Daily Archives 26th October 2017

नेट्जा अन्तराष्ट्रिय पत्रकारिता पुरस्कारको लागि छनोट समिति

  रामजी बगाले  । काठमाण्डौँ, कार्तिक ५ । नेपाल अमेरिका पर्यटन पत्रकार संघले नेट्जा अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । पत्रकारिता मार्फत नेपालको पर्यटन प्रबद्र्धनमा विशिष्ठ योगदान दिएको एक जना पत्रकारलाई हरेक बर्ष प्रदान गरिने सो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ । संघले गत हप्ता एक विज्ञप्ति प्रकाशन गर्दै विश्वका कुनै पनि स्थानमा रहि कुनै पनि भाषाको मुलधारको मिडियामा सक्रिय पत्रकारिता गरिरहेका पर्यटनविटका पत्रकारलाइ पुरस्कारको लागी निवेदन दिन आव्हन गरेको थियो । कम्तिमा ५ बर्षदेखि पर्यटन पत्रकारिता गरिरहेका छापा, अनलाइन तथा विद्युतीय संचार माध्यमका पत्रकारले २ बटा आफ्नो प्रकाशित वा प्रशारित समाचार सामग्री सहित अवेदन दिन सकिने
More

वाम गठबन्धनको पत्रकार सम्मेलन

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले बिहीबार राजधानीमा आयोजना गरेको सयुंक्त पत्रकार सम्मेलनमा सहभागी हुनुभएका एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत वाम गठबन्धनका शीर्ष नेताहरु । तस्बिर : नवीन पौडेल
More

छठ पर्वमा जातीय विभेद !

रौतहट । परापूर्वकालदेखि तराई मधेशमा मनाइँदै आइएको लोकपर्व छठ पछिल्लो समय लोकप्रियता बढेर देशव्यापी बनेको छ । अहिले राजधानी काठमाडाँै र पोखरामा मात्र नभई कतिपय ठाउँका मुस्लिम समुदायले पनि उत्साहका साथ छठपर्व मनाउन थालेका छन् । तर तराई मेधशमै छठपर्वमा जातीय विभेद भने कायमै रहेको देखिएको छ । सरकारबाट छुवाछूत अन्त्यको घोषणा भइसकेको अवस्थामा पनि शहरी क्षेत्रबाहेक ग्रामीण स्थानमा भने छठपर्वमा अहिलेसम्म पनि जातीय विभेद कायमै रहेको छ । कटहरिया नगरपालिकाको कटहरियागाउँ, बजारटोल, बहादुरपुरटोल, टोलापुरका करिब पाँचसय परिवारका व्रतालु लालबकैया नदी छेउमा दशकौंदेखि छठीपर्व मनाउँदै आएका छन् । परम्पराअनुुसार लगानी सानो ठूुलो भए पनि पर्व भन्ने सबैले एउटै ढंगबाट मनाउँदै
More

चितवन सहायता कोष बेल्जियमद्वारा जगतपुरमा निःशुल्क स्वास्थ्य शिविर

भरतपुर । चितवन सहायता कोष वेल्जियमको आयोजना तथा चितवन सहायता समाजको समन्वयमा भरतपुर-२३ जगतपुरमा रहेको पदम आधारभूत विद्यालय प्रांगढमा आज निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरीएको छ । भरतपुर अस्पतालको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरमा दुइ सय ६६ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । जसमा महिला संख्या एक सय ९१ रहेको थियो । शिविरमा स्वास्थ्य परिक्षणका लागि आएकाहरु धेरैले हाडजोर्नी तथा नसाको समस्या लिएर आएको भरतपुर अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. मनोज कँडेलले बताए । शिविरको उद्घाटन सत्रलाई सम्बोधन गर्दै चितवन सहायता कोष वेल्जियमकी सस्थापक अध्यक्ष सिता सापकोटाले स्वास्थ्य सेवालाई सबैको सहज पहुंचमा पु-याउन नसक्नु राज्यको कमजोरी भएके बताइन् । सबैका लागि
More

