Daily Archives 16th October 2017

पुरै प्यानल सहित एनआरएन अध्यक्षमा भवन भट्ट निर्वाचित

काठमाडौं—गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा जापान आधारित नेपाली व्यवसायी भवन भट्ट विजयी भएका छन्। सोमबार भएको निर्वाचनको मंगलबा बिहान २ बजे आएको परिणामअनुसार भट्टले १ हजार १९७ मत ल्याउँदै विजयी भएका हुन्। अष्ट्रेलिया आधारित अध्यक्ष प्रत्यासी जमुना गुरुङ ६४० मत ल्याएर पराजित भइन्। विद्युतीय मतदान मेसिन प्रयोग गरेका कारण राति नै मतपरिणाम आएको हो। भट्ट र गुरुङ आ—आफ्ना प्यानलै खडा गरेर प्रतिस्पर्धामा थिए। अध्यक्षसहित सबै मुख्य पदहरुमा भट्ट समूह विजयी भएको छ। उपाध्यक्षमा जर्मन आधारित व्यवसायी कुमार पन्त लोकप्रिय मतसहित विजयी भएका छन्। शेष घलेको दोस्रो कार्यकालमा उपाध्यक्ष रहेका पन्त सोही पदमा निरन्तरता दिने भन्दै उपाध्यक्ष प्रत्यासी बनेका
More

चियापान तथा छलफल

राष्ट्रपति भवन शितलनिवासमा सोमबार साँझ दीपावली, नेपाल सम्वत् तथा छठका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजनामा गर्नुभएको चियापान तथा छलफलमा सहभागी राजनीतिक दलका प्रमुख नेताहरु । तस्बिर : रत्न श्रेष्ठ
More

राप्रपा (प्र) मा पदाधिकारी मनोनीत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) अध्यक्ष पशुपतिशम्शेर जवराले दीपक बोहरालाई वरिष्ठ उपाध्यक्षमा मनोनयन गर्नुभएको छ । पार्टीको विधानअनुसार दुर्गा श्रेष्ठ र केशरबहादुर विष्टलाई उपाध्यक्षमा मनोनयन गर्नुभएको हो भने महामन्त्रीमा राजाराम श्रेष्ठ तथा प्रवक्तामा प्रदीप उदय र किशोरबहादुर कार्कीलाई जिम्मेवारी दिनुभएको छ । यहाँ आज आयोजित कार्यक्रममा अध्यक्ष राणाले नवनियुक्त पदाधिकारीलाई स्वागत गर्दै आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रजातान्त्रिक गठबन्धनलाई विजयी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले इतिहासमा पहिलोपटक लोकतान्त्रिक र वामपन्थी दुई धारमा राजनीतिक धु्रवीकरण भएको बताउँदै जनताको राजनीतिक अधिकारलाई प्रजातान्त्रिक धारले मात्र संरक्षण गर्न सक्ने विचार व्यक्त गर्नुभयो । नवनियुक्त पदाधिकारीले आजै
More

एनआरएनमा को कसले कुन पदमा उम्मेदवारी दिए

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट र जमुना घलेले उम्मेदवारी दर्ता गर्नुभएको छ । शनिबारदेखि शुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनमा आइतबार साँझबाट आज बिहान १०:३० बजेसम्मका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो । सम्मेलनमा एक हजार ८५४ जना मतदाता रहेको एनआरएनए निर्वाचन समितिले जानकारी दिएको छ । एनआरएनको अध्यक्षका लागि आइतबार राति नै वर्तमान उपाध्यक्ष भवन भट्टले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको थियो । अर्का उम्मेदवार गुरुङले भने आज बिहानमात्रै उम्मेदवारी दर्ता गराउनुभयो । वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती रहनुभएकी गुरुङ र भट्ट समूहबीच रातभर सहमतिका लागि प्रयास भए पनि टुंगोमा पुग्न सकेन । भट्ट
More

दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौं । धितोपत्र बजार आज दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार ४६.६२ अंकले बढेको छ । दशैँपछि उच्च बिन्दुले बजार बढेको आज पहिलो पटक हो । दोहोरो अंकले बजार बढ्दा नेप्से परिसूचक एक हजार ५६४ बिन्दुमा पुगेको छ । बजारमा लगानीकर्ता सम्हालिएर लगानी गर्न थालेको तथा राजनीतिकरुपमा पनि निर्वाचनको माहोल बनेकाले विश्वास बढेको विश्लेषण गरिएको छ । यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १०.२१ बिन्दुले उकालो लागेको छ । कूल १६३ कम्पनीको १४ लाख ५६ हजार ६३७ कित्ता सेयर रु ६० करोड ५० लाख सात हजार ६१४ मूल्यमा खरिद बिक्री भएको हो ।
More

