Daily Archives 29th October 2017

विश्व सम्मेलनमा एनआरएनए युकेको सकृयता

– रमेश सराङकोटी । हरेक दुई वर्षमा प्रवासी नेपालीहरु नेपालमा भेला हुन्छन् । नेपालको सम्बृद्धि र विकासका लागि बहस छलफल गर्छन र आफूलाई सुहाउँदो नेतृत्वको चयन गर्छन् । यिनै विषयमा केन्द्रीत हुँदै यसवर्ष पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ विश्व सम्मेलन यही अक्टोबर १४ देखि १७ सम्म काठमाडौँमा सम्पन्न भयो । एनआरएनए अभियानको एक थालनीकर्ता मुलुकको नाताले युकेमा भएका नेपालीहरु पनि एनआरएनए युकेमा आवद्ध हुँदै विश्व सम्मेलनमा भाग लिए । त्यतिमात्र होइन अरु देशका प्रतिनिधिले भन्दा पृथक रुपमा नेपालका विभिन्न नीति निर्माताहरुसित भेट गरी आफ्ना समस्या र अवस्था राख्न भ्याए । युके प्रतिनिधि भेला यसवर्ष एनआरएनए विश्व सम्मेलनमा भाग
More

यि हुन् एनआरएन किङमेकरहरु’

गत २८ जुलाई २०१७ दिउँसैदेखि जर्मनीको फ्रेङ्कफोर्टस्थित होटल हुफ्स्टारमा विश्वभरिका गैरआवासीय नेपाली भेला हुँदै थिए। गैरआवासीय नेपाली संघ (एनआरएनए) को यूरोप क्षेत्रको बैठकस्थल रहेको सो होटलमा एक दिन अगाडिदेखि नै नेपालीको चहलपहल देखिन थालिसकेको थियो। ‘तपाईंको होटलको सबैभन्दा सुविधा सम्पन्न स्वीट रुम खाली छ ?’ सो दिन साँझ एक जना अधवैँशे नेपालीले होटल रिसेप्सनमा सोधे। ‘माफ गर्नु होला हामीसँग भएको स्वीट रुम पहिलै बुक छ’, रिसेप्सनमा रहेका नेपाली कामदारले जवाफ दिए। दुई पक्षबीच कुराकानी हुँदै जाँदा रमाइलो तथ्य खुल्यो। ती व्यक्तिले एनआरएनए उपाध्यक्ष भवन भट्टका लागि कोठाको सोधिखोजी गरेका रहेछन्। तर भट्टका नाउँमा सो होटलको स्वीट रुम पहिलै बुकिङ रहेछ।
More

समानुपातिकतर्फ संशोधनसहित बन्दसूची पेश

काठमाडौं । राजनीतिक दलहरुले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारको बन्दसूची संशोधन गरी पेश गरेका छन् । गत असोज २९ गते निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूची बुझाएका अधिकांश राजनीतिक दलहरुले बन्दसूची संशोधन गरी आयोगमा बुझाएको निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले जानकारी दिनुभयो । निर्वाचन आयोगले निर्वाचन कानूनबमोजिम बन्दसूची संशोधन गर्न यही कात्तिक ६ गतेदेखि आजसम्मको समयसीमा प्रदान गरेको थियो । समानुपातिक निर्वाचनका लागि प्रतिनिधि सभातर्फ ४९ दलले उम्मेदवारको बन्दसूची बुझाएका थिए । निर्वाचन आयोगले कात्तिक १७ गते उम्मेदवारको बन्दसूची सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । बन्दसूची
More

‘मधेशी दलहरुको मोलमोलाई अनोपेक्षित’

