पनि बहानामा बिथोलिन नहुने बताउनुभयो । नेपाल प्रहरीको सिआइबीले ढुंगेललाई ललितपुर, सातदोबाटोस्थित उनको डेराबाट आज पक्राउ गरेको थियो । ढुंगेल पहिलो
More

नयाँ शक्ति वाम र लोकतान्त्रिक पार्टीको फ्युजन

पोखरा । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले नयाँ समाजवादी पार्टीको सट्टा पुरानै कम्युनिष्ट पार्टीको सोच बोकेका कारण आफ्नो दल वाम गठबन्धनबाट बाहिरिएको बताउनु भएकोछ । प्रेस सोसाइटी कास्कीद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले नेपालमा स्टालिनकालीन कम्युनिष्ट पार्टीको औचित्य नरहेका कारण आफूले नयाँ समाजवादी शक्ति बनाउन प्रस्ताव गरेको बताउनुभयो । गोरखा निर्वाचन क्षेत्र नं २ र नयाँ शक्तिलाई १५ सिट नपाएमा वाम गठबन्धनबाट आफू बाहिरिएको कुरा हल्ला मात्रै भएको बताउँदै पूर्वप्रधानमन्त्री डा भट्टराईले नयाँ शक्ति वाम र लोकतान्त्रिक पार्टीको फ्युजन भएको जिकिर गर्नुभयो ।
More

नेपाली काँग्रेसको घोषणापत्र सार्वजनिक

नेपाली काँग्रेसको केन्द्रीय कार्यालय ललितपुरमा मंगलबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालालगायत नेताहरु । तस्बिर: रोशन सापकोटा
More

तेस्रो गठबन्धनको उदय, २ नम्बर प्रदेशमा मधेशवादी दल एक

काठमाडौं । प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गरेर दुई मधेसवादी दल राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमले नयाँ गठबन्धन गरेका छन् । नेपाली कांगे्रसले नेतृत्व गरेको लोकतान्त्रिक गठबन्धनमा सिट बाँडफाँडमा कुरा नमिलेपछि दुई मधेशवादी दलहरु एक भएका हुन् । उनीहरुले प्रदेश नं. २ का आठवटा जिल्लाका लागि गठबन्धन बनाएका हुन् । फोरमले प्रतिनिधिसभाका लागि १७ र प्रदेशसभामा ३३ सिट लिने सहमति भएको छ भने राजपाले प्रतिनिधिसभामा १५ र प्रदेशसभामा ३१ सिट लिएको छ । २ नम्बर प्रदेशमा प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ सिट छ । फोरम अध्यक्ष उपेन्द्र यादव र राजप अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले
More

कांग्रेसको घोषणापत्रमा एनआरएन र वैदेशिक रोजगार

काठमाडौं । नेपाली कांग्रेसले मंगलबार जारी गरेको घोषणापत्रमा गैरआवासीय नेपाली र वैदेशिक रोजगारलाई विशेष किमिसले सम्बोधन गरेको छ । घोषणापत्रको ३.१.५ मा एनआरएन र वैदेशिक रोजगार शीर्ष बनाएर सम्बोधन गरिएको छ । एक पटकको नेपाली, सधैंको नेपाली र गैरआवासीय नेपालीको नागरिकता र एनआरएनले नेपालमा चल र अचल सम्पत्ति राख्न पाउने व्यवस्थालाई सम्बोधन गरिएको छ । हेर्नुहोस् घोषणापत्र जस्तोको त्यस्तै ३.१.५ गैरआवासीय नेपाली र वैदेशिक रोजगार • “एकपटकको नेपाली सधैको नेपाली” भन्ने भावनाको विकास गर्दै संसारभरि फैलिएका नेपालीहरूलाईआफ्नोमातृभूमिसँग आबद्ध गर्न विभिन्न नीति, कार्यक्रम र कानूनी व्यवस्था ल्याइनेछ । • जन्मसिद्ध र वंशजका नाताले नेपालको नागरिकता प्राप्त गरी विदेशिएका नेपालीहरूलाई उपयुक्त कानूनी
More

