Daily Archives 6th October 2017

कुल आचार्यद्धारा एनआरएन उपाध्यक्षमा उम्मेदवारी घोषणा

काठमाण्डौं । गैरआवासीय नेपाली संघको यूरोप संयोजक कुल आचार्यले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आचार्यले शनिवार विज्ञप्ति जारी गर्दै यही अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौंमा हुन गैरहेको आठौं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आचार्यले आफ्नो घोषणसंगै ७ बँुद्धे प्रतिवद्धता जनाएका छन् । उनले एनसिसिहरुलाई अरु बढी कृयाशील र सुदृढ तुल्याउने, बैदेशिक रोजगार, कल्याणकारी तथा मानवीय सहयोग, क्षमता, सीप र पूँजी नेपालमा लगानी गर्ने वातावरण बनाउने लगायतका प्रतिवद्धता जनाएका छन् । आचार्यद्धारा जारी विज्ञप्तिको पूर्णपाठ सर्वप्रथम यही अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौमा हुन गैरहेको आठौं गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिन
More

कति छ एनआरएन उम्मेदवारको मनोनयन दर्ता शुल्क ?

काठमाण्डौं । गैर आबासीय नेपाली संघको आठौ अन्तराष्ट्रिय महाधिबेशनका लागि उम्मेदवारको मनोनयन दर्ता शुल्क सार्बंजनिक भएको छ। निर्बाचन समितिको मंगलबार सम्पन्न बैठकले यसबारे निर्णय गरेको हो । निर्वाचन समितिका अनुसार अध्यक्षको ४ हजार ५ सय डलर तोकिएको छ । हेरौं शुल्क विवरण
More

यस्तो छ एनआरएनए निर्वाचन तालिका

काठमाण्डौं । गैरआवासीय नेपाली संघको १६ अक्टोवरमा हुने निर्वाचनका लागि निर्वाचन समितिले निर्वाचन तालिका प्रकाशन गरेको छ । तालिका अनुसार उम्मेदवारको मनोनय १५ तारिख तीन बजे पछि राखिएको छ । निर्वाचन १६ तारिख १ बजे देखी ६ बजे तय गरिएको छ । यस्तो छ तालिका
More

भारतका लागि नेपाली राजदूत उपाध्यायद्वारा राजीनामा, अब चुनाव लड्ने

काठमाडौं । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिनुभएको छ । राजदूत उपाध्यायले सामाजिक जीवनमा फर्कनका लागि भन्दै आज पदबाट राजीनामा दिएको बताउनुभयो । राजदूत उपाध्यायले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा बुझाउनुभएको हो । राजदूत उपाध्यायले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उहाँ राजनीतिमा फर्कनुहुने बताइएको छ ।
More

जापानमा पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार

टोकियो । पर्यटन प्रर्वद्धनका लागि जापानमा ‘जाटा फेयर २०१७’ मार्फत प्रचारप्रसार गरिएको छ । प्रचारप्रसारका क्रममा पर्यटकीय क्षेत्रको फोटोसहितका सामग्री एक लाखभन्दा बढी विदेशी नागरिकलाई वितरण गरिएको थियो । अंग्रेजी, जापानी तथा नेपाली भाषाका फोटोसहितका सामग्री देखेर चासो लिँदै जापानी नागरिकले नेपालबारे जिज्ञासा लिएका थिए । जापानस्थित राजदूतावासको सहयोगमा नेपाल पर्यटन बोर्डले उक्त काम गरेको हो । वितरित सामग्रीमा सुन्दर, शान्त देश नेपालको एकपटक अवलोकन गरौँ भन्ने सन्देश दिइएको थियो । जापानका ४७ प्रान्तका पदाधिकारीले नेपालबारे जानकारी लिँदै भविष्यमा नेपाल–जापान पर्यटनमा एक भएर जान सक्ने भनाइसमेत राखेका जापानका लागि पर्यटन प्रतिनिधि अनुज थापाले बताउनुभयो । जापानसहित ३० राष्ट्रका नागरिकलाई सर्वोच्च
More

