Daily Archives 8th October 2017

असोज २९ गतेभित्र बन्दसूची पेश गर्न दलहरुलाई समय

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७४ पारित गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले निर्देशिका पारित गर्दै समानुपातिक निर्वाचन सञ्चालन तथा व्यवस्थापनको अधिकार निर्वाचन अधिकृतलाई प्रत्यायोजन गरेको छ । आयोगले समानुपातिक निर्वाचनमा भाग लिन आह्वान गर्दै सूचना प्रकाशन गर्ने, दलले निवेदन दिने, निवेदन दिने दलको नामावली प्रकाशन गर्ने, निवेदन फिर्ता लिनसक्ने, निर्वाचन चिह्न प्रदान गर्नेजस्ता व्यवस्था निर्देशिकामा छ । आयोगले असोज २९ गते समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्नुपर्ने समय तोकेको छ ।
More

सिट बाँडफाँडमा लोकतान्त्रिक गठबन्धनमा झमेला

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनमा सिट बाँडफाँडमा झमेला उत्पन्न भएको छ । सिट बाँडफाँडको जिम्मा कार्यदललाई दिइएको थियो । चुनावी तालमेलको गृहकार्य गर्न कांग्रेस नेता विमलेन्द्र निधिको नेतृत्वमा कार्यदल बनाइएको थियो । उक्त कार्यदलले सिट बाँडफाँड मिलाउन नसकेपछि सम्पूर्ण जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ । अब प्रधानमन्त्री देउवाले गठबन्धनका नेतृत्वसँग छुटाछुटै बैठक गरेर सिट बाँडफाँडको टुंगो लगाउने छन् । सिट संख्या बाँडफाँटमा समस्या भएको फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले जानकारी दिनुभयो । अब प्रधानमन्त्रीले गठबन्धनमा आवद्ध दलका नेताहरुसँग छुट्टा छुट्टै छलफल गरेर सिट संख्या निर्धारण गरेपछि कार्यदलले जिल्ला र क्षेत्र छुट्टयाउनेछ । कांग्रेस नेतृत्वको गठबन्धनमा राजपा,
More

रेस्टुराँमा भाँडा माझ्ने भट्ट २९० रेस्टुराँका मालिक

अध्ययनका लागि २० वर्षअघि जापान पुग्नुभएका गोरखाका भवन भट्ट अहिले जापानमा सफल व्यवसायीका रुपमा स्थापित हुनुभएको छ । अथक मेहनत र संघर्षको फल मीठो हुन्छ भन्ने प्रतिनिधि पात्रका रुपमा उहाँको पहिचान बनेको छ । जापान गएपछि सुरुआती चरणमा रेस्टुराँमा भाँडा माझ्ने काम गर्नुभएका भट्टको अहिले जापानमा मात्रै २९० होटल तथा रेस्टुराँ सञ्चालनमा छ । उहाँका रेस्टुराँमा अहिले पाँच हजार जापानी र २५० नेपालीले रोजगारी पाएका छन् । सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाइ विश्वविद्यालयमा अध्ययनका लागि उहाँ जापान जानुभएको थियो । जापान गइसकेपछि पढाई खर्च र दैनिक गुजारा चलाउन क्याम्पस समयबाहेक अरु समयमा उहाँ रोजगारमा संलग्न हुन थाल्नुभयो ।
More

राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणीय मत प्रणालीबाट गर्न सुझाव

काठमाडौं । निर्वाचन आयुक्त इला शर्माले संविधानको भावनाअनुसार राष्ट्रियसभालाई समानुपातिक र समावेशी बनाउन एकल संक्रमणीय मत प्रणालीबाट सदस्य चुनिने व्यवस्था हुनुपर्ने बताउनुभएको छ । समानुपातिक निर्वाचन प्रणालीका सम्बन्धमा संविधान, ऐन र नियमावलीले गरेको व्यवस्थाबारे निर्वाचन आयोगले राजनीतिक दललाई जानकारी गराउने उद्देश्यले आज आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले निर्वाचनमा समावेशी प्रतिनिधित्वका लागि उम्मेदवारको बन्दसूची पेस गर्दा आवश्यक ध्यान पु-याउनसमेत सुझाव दिनुभयो । आयुक्त शर्माले भन्नुभयो, “राष्ट्रियसभा पनि समानुपातिक र समावेशी हुनका लागि एकल संक्रमणीय व्यवस्थाअनुसारको राष्ट्रियसभाको कानून संसद्बाट पारित होस् भन्ने हाम्रो आग्रह हो । स्थानीय तहदेखि माथि राष्ट्रियसभासम्म नै संविधान र लोकतन्त्रको मर्मअनुसार समावेशी समानुपातिक प्रतिनिधित्व हुन सकेन भने
More

मुङ्ग्रोले हिर्काएर बालकको हत्या

मलेखु । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं १ ब्रुन्दीमा गएराति एक बालकको हत्या भएको छ । बेनीघाट रोराङ गाउँपालिका–१ ब्रुम्दीका २५ वर्षीय आसमान तामाङले पाँच वर्षीय विवेक तामाङको हत्या गरेको गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वरुण सिंहले जानकारी दिनुभयो । घरमै सुतेका बालकलाई मुङ्ग्रोले हानी घाँटी थिचेर हत्या गरेको ताल्तीका शिक्षक तुलसी थापाले जानकारी दिनुभयो । बालकको हत्यापछि गाउँलेले आरोपी तामाङलाई डोरीले बाँधी नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
More

मोरङ कांग्रेसले को कसलाई उम्मेदवारमा सिफारिस ग-यो ?

