Daily Archives 24th October 2017

‘एभरेष्ट आइडल यूके २०१७’ को ग्राण्ड फिनाले २८ अक्टोबरमा

लन्डन । यूकेको गायन प्रतियोगिता ‘एभरेष्ट आइडल यूके २०१७’ को ग्राण्ड फिनाले यही २८ अक्टोबर सांझ अल्डरसटको एम्पाएर हलमा हुने भएको छ । बेलायतमा पहिलो पटक गरिएको ‘एभरेष्ट आइडल यूके २०१७’ को अन्तिम प्रतिष्पर्धामा प्रमुख अतिथी बेलायतका लागी नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदी (दुबसु) हुनेछन् भने पप गीतका प्रवर्तक गायक नोर्देन तेन्जिङ भुटिया, एनआरएनए यूके अध्यक्ष, यूकेस्थित विभिन्न संघसंस्थाका प्रमुख, स्थानीय गायक, गीतकार र संगीतकारहरु अतिथी रहने आयोजक इएमएच यूकेले जनाएको छ । एभरेष्ट आइडल विजेता र टप थ्रीलाई गीतकार निलम आङ्बुहाङ राई, जानु काम्बाङ साथै गायक, संगीतकार तथा गीतकार बिसी राई लगायतले गीत रेकर्ड गरिदिने प्रायोजन गरेका छन्
More

पांचथर समाज सेवा यूकेको नयां कार्यसमितिको पहिलो बैठक

लन्डन । पांचथर समाज सेवा यूकेको नयां कार्यसमितिको पहिलो बैठक गत २२ अक्टोबर आइतवार सम्पन्न भएको छ । फार्नबोरोस्थित गोर्खा सेक्युरिटी सर्भिसेजको सभा कक्षमा बैठक भएको हो । 
बैठकको सभापतित्व चन्द्र बहादुर सुन्दासले गरेका थिए । उक्त अवसरमा समाजका पूर्व महासचिव नगेन्द्र राज नेम्बाङले निवर्तमान कार्यसमितिको तर्फबाट समाजका सामाग्री औपचारिक रुपमा नयां कार्यसमितिलाई हस्तान्तरण गरे । बैठकले गत अगस्टमा भीषण वर्षाका कारण पांचथरको फालेलुङ गाउंपालिकामा आएको पहिरोले ज्यान गुमाएकाहरुका आफन्त र घरवारविहीन परिवारहरुको सहयोगार्थ अर्थ संकलन गर्ने कार्यलाई पूर्णता दिई नोभेम्बरमा उक्त सहयोग राशी नेपाल पठाउने निर्णय गरेको छ । त्यस्तै समाजले सातौं पांचथर कप फुटबल प्रतियोगिता आउंदो मे ४
More

बेलायतमा नेपाल आइडलको शो

रियालिटी शो नेपाल आइडल ०१७ का विजेताहरु सांगीतिक कार्यक्रमका लागि अक्टोबर ३० मा बेलायत आउने भएका छन् । बेलायतका विभिन्न ५ सहरमा लाइभ कन्सर्ट गर्न नेपाल आइडल बुद्ध लामासहित निसान भट्टराई, प्रताप दास र प्रमिला राई बेलायत आउन लागेको आयोजकले जानकारी दिएको छ । सोमबारमात्र उनीहरुले भिसा लिएका छन् । लन्डनमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा जनाइएअनुसार, पहिलो शो आगामी नोभेम्बर ३ मा अल्डरसटस्थित एम्पायर हल, नोभेम्बर ४ मा फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, ५ नोभेम्बरमा हयारो लिजर सेन्टर, ११ नोभेम्बरमा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र अन्तिम शो १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुने आयोजकमध्ये एक मनकामना रेमिटका प्रबन्ध
More

गगन सभापति देउवाको प्रियपात्र, प्रवक्तामा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौला नेतृत्वमा तेस्रो धारलाई क्रियाशील बनाएका केन्द्रीय सदस्य गगन थापा अन्ततः सभापति शेरबहादुर देउवाका प्रिय पात्र बनेका छन् । निर्वाचनको मुखैमा देउवाले गगनलाई पार्टी प्रवक्तामा मनोनित गरेर औपचारिक रुपमा प्रियपात्र बनाएका हुन् । थापाका प्रेस सहयोगी जीवन भण्डारीले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले गगन थापालाई पार्टी प्रवक्तामा नियुक्त गरेको पुष्टि गरे । प्रभावशाली भाषणकलाका कारण लोकप्रिय गगनलाई प्रवक्ता बनाउँदा पार्टीको सन्देश राम्रो जाने, युवालाई अवसर दिएको ठहर्ने तथा आन्तरिक राजनीतिमा गगनलाई आफूसँगै राख्न सके तेस्रो धारका नाममा बार्गेनिङ नहुने बुझाइ देउवाको छ । पछिल्लो समय समानुपातिकको बन्द सूचीमा रहेर सिटौंलाले आफूलाई सुरक्षित गरेपछि उनी
More

