Daily Archives 25th October 2017

कपिलवस्तुमा निर्माण गरिने बृद्धाश्रम शिलान्यास

लन्डन– बुद्ध फाउण्डेशन यूके र कपिलवस्तु समाज यूकेको संयुक्त आयोजना एवं एनआरएनए यूकेको पूर्ण सहयोग तथा बुद्ध फ़ाउन्डेशन नेपाल को संयुक्त आयोजनामा भगवान बुद्धको जन्मस्थल कपिलवस्तुमा निर्माण गरिने बृद्धाश्रम शिलान्यास गरिएको छ। कपिलवस्तुको वाणगंगा नगरपालिकामा आयोजित एक कार्यक्रममा वाणगंगा नगरपालिकाका मेयर मंगलप्रसाद थारुले बृद्धाश्रम भवन शिलान्यास गरे । धार्मिक विधिअनुसार पूजापाठसहित भवन शिलान्यास गरिएको बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । शिलान्यास समारोहलाई सम्बोधन गर्दै मेयर थारुले बृद्धाश्रमका लागि आवश्यक पर्ने जुनसुकै सहयोग गर्न आफूहरु तयार रहेको बताए । कार्यक्रममा बुद्धभूमि बाटिका नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठ, नमस्ते टेलिभिजनका अध्यक्ष विष्णुबाबु थापा, बाणगंगा माविका निवर्तमान प्रधानाध्यापक नन्दकिशोर शुक्ललगायतको उपस्थिति
More

छठ पर्वको किनमेल

वीरगन्जको घण्टाघर चोक नजिकैको बजारमा बुधबार छठ पर्वका लागि आवश्यक सामग्री किनमेल गर्नेको भीड । तस्बिर: बिजय कुमार महतो
More

दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार तय गर्दै काँग्रेस

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसले दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि पार्टीका उम्मेदवार तय गर्न छलफल तीव्र बनाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको पार्टीको केन्द्रीय संसदीय समिति बैठकमा जिल्लाबाट सिफारिश भइआएका सूचीमध्येबाट उम्मेदवार बनाउने गरी छलफल प्रारम्भ भएको नेता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकमा चुनावी तालमेल गर्ने दलसँग आवश्यक परामर्श गरी व्यवस्थापन गरिनेबारेमा समेत छलफल भएको जानकारी दिँदै डा महतले भन्नुभयो, “चाँडोभन्दा चाँडो उम्मेदवारको टुंगो लाग्छ ।” आगामी मंसिर १० गते हुने निर्वाचनका लागि यही कात्तिक ५ गते दलहरुले मनोनयन दर्ता गरिसकेका छन् भने मंसिर २१ गते
More

दीपक मनांगेलाई सघाउन एमालेका लामाको उम्मेदवारी फिर्ता

लमजुङ । मनाङको प्रदेशसभाको क्षेत्र नम्बर–२ का नेकपा एमाले उम्मेदवार खान्डा लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनांगे (राजीव गुरुङ)लाई सघाउने भन्दै लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् । मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले एमाले उम्मेदवार खान्डा लामाले उम्मेदवारी फिर्ता लिएको बताए । जिल्लाबाट एमालेकातर्फबाट सर्वसम्मत् सिफारिस भएका मनांगेको सर्वत्र विरोध भएपछि उनलाई स्वतन्त्रबाट उम्मेदवारी दिन लगाइएको बताइएको छ । निर्वाचन आयोगको समयतालिकाभित्र मनांगेमाथि कुनै उजुरी दर्ता नभएपछि एमालेले बुधबार आफ्ना उम्मेदवार खान्डा लामालाई उम्मेदवारी फिर्ता लिन लगाएर मनांगेको बाटो खुला गरेको हो । एमाले ४ नम्बर प्रदेश कमिटी सदस्यसमेत
More

