Daily Archives 5th October 2017

एनआरएन सह—कोषाध्यक्षमा सापकोटाको उमेदवारी

लण्डन । गैर आवासीय नेपाली संघ एनआरएनको आठौं बिश्व सम्मेलनमा सोम सापकोटाले सहकोषाध्यक्षको उमेदवारी घोषणा गरेका छन । सन २००४ देखि पोर्चुगलबाट एनआरएनमा सक्रिय सापकोटा कार्य समिति सदस्य, डेनमार्कको सस्थापक अध्यक्ष, आइसिसी सदस्य, युरोप उपसंयोजक आदीमा कुशलतापूर्वक जिम्मेवारी पुरा गरेका छन । नेपाल लाइब्रेरी फाउण्डेसन र ओपन लर्निग एक्सचेञ्ज प्रोग्राम आदी अभियान उनले संचालन गरिरहेका छन । डेनमार्कका लागी नेपाल सरकारको पर्यटन प्रतिनिधी सापकोटा सामाजिक सेवा क्षेत्रमा निकै सक्रिय र स्पष्ट बक्ताका रुपमा चिनिन्छन । एनआरएनको सहकोषाध्यक्षमा उमेदवारी घोषणापछि सापकोटाले आफुले संचालन गर्ने कार्यहरुको बारेमा समेत प्रतिबद्धता जनाएका छन । संस्थालाई पारदर्शी बनाउने, सदस्यता शुल्क कम गर्ने, सदस्यता बृद्धि गर्ने,
More

सापकोटा युवा उत्प्रेरणा अवार्ड २०१७ द्वारा सम्मानित

विगत लामो समय देखि विदेशमा रहि नेपालको अन्तरिक पर्यटनमा प्रर्वद्धनमा प्रभावकारी भुमिका निभाई रहनु भएका गैर आवासीय नेपाली सोम सापकोटालाई “युवा उत्प्रेरणा २०१७” द्वारा सम्मानित गरिएका छन्। युथा पार्लियामेन्ट नेपाल द्वारा आयोजित युवा सार्क सम्मेलन २०१७ को अवसरमा विषेश कारण वश उपस्थिती हुन नसक्नु भएकाले आज पार्लियामेन्टको कार्यलयमा विषेश कार्यक्रमको आयोजना गरि पार्लियामेन्टका अध्यक्ष दिवाकार अर्यालले उक्त अवार्ड प्रदान गर्नु भएको हो। सापकोटाले आफु सम्मानित हुदाँ धेरै नै खुशी लागेको र युथा पार्लियामेन्ट नेपालले युवा वर्गलाई लक्षित गरि विभिन्न कार्यक्रमको आयोजन गरि युवालाई समाज प्रति उत्तरदायी बनाएको भन्दै पार्लियामेन्टलाई धन्यावाद ब्यक्त गरेका छन्। साथै अगामी दिनमा गैरआवासीय नेपाली संघ पनि
More

लोकतान्त्रिक मोर्चामा आबद्ध हुन काँग्रेसको आह्वान

काठमाडौ । नेपाली काँग्रेसले लोकतान्त्रिक विचार राख्ने सबै दललाई बृहत् लोकतान्त्रिक मोर्चामा एकताबद्ध हुन आह्वान गरेको छ । काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बालुवाटारमा बसेको बैठकले शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याई संविधान कार्यान्वयन गर्नुपर्ने समयमा लोकतान्त्रिक र वाम ध्रुवीकरण ठीक नभए पनि साम्यवादी दलहरु त्यसतर्फ लागेकाले लोकतान्त्रिक विचार राख्ने दलका बीचमा एकताको विकल्प नरहेको निष्कर्ष निकालेको हो । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत नेताको सहभागिता थियो । दलहरु फुट्नुभन्दा जुट्नु राम्रो भए पनि संविधान कार्यान्वयन नहुञ्जेल लोकतान्त्रिक र साम्यवादी विचार राख्ने दलका बीचमा समन्वय हुनुपर्ने विषयमा
More

एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यसहित अगाडि बढेका छौँ : गृहमन्त्री