ढुंगेललाई किन पक्राउ नगरेको भन्दै सर्वोच्चमा अर्को निवेदन

काठमाडौं । सर्वोच्च अदालतमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका बालकृष्ण ढुंगेललाई एक हप्ताभित्र गिरफ्तार गरी कारागार चलान गर्नु भन्ने आदेश कार्यान्वयन नभएको भन्दै अदालतको अवहेलनामा निवेदन दर्ता गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले चैत ३१ गते सात दिनभित्र ढुंगेललाई गिरफ्तार गरी कारागार चलान गर्न प्रहरी महानिरीक्षकका नाममा सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएको भन्दै अदालतको अवहेलनाको निवेदन आज दर्ता गर्नुभएको हो । निवेदनमा नेपाल प्रहरीका महानिरीक्षकलाई अदालतमा तत्काल उपस्थिति गराई अदालतको अवहेलना गरेकामा न्याय प्रशासन ऐन, २०७३ बमोजिम एक वर्ष कैद र १० हजार जरिवानाको सजाय गर्न माग गरिएको छ । साथै, ढुंगेललाई पक्राउ गर्न अन्य सुरक्षा निकायको
More

फोरम र राजपा सिट बाँडफाँटको सहमति नजिक

काठमाडौं । चुनावी तालमेलबारे चरणबद्ध छलफलमा रहेको संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच २ नं प्रदेशमा सिट बाँडफाँट सहमति नजिक पुगेको छ । दुई पार्टीबीच उम्मेदवारका विषयमा कुरा मिलिसकेको भए पनि नेपाली काँग्रेससँग पनि छलफल चलिरहेको र यही १० गतेभित्र सिट बाँडफाँट टुङ्ग्याइने निर्वाचनका लागि सिट तालमेल कार्यदलका सदस्य एवं राजपाका नेता मनिष सुमनले जानकारी दिनुभयो । “काँग्रेस र फोरमसँगको वार्ता करिब सहमति नजिक पुगेको छ, लोकतान्त्रिक गठबन्धनले कसरी विजय सुनिश्चित गर्नसक्न सोही आधारमा तालमेल गरी उम्मेदवार उठाउन अहिले अध्ययन गरिरहेका छौँ”– उहाँले भन्नुभयो । समाजवादी फोरमको तर्फबाट कार्यदलका सदस्य राम नरेशराय यादवले उम्मेदवारको तालमेलबारे करिब सहमति
More

देवघाटका जेष्ठ नागरिकलाई क्याट बेल्जियमको ब्ल्यांकेट

भरतपुर । चितवन सहायता कोष (क्याट) बेल्जियमले देवघाटमा रहेका बृद्धाहरुलाई ब्ल्यांकेट र फलफूल वितरण गरेको छ । चितवन सहायता समाजको समन्वयमा देवघाट क्षेत्र विकास समितिको कार्यालयमा आयोजित कार्यक्रममा घर परिवारबाट टाढा रहेका कुटीमा एकल जीवन बिताइरहेका करिव ५० जना जेष्ठ नागरिकलाई ब्ल्यांकेट र फलफूल वितरण गरिएको हो । रोजगारको सिलसिलामा बेल्जियममा रहंदै आएका चितवनका बासिन्दाले खोलेको संस्था क्याट बेल्जियमले आफ्ना सदस्यबाट संकलन गरेको रकमले उक्त सहयोग गरेको उपाध्यक्ष राजु घिमिरेले बताए । जाडोको समयमा अव्यवस्थित बसाइकै कारण चिसो लाग्ने रोगबाट बचाउन आफुहरुले ब्लयांकेट सहयोग गरेको उनले बताए । कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका व्यवस्थापक ढकराज कोइरालाले वैदेशिक रोजगारमा गएकाहरुले आफ्नो
More