एमाले र माओवादीका तीन दर्जन नेता कांग्रेसमा प्रवेश

ललितपुर । ललितपुरमा विभिन्न पार्टी परित्याग गरी करिव तीन दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन। बुधबार अर्थराज्य मन्त्री उदयशम्शेर राणाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन्। मन्त्री निवास कुपण्डोलमा आयोजित एक कार्यक्रममा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका स्थानीय नेता कार्यकर्तालाई अर्थराज्य मन्त्री एवम् कांग्रेसका युवा नेता राणाले टीका लगाएर पार्टीमा स्वागत गरे। पार्टी प्रवेश गर्नेमा सुवास लोप्चन, बुद्ध लोप्चन, रोशन स्याङताङ, विरमान लोप्चन लगायत करिव तीन दर्जन स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसले ललितपुरले जनाएको छ। उनीहरु बस रिजर्भ गरेर कांग्रेस प्रवेश गर्न मन्त्री निवास पुगेका थिए। यस्तै कात्तिक १ गते बागमति गाउँपालिका वडा नं ६
More

राप्रपाकी सासद राज्यलक्ष्मी काँग्रेसमा प्रवेश

विदुर । व्यवस्थापिका संसदकी निवर्तमान साँसद, एकीकृत राप्रपा राष्ट्रवादीकी नेतृ एवं नुवाकोट प्रतिनिधिसभा क्षेत्र नं.२ की उमेदवार राज्यलक्ष्मी पाण्डे श्रेष्ठ काँग्रेस नेता अर्जुननरसिंह केसीको समर्थनका साथ आफ्नो उमेदवारी परित्याग गर्दे काँग्रेस प्रवेश गरेकी छन् । बुधवार सदरमुकाम विदुरमा आयोजित पत्रकार सम्मेलनमा एराप्रपा राष्ट्रवादीकी नेतृ श्रेष्ठले आफूले उमेदवारी फिर्ता लिइसकेको र आजैका मितिवाट नुवाकोटका सबैक्षेत्रमा काँग्रेसलाई जिताउन क्रियाशिल रहने प्रतिवद्धता जनाईन । विशेषगरी नुवाकोटको विदुर नगर क्षेत्रमा अत्यन्त लोकप्रिय मानिने नेतृ श्रेष्ठ २०५४ सालको स्थानीय निर्वाचनमा राप्रपाको तर्फवाट विदुर नगरपालिकामा उपमेयरको प्रतिस्पर्धी भएदेखि निरन्तर उक्त पार्टीको विभिन्न तहमा रही राजनीतिमा क्रियाशिल थिईन । २०७० पछि संबिधानसभा र व्यवस्थापिका संसदको सदस्यका रुपमा
More

युनियनको भवन निर्माणका लागि सहयोग घोषणा

चितवन । नेपालमा क्रियाशील पत्रकारिता गरी हाल अमेरिकामा व्यवसाय गर्दै आउनुभएका दुई अग्रज पत्रकारले नेपाल प्रेस युनियन चितवनको निर्माणाधीन भवनका लागि जनही रु एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । भरतपुर महानगरपालिका–११ मा निर्माणाधीन भवनको मंगलबार निरीक्षणपछि युनियन चितवन शाखाका पूर्वअध्यक्षसमेत रहनुभएका बेदप्रसाद खरेल र वातावरण पत्रकार समाजका संस्थापक अध्यक्ष सानुबाबु सिलवालले प्रारम्भिक चरणमा रु एक-एक लाख सहयोगको घोषणा गर्नुभएको हो । नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्वअध्यक्षसमेत रहनुभएका खरेल युएस नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष एवं नेपाल जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय सदस्यसमेत रहनुभएको छ । चौध वर्षअघि अमेरिका जानुभएका खरेलले नेपालमा पत्रकारिता क्षेत्रको विकास सराहनीय भएको भन्दै आफ्नोतर्फबाट
More