रुकुम । गृहमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का नेता जनार्दन शर्माले ‘नेपालको विकास र प्रगतिका लागि देशमा धेरै पार्र्टीको आवश्यकता नरहेकाले’ वाम एकताको शुरुआत भएको बताउनुभएको छ । रुकुम (पूर्व) जिल्लाको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले वाम एकताले गर्दा लोकतान्त्रिक एकताको पनि शुरुआत हुनाले देश विकास र प्रगतिको बाटामा अगाडि बढेको उहाँको भनाइ थियो । “एमाले र माओवादी हामी दुवैले सशस्त्र क्रान्ति गरेका हौँ । सशस्त्र विद्रोह भनेर झापा आन्दोलन अहिलेका एमाले नेताहरुले गरेका हुन्, हामीले जनयुद्ध ग¥यौँ”, नेता शर्माले भन्नुभयो, “जनयुद्ध, जनआन्दोलन हुँदै नयाँ संविधान बनाएर यहाँसम्म आइपुग्दा दुवै पार्टीका सैद्धान्तिक र वैचारिक आधार एउटै हुन पुगेको छ ।
More

म्याग्दी कांग्रेसले को-कसलाई उम्मेदवार सिफारिस ग-यो ?

म्याग्दी । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीले उम्मेदवार सिफारिस गरेको छ । पार्टीका तर्फबाट उम्मेदवार बन्नेको नामावली संकलन गरी काँग्रेस जिल्ला कार्यसमितिको बैठकबाट उम्मेदवारको टुङ्गो लगाएर पार्टी केन्द्रीय समितिमा रिफारिस गरिएको हो । काँग्रेस म्याग्दीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारमा पार्टी सभापति खमवीर गर्बुजा र युवा नेता अमृतमान शेरचनको नाम सिफारिस गरेको छ । यसैगरी प्रदेशसभामा निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षमा रेशमबहादुर बानियाँ, नेत्रबहादुर महत र केबी भण्डारीलाई सिफारिस गरिएको हो । त्यस्तै प्रदेशको निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा क्याप्टेन अमलाल फगामीको एक्लो नाम सिफारिस गरिएको काँग्रेस म्याग्दीका सभापति गर्बुजाले जानकारी
More

मुग्लिन सडकमा धुलो

चितवनको नारायणगढ–मुग्लिन सडकमा धुलो । धुलोका कारण सडकमा यात्रा गर्ने यात्रु र चालकले निकै सास्ती भोग्नु परेको छ । तस्बिर : नारायण ढुंगाना
More

तीन साहित्यकारलाई पद्मश्री सम्मान

लामोसमयदेखि साहित्यिक पत्रकारिता गर्दै आएका बरिष्ठ पत्रकार नगरेन्द्र राज शर्मा र रोचक घिमिरेलाई यसवर्षको खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानबाट ‘पद्मश्री साधना सम्मान’ अर्पण गरिएको छ । यस्तै ‘पद्मश्री साहित्य पुरस्कार’बाट युवाकवि नवराज पराजुलीलाई प्रदान गरियो । प्रतिष्ठानले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन दिइने साहित्यिक पुरस्कार विहीवार रसियन कल्चर सेन्टरमा आयोजित एक समारोहकाबीच यस वर्षमा तीनजना सर्जकलाई प्रतिष्ठानका अध्यक्ष तथा लेखक जीवा लामिछानेद्वारा प्रदान गरिएको हो । प्रतिष्ठानले प्रत्येक स्रष्टालाई दुइ दुइ लाख नगद र प्रमाणपत्रले हरेक बर्ष सम्मान गर्दै आएको छ । बि.सं. २०२८ देखि साहित्यिक पत्रकारिता क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएका स्रष्टा नगेन्द्रराज शर्माका ‘महापुरुष’ र ‘दिवास्वप्न’ र ‘पीपलको
More

एनआरएन उपाध्यक्षमै निरन्तरता दिने पन्तको घोषणा

काठमाडौं —गैरआवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष कुमार पन्तले सोही पदमा निरन्तरता दिनेगरी चुनाबी अभियान सुरु गरेका छन् । जर्मनीको फ्रेकफर्ट आधारित होटल व्यवसायी उनले संस्थाभित्र मौलाएको ध्रुवीकरणलाई रोक्न र सबैलाई समेटेर अघि बढ्न आफूले उपाध्यक्ष पदमै निरन्तरता दिन चाहेको बताएका छन् । ‘कुनै एउटा समूहमा रहेर रमाउनुभन्दा सबैलाई समेटेर एनआरएनलाई एक ढिक्का बनाई अघि बढ्नु जिम्मेवार ठहर्ने भएकाले मैले उपाध्यक्ष पदमै निरन्तरताका लागि सोही पदमा उम्मेदवारी दिने निर्णय गरेको छु’, उपाध्यक्ष पन्तले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्। अग्रगामी र गतिशील सोच भएको नेतृत्वले मात्र गैरआवासीय नेपाली संघलाई अघि बढाउन सक्षम हुने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘संस्थाभित्र पछिल्लो समय देखिएका
More