आर्जुले भनिन् , आर्थिक समृद्धि मेरो मूल ऐजेण्डा

कार्तिक १४, २०७४-प्रदेश नं सातको महत्वपूर्ण मानिने कैलाली क्षेत्र नं ५ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेकी नेतृ आरजु देउवाले आफ्नो मुख्य चुनावी मुद्दा आर्थिक समृद्धि र विकास भएको बताएकी छिन् । ‘यो क्षेत्रको विकासका लागि म उम्मेदवार बनेकी हुँ’ उनले सञ्चारकर्मीसँग कुरा गर्दै भनिन् ‘प्रदेश नं सातको विकास र समृद्धिका लागि मैले गर्न सक्ने हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न चाहन्छु ’। गौरीफण्टा भन्सारको स्तरोन्नती, व्यवस्थित सहरीकरण, मुक्त कमैया, सुकम्बासी र हलियाको व्यवस्थापन, गेटा विमानस्थलको आधुनिकीकरणलगायत प्रमुख समस्या समाधानका लागि उनले आवश्यक पहल सुरु गर्ने बताइन् । -कान्तिपुरबाट ।
More

जनावरको पुच्छरको गहना लगाए कारबाही हुने

काठमाडौं ः हात्तीको पुच्छरको रौं प्रयोग गरी बनाइएको गहना लगाएको भेटिए तत्काल पक्राउ गरी कारबाही गरिने भएको छ । राष्ट्रिय वन्यजन्तु अपराध नियन्त्रण समन्वय समितिको आइतबार बसेको बैठकले चोरीसिकार नियन्त्रण गर्न यस्तो निर्णय गरेको हो । वनमन्त्री विक्रम पाण्डेको अध्यक्षतामा बसेको बैठकले वन्यजन्तुको चोरीसिकार नियन्त्रण र निराकरण गर्न कडाइ गर्नेसमेत निर्णय गरेको छ । हात्तीको पुच्छरको रौंमा सुन र चाँदी प्रयोग गरी हातमा बाला लगाउने चलन छ । समितिले सक्कली वा नक्कली जुनसुकै बाला लगाएको पाइए तत्काल कारबाही गर्ने निर्णय गरेको हो । बैठकले वन्यजन्तुको अंग प्रयोग गरी गहना नलगाउन सबैलाई सचेत गराउने निर्णय गरेको छ । विभिन्न देशबाट जीवित
More

नेपाल कीर्गिस्तानसँग पराजित

काठमाडौं । एएफसी १९ वर्षमुनि (यु–१९) च्याम्पियनसिप–२०१८ छनोट प्रतियोगिताको पहिलो खेलमा नपाल किर्र्गिस्तानसँग पराजित भएको छ । कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा आज भएको खेलमा नेपाल घरेलु टोलीसँग २–० गोल अन्तरले पराजित भएको हो । नेपालले खेलको पहिलो हाफ र दोस्रो हाफको अतिरिक्त समयमा एक एक गोल खान पुग्यो । किर्गिस्तानका लागि बोरुबाएभ गुल्जिगिटीले खेलको २२औँ मिनेटमा एक गोल गर्दै पहिलो अग्रता लिए भने शुकुरोभ अलीमार्दोभले खेलको दोस्रो हाफको अतिरिक्त समयमा थप एक गोल गर्दै आफ्नो टोलीलाई २–० को सहज जित दिलाए । सो जितसँगै किर्गिस्तानले तीन अंक जोडेको छ । समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेलम यही
More

पूर्वसांसद बालकृष्ण ढुंगेल पक्राउ

काठमाडौं । पूर्वसांसद एवं नेकपा (माओवादी केन्द्र)का नेता बालकृष्ण ढुंगेललाई प्रहरीले आज पक्राउ गरेको छ । ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिनुभयो । द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतले ढुंगेललाई दोषी ठहर गरेको थियो । फैसलापछि ढुंगेल लामो समय फरार थिए । अदालतको फैसला कार्यान्वयनका क्रममा उहाँलाई पक्राउ गरिएको प्रवक्ता न्यौपानेले बताउनुभयो ।
More

त्रिशूली नदीमा तोरन

हरिबोधनी एकादशी पर्वको अवसरमा नुवाकोटको जालपादेवी मन्दिरबाट त्रिशूली नदीमा तोरन तार्दै भक्तजन । । तस्बिर: रामहरि न्यौपाने
More