नारायणगढ–मुग्लिन सडकमा पुनः यातायात रोकेर काम गरिने

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड निर्माणका लागि पुनःदिउँसो यातायात रोकेर काम थालिने भएको छ । नारायणगढ मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार छठ पर्वपछि मानिसको आवतजावत कम भएसँगै सडक रोकेर काम गरिने छ । कात्तिक १५ गतेतिरबाट दिउँसो सवारी आवागमन रोक्नका लागि स्थानीय प्रशासनसँग छलफल गरिँदैछ । ठेकेदार कम्पनीले दैनिक आठ घण्टा सवारी रोक्न माग गरेपनि छ घण्टासम्म रोकेर काम अगाडि बढाउने तयारी रहेको चर्चा गर्दै उहाँले भन्नुभयो “अब हामी स्थानीय प्रशासनसँग छलफल गरेर दिउँसो सवारी रोकेर कामलाई तीव्रता दिन्छाँैं ।” यसअघि वर्षा शुरु हुनुपूर्व दैनिक आठ घण्टा सवारी साधन रोकेर काम गरिँदै आएको थियो । वर्षा र चाडपर्वको समय
More

स्कटल्याण्डमा सगरमाथा आरोहीहरु सम्मानित

स्कटल्याण्ड।  स्कटल्याण्डको आबर्डिनमा  दुई  सागरमाथा आरोहीहरुलाई नेपाल स्कटल्याण्ड मैत्री सम्बन्ध बिषयक कार्यक्रममा सम्मान गरिएको छ।  स्कटल्याण्डमा क्रियाशील नेपाली संस्था अर्गनाईजेसन फोर नेपलिज कल्चर एण्ड वेलफेयरले  ८८४८ रेस्टुरेन्ट को सहकार्यमा आयोजना गरेको कार्यक्रममा   नेपाली सगरमाथा आरोही दावा शेर्पा र स्कटिस सगरमाथा आरोही मार्क क्याडमेन लाई   बेलायतका लागि नेपाली राजदूत डा  दुर्गाबहादुर सुबेदी र आबर्डिन शहरका लड  प्रोबस्टको प्रतिनिधि काउन्सिलर क्ल्येर इम्रीले संयुक्त रुपमा सम्मान गर्नु भएको थियो ।  उक्त समारोहमा बोल्दै नेपाली सगरमाथा आरोही दावा शेर्पाले आफुले औपचारिक रुपमा तीन पटक  र धेरै पटक आरोही सहयोगीको रुपमा सगरमाथा आरोहण  गरेको बताउनु भयो।   पर्बतारोहण सहयोगीको रुप एक स्कटिस महिला आरोहीलाई मृत्युको मुखबाट
More

चालिस हजारको लगानीले डेढ वर्षमै दशलाख

गुल्मी । गुल्मीका एक युवाले जापान छोडेर आफ्नै गाउँमै व्यावसायिक केराखेती गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । मुसिकोट नगरपालिका–१ भर्माचौर निवासी ४४ वर्षीय समाजसेवी युवा चन्द्रमणि घिमिरेले व्यावसायिक केराखेतीसँगै मेवा, खुर्सानी र कुखुरापालन व्यवसायबाट झण्डै डेढ वर्षमा रु १० लाख आम्दानी गर्न सफल हुनुभएको छ । घिमिरेले झण्डै चार रोपनी जग्गामा एक वर्षयता आफ्नै खेतमा रु ४० हजारको लगानीबाट २८० केराको बोट लगाएर शुरु गर्नुभएको केराखेती वृद्धि हुँदै झण्डै ८०० केराका घरी उत्पादन भइरहेको हुँदा आउने वर्षमा केराबाट राम्रो आम्दानी हुने घिमिरे बताउनुहुन्छ । घिमिरे रोजगारीको सिलसिलामा विदेशका विभिन्न देशमा नौ वर्ष दुःख पीडा भोग्दै पछिल्लो समयमा जापानमा तीनवर्ष
More