काठमाडौं । प्रतिनिधि र प्रदेशसभाको सिट बाँडफाँडमा मधेशी दलहरुको मोलमोलाई अनोपेक्षित रहेको लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरुले बताएका छन् । प्रदेश नम्बर २ र ५ बाट प्रतिनिधित्व गर्ने कांग्रेसका नेताहरुले भने एक्लै चुनावी मैदानमा जाँदा पनि खासै घाटा नहुने भन्दै नेतृत्वलाई सुझाएका छन् । यद्यपि केही स्थानमा भद्र सहमति गरेर जान दुवै पक्ष तयार रहेको बताइएको छ । राजपा र फोरमले कांग्रेससँग प्रदेश २ मा प्रतिनिधिसभामा २४ र प्रदेश सभामा ५५ सहित १३१ सिट मागेको छ । २ नम्बर प्रदेशमा प्रतिनिधिसभामा ३३ सिट छ भने प्रदेश सभामा ६४ सिट छ । यस्तै प्रदेश ५ मा प्रतिनिधिसभामा २६ र
More

चालक अनुमति आवेदन गर्नेको भीड

धरानको इटहरीमा आइतबार यातायात व्यवस्था कार्यालय अगाडी मोटरसाइकलको चालक अनुमति लिनका लागि आवेदन गर्नेको भीड । तस्बिर: याम प्रधान
More

देउवाका प्रतिस्पर्धी भट्टले चुनाव जिते तलब भत्ता नलिने

डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लामा वाम गठबन्धनबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन भएका माओवादी नेता खगराज भट्टले चुनाव जिते तलब भत्ता नलिने घोषणा गरेका छन्। माओवादी केन्द्रका केन्द्रीय सदस्य भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत तलब भत्ता नलिने घोषणा गर्दै उक्त रकम डडेल्धुराको विकास र सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेका हुन्। ‘डडेल्धुराबाट प्रतिनिधिसभामा निर्वाचित भए राज्यबाट कुनै पनि प्रकारको तलबभत्ता नलिने घोषणा गर्दछु। मैले पाउने सबै रकम डडेल्धुराको विकास र सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्दछु।’ माओवादी केन्द्रका केन्द्रीय सदस्य भट्ट पहिलो संविधानसभा निर्वाचन २०६४ सालदेखि डडेल्धुराबाटै चुनाव लड्दै आएका छन्। उनी प्रधानमन्त्री देउवासंग दुई पटक पराजित
More

सहयोगदातालाई सम्मान

म्याग्दीको रघुगंगा गाउँपालिका–२ माझखर्कमा सञ्चालन गरिएको बालकक्षालाई रु १ लाख ११ हजार १११ आर्थिक सहयोग गरेका लोकबहादुर भण्डारीलाई सम्मान गरिँदै । तस्बिर : कमल खत्री
More

वैदेशिक रोजगारीमा जान चाहने १० हजार युवालाई तालीम दिइने

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा अदक्ष कामदार भएकै कारण नेपालीले थोरै ज्याला पाउने गरेकाले त्यस्तो अवस्थालाई न्युन गर्न सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालीम दिने भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वार्षिक कार्यक्रमअन्तर्गत सुरक्षित आप्रवास परियोजना(सामी)को आर्थिक सहयोगमा ‘वैदेशिक रोजगारमूलक सीप विकास तालीम’ सञ्चालन गर्न लागेको हो । तालीम सञ्चालन गर्न योग्य इच्छुक फर्म, संघ, संस्था वा कम्पनीसँग आशयपत्र समेत माग गरिसकेको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिनुभयो । तालीमअन्तर्गत निर्माण क्षेत्र, होटल व्यवस्थापन, टेलरिङ÷गार्मेन्ट र सुरक्षागार्ड गरी चार क्षेत्रमा एक महिनाको तालीम दिइने उहाँले जानकारी दिनुभयो । बोर्डले सहायक इलेक्ट्रिसियन, प्लम्बर,
More