एनआरएन सचिव गुरुङद्वारा स्कुललाई कम्प्युटर

चितवन । जिल्लालाई सुगम मानिए पनि धेरै क्षेत्रमा विकास निर्माण गर्न बाँकी रहेको गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदकी सचिव जानकी गुरुङले बताइन् । भरतपुर महानगरपालिकामा रहेको विद्यालयमा कम्प्युटर शिक्षाको सुविधा समेत नपुग्नु दुखद भएको बताउदै विकासका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने औंल्याइन । भरतपुर १८ भुवनबस्तिमा रहेको श्री आधारभुत माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गर्दै सो कुरा बताइन् । चितवन सहायता कोष बेल्जियमको आयोजना तथा एनआरएन बेल्जियमको समन्वयमा सो विद्यालयलाई दुई थान डेस्कटप र एकथान ल्यापटप हस्तान्तरण गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथी एनआरएन केन्द्रिय सचिव जानकी गुरुङ र विशिष्ठ अतिथि चितवन सहायता कोष बेल्जियमका उपाधयक्ष राजु घिमिरेले संयुत्त रुपमा
More

एभरेष्ट आईडल युके-२०१७ को ग्राण्ड फिनाले अक्टोबर २८ मा

लन्डन । गायन प्रतियोगिता एभरेष्ट आईडल युके-२०१७ को ग्राण्ड फिनाले अल्डरसटको एम्पाएर हलमा आगामी २८ अक्टोबर साँझ आयोजना हुने भएको छ । प्रतियोगीहरुले पहिलो एभरेष्ट आईडल युके-२०१७ को टाईटल जित्न प्रतिष्पर्धा गर्ने छन् । गीतकार नीलम आङ्बुहाङ राई, जानु काम्बाङ साथै गायक संगितकार तथा गितकार बिसी राईलगायतले एभरेष्ट आईडल बिजेता र टप तीनलाई गित रेकर्ड गरिदिने प्रायोजन प्राप्त भएको छ । गायिका शर्मिला बर्देवा, गायिका सितु खरेल रिमाल र गायक गितकार तथा सँगितकार बिसी राई निर्णायक रहने उक्त फाईनल कार्यक्रममा उपस्थित दर्शक तथा निर्णायकहरुको भोटको आधारमा बिजेता घोषित गरिने छ । प्रथम हुनेले १२ सय पाउण्ड गित रेकर्डिङ कन्ट्र्याक्टसहित बिभिन्न
More

एनआईसी एसिया बैंकको ह्याक गरेको ४० करोड रुपैयाँ फिर्ता गराउने प्रयास

काठमाडौं । बैंकको कारोबार प्रणालीमा ह्याक गरी एनआइसी एसियाबाट विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुने क्रममा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार तिहारमा एनआइसी एसिया बैंकबाट स्थानान्तरण भएको रु ४० करोडभन्दा बढी रकम फिर्ता हुने क्रममा रहेको हो । ह्याकरले विदेशका विभिन्न छ मुलुकका आठ बैंकमा रकम सारेको थियो । बैंकले प्रयोग गर्दै आएको स्वीफ्ट प्रणालीमा ह्याक गरी रकम स्थानान्तरण गरिएको थियो । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले भन्नुभयो, “केन्द्रीय बैंकमार्फत तत् देशका बैंकलाई नेपालबाट स्थानान्तरण भएको रकम फिर्ता गर्न पहल गरिएको छ ।” एनआइसी एसिया बैंकले पनि रकम फिर्ता गर्न पहल गरिरहेको छ । यसले बैंक तथा
More

संग्रहालयको उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीलाई मंगलबार ७२ औं संयुक्त राष्ट्रसंघ दिवसको उपलक्ष्यमा ललितपुरको पाटनमा निर्माण गरिएको ज्यापु संग्रहालयको उद्घाटन समारोहमा स्वागत गर्दै स्थानीय नेवार समुदायका महिला । तस्बिर : प्रदीपराज वन्त
More

लोग्नेलाई कोठाभित्रै आगो लगाएर हत्या गर्ने महिला पक्राउ

भक्तपुर । कोठामा थुनेर आगो लगाई श्रीमान्को हत्या गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले एक महिलालाई पक्राउ गरेको छ । सोमबार राति मध्यपुरथिमि नगरपालिका–६ पुराना ठिमीस्थित मैयाँ बुढाथोकीका घरमा डेरामा बस्दै आएका सिन्धुपाल्चोक सिपामंखा घर भएका ४० वर्षीय विदुर नेपालको आगलागीबाट मृत्यु भएको हो । प्रहरीको अनुसन्धानबाट कान्छी श्रीमती माइत गएका बेलामा नेपालकी जेठी श्रीमती गीताले कोठामा आगो लगाइदिँदा सोही आगामा परेर उहाँको मृत्यु भएको खुलेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिनुभयो । आफूलार्ई बेवास्ता गरेको र कान्छी श्रीमतीलाई सुखसयलले राखेको जनाई आवेगमा आएर गीताले श्रीमान्लाई कोठामा राखेर आगो लगाई फरार भएको प्रहरीको भनाइ छ
More