कुपोषित बालकलाई पोर्चुगलबाट सहयोग

रोल्पा । रोल्पाका कुपोषित एकै परिवारका दुई बालकलाई पोर्चुगलमा रहेका नेपालीको एक संस्थाले पोषणका लागि आर्थिक सहयोग गरेको छ । पोर्चुगल बस्ने नेपालीहरुको संस्था हिमालयन एशोसिएसन कल्चरल नेपालले रोल्पा नगरपालिका वडा नं ४ बस्ने श्यामलाल सुनारका दुई छोराको पोषण सहयोगका लागि सो सहयोग हस्तान्तरण गरेको हो । गत वैशाखमा भएको पोषण सप्ताहकै बेला राष्ट्रिय समाचार समितिबाट संप्रेषण गरिएको कुपोषणबाट पीडित बालकको समाचार विभिन्न अनलाइन तथा पत्रपत्रिकामा प्रकाशन भएको थियो । अनलाइन र अन्य पत्रपत्रिकामा आएको समाचारका आधारमा पोर्चुगलमा रहेका नेपालीले ती बालकलाई सहयोग गर्ने निर्णय गरेको हिमालय एशोसिएसन कल्चरल नेपालका अध्यक्ष रमेशराज बाँस्तोलाले जानकारी दिनुभयो । पोर्चुगलका नागरिक र पोर्चुगलमा
More

स्थानीय तहमा १० प्रतिशत वन अनिवार्य

काठमाडौैं : सरकारले स्थानीय तहको १० प्रतिशत भूभागमा अनिवार्य रूपमा वन क्षेत्र हुनुपर्ने राष्ट्रिय वन नीति २०७४ को व्यवस्था लागू गर्ने भएको छ । वन तथा भू–संरक्षण मन्त्रालयले राष्ट्रिय वन नीति तयार पारेको हो । राज्य संघीय संरचनामा गएसँगै वन जंगलको क्षेत्रफल बढाउन यस्तो नीति ल्याइएको वन विभागका प्रवक्ता ईश्वरी पौडेलले बताए । नीतिले देशको कुल भूभागको कम्तीमा ४५ प्रतिशत वन क्षेत्र हुनुपर्ने व्यवस्था गरेको हो । हाल कुल भूभागको ४४.७ प्रतिशत (६५ हजार ८ सय ४८ वर्गकिलोमिटर) वन छ । ७ सय ५३ स्थानीय तहमध्ये १ सय ३९ वटा तह वनरहित भएको वन अनुसन्धान तथा सर्वेक्षण विभागको प्रतिवेदनले देखाएको
More

१८ पुरुषसँग भिड्ने भइन् सरस्वती

खोटाङ । आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा खोटाङबाट एकजना मात्र महिलाको उम्मेदवारी परेको छ। जिल्लाबाट प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका १८ जना पुरुषको सामु एक्ली महिला सरस्वती बजिमयको उम्मेदवारी परेको हो। विसं २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा समानुपातिकतर्फको सभासद बन्नुभएकी बजिमय नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनेकी हुन्। बजिमयसँगै काँग्रेस, नेकपा (एमाले) – नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल, नेकपा (माले), राप्रपा (प्रजातान्त्रिक), एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), राष्ट्रिय जनता पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनमुक्ति र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १९ जना उम्मेदवार रहेका
More

खुकुरी प्रहार गरी भाइले गरे दाजुको हत्या

गाईघाट । उदयपुरको बेलका नगरपालिका-५ स्थित घुम्नेमा सोमबार साँझ जग्गाको विवाद हुँदा आफ्नै सहोदर भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन्। इलाका प्रहरी कार्यालय रामपुरका अनुसार हत्या हुनेमा घुम्नेका ४५ वर्षीय बिसे सदा रहेका छन् भने हत्या गर्ने भाइ ३५ वर्षीय कृष्ण सदा रहेका छन्। इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलाका अनुसार घर बनाउनका लागि कृष्ण सदाले दाजुसँग जग्गाको कुरा गर्दै आएका थिए भने दाजुले तत्काल भाइको कुरामा सहमति दिएका थिएनन्। सोमबार साँझ ८ बजेतिर दाजुभाइ भेट भएपछि मादक पदार्थ सेवन गरेका दुवै दाजुभाइबीच झगडा शुरु भएको र कृष्णले दाजुलाई घरभित्रबाट खुकुरी निकालेर टाउकोमा प्रहार गरेपछि दाजुको घटनास्थलमा नै मृत्यु
More

