Daily Archives 13th October 2017

एनआरएन केन्द्रको सचिव पदमा युकेबाट तिगेलाको उम्मेदवारी

गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य विश्वास दीप तिगेलाले आगामी नेतृत्वको लागि केन्द्रीय (आईसिसि) सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । यहि १४ देखि १७ अक्टोबर २०१७ का दिन काठमाडौंको हयाट होटलमा ८ औं विश्व सम्मेलन हुदैछ । उक्त सम्मेलनले आगामी २ बर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ । तिगेलाले संस्थाहरु संचालनका आफ्नो अनुभवलाई एनआरएनमा सदुपयोग गरि सबैको जित र सम्मान हुनेगरि सहमतिय पद्धतिलाई बढावा दिनेछु । विवाद र मतभेदले अगाडी बढन समस्या हुने भएकोले सिंगो आईसिसि समन्वय परिषदमा विवादरहित वातावरण निर्माण गर्न समन्वयकारी भूमिका निर्वाह गर्नेछु भनी आफ्नो उम्मेदवारीको पुष्टि गरेका छन् । तिगेला एनआरएन ब्रुनाईको संस्थापक
More

लिवरपुलमा भव्य दशैं कार्यक्रम सम्पन्न

लिवरपुल नेपाली समाजले अक्टोबर ८ तारिखका दिन भव्य दशैं कार्यक्रम सम्पन्न गरेको छ । लिवरपूल र वरपर वसोवास गर्ने अधिकांश नेपालीहरु सो कार्यक्रममा उपस्थित थिए भने बेलायती नागरिक हरुको संख्या पनि उल्लेख्य थियो । कार्यक्रममा स्थानीय कलाकार हरुले गीत, नृत्य तथा मुक्तक वाचन गरेका थिए भने गायक उज्वल भण्डारीको लोकभाकाका गीत हरुले उपस्थित सबैलाई नचाएको थियो । समाजका अध्यक्ष डा शम्भु आचार्यले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो भने उपाध्यक्ष नवराज अधिकारीले कार्यक्रम संयोजक लगायत नेपाली समाजका पदाधिकारी हरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । सोही कार्यक्रममा समाजले शैक्षिक, व्यावसायिक वा विभिन्न विधामा सफलता हासिल गरेका व्यक्तित्व हरुलाई प्रमाण पत्र
More

सामाजिक सञ्जालमा घले दम्पतिको आलोचना

काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनबारे यतिबेला सामाजिक सञ्जालमा चर्चा छ। अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा वर्तमान अध्यक्ष शेष घले पत्नी जमुना गुरुङ र वर्तमान उपाध्यक्ष भवन भट्ट अध्यक्षमा भिड्ने भएपछि यस पटकको निर्वाचन अझ रोचक बन्ने देखिन्छ। एनआरएन निर्वाचनबारे समाजशास्त्री सुरेश ढकालले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनबारे जोडेर टिप्पणी गरेका छन्। उनले ट्विट गर्दै भएके छन्, ‘ ए नारन को चुनाबले आसन्न प्रदेस सभा र प्रतिनिधि सभाको चुनाबलाई प्रभावित गर्छ भनेर नि.आ.ले ए नारनहरुको चुनाव रोक्न निर्देशन त जारी गरेको छैन।’ बसन्त रानाभाटले ट्विट गर्दै शेष घले पत्नी जमुना गुरुङ र भवन
More

उपाध्यक्षका तीन पदमा अाठ अाकांक्षी, युरोपको मत निर्णायक

चिरन शर्मा । काठमाडौं – शनिवारदेखि सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन तथा महाधिवेशनमा भाग लिन अधिकांश प्रतिनिधि काठमाडौं आइसकेका छन्। एनआरएनको नयाँ नेतृत्व चयनका लागि सोमवार मतदान हुँदैछ। विभिन्न देशबाट आएका प्रतिनिधिले आ–आफ्नो चुनावी रणनीति तय गर्न काठमाडौंका विभिन्न होटलमा अड्डा जमाएका छन्। भावी नेतृत्व लिन सक्ने भएकाले महत्वपूर्ण मानिने उपाध्यक्षको २ (खुल्ला) पदमा अहिलेसम्म ६ जना आकांक्षी देखिएका छन्। एक महिला उपाध्यक्ष पदका लागि २ जनाले दावी छ। गैरआवासीय नेपाली संघको अध्यक्ष पदको लागि तयारी गरेका उपाध्यक्ष कुमार पन्तले अन्तिम समयमा अाएर सहमतिका लागि उपाध्यक्षमै निरन्तरता दिने निष्कर्षमा पुगेका थिए भावी अध्यक्षको रुपमा हेरिएका उनले
More

अन्तर्राष्ट्रिय काभ्रे सेवा समाज गठन

काठमाडौ । काभ्रे जिल्लाबाट अध्ययन, रोजगारीलगायत पेशा व्यवसायका लागि विभिन्न देशमा पुगेका नेपालीको आज यहाँ अन्तर्राष्ट्रिय काभ्रे सेवा समाज गठन गरेका छन् । गैरआवासीय नेपाली संघ(एनआरएन) जापानका कपिलदेव थापा संयोजक र एनआरएन स्पेनका दीपक खरेल सहसंयोजक रहेको १९ सदस्यीय समाज गठन गरिएको हो । समाजका सदस्यमा दिनेश उप्रेती, नन्द ढुंगाना, इन्दिरा त्रिपाठी, दिल लामा, अशोक उप्रेती, कष्णचन्द्र सेढाइ, शम्भु गौतम, कमल वाइवालगायत रहेका छन् । उद्योग राज्यमन्त्री रेशम लामाको उपस्थितिमा आज यहाँ समाजको स्थापना गरिएको हो । सो अवसरमा राज्यमन्त्री लामाले विश्वभर रहेका काभ्रेली गृह जिल्लाको विकासका लागि संगठित हुनु खुशीको कुरा भएको बताउनुभयो ।
More