कांग्रेसले २२ स्थानको उम्मेदवार तय ग-यो, देउवा डडेल्धुरा, पौडेल तनहुँबाट

काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २२ जना नेताहरुको नाम तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस संसदीय समितिको बैठकले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई डढेल्धुराबाट उम्मेदवार बनाउने निर्णय गरेको हो। सभापति तथा प्रधानमन्त्री देउवाको सभापतित्वमा बसेको समितिको बैठकले मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनकाा लागि वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ क्षेत्र नम्बर १, महामन्त्री शशांक कोइराला नवलपरासी पूर्वको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो। त्यसैगरी उक्त बैठकले नेताहरु विमलेन्द्र निधिलाई धनुषा ३, विजयकुमार गच्छदार सुनसरी ३, गोपालमान श्रेष्ठ स्याङजा २, प्रकाशमान सिंह काठमाडौं १, रमेश रिजाल
More

एनआरएन यूके पूर्वअध्यक्ष गुरुङद्धारा विद्यालयलाई सहयोग

लन्डन । बेलायतका एकजना समाजसेवी एवं व्यवसायी सूर्य गुरुङले कास्कीको अर्मला ६ स्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई ८ लाख रुपैंया आर्थिक सहयोग गरेका छन् । गोर्खा प्यालेस रेष्टुरेन्ट, फार्नबोरोका सञ्चालक एवं एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङले हालै उक्त विद्यालयमा गएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक समक्ष ८ लाख रुपैयांको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम विद्यालयको भौतिक पूर्वाधार निर्माणमा खर्च गरिनेछ । उनले आफ्नो रेष्टुरेन्टमा वर्षेनी वार्षिकोत्सव गरि ग्राहकबाट संकलित रकम विभिन्न च्यारिटीमा खर्च गर्दै आएका छन् । उनले भूकम्प लगत्तै आफ्नो रेष्टुरेन्ट गोर्खा प्यालेसमा च्यारिटी गरेर १५ लाख रुपैंया पीडितलाई प्रदान गरेका थिए । उक्त रेष्टुरेन्टले
More

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरीफ विरुद्ध पक्राउ आदेश

इश्लामावाद । पाकिस्तानी एक अदालतले बिहीबार पूर्व प्रधानमन्त्री नवाज सरीफ विरुद्ध पक्राउ आदेश जारी गरेको छ । अदालतले पाकिस्तानको सत्ताधारी दल तथा सरीफको पार्टीले अर्को बर्ष संसदीय निर्वाचन गर्नेगरी तयारी गरिरहँदा यस कदमबाट पछि हट्न दवाव सिर्जना गर्न अदालतबाट सो निर्णय आएको पाकिस्तानी राजनैतिक विश्लेषकको भनाई छ । सरीफका पक्षमा वकालत गरेका कानूनविद् जाफिर खानले एएफ्पीलाई दिएको जानकारी अनुसार पाकिस्तानको अदालतले पूर्व प्रधानमन्त्री सरीफलाई जमानतमा छोड्न सकिने गरी भ्रष्टाचार सम्बन्धि विभिन्न दुई मुद्दामा पक्राउ पूर्जी जारी गरेको छ । गत जुलाईमा पाकिस्तानको ७० बर्षको इतिहासमा कार्यकाल पुग्नु अगावै पदच्युत हुने १५ औँ प्रधानमन्त्रीका रूपमा सरीफलाई अदालतको आदेशमा उहाँमाथि लागेको भ्रष्टाचार
More

मुक्तक

आज फेरि के थियो र रंगिएर आयौ एक्लै एक्लै मख्ख पर्दै दंगिएर आयौ के छ खबर भनी मैले राम्रो मुखले सोध्दा पनि खाउँला जस्ताो गरी त्यसै जंगिसरु पौडेल एर आयौ ।
More

