Daily Archives 12th October 2017

तीन दलको बैठक

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार प्रमुख तीन दलको बैठक बस्दै । तस्बिरः रोशन सापकोटा
More

एनआरएनको सीप र क्षमतालाई पर्यटन क्षेत्रमा लगाउनुपर्ने

काठमाडौं । सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले गैरआवासीय नेपाली (एनआरएन) सँग भएको सीप र क्षमतालाई नेपालको पर्यटन क्षेत्रमा लगाउनुपर्ने बताउनुभएको छ । ‘हाम्रोकलम डट कम’ अनलाइन पत्रिकाको पहिलो वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरक्रियाम राज्यमन्त्री विष्टले विश्वको जुनसुकै कुनामा रहे पनि हरेक नेपालीले नेपालका बारेमा चासो र चिन्ता लिनुपर्नेमा जोड दिनुभयो । नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालले कार्यथलो जुनसुकै स्थानमा भए पनि एनआरएनले नेपाल र नेपालीलाई सधैँ माया गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बेष्ट एनआरएन अवार्ड बेल्जियममा लामो समयदेखि बस्ने रजनी प्रधान तथा मिडिया अवार्ड विदेशमा बसेर लेख रचनामार्फत सहयोग गरेबापत बेलायतमा बस्ने कुल आचार्यलाई प्रदान गरियो । त्यस्तै सामाजिक सेवा सम्मान
More

एनआरएन अध्यक्ष पदका लागि भट्ट र घले भिड्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को आठौँ विश्व सम्मेलन एवं महाधिवेशन नजिकिँदै गर्दा यसको नेतृत्व लिन दुईजनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका लागि संघका उपाध्यक्ष भवन भट्ट र सदस्य जमुना गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको छ । गुरुङले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी शनिबारदेखि शुरु हुन लागेको संघको महाधिवेशनमा वर्तमान अध्यक्ष शेष घलेकी पत्नीसमेत रहनुभएकी गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको हो । उम्मेदवारी घोषणा कार्यक्रममा गुरुङले ‘नेपालीका लागि नेपाली’ भन्ने पवित्र उद्देश्यका साथ शुरु भएको संघमा आफूले गैरआवासीय नेपालीको माग र अपेक्षालाई पूरा गर्ने र महिला सशक्तीकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
More

एनआरएन संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो लगानीको मेडिसिटी अस्पतालद्धारा सेवा शुरु

काठमाडौं – अन्तर्राष्ट्रिय मापदण्डको सेवासहित ७५० बेडको मेडिसिटी अस्पताल सञ्चालनमा आएको छ। डा।उपेन्द्र महतोले लगानी गरेको सो अस्पताल गैरआवासीय नेपाली दिवस अवसर पारेर बुधबार उद्घाटन गरिएको हो। गैरआवासीय नेपाली संघ अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्व अध्यक्ष जिवा लामिछाने एवं उपाध्यक्षहरु कुमार पन्त र भवन भट्टले संयुक्त रुपमा पानसमा बत्ती बालेर अस्पतालको उद्घाटन गरेका हुन्। नक्खु, ललितपुरमा स्थापना गरिएको सो अस्पताल निजी क्षेत्रको सबैभन्दा सुविधाससम्पन्न भएको दाबी गरिएको छ। नेपालीलाई उपचारका लागि विदेश जानु नपर्नेगरी आफूले अस्पताल स्थापना गरेको डा।महतोले बताए। ‘यो अस्पताल विश्वभरिका बिरामीको उपचारका लागि उत्कृष्ट गन्तव्य हुनेछ’, उनले भने, ‘मेडिकल टुरिजमको अवधारणाअनुसार यसलाई उपचारको उत्कृष्ट
More