संगीताले ल्याइन् ‘कमिलाको ताँती…’ (भिडियोसहित)

काठमाडौं । गायिाका संगीता रायमाझीले संगीतप्रेमी श्रोता तथा दर्शकका लागि ‘कमिलाको ताँती’ ल्याएकी छन् । केही दिनअघि एमएमएस इन्टरटेनमेन्टको यु–ट्युब च्यानलमार्फत रिलिज गरिएको यी सुन्दरी गायिकाको ‘कमिलाको ताँती’ बोलको गीत तथा भिडियोले हिजोआज राम्रै चर्चा पाइरहेको छ । यस गीतमा संगीतासँगै प्रताप दासले फिचरिङ गरेका छन् । लेखु सहयात्रीको शब्दरचना र भीम बिसीको संगीत रहेको ‘कमिलाको ताँती’ गीतमा संगीताको गायकी दम्दार छ, जसले संगीताको सांगीतिक करिअरमा इँटा थप्ने काम गरेको छ । दुई वर्षयता गीत संगीतमा उज्वल करिअर खोज्दै आफ्नो मिठो आवाजमा गीत पस्कँदै आएकी संगीताले भनिन्, ‘यो मेरो पछिल्लो भिडियो हो । जसलाई श्रोता तथा दर्शकले रुचाएका छन् ।
More

निर्वाचन आयुक्तसँग नेताको छलफल

निर्वाचन आयोगका आयुक्तहरुसँग शुक्रबार निर्वाचन आयोगमा छलफल गर्दै प्रमुख दलका शीर्ष नेताहरु । तस्बिर : रत्न श्रेष्ठ
More

नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन एनआरएनको महत्वपूर्ण भूमिका

काठमाडौं । नेपाली भाषा, साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउन गैरआवासीय नेपाली संघ (एनआरएन)को महत्वपूर्ण भूमिका रहेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र गैरआवासीय नेपाली संघ (एनआरएन)को सहकार्यमा आज यहाँ आयोजित ‘नेपाली डायस्पोरिक कविताको वर्तमान अवस्था विषयक काव्य विमर्श तथा विशेष गोष्ठी’मा सहभागी वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । साहित्यकार एवं प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु-याउन एनआरएनले प्रतिष्ठानसँग सहकार्य गर्नु राम्रो कामको थालनी भएको बताउनुभयो । “नेपाल बाहिर रहेका नेपाली सर्जकको पुस्तक छापेर प्रतिष्ठानले पनि डायस्पोरिक साहित्यको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ”, उहाँले भन्नुभयो । एनआरएनका पूर्व अध्यक्ष उपेन्द्र महतोले संसारकै सबैभन्दा राम्रो भाषा, साहित्य, धर्म,
More

संसदको आज अन्तिम बैठक

काठमाडौं । संविधान जारी गरेपछि संविधानसभाबाट व्यवस्थापिका संसद्मा रुपान्तरित भएको व्यवस्थापिका संसदको अन्तिम बैठक बोलाइएको छ । संविधानको संक्रमणकालिन व्यवस्थामा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म मात्रै संसद कायम रहने प्रावधान रहेको छ । राष्ट्रियसभा निर्वाचन सम्बन्धि विधेयक, प्रदेश प्रमुखको सेवा सुविधा सम्बन्धि र चिकित्सा शिक्षा विधेयक पारित हुने वा नहुनेमा अन्योल देखिएको छ । अन्तिम बैठकसँगै संविधानसभाबाट २४ महिनाअघि रुपान्तरित संसद्को अन्त्य पनि हुँदैछ । निर्वाचन आयोगले आइतबारसम्म समानुपातिकतर्फको उम्मेद्वारी दर्ता गर्ने म्याद दिएको छ । सूची बुझाउने अन्तिम म्यादको अघिल्लो दिन शनिवार परेकोले शुक्रबार नै अन्तिम बैठक बोलाइएको सभामुखको निजि सचिवालयले जनाएको छ । संविधानको भावना
More

अमेरिकामा दशैँतिहार सांस्कृतिक कार्यक्रम

वासिङ्टन । अमेरिकाको मेरिल्याण्डमा रहेको नेपालीको पुरानो संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) ले चर्चित कलाकारका साथमा हालै ‘दशैँ तिहार धमाका—२०१७’ सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । दशैँ तथा तिहारको अवसरमा आयोजित उक्त कार्यक्रममा मेरिल्याण्डमा बस्दै आएका नेपाली सिनेजगतका चर्चित कलाकार समेतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । बुधबार आयोजित कार्यक्रममा चर्चित नेपाली नायक दिलीप रायमाझी, ख्यातिप्राप्त गायक शिव परियारसँगै चर्चित नृत्य निर्देशक तथा मोडल शंकर बिसी तथा नृत्यकार पार्वती राई र नायिका ऋचा घिमिरेले समेत आफ्नो प्रस्तुती प्रदर्शन गरेका थिए । साथमा स्थानीय कलाकारको बेजोड प्रस्तुतिसँगै मौलिक नेपाली नृत्य, देउसीभैलो, नेवारी नाच प्रस्तुतिले कार्यक्रम थप मनोरंजनमय भएको
More