कांग्रेस समानुपातिक उम्मेदवार चयनमा शीर्ष तहमै विवाद

काठमाडौं । नेपाली काँग्रेसले यसअघि समानुपातिक तर्फबाट सासंद बनिसकेका नेतालाई प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राथमीकता नदिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आईतबार बसेको काग्रेसका शिर्ष नेताको बैठकले पार्टीमा योगदान गरेका र स्थानीयतहमा रहेर लामो समय काम गरेका जनप्रिय नेतालाई समानुपातीक सुचीमा राख्ने निर्णय गरेको हो । गत असोज २९ गते निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फका उम्मेदवारको बन्द सूचीको अन्तिम संशोधनका बिषयमा बैठकमा छलफल भएको कांग्रेस प्रचार समिति संयोजक बालकृष्ण खाँडले बताए । काग्रेस भित्र समानुपातीक सूचीमा उम्मेद्वार चयनका बिषयमा शीर्ष तहमै विवाद छ । दलहरुले समानुपातिकको बन्दसूची आयोगमा पेश गरेपनि आयोगले आईतवार बेलुकीसम्म अन्तिम संशोधनको म्याद दिएको छ
More

कांग्रेस संसदीय बोर्डको बैठक जारी, फोरम र राजपासँग सिट बाँडफाँड आज टुंगिने

काठमाडौं । कांग्रेस संसदीय बोर्डको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँगको सिट बाँडफाँटको टुंगो आज बेलुकासम्म लगाउने गरी छलफल अघि बढाएको छ । कांग्रेस र राजपा–फोरम कार्यदल तहमा प्रदेश नम्बर २ मा एक क्षेत्र राप्रपालाई छोडेर बाँकी क्षेत्रमा पचास/पचास प्रतिशत भागबण्डा गर्ने गरी सहमतिको प्रयास भइरहेको बुझिएको छ । प्रदेश र प्रतिनिधिसभा दुवैतर्फ पचास–पचास प्रतिशतमा सहमति गर्न कांग्रेस लचक बने पनि राजपा–फोरमले अझै त्यसमा चित्त बुझाएका छैनन् । राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भोलिसम्म सबै क्षेत्रको कुरा टुंगिने बताउनुभयो । केही कुरा मिलिसकेको र केही बाँकी रहेको भन्दै
More

तराई झर्न डराउँछन् पहाडिया

इलाम । पछिल्लो समय झापालगायत तराईका जिल्लामा डेँगु रोगको संक्रमण बड्न थालेपछि पहाडका मानिस तराई झर्न डराउन थालेका छन् । रोगबाट संक्रमित हुने त्रासले इलामका बासिन्दा पूर्वी पहाडको मुख्य व्यापारिक तथा स्वास्थ्य उपचारको केन्द्र बनेको झापा बिर्तामोडमा जान डराउन थालेका तर महत्वपूर्ण काम परेमा मात्र तराई झर्न थालेका देउमाई नगरपालिकाका युवराज आचार्य बताउनुहुन्छ । व्यापारी, बालबालिका पढाउने अविभावक र सुविधायुक्त अस्पतालमा स्वास्थ्य परीक्षण गर्न जानेहरु अहिले चिन्तित छन् । विर्तामोड अहिले डेँगु प्रकोप क्षेत्र बनेपछि स्थानीय बासिन्दासमेत चिन्तित छन् । लत्ताकपडा, निर्माण सामग्रीदेखि सम्पूर्ण दैनिक उपभोग्य वस्तुको खरिद केन्द्र काँकडभित्ता, दमक र बिर्तामोड महत्वपूर्ण मानिन्छन् । डेँगु प्रकोपदेखि डराएका कारण
More

क्यानडामा देवकोटा जयन्ति र किताबको लोकार्पण

अटवा । अन्तर्राष्टिय नेपाली साहित्य समाज (अनेसास) क्यानडा, अटवाको आयोजनामा क्यानडाको राजधानी अटवामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औं जन्मजयन्ती तथा साहित्यिक कार्यक्रम सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदूतावासका प्रथम सचिव प्रकाश अधिकारीले पानसमा दीप प्रज्वलन तथा देवकोटाको तस्वीरमा माल्यार्पण गरी शुभारम्भ भएको थियो । अनेसास अटवाका सल्लाहकार डा. कृष्णहरि गौतम, एनआरएन क्यानडाका उपाध्यक्ष रमेस बानिया, एनसिएओका प्रतीनिधी अनुप सुवेदीलगायतले कार्यक्रममा मनतव्य राख्नु भयो । अनेसास क्यानडा अटवाका कोषाध्यक्ष नविन सुवेदीको स्वागत मन्तव्यबाट अघि बढेको कार्यक्रममा समाजका सल्लाहकार एवं साहित्यकार सुरेन उप्रेतीद्धारा लिखित निवन्ध संग्रह बधशालाको डिस्को ध्वुनको लोकार्पण नेपाली राजदूतावाश प्रथम सचिव अधिकारीले गर्नुभयो । अधिकारीले नेपाली भाषा र साहित्यको
More