बालिकालाई शरीर बन्धक बनाएर करणी गर्ने पक्राउ

खोटाङ । चौध वर्षीया बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने उदयपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । खोटाङमा ट्र्याक्टर चलाउँदै आएका उदयपुरको त्रियुगा नगरपालिका–९ का विदुर भनिने कुलबहादुर कटवाललाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको हो । विवाहको प्रलोभन देखाएर लामो समयदेखि जबर्जस्ती करणी गर्नुका साथै अपहरण गरी बन्धक बनाएर राख्ने कटवालविरुद्ध पीडित बालिकाको आमाले दिएको उजुरीका आधारमा असोज २९ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । “पक्राउ परेका कटवालले घटनाबारे स्वीकारिसकेका छन्” उहाँले भन्नुभयो, “हिरासतमा राखिएका कटवालविरुद्ध जबर्जस्ती करणी, अपहरण र शरीर बन्धकअन्तर्गत मुद्दा दर्ता गरेर कारबाही थालिएको छ
More

८८ किलो सुनकाण्डमा तामाङ पक्राउ

काठमाडौं । प्रहरीले सुन तस्करीका आरोपमा नेपाल–चीन केरुङ व्यापार सङ्घका अध्यक्ष मानबहादुर तामाङलाई पक्राउ गरेको छ । गत भदौ १९ गते काठमाडौँको क्षेत्रपाटीमा बा१७च ६४२७ नंको टाटा सफारी गाडीमा ८८ किलो सुनसहित चालक मनोज अधिकारीलाई पक्राउ गरेको थियो । सो सुन तस्करी काण्डमा तामाङको पनि संलग्नता देखिएको भनी उनलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले आज राजधानीबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिवस लोहनीले ८८ किलो सुन तस्करीमा तामाङको पनि संलग्नता देखिएकाले उनलाई अनुसंन्धानका लागि नियन्त्रणमा लिइएको बताउनुभयो । यसअघि सोही सुन तस्करीमा संलग्न भएको भन्दै प्रहरीले कार्यविनायक सुनचाँदी गहना पसल रञ्जना ट्रेड सेन्टरका गणेशदत्त बडु, रविश्याम
More

भवन भट्टलाई मुख्य दलको समर्थन

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष प्रत्यासी भवन भट्टलाई मतदान गर्न मुख्य दलहरु आफ्ना प्रवासी संगठनलाई आग्रह गरेका छन् । अध्यक्षका उम्मेदवार भट्टलाई नेपाली काँग्रेस, एमाले, माओवादी र राप्रपाको समर्थन पाएको बताइएको छ । नेपाली कांगे्रसको प्रवाशको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिले उपाध्यक्षका उम्मेदवार कुल आचार्यलाई अघि सारेको छ । तालमेल गर्नुपरेकाले अध्यक्षमा भट्टलाई सहयोग गर्दै जनसम्पर्क समितिले एनआरएनमा आचार्यलाई अघि सारेको हो । यस्तै एमालेको प्रवासी नेपाली मञ्चले अध्यक्षमा आफ्नो उम्मेदवार नरहेकाले भट्टलाई समर्थन गर्ने बताएको छ । यद्यपि एनआरएनमा मञ्चको नेतृत्व भने उपाध्यक्ष पदका प्रत्यासी कुमार पन्त र महासचिवका उम्मेदवार डा. बद्री केसीले गर्ने बताइएको छ ।
More

भलाकुसारी

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार सोमबार पार्टी एकता घोषणा सभामा भलाकुसारी गर्दै । तस्बिर : रोशन सापकोटा
More

गच्छदारलाई सम्मानजनक पद

काठमाडौं । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता घोषणा गरिएको छ । दुई दलबीच हिजै पार्टी एकता हुने भनिए पनि बेलुका अबेरसम्म सबै विषयमा सहमति जुट्न नसकेपछि एकताको घोषणा आज गरिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको एकता घोषणामा नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएको छ । पार्टी एकतापछि कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष रहँदै आएका विजयकुमार गच्छदारलाई कांग्रेसको उपसभापति वा महामन्त्रीमा नियुक्त गर्ने आश्वासन दिएका छन् । नेपाली काँग्रेसबाटै छुट्टिएर काँग्रेसका तत्कालिन नेता विजयकुमार गच्छदारको नेतृत्वमा नेपाल लोकतान्त्रिक फोरम १० बर्षअघि नै गठन भएको थियो । गच्छदारको नेतृत्वमा गठन भएको पार्टी पटकपटक फुट्दै र
More