विराटनगर । नेपाली काँग्रेस मोरङले प्रतिनिधिसभा, प्रदेश र समानुपातिक गरी २२८ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । छ वटा संसदीय क्षेत्र र १२ वटा प्रदेश रहेको मोरङ जिल्लाका लागि नेपाली काँग्रेस जिल्ला कार्य समितिको शनिबार बसेको बैठकले क्षेत्र नं– १ बाट पार्टी सभापति डिगबहादुर लिम्बू र क्षेत्र नं ५ बाट अमृत अर्यालको नाममा सर्वसम्मत निर्णय गरेको छ । दुवै जना सांसद हुनुहुन्छ । जिल्लाका छवटै क्षेत्रबाट संसदीय क्षेत्र, समानुपातिक, प्रदेशको प्रत्यक्ष र समानुपातिकका लागि आएका नामलाई बैठकले अनुमोदन गरी केन्द्रमा सिफारिस गरिएको जिल्ला सचिव मोदराज घिमिरेले जानकारी गराउनुभएको छ । सोहीअनुरुप, क्षेत्र नं १ बाट प्रत्यक्षका लागि एकमात्र
More

हत्यारालाई कारबाहीको माग

झापाको अर्जुनधारा नगरपालिका ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय अनारमनीबाट निकालिएको विरोध जुलुसका सहभागी । गत असोज १४ गते हराएका शिवाकोटी १५ गते विहान बिर्तामोड नगरपालिका १ स्थित वैंशावाडीको खाडीमा शंकास्पद अवस्थामा मृत भेटिएका थिए । तस्बिर : सुरेन्द्र भण्डारी
More

को को बने यूकेबाट एनआरएन केन्द्रिय प्रतिनिधी?

लण्डन । गैरआवासीय नेपाली संघको आगामी हप्ता काठमाण्डौंमा हुने विश्व सम्मेलनको लागि यूकेबाट १ सय ४३ जना प्रतिनिधी चयन भएका छन् । एनआरएन यूकेका महामन्त्री राजकुमार त्रिपाठीका अनुसार संघले अन्तिम लिस्ट आइतवार केन्द्रमा बुझाएको हो । त्रिपाठीका अनुसार १८ जनाको नाम वेटिङ लिस्मा राखिएको छ । त्रिपाठीले संघको नियमावली अनुरुप प्रतिनिधीहरुको चयन भएको वताए । संघको अधिवेशन १४ अक्टोवर देखी काठमाण्डौंमा हुदैंछ । ७५ देशमा केन्द्रिय प्रतिनिधी सहमागी हुने सो सम्मेलनको लागि २ हजार भन्दा बढीले नाम दर्ता गरेका छन् । को को बने यूकेबाट एनआरएन केन्द्रिय प्रतिनिधी?
More

वैदेशिक रोजगारी छोडेर स्वदशमै बाख्रापालन

पाँचथर, पाँचथर फिदिम–१ का केशव नेम्वाङले वैदेशिक रोजगारी छोडर अहिले स्वदेशमा नै व्यावसायिक बाख्रापालन शुरु गर्नुभएको छ । फिदिम नगरपालिका–१ मा फेदेन बाख्रापालन फार्म नै दर्ता गराएर उनले यो व्यवसाय शुरु गर्नुभएको हो । यसबाट उनले मासिक रु ४० हजार आम्दानी गर्न सफल भएको छ । वैदेशिक रोजागारीका लागि उहाँ ०६६ सालमा बेल्जियम जानुभयो । त्यहाँ उहाँले झन्डै मासिक रु एक लाख ५० हजार कमाइ गर्नुहुन्थ्यो तर त्यहाँ कमाएको पैसाभन्दा थोरै भएपनि स्वदेशमा नै कमाउनुपर्छ भन्ने सोचाई लिएर चार वर्षपछि उहाँ घर फर्कनुभयो । घर फर्किएपछि उहाँले वैदेशिक रोजगारीबाट कमाएको रकम बाख्रापालन व्यवसायमा लगानी गर्नुभयो । अहिले उनको फार्ममा बयर
More

रंगशाला निर्माण गर्न एनआरएन सदस्यबाट आठ लाख सहयोग

रत्ननगर (चितवन), पश्चिम चितवनमा चित्रवन रंगशाला निर्माणका लागि सहयोग संकलन तीव्र पारिएको छ । रंगशाला निर्माण समितिका अध्यक्ष सुरेन्द्र गुरुङले देश र विदेशमा बस्ने नेपालीहरुबाट सहयोग संकलन तीव्र पारिएको जानकारी दिनुभयो । उहाँका अनुसार चितवन युवा समूह, अन्तर्राष्ट्रिय समन्वय समिति नेपालमार्फत प्रवासमा रहेका गैरआवासीय नेपालीहरुबाट संकलित रु चार लाख ७२ हजार समितिलाई प्राप्त भएको छ । यस्तै, अन्य गैरआवासीय नेपालीहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएको समितिका सचिव टुकमान गुरुङले जानकारी दिनुभयो । चित्रवन रंगशाला निर्माण आर्थिक सहयोग संकलन समितिका अन्तर्राष्ट्रिय संयोजक सोम सापकोटाले पहिलो चरणमा संकलन भएको रु चार लाख ७२ हजार हस्तान्तरण गरेको र अभियान अझै जारी राख्ने बताउनुभयो ।
More