Daily Archives 29th October 2017

त्रिशुली दुर्घटनाको शोकमा भोलि सप्तरीका स्थानीय निकाय बन्द

कार्तिक ११, २०७४-त्रिशुलीमा भएको बस दुर्घटनाको शोकमा भोलि सप्तरीका सबै स्थानीय निकाय बन्द गरिने भएको छ । त्रिशुलीमा शनिबार बस खस्दा २८ जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउँने अधिकांश सप्तरीबासी छन् । राजविराज नगरपालिकाका मेयर शम्भु यादवका अनुसार दुर्घटनामा ज्यान गुमाएहरुलाई श्रद्धान्जलीस्वरुप भोलि सबै स्थानीय निकाय र मातहतका कार्यालय बन्द गर्ने निर्णय भएको हो । कान्तिपुरबाट ।
More

त्रिशूलीमा सवारी दुर्घटना : ३ वर्षमा ४२ को मृत्यु, १८ बेपत्ता

कार्तिक १२, २०७४-तीन वर्षयता नारायणगढ–मुग्लिन सडकखण्डबाट बस त्रिशूलीमा खस्दा ४२ को ज्यान गएको छ । नदीमा खसेका १८ को अझैसम्म अत्तोपत्तो छैन । उक्त अवधिमा २९ गाडी त्रिशूलीमा खसेको प्रहरी रेकर्ड छ । उक्त सडकखण्डमा यही अवधिमा भएका सवारी दुर्घटनामा थप ३३ को मृत्यु भएको छ भने ८९ घाइते छन् । असोज १५ गते नारायणगढबाट भैंसी लोड गरी राजधानी जाँदै गरेको ना ७ ख १४५७ नम्बरको ट्रक भरतपुर महानगर–२९ घुमाउने भन्ने स्थानबाट त्रिशूलीमा खस्दा ट्रकका सहचालक वीरगन्ज–३२ का २३ वर्षे काधिर नटको मृत्यु भयो । गएको असार ९ गते भरतपुर महानगरपालिका–२९ कालीखोलास्थित सडकमा पहिरो खस्दा त्रिशूली नदीमा डुबेर तीन यात्रुको
More

मेस्सीको ह्याट्रिकले अर्जेन्टिना विश्वकपमा छानियो

अर्जेन्टिना आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको इक्वेडरसँगको निकै महत्वपूर्ण खेलमा ३–१ को जित निकाल्दै अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको हो । एक खेल बाँकी हुँदा छनौट नहुने खतरामा रहेको अर्जेन्टिना स्टार खेलाडी लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको बलमा विश्वकपमा स्थान बनाउन सफल भएको हो । अर्जेन्टिनाको जितमा तीनै गोल मेस्सीले गरे । पहिलो मिनेटमा नै इक्वेडरका इबाराले गोल गरेपछि अर्जेन्टिना पछि परेको थियो । तर ११ औं मिनेटमा मेस्सीले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए । त्यसको सात मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई २–१ को अग्रता
More