अन्नपूर्ण हिमशृंखला

बागलुङको काठेखोला गाउँपालिका–५ थामाको डाँडाबाट देखिएको अन्नपूर्ण हिमशृंखला । तस्बिर : रामबहादुर थापा
More

ठाकुरलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छैनः यादव

विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेता महन्थ ठाकुरलाई २ नं प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव नगरिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेश नं २ मा को मुख्यमन्त्री हुने हो भन्नेबारे प्रदेशको निर्वाचनपछि निर्णय हुने स्पष्ट पार्नुभयो । अध्यक्ष यादवले नेपाली कांग्रेससँग नीति, विचार र विषय नमिल्नाका कारण नै संयुक्त मोर्चा गठन नभएको बताउँदै निर्वाचनका लागि काँग्रेस लचिलो भएमा तालमेल हुन सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदेश नं २ मा राजपालाई संघीय सदस्यमा १५ र प्रदेशमा ३१ स्थान छाड्नेसहमति पार्टीमा भएको जानकारी दिँदै नेपाली काँग्रेससँग पनि चुनावी सहकार्य भएमा
More

चिनले दिएको निर्वाचन खर्चमा माओवादी ,एमालेको भागबण्डा

काठमाडौं । शुक्रबार र शनिबार एमाले–माओवादी केन्द्रका शीर्ष नेताहरूको गोप्य बैठकहरू बसेका छन् । ती बैठकहरूमा नेपाली कांग्रेसविरुद्ध चुनावी अभियान चलाउने विषयमा गम्भीर छलफल भएको छ । बैठकहरू एमालेका उपाध्यक्ष बामदेव गौतमको निवास भैँसेपाटीमा बसेका हुन् । सधै पार्टी कार्यालय वा केपी वली वा पुष्पकमल दाहाल ‘प्रचण्ड’ वा रिसोर्टहरूमा बस्दै आएको शीर्ष नेताहरूको बैठक गौतमको निवासमा बस्नुलाई रहस्यका साथ लिइएको छ । अन्यत्र बैठक बस्दा गोप्य कुराहरू लिक हुने डरले गौतमको निवासमा बैठक बसेको हो । ती दुबै बैठकमा ओली र प्रचण्डका विश्वासपात्र नेताहरूलाई ईन्ट्री दिइएको थियो । स्रोतका अनुसार गौतमले चीनबाट निर्वाचनका लागि आएको बीस अर्ब रुपियाँका विषयमा एमाले
More

चुनावमा भोट माग्ने माध्यम बन्दै बलेवा बिमानस्थल

सरु पौडेल बलेवा,कार्तिक १२ / २०५२/५३ देखि बन्द गरिएको बागलुङ बलेवा एयरपोर्ट विगत २० बर्ष देखि सञ्चालनमा आउन सकेको छैन् । समय समयमा लाखौ“ खर्च गरि भवन मर्मत गरिएता पनि लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन नसकेपछि भवन पुनः जीर्ण बन्दै गएको छ । एयरपोर्टका लागी भवन मर्मत, तारजाली गरिए पनि संरक्षणका अभावनमा भवन भत्किदै गएको हो ।४५० रोपनी जग्गामा रहेको बलेवा विमानस्थलबाट विगतमा काठमाण्डौ“, पोखरा, भैरहवा र जोमसोम लगायतका क्षेत्रमा उडान हुदै आएको थियो । तर अहिले व्यवस्थापनको कमिले गर्दा विमानस्थलको धावनमार्ग घाँस र झारले भरिनुका साथै ३ वटा भवन प्रयोगविहीन बनेका छन् । एयरपोर्ट सञ्चालन भएपछि सुनसान बलेवामा
More

