Daily Archives 15th October 2017

काँग्रेसको समानुपातिक सूची निर्वाचन आयोगमा

काठमाडौं । नेपाली काँग्रेसले संघीय संसद् र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक सूची निर्वाचन आयोगमा दर्ता गरेको छ । संविधानअनुसार संघीय संसद्का लागि ११० र प्रदेश सभाका लागि २२० को सूची दर्ता गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । संघीय संसद्को समानुपातिक सूचीमा खस आर्य पुरुष र महिला १७-१७, जनजाति पुरुष र महिला १६-१६, थारू महिला चार र पुरुष तीन, दलित महिला आठ र पुरुष सात, मधेशी महिला नौ र पुरुष आठ एवम् मुस्लिम महिला तीन र पुरुष दुईको सूची दर्ता गरिएको उहाँले जानकारी दिनुभयो । संघीय संसद्मा जम्मा महिला ५७ र पुरुष ५३ को सूची तयार
More

विवादीत बुँद्धा हटाए पछि एनआरएन भिजन २०२० संशोधनसहित पारित

काठमाडौं—गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्थागत पुनःसंरचना गर्न अध्यक्ष शेष घलेले प्रस्तुत गरेको भिजन २०२० एन्ड बियोन्ड नामक प्रस्ताव काठमाडौंमा जारी विश्व सम्मेलनले संशोधनसहित पारित गरेको छ। ‘विवादित विषय हटाउने सहमति भएपछि ती बुँदा झिकेर प्रस्ताव पारित भएको हो। विवादित बुँदा बाहेककाे भिजन २०२० लाई मैले पारित गर्न प्रस्ताव गरेँ’, लामिछानेले भने। अाइतवारको बन्दसत्रमा संघका पूर्व अध्यक्ष एवं प्रमुख संरक्षक जीवा लामिछानेले ‘भिजन २०२० एण्ड वियोडन्ड’ प्रस्ताव परिमार्जिनसहित आएको उल्लेख गर्दै यसलाई उत्साहका साथ समर्थन अाग्रह गरेका थिए। उनले पेश गरेको प्रस्ताव हलले सर्वसम्मतिले अनुमोदन गरेको हो। पूर्व अध्यक्ष लामिछानेले वर्तमान अध्यक्ष घलेद्वारा प्रस्तुत प्रतिवेदन एनआरएन फाउन्डेसन, पोलीसी इन्स्टिच्युटजस्ता सकरात्मक
More

म्यादी प्रहरीमा आवेदन दिनेको भीड

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा आइतबार म्यादी प्रहरीमा आवेदन दिनेहरुको भीड । तस्बिरः राम केसी
More

करेन्ट लागेर सासू–बुहारीको मृत्यु

पर्सा । वीरगञ्ज महानगरपालिकाको लक्ष्मणवामा आज बिहान करेन्ट लागेर सासू र बुहारीको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा निवासी ६० वर्षीया कान्ती देवी र उनकी बुहारी ४८ वर्षीया जागो देवी सोनारको करेन्ट लागेर मृत्यु भएको हो । घरको चापाकलमा जडान गरिएको पानी तान्ने विद्युतीय मोटर चलिरहेका बेला चापाकलबाट पानी भर्न खोज्दा करेन्ट लागेर सासू–बुहारी दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले दीपावलीका लागि घर सरसफाइ गर्नेक्रममा चापाकलमा पानी लिन गएकी कान्ति देवीले मोटर चलिरहेका बेला चापाकल चलाउँदा करेन्ट लागेर उनी लडेपछि उनलाई उठाउन गएकी बुहारी जागो देवी समेतलाई करेन्ट लागेको
More