‘सुनकेसरी’ पोष्टरमा ऋचाको यस्तो रुप

आधा लभ’मार्फत फिल्म निर्माणमा पनि हात हालेकी नायिका ऋचा शर्मा निर्मित तथा अभिनित फिल्म ‘सुनकेसरी’को नयाँ पोष्टर सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक पोष्टर निकै डरलाग्दो बनाइएको छ । अझ, नायिका ऋचाको रुपले त अझ सबैलाई चकित बनाउँछ । पोष्टरबाटै के प्रष्ट हुन्छ भने ‘सुनकेसरी’ हरर फिल्म हो । यसअघि निर्माण पक्षले एक बालिका फिचरिङ फिल्मको फस्ट लुक पोष्टर सार्वजनिक गरेको थियो । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा ‘सुनकेसरी’ निर्माण गरेकी हुन् । फिल्मका निर्देशक अर्पण थापा हुन् । ऋचा शर्मा, भीम न्यौपाने, रबिन्द्र झा लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ । यो फिल्ममा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो
More

ओली र दाहालबिरुद्द सर्वोच्चमा मुद्दा दायर

कार्तिक १४ काठमाण्डौं । राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा सोमबारै अवहेलना मुद्दा हालेका छन्। ओली र दाहालले कात्तिक ९ गते आयोजित पत्रकार सम्मेलनमा अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको दाबीसहित एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग गर्दै मुद्दा दर्ता भएको हो। उनीहरूले ‘आयोगले पूर्व निर्णयअनुरूप मतपत्र छपाइ प्रक्रिया अघि बढाउने, ‘कुनै हालतमा मतपत्र छपाइको अर्को निर्णय हुन नदिने, ‘विभिन्न निहुँमा अलगअलग मतपत्र छाप्ने प्रक्रिया अघि बढ्न नदिनेु जस्ता अभिव्यक्तिका कारण अदालतको आदेशको मर्यादा र न्यायालयको गरिमा गिराउने कार्य भएको दाबी शुक्लको छ। नेताद्वयलाई सर्वोच्चमा उपस्थित
More

आज हरिबोधिनी एकादशी, देशभर तुलसीको पुजा आराधाना गरी मनाइँदै

१४ कात्तिक, काठमाडौं । आज हरिबोधिनी एकादशी, तुलसीको पूजाअराधना गरी मनाइँदैछ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाहसमेत गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले सो दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । आज काठमाडौँ उपत्यकाका चारनारायण भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण तथा ललितपुरको विशङ्खुनारायणमा विशेष मेला लागेको छ । काठमाडौँको उत्तरमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्न पनि उत्तिकै दर्शनार्थीहरुको भीड लागेको छ । देशभरका नारायण मन्दिरमा समेत आज
More

प्रदेश नं ४ मा लोकतान्त्रिक र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा

काठमाडौं – प्रनिधिनिसभा र प्रदेशसभाको आसन्न निर्वाचनमा प्रदेश नम्बर ४ का ६ जिल्लामा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेश नं. ४ का गोरखा, लमजुङ, बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङमा आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । यी ६ जिल्लाबाट प्रतिनिधिसभामा ८ र प्रदेशसभामा १६ जना निर्वाचित हुनेछन् । यसै वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखले प्राप्त गरेको मतलाई आधार मान्दा मंसिर १० गते निर्वाचन हुने प्रदेश नं. ४ का ६ जिल्लामा लोकतान्त्रिक र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो । यी जिल्लाका अधिकांश स्थानमा दुई गठबन्धनका
More

द्वन्द्वमा ज्यान गुमाएका सैनिक परिवारलाई १० लाख

कार्तिक १४, २०७४-दस वर्ष लामो द्वन्द्वमा ज्यान गुमाएका नेपाली सेनाका परिवारले पनि १० लाख राहत पाउने भएका छन् । सरकारले द्वन्द्वमा परेर ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख दिने निर्णय २०६४ सालमै गरेको भए पनि सेनाका जवान तथा अधिकृतले त्यस्तो रकम पूर्ण रूपमा पाएका थिएनन् । माओवादी पक्षबाट लड्नेका परिवारले पहिले नै सहिद वा अन्य विभिन्न नाममा १० लाख पाइसकेका भए पनि सेनाका परिवारले राज्यकोषबाट ७ लाख ५० हजार मात्र पाएका थिए । संविधान जारी भएर स्थानीय निर्वाचन सम्पन्न गरी संघ र प्रदेशसभाको निर्वाचन प्रक्रियासमेत अघि बढिसकेपछि बल्ल सरकारले सेनाका परिवारलाई समान क्षतिपूर्तिको प्रक्रिया अघि बढाएको हो । यसको नीतिगत निर्णय
More