Daily Archives 10th October 2017

कांग्रेसद्धारा छुट्टै एनआरएन भेला आयोजना

काठमाण्डौं । गैरआवासीय नेपाली संघको विश्व सम्मेलनमा आएका प्रतिनिधीहरुको सम्मानमा नेपाली कांग्रेसले एक भेलाको आयोजना गर्ने भएको छ । नेपाली कांग्रेस पार्टी कार्यालयका अनुसार प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवाको आयोजनामा यही विहीवार सो कार्यक्रमको आयोजना गरिएको हो । प्रधानमन्त्री शेर बहादुर देउवाले सम्बोधन गर्ने सो भेला बसुन्धरा स्थित दियालो फुडल्याण्डमा हुन लागेको हो ।
More

राप्रपा एकताको गृहकार्य शुरु

–कृष्णराज गौतम काठमाडौँ, विभिन्न अवसरका लागि जुट्ने तथा सामान्य विषयमा झिनो मत बाझिँदा प्रतिष्ठाका कारण देखाउँदै फुट्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका विभिन्न समूह पछिल्लो पटक मुलुकमा देखिएको राजनीतिक धु्रवीकरणका कारण पुनःएकताबद्ध हुनका लागि गृहकार्यमा छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुई ठूला वामपन्थी दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितको तालमेल र निर्वाचनपछि एकता गर्ने घोषणाले भविष्यमा पार्टीको सबलताका लागि एकीकरण गर्न अनौपचारिक रुपमा पार्टीका नेताले छलफल शुरु गरेका छन् । अहिले डा प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको एकीकृत राप्रपा (राष्ट्रवादी), पशुपतिशम्शेर जबराको राप्रपा(प्रजातान्त्रिक) र कमल थापाको राप्रपा अस्तित्वमा छन् । ती पार्टीका शीर्ष नेतृत्वले मुलुकको राष्ट्रियता र सामाजिक
More

निर्वाचनको मुखमा अप्रिय निर्णय नलिन आयोगको आग्रह

धुलिखेल (काभ्रे): प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिरमा हुने निर्वाचनलाई अप्रिय हुने कुनै निर्णय नगर्न सरकारसँग आग्रह गर्नुभएको छ । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि सञ्चालित निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी दुईदिवसीय तालीमको आज यहाँ उद्घाटन गर्दै उहाँले आयोग निर्वाचनको व्यवस्थापन तथा तयारी जोडतोडका साथ अघि बढिसकेको हँुदा निर्वाचनलाई अप्रिय हुने खाले निर्णय नलिन आग्रह गर्नुभएको हो । डा यादवले भन्नुभयो, “निर्वाचनको मिति जति नजिकिँदै आइरहेको छ, राजनीतिले हामीलाई त्यति नै अप्ठेरो महसुस गराइरहेको छ, के–कसो हुन्छ भन्ने अवस्था रहेको छ, निर्वाचनको मुखमा आएर अप्रिय किसिमको
More