राजपा नेपालको पार्टी कार्यालयमा तालाबन्दी

इनरुवा । सदरमुकाम इनरुवामा रहेको राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा उसैका कार्यकर्ताले शुक्रबार तालाबन्दी गरेका छन् । पार्टीमा एकपक्षको हैकम चलेको र कायममुकायम अध्यक्ष रघुनाथ मेहता हुँदाहँुदै अर्कालाई कार्यबाहकको जिम्मा दिएपछि असन्तुष्ट बनेका नेता कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेको स्थानीयवासी प्रमोद मेहताले जानकारी दिनुभयो । राजपाको पार्टी कार्यालयमा जिल्ला अध्यक्ष महेन्द्रप्रसाद यादव नेतृत्वको टोलीले तालाबन्दी गरेको हो । जिल्लाको सहमतिबिना केन्द्रले गर्ने निर्णय नमान्ने र विधान विपरीत गरेको काम नसच्याएसम्म तालाबन्दी जारी राख्ने नेता विनोद पालले जानकारी दिनुभयो । वडा कार्यालयको ताला खुल्यो सुनसरीको गढी गाउँपालिकाको ४ नं वडा कार्यालयमा लगाइएको ताला खुलाइएको छ । वडा कार्यालयमा लगाइएको ताला गाउँपालिकाका
More

बृहत् वाम एकताः समृद्धिको आधार

काठमाडौं । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टी नेपाल निकटका युवा संगठनले बृहत् वाम एकताले लामो समयदेखिको नेपाली जनताको भावनालाई सम्बोधन गरेको बताएका छन् । तीन वटै पार्टी निकटका युवा संगठनको यहाँ आज बसेको संयुक्त बैठकले वाम एकतालाई सुदृढ र सक्रियतापूर्वक सफल बनाउन आआफ्नातर्फबाट योगदान गर्ने निर्णय गरेका छन् । नेपालको कम्युनिष्ट आन्दोलनले उठाउँदै आएको गणतन्त्र, संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व तथा आर्थिक– सामाजिक– सांस्कृतिक रुपान्तरणको विषयलाई एकता प्रक्रियाले सार्थक निष्कर्षमा पु¥याउने विश्वास युवा संगठनले गरेका छन् । राजनीतिक अधिकारको प्राप्तिपछि अबको बाटो विकास र समृद्धिको दिशामा गएको जनाउँदै उनीहरुले हालसम्मको परिवर्तनले प्रमाणित गरिसकेको विकास र समृद्धिको नेतृत्वसमेत
More

नवराज सिलवाल विधिवत रुपमा एमालेमा प्रवेश

काठमाडौं । पूर्व डिआईजी नवराज सिलवाल विधिवत रुपमा नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अविर र खाँदा लगाएर पार्टी प्रवेशको स्वागत गरेका थिए । शुक्रबार बुद्धनगरको क्वालिटी बैंक्युटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सिलवालले राजनीतिले आफूलाई अन्याय गरेकाले राजनीतिमा प्रवेश गरेको बताएका थिए । कार्यक्रममा अध्यक्ष ओलीले वाम शक्तिहरुबीच तालमेल र एकताको निर्णय केवल निर्वाचनमा बहुमत जुटाउनका लागि मात्र नभई मुलुक बनाउने अभियानसँग जोडिएको बताउनुभएको छ । सो पार्टीको काठमाडौँ जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले वाम एकताबाट कोही आत्तिनु नपर्ने बताउनुभयो । मुलुकलाई भ्रष्टाचारमुक्त र समृद्धिको बाटो डो-याउन सबैका
More

चितवनमा युवा विश्व सम्मेलन

युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको विश्व सम्मेलन कार्तिक १ र २ गते चितवनमा हुनेबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउँदै समितिका पदाधिकारी । तस्बिर: नारायण ढुंगाना
More

एकपटक फेरि राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुन नेता पौडेलको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनता एकपटक फेरि राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ लाई लक्ष्य गरी आयोजना गरेको घोषणापत्र तयारी सुझाव संकलन कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले काँग्रेस निरंकुश राणा शासन, पञ्चायती व्यवस्था, दक्षिणपन्थी र दरबारिया शक्तिसँग लड्दै आएको नेपालको ऐतिहासिक पार्टी भएको र यसको इतिहासलाई कसैले मेटाउन नसक्ने दाबी गर्नुभयो । कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी हुन नसक्ने बताउँदै नेता पौडेलले कम्युनिस्ट अधिनायकवादविरुद्ध लोकतन्त्रवादी संगठित हुनु आजको आवश्यकता भएको विचार व्यक्त गर्नुभयो । काँग्रेसको घोषणपत्रमा सुशासन, निमुखालाई न्याय र विपन्नलाई आय, कृषि, पर्यटन, ऊर्जा, जलस्रोत, सहकारी,
More

नेकाको सुझाव संकलन कार्यक्रम

नेपाली काँग्रेस केन्द्रिय घोषणापत्र तयारी समितिद्वारा पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा शुक्रबार आयोजित सुझाव संकलन कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरु । तस्बिर : नवीन पौडेल
More

किन मर्छन् भारतीय अस्पतालमा नवजात शिशु ?