बाबुरामलाई झ्टका, गोरखाका नयाँ शक्तिका नेता पोख्रेल माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको विकास र समृद्धिका लागि माओवादी केन्द्र र वाम गठबन्धनको विकल्प नभएको बताउनुभएको छ । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य तथा गोरखाका समाजसेवी वासु पोखरेललगायत एक दर्जन नेता तथा कार्यकर्तालाई आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा स्वागत गर्दै उहाँले गोरखा जिल्ला वामपन्थी शक्तिको आधार क्षेत्र रहेको बताउनुभयो । उहाँले माओवादी जनयुद्धको केन्द्रका रूपमा रहेको गोरखा जिल्लालाई आर्थिक, सामाजिक रूपमा विकासको उच्च शिखरमा पु-याउने योजना आफूहरूसँग मात्रै रहेको दाबी गर्नुभयो । अध्यक्ष दाहालले डा भट्टराईका पछिल्ला कदमले स्वयं भट्टराई र नयाँ शक्तिलाई संकटमा पारिरहेको बताउनुभयो
More

दाहाल ज्वाइँको टिकटले ‘खैलाबैला’

विराटनगर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका कान्छा ज्वाइँ मोरङबाट प्रदेशसभाका लागि सिफारिसमा परेका छन् । उनको सिफारिससँगै मोरङ माओवादीको असन्तुष्टि छताछुल्ल भएको छ । मोरङ क्षेत्र नम्बर ६ को (क) बाट दाहालका ज्वाइँ जीवन आचार्यलाई प्रदेशसभाका लागि टिकट सिफारिस गरिएको छ । अध्यक्ष दाहालले मोरङको ६ (क) बाट ज्वाइँ नै उम्मेदवार हुने संकेत अरु आकांक्षीहाई दिइसकेका छन् । ‘मोरङका ६ (क) बाट चाहना नराख्नु, यसपालि चुप लागेर बस्नुस्,’ आफ्नै पार्टीका आकांक्षीलाई दाहालले यसरी नै सम्झाउने गरेको स्रोतले बतायो । माओवादी केन्द्र मोरङका इन्चार्ज गोपी अछामीले प्रदेश सभाको ६ (क) बाट आचार्यले नै टिकट पाउने दाबी गरे । एमालेसँगको
More

जटिल रोग निको पार्ने भन्दै नेटवर्किङ धन्दाः पाँच सय बढी सर्वसाधारण प्रभावित

कार्तिक ११, २०७४-विगतमा नेटवर्किङ व्यवसायलाई गैरकानुनी धन्दा भन्दै प्रतिबन्ध लगाइएपनि पछिल्लो समय उपचार गराउने नाममा यस्तै प्रकृतको धन्दा पूर्वका जिल्लामा मौलाएको छ । जटिल रोग निको पारिने भन्दै सयौं सर्वसाधारणबाट आफ्ना उत्पादन उपलब्ध गराउ‘दै रकम लिने गरिएको छ । स्वदेसमा सम्पर्क कार्यालयसमेत नभएको ओरियन्स नामक संस्थाले नेटवर्किङ शैलीबाट औषधी बिक्री गराउँदै आएको छ । अझ सदस्य बनाएवापत औषधी छुट मूल्यमा पाउने तथा बोनस दिलाइने भन्दै सर्वसाधारणसँग लाखौंको कारोबार गर्दै आएको छ । भारतको चेन्नईमा मुख्य कार्यालय रहेको भनिएको ओरियन्सले नेटवर्किङ शैलीमार्फत आफ्नो उत्पादन बिक्री गर्दै आएको छ । विशेषगरी झापा, सुनसरी, धनकुटालगायतका जिल्लामा यसको बिस्तार हुनेक्रम बढेको छ । खासगरी
More