चुनाव सारे विघठित संसद पुर्नस्थापित हुन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन सार्ने काम गरिए विघटित संसद स्वतःपुनस्थापित हुने बताएका छन । लखन पन्तद्वारा लिखित आधुनिक नेपालको इतिहास नामक पुस्तकको बिहीबार काठमाडौंमा बिमोचन कार्यक्रममा दाहालले यस्तो धारणा राखेका हुन । उनले प्रदेश र प्रतिनिधि सभा निर्वाचन हुने सुनिश्चितता भएकाले मात्रै संसद स्वतः विघटन भएको तर्क गर्दै चुनाव नहुने अवस्था आए संसद पुर्नस्थापना हुने बताएका हुन । निर्वाचन प्रक्रिया सुरु भई मनोनयन समेत दर्ता भइसकेकाले संसद विघटन गरिएको भन्दै उनले निर्वाचन रोकाउने कामभए संसद स्वत पुनःस्थापित हुने उल्लेख गरे । निर्वाचन आयोगले छापेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतपत्र फरक फरक रहेको उल्लेख गर्दै
More

कांग्रेस शीर्ष नेताको टिकटको टुंगो, को कहाँबाट लड्दै छन् ?

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनको लागि शीर्ष नेताहरुको टिकटको टुंगो लगाएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको कांग्रेस संसदीय समितिको बैठकले पार्टीका नेताहरुको उम्मेदवारी टुंगो लगाएको हो। जस अनुसार पार्टी सभापित शेरबहादुर देउवा डडेलधुरा, रामचन्द्र पौडेल तनहुँ १, महामन्त्री सशांक कोइराला नवलपुर १, पूर्व महामन्त्री प्रकाशमान सिंह काठमाडौं १, पूर्व महामन्त्री विमलेन्द्र निधि धनुषा ३, नेता विजय गच्छेदार सुनसरी ३, नेता गोपालमान श्रेष्ठ स्याङजा २, पूर्णबहादुर खड्का सुर्खेत १, ज्ञानेन्द्र बहादुर कार्की सुनसरी ४, महेस आचार्य मोरङ ४, शेखर कोइराला मोरङ ६, मिनेन्द्र रिजाल मोरङ २, रमेश रिजाल पर्सा ४, एनपी साउद कन्चनपुर २, रमेश लेखक कन्चनपुर ३, गगन
More

नेता सिटौलालाई कार्यकर्ताको दबाब

भद्रपुर । झापाका नेपाली काँग्रेस निकट बुद्धिजीवी, पेशागत संघ, भ्रातृ संगठन तथा अगुवा कार्यकर्ताले आसन्न प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं ३ बाट नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई प्रत्यक्षतर्फ उम्मेदवारी दिन सुझाव दिएका छन् । गृह जिल्ला झापा आइपुगेका सिटौलाले आफ्नो क्षेत्र झापा क्षेत्र नं ३ का अगुवा कार्यकर्ता, बुद्धिजीवी, पेशागत संघ, भ्रातृ संगठन तथा शुभचिन्तकसित अगाडि बढाएको भेटघाट कार्यक्रममा सहभागी भएका सबैले सिटौलालाई राष्ट्रिय राजनीतिका धरोहर रहेको भन्दै प्रत्यक्षतर्फ नै उम्मेदवारी दिन सुझाव दिएका हुन् । नेपालको परिवर्तनको राजनीतिमा सिटौलाको अतुलनीय योगदान रहेको स्मरण गर्दै नेपाली काँग्रेसका शुभचिन्तकहरुले प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं ३ बाट प्रत्यक्ष
More

लालबाबु पण्डित को रोचक जीवन अब पुस्तकमा

पब्लिकेशन नेपालयले फेरि एकपटक नेपालको संक्रमणकालीन इतिहासका एक उल्लेखनीय पात्रलाई आम पाठकमाझ ल्याउनेभएको छ । पूर्वी तराइको एउटा अल्पसंख्यक समूदायबाट राजनीतिमा होमिएका ती रोचक राजनीतिज्ञको जीवनीपुस्तक तराइवासीको महानपर्व छठको अवसर पारेर पाठकहरु माझ घोषणा गरिएको छ । केहि वर्षअघि मुलुक कठिन राजनीतिक मोडबाट गुज्रिरहेकै बेला एक कमै चिनिएका राजनीतिज्ञ पहिलोपटक मन्त्री बनेका थिए । मन्त्री बनेको छोटै समयमा ब्यापक चर्चा कमाएका उनी थिए लालबाबु पण्डित । एकातिर तीब्र जातीय ध्रुवीकरणका बेला समाजलाई जोड्न खोज्ने सेतु र अर्कातिर ब्यापक भ्रष्टाचार अनि बेथिति नियन्त्रणमा कुर्लिने त्यो ब्यक्तिको अदम्य साहस जताततै चर्चाको विषय बन्न पुग्यो । देसहितमा काम गर्न आँट्ने हो भने एउटा
More