मलेसियामा नेपाली र इन्डोनेसियन कामदार चढेको बस दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं । मलेसियाको पेनाङमा मंगलबार बिहान दुई बस एकापसमा ठोक्किँदा कम्तीमा ८ जनाको मृत्युको छ । नेपाली र इन्डोनेसियन कामदार बोकेको बसलाई अर्को बसले ठक्कर दिँदा ८ जना मृत्यु भएको हो । स्थानीय समयअनुसार बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा अरु ३३ जना घाइते भएका छन् । घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर रहेको समाचार एजेन्सी ‘सिन्ह्वा’ले जनाएको छ । पेनाङको जुरुटोल प्लाजानजिक भएको उक्त दुर्घटनामा परी ज्यान गुमाउनेहरु सबै महिला रहेको जनाइएको छ । कामदार बोकेर कम्पनीतर्फ जाँदै गरेको बसमा समस्या आएपछि सडकको देब्रेपट्टि रोकेकै अवस्थामा अर्को कम्पनीको बसले ठक्करदिँदा सो दुर्घटना भएको हो । सोनी कम्पनी र प्लेक्सस कम्पनीका
More

विद्यालय भवन निर्माणमा श्रमदान गर्दै विदेशी टोली

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा रहेको मंगल आधारभूत विद्यालयको भवन निर्माणका लागि विदेशी युवा–युवतीको टोली सोमबारदेखि श्रमदानमा जुटेका छन् । विल्डवन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने तीन कोठे विद्यालय भवन निर्माणका लागि केयर संस्थामा आबद्ध २२ विदेशी युवा–युवतीको टोली श्रमदानमा जुटेको हो । भवन निर्माणका लागि जग खन्ने, ढुंगा बोक्ने, बालुवा ओसार्ने र सिमेन्टको गाह्रो लगाउने कार्यमा विदेशी टोलीका युवाले श्रमदान गरिरहेको विद्यालयका शिक्षक तेजबहादुर सुनारले बताउनुभयो । टोलीले एक सातासम्म विद्यालय निर्माणका लागि श्रमदान गर्ने छन् उहाँले भन्नुभयो । टोलीमा संलग्न जोई डोग्लेले स्थानीयसँगको समन्वयमा कार्य गर्न निकै राम्रो लागेको बताउनुभयो । दुर्गम गाउँमा आएर कार्य गर्न
More

पोल्याण्डको वार्सामा तिहार कार्यक्रम सम्पन्न

वार्सा । नेपाली प्रबासी मंच पोल्याण्ड द्वारा युरोप स्थित पोल्याण्डको राजधानी वार्सा लुसिड क्लबमा बिजया दशमी तथा दिपावलीको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । पोल्याण्डमा रहेका समस्त नेपालीलाई आफ्नो नेपाली, भाषा, शैली, कला, चाडपर्ब आदिको झल्को मेटाउने उक्त कार्यक्रममा तीन सयजना भन्दा बढी नेपाली समुदायको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतिको भूमिका प्रबासी मंचका काबा अध्यक्ष नवराज ढकालले गर्नुभएको थियो भने प्रमुख अथितिको रुपमा गैरआवासीय नेपाली संघका निबर्तमान अध्यक्ष डा. बोधराज सुबेदी हुनुहुन्थ्यो । कार्यक्रममा अथितिको रुपमा प्रबासी नेपाली मंचका उपाध्यक्ष अक्षय रिजाल, नेपाली काँग्रेस जनसम्पर्क समिति अध्यक्ष डा.एलिनी पोखरेल सुबेदी , अन्तर्राष्ट्रिय नेपाली
More

सूर्य देवको पूजा आराधना गर्ने छठ पर्व शुरु

काठमाडौं । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि खान नहुने धार्मिक मान्यता छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ । मनोकांक्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो । विसं २०४६ देखि नै सरकारले यस पर्वको मुख्य दिन अर्थात् कात्तिक शुक्ल षष्ठीमा सार्वजनिक
More