न्यायाधीश नियुक्तिबारे सर्वोच्च अदालत बोल्यो

काठमाडौं । सर्वोच्च अदालतले आफ्ना ११ जना न्यायाशीधविरुद्ध परेको रिट निवेदन दर्ता नगर्ने फैसला गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले आज पूर्ण इजलासबाट पहिल्यै नै उक्त रिटको निर्णय भएर अन्तिम भइसकेकाले निवेदन दर्ता गर्न नमिल्ने भनेर फैसला गरेको सर्वोच्चका प्रवक्ता नारायण पन्थीले जानकारी दिनुभयो । उहाँले यसअघि उक्त मुद्दाको निर्णय पुनरावलोकन नहुने गरी समेत अदालतबाट निर्णय भइसकेकाले फेरि पनि निवेदन दर्ता गर्नु आवश्यक नरहेको उल्लेख गर्नुभयो । फैसलामा भनिएको छ–‘एकपटक निरुपण भइसकेर अन्तिम भइसकेको मुद्दाको बिषयलाई उठान गरी फेरि सुनुवाइ गर्न नमिल्ने भएकाले निवेदन दर्ता गर्न आवश्यक छैन ।’ रिट निवेदक अधिवक्ता गणेशप्रसाद पाण्डेले तत्कालीन प्रधान
More

कमल थापासँग राप्रपा समर्थित एनआरएन

काडमाडौं । राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले राप्रपाले कुनै पार्टी भन्दा प्रवासी नेपालीको समस्या हेर्ने दृष्टिकोणमा कमि नरहेको बताउनु भएको छ । राप्रपा प्रवास विभागद्वारा आयोजित कार्यक्रममा एनआरएनए सम्मेलनमा आएका राप्रपा समर्थित प्रवासी नेपालीहरूसँगको अन्तरक्रियामा वोल्दै उहाँले राप्रपाले प्रवासी नेपालीको हरेक समस्यामा हातेमालो गर्दै साथ दिएको र भविष्यमा पनि साथ दिने कुरा बताउनु भयो,उहाले राष्ट्रियता प्रजातान्त्रि, स्थायित्व र आर्थिक समृद्धिमा प्रवासी नेपालीको संस्था एनआरएनको भुमिकाको प्रसंशा गर्नुभयो । विभाग प्रमुख विजय खडकाको सभापतित्वमा भएको कार्यक्रममा प्रवासी नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।सो कार्यक्रममा राप्रपा सहमहामन्त्री प्रेमकुमार श्रेष्ठ, अमेरिकाका श्री पराजुली, पोर्चुगलका रमेसराज वास्तोला, अष्ट्रेलियाका स्वतन्त्रप्रताप शाहलगायतले सम्वोधन गरेका थिए ।
More

एनआरएन यूरोप महिला उपसंयोजकमा संगिता मरहट्टाको जित सुनिश्चित

लण्डन । गैरआवासीय नेपाली संघको शनिवार देखी काठमाण्डौं शुरु भएको आठौं महाधिवेशनमा चुनावको रनौक बढेको छ । उम्मेदवारहरु आआफ्नो चुनावी प्रचारमा जुटेका छन् । यस्तै गैरआवासीय नेपाली संघ यूरोप क्षेत्रको महिला उपसंयोजककी उम्मेदवार संगिता मरहट्टाले आफ्नो चुनावी माहोललाई तिब्र पारेकी छन् । मरहट्टाले यूरोपस्थित बिभिन्न देशका राष्ट्रिय समितिका अध्यक्षहरुसंगको भेटघाट गरेकी छन् । मरहट्टाले संघको अभियानमा प्राप्त गरेको अनुभव र क्षमताको आधारमा आफ्नो जित सुनिश्चत भएको दावी गरिन् । उनले महिलाको सिप र क्षमता विकासको लागि सक्दो प्रयास गर्ने वताइन् । उनले यसअघि गैरआवासीय नेपाली संघ यूकेको सचिव, आइसीसी सदस्य र मिडिया कार्यदलको सहसंयोजकको रुपमा काम गरेकी थिइन् । उनलाई
More

माटाका भाँडाको व्यापार

तिहार र छठ पर्व नजिकिएसँगै महोत्तरीका गाउँनगर बस्तीका बजारमा माटाका भाँडाको किनबेच हुँदै । तस्बिर : धनवीर महतो
More

भाइटीकाको साइत ११ः५१ बजे उत्तम

काठमाडौं । यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११:५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ । यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व असोज ३१ गते मंगलबारदेखि शुरु हुँदैछ । ३१ गते (कार्तिक कृष्ण त्रयोदशीका दिन) काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक १ गते बुधबार कुकुर तिहार र नरक चतुर्दशी, २ गते बिहीबार लक्ष्मी पूजा, कात्तिक ३ गते शुक्रबार गाई, गोरु
More