छठपूजाका लागि पूजास्थल

झापाको अर्जुनधारा–७ स्थित फूलमती नदी घाटमा छठपूजाका लागि तयार पारिएको पूजास्थल । तस्बिर : अमितकुमार साङपाङ राई,
More

आइएमई लाइफ इन्सुरेन्स बागलुङ शाखा विस्तार

बागलुङ । आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको बागलुङ शाखा यही कार्तिक ८ गतेदेखि संचालनमा आएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्ईंले गर्नुभयो । उक्त अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, कम्पनीको संचालक समितिका अध्यक्ष डा. रामहरि अर्याललगायत कम्पनीका पदाधिकारीहरुको पनि उपस्थिती थियो । शाखाको उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागार्ईंले भर्खरै स्थापित कम्पनीले जीवन बीमाको माध्यमबाट रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहक महानुभावहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिनुभयो । उक्त अवसरमा जीवन बिमा क्षेत्रको विकास
More

चिनियाँ राष्ट्रपति सिलाई ट्रम्पको बधाई

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उहाँका चिनियाँ समकक्षी सि जिनपिङ हालै भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनबाट अर्को कार्यकालका लागि चयन हुनुभएकोमा उहाँलाई बधाई दिनुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट् गर्दै चिनियाँ राष्ट्रपति सिसँग फोनमा कुराकानी गरेको र चीनको नेतृत्वमा शक्ति संगठित गरेर पाएको ‘असाधारण उचाइ’ का लागि वधाई दिएको जानकारी गराउनुभएको छ । कुराकानीमा दुई नेताबीच उत्तर कोरिया र अमेरिका चीन व्यापारका बिषयमा कुराकानी भएको पनि जनाइएको छ । कुनै स्पष्ट उत्तराधिकारी नभएपछि पुनः निर्वाचित भएका सिले अर्को पाँच वर्षका लागि आफ्नो पकड बलियो बनाउनु भएको छ । चीनको संविधानमा राष्ट्रपति सिको नाम र उहाँका सिद्धान्तहरुलाई समेत उल्लेख
More

को–कसले उम्मेदवारी फिर्ता लिए

काठमाडौं । निर्वाचन आयोगले मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य चुनावका लागि जम्मा ७०२ जना उम्मेदवारलाई हिजो बुधबार निर्वाचन चिह्न प्रदान गरेको छ । सय जनाको उम्मेदवारी फिर्ता भएको छ भने एक जनाको उम्मेदवारी रद्द भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । कात्तिक ५ गते ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्यतर्फ ७४ पदका लागि जम्मा ८०३ जना उम्मेदवारको उम्मेदवारी मनोनयन दर्ता भएको थियो । बुधबार सम्बन्धित जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको हो । आयोगको सूचना प्रविधि महाशाखाबाट प्राप्त जानकारीअनुसार, प्रदेशसभातर्फ ४८१ र प्रतिनिधिसभातर्फ ३२२
More

छठ पर्व हर्षोल्लासपूर्वक मनाइँदै

जनकपुरधाम । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज यहाँ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । श्रद्धालु यहाँका इतिहास वर्णित सरोवर गंगासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायत कुण्ड, पोखरी, तलाउमा यो पर्व गएरातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन् । गएराति खरना सम्पन्न भएदेखि नै श्रद्धालु जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठपर्वको भक्तिमय वातारवणको अनुभूति गराइरहेका छन् । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वमा व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभि दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई
More