नयाँ दिल्ली । भारतीय उत्तरपूर्वी राज्य आसामको एक सरकारी अस्पतालमा जन्मिएका नवजात शिशुमध्ये २४ घन्टाभित्रै आठ जनाको ज्यान गएको समाचार छ । भारतका विभिन्न अस्पतालमा यसरी नवजात शिुशुको ज्यान जाने गरेका समाचारहरु पछिल्ला केही समययता आइरहेका छन् । यसरी शिशुको मृत्यु हुने गरेको भारतीय दुःखद खबरमा आसामको यो पछिल्लो उदाहरण हो । आसामको सरकारी अस्पताल फखारुद्दिन अलि अहमद मेडिकल कलेजमा जन्मिएका ती शिशुको बिहीबार बिहानसम्म २४ घन्टाभित्र ज्यान गएको हो । सोही अस्पतालमै जन्मिएका ती शिशुको ज्यान गएको समाचार उक्त अस्पतालका अधिकारीहरुले पुष्टी गरेका छन् । असामको बारपेटा जिल्लामा रहेको सो अस्पताल दिसपुर जिल्लाबाट करिब १०२ किलोमीटर टाढा पर्दछ ।
More

कैलालीमा काँग्रेसका २४३ जना उम्मेदवारको आकांक्षी

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस कैलालीले आकांक्षीको नाम छनौट गरी केन्द्रीय समितिमा पठाएको छ । नेपाली काँग्रेस कैलालीले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षी देखिएका २४३ जनाको नाम आज केन्द्रीय समितिमा सिफारिस गरेको हो । प्रत्येक निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपतिकतर्फ उम्मेदवार हुन चाहने आकांक्षीमध्ये एक महिलासहित तीन÷तीन जनाको नाम सिफारिस गर्न केन्द्रीय कार्यालयले निर्देशन दिएकोमा आकांक्षी बढी भएपछि सबैको नाम सिफारिस गर्नुपरेको काँग्रेसका जिल्ला सचिव पूर्ण कुँवरले बताउनुभयो । काँग्रेसले प्रधानमन्त्रीका पत्नी डा आरजु राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र नं ५ (धनगढी क्षेत्र)बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको छ
More

लोकतन्त्र, राष्ट्रवादी र प्रगतिशील सबैलाई समेट्ने काँग्रेसको निर्णय

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि चुनावी गठबन्धनमा लोकतन्त्र, परिवर्तन पक्षधर, राष्ट्रवादी र प्रगतिशील सबै दललाई वृहत् लोकतान्त्रिक मोर्चामा एकताबद्ध गर्ने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बालुवाटारमा बसेको बैठकमा समसामयिक राजनीतिक विषय र आगामी निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने सम्बन्धमा छलफल भएको नेता एनपी साउदले जानकारी दिनुभयो । बैठकले असोज २० गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकका कार्यसूचीसमेत तय गर्नुका साथै निर्वाचनमा अन्य दलसँग चुनावी मोर्चा बनाउने सम्बन्धमा निर्णय गरेको नेता साउदले बताउनुभयो । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत
More

ओहोदाको प्रमाणपत्र पेश

डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूत युवनाथ लम्सालले त्यहाँका महारानी मार्गारेट द्वितीयासमक्ष फ्रेडेन्सबर्गस्थित राजदरबारमा आयोजित समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र चढाउनुभएको छ । सो अवसरमा राजदूत लम्सालले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट महारानीको सुस्वास्थ्य र सुखको कामना तथा डेनिस जनताको प्रगति र समृद्धिको कामना गर्नुभएको सन्देश सुनाउनुभएको थियो । महारानी मार्गारेटले राजदूत लम्साललाई स्वागत गर्दै नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सुस्वास्थ्यको कामनाका साथ नेपाली जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभएको कोपेनहेगनस्थित नेपाली दूतावासले जनाएको छ ।
More

हरेन्द्र वानेमले यूरोप उपसंयोजकमा उम्मेदवारी दिने

काठमाण्डौं । गैरआवासीय नेपाली संघ यूरोपको उपसंयोजकमा हरेन्द्र वानेमले उम्मेदवारी दिने भएका छन् । वानेमले संघको १४ अक्टोवर देखी काठमाण्डौंमा हुन लागेको विश्वसम्मेलनमा उम्मेदवारी दिन लागेका हुन् । गैरआवासीय नेपाली संघ जर्मनीको पूर्वअध्यक्ष समेत रहेका वानेमले संघको अभियानमा आफुले बटुलेको अनुभवका आधारमा उम्मेदवारी दिएको वताए । उनले संघको नेतृत्वमा रहेको वेला उल्लेख्य काम गरेर चर्चा कमाएका थिए । उनी संगै संघको उपसंयोजकमा उम्मेदवारी दिनेको संख्या आदी दर्जन पुगेको छ ।
More

एमालेद्वारा प्रत्यक्षतर्फ २३ उम्मेदवारको नाम सिफारिस

नेकपा (एमाले) चितवनले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका उम्मेदवारको टुंगो लगाएको छ । समानुपातिकबाहेकको सदस्यको टुंगो लगाएको नेकपा (एमाले) चितवनका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो । चितवनमा तीनवटा निर्वाचन क्षेत्रअन्तर्गत क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि पूर्व अर्थमन्त्री तथा सांसद सुरेन्द्र पाण्डेलाई र निर्वाचन क्षेत्र नम्बर २ मा सांसद कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको एमाले चितवनले जनाएको छ । यस्तै क्षेत्र नम्बर ३ मा भने घनश्याम भट्टराई, शंकर थपलिया, सूर्य जमरकट्टेल, बिना तिमिल्सिना र रवीकिरण पौडेलको नाम प्रस्ताव भएको जिल्ला अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । प्रदेशसभा सदस्यका लागि भने क्षेत्र नम्बर १ को (क) मा
More

सोह्र वर्षदेखि पुनः स्थापनको पर्खाइमा निकुञ्ज विस्थापित परिवार

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रबाट १६ वर्ष अघि विस्थापनमा परेका दुई हजार ४७३ परिवारको अझै पुनः स्थापन हुन सकेको छैन । समस्या समाधानका लागि २९ वटा आयोग बने पनि समस्या समाधान नभएपछि विस्थापनमा परेका परिवार १५ वटा शिविरमा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । “स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले समस्या समाधानका लागि कार्य योजनामा राखेपनि चासो नदिँदा झनै पीडित बनेका छौँ” शुक्लाफाँटा निकुञ्ज संघर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले भन्नुभयो । स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिले चासो दिई समस्या समाधान गर्नेमा आशावादी भए पनि कार्य अगाडि नबढ्दा चिन्तित हुनुपरेको उहाँले बताउनुभयो । सुक्खायाममा गर्मीको सास्ती, वर्षात्मा झोपडीमा पानी चुहिँदा खाद्य सामग्रीसहित
More

हवाई टिकटमा व्यापक अनियमितता

बाजुरा। कोल्टी विमानस्थलबाट उडान हुने विमान कम्पनीले मनोमानी भाडा असुल गर्ने गरेका छन् । कम्पनीले दशैँ बिदामा घर जाने यात्रुबाट मनोमानी भाडा असुल गर्ने गरेको यात्रुले बताएका छन् । रु तीन हजार ७६० भाडा कायम गरिएको भए पनि कसैले कार्यान्वयन गरेका छैनन् । दशैँको मुखमा आएर दोब्बरले भाडा वृद्धि गरेका छन् । उनीहरुले बाजुराको कोल्टीबाट नेपालगञ्जसम्म रु पाँच हजारदेखि सात हजारसम्म भाडा लिने गरेको पाइएको छ । जागिर र अन्य व्यवसायको सिलसिलामा हुम्ला, मुगु बाजुरामा बस्दै आएका शिक्षक, व्यापारी, कर्मचारीलगायतबाट खुलेआम मोटो रकम असुल गर्ने गरेका भए पनि सम्बन्धित निकाय भने मौन रहेको सर्वसाधारणको गुनासो छ । कोल्टी विमानस्थलबाट नेपालगञ्ज
More

पहिलो विश्व कास्की सम्मेलन पोखरामा हुदै

बिश्वका बिभिन्न देशमा रहेका कास्की जन्मथलो रहेका कस्केलीहरुलाई एकजुट बनाउने उद्धेश्यका साथ कास्की आदर्श सेवा समाज अन्तराष्ट्रिय समन्वय परिषद्को गठन भएको छ । बिश्वभर छरिएका कस्केलीको खोजी अभियान समृद्ध जन्मथलो हाम्रो स्वाभिमान भन्ने नाराका साथ स्थापित संस्थाको तर्दथ समति गठन गरिएको छ । उक्त समितिको सचिवालय सदस्यहरुको आज पोखरामा सम्पन्न बैठकले पहिलो ऐतिहासिक विश्व सम्मेलन आगामि असोज २३ गतेका दिन पोखरामा गर्ने गरि तयारीलाई तिब्रता दिएको छ । एक सय एक सदस्य रहेको तर्दथ समितिमा बिभिन्न २० देशमा रहेका नेपालीहरु रहेका छन् । पोखरा उद्योग बाणिज्य संद्यको सभाहलमा हुने अधिवेशनको पूर्व-सन्ध्यामा सोही दिन बिहान बृहत म्याराथन प्रतियोगिता समेत आयोजना गरिएको
More