Daily Archives 30th October 2017

अमेरिकी लायन्स क्लबको टोली नेपाल जाने

नेपाल र अमेरिकी लायन्स क्लबको एक बिशेष टोलीले नोभेम्बर २ देखि १४ तारिखसम्म नेपालको भ्रमण गर्ने भएको छ । नेपाली लायन्स क्लबसंगको सहकार्यमा संचालित स्वास्थ्य शिविर र अन्य समाजीक अभियानमा सरिक हुन, लायन्स डिष्ट्रिक ४सी३ का गर्भनर लायन राजेन थापाको नेतृत्वमा ९ सदस्यीय लायन टोलीले नेपालको भ्रमण गर्न लागेको हो । राजेन थापा नेपाली डायस्पोराकै पहिलो लायन्स डिष्ट्रिक ४सी३ का गर्भनर हुन् । डिष्ट्रिक ४सी३ मार्फत उनले क्यालीफोर्नीयाको अलामेडा र कन्टाकोष्टा काउन्टीका ४४ वटा लायन्स क्लबहरुको नेतृत्व गर्दछन् जसमा १२२० लायन सदस्यहरु छन् । १२ दिने सद्भावना भ्रमणको क्रममा थापाको टोलीले काठमाण्डौँ, पोखरा, बन्दिपुर, चितवन तथा इटहरीका बिभिन्न लायन्स क्लबहरुसंग
More

सिटौलाविरुद्ध लिङदेन उठ्ने, बाम गठबन्धनलाई सजिलो

झापा । लोकतान्त्रिक गठबन्धनको झापा क्षेत्र नं. ३ मा उम्मेदवार चयन समस्यामा परेको छ । कांग्रेसले पूर्वमहामन्त्री कृष्ण सिटौलालाई उठाउने निर्णय गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले महामन्त्री राजेन्द्र लिङ्देनको उम्मेदवारी कायम रहेको जनाएको छ । राप्रपा पार्टी केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त स्थानमा आफ्नो उम्मेदवारलाई जिताउन अन्य दलसँग समेत सहकार्य तथा तालमेल गर्न सम्बन्धित जिल्ला समितिलाई जिम्मेवारी दिएको उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिनुभयो । नेपाली काँग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उक्त स्थानमा उम्मेदवार बनाउन लागेपछि काँग्रेसको नेतृत्वमा गठन भएको लोकतान्त्रिक गठबन्धनबाट एउटै क्षेत्रमा दुई उम्मेदवारको प्रतिस्पर्धा हुन लागेको छ । उपाध्यक्ष तामाङका अनुसार काँग्रेसले उक्त स्थानमा राप्रपालाई
More

छुट्टाछुट्टै मतपत्र छाप्न शुरु भइसक्योःनिर्वाचन आयोग

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहितले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा छुट्टाछुटै मतपत्र छाप्न शुरु भएको भनी लिखित जवाफ पेश गर्नुभएको छ । महान्यायाधिवक्ता कार्यालयमार्फत उपन्यायाधिवक्ता घनश्याम ओझाले दर्ता गरेको लिखित जवाफमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ अलग अलग मतपत्र छपाइको काम शुरु भइसकेको उल्लेख छ । जवाफमा अदालतको आदेशलाई सम्मान गर्दै बैतडी, बझाङ, दार्चुला, बाजुरा र जाजरकोट जिल्लाका मतपत्र छाप्नका लागि आयोगले आइतबार नै जनक शिक्षा सामग्री केन्द्र लिलाई पत्र पठाइएको जनाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा अलग अलग मतपत्र छाप्नुपर्ने माग गर्दै राष्ट्रिय जनता पार्टी नेपालका नेता सर्वेन्द्रनाथ शुक्लले दायर गरेको
More

कांग्रेसको घोषणापत्र भोलि, माओवादी ‘अवसरवादी’, एमाले ‘एकता र समृद्धिको बाधक’

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीले केन्द्रीय तहमा घोषणापत्र तयार गरेको र मंगलबार (भोलि) सार्वजनिक गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । घोषणापत्रमा वर्तमान राजनीतिक परिदृष्य, त्यसले आगामी दिनमा पार्ने प्रभाव, आसन्न निर्वाचनपछि मुलुकलाई स्थिरता र विकासका मार्गमा लैजान कांग्रेसले अपनाउने नीति तथा कार्यक्रम समेटिएको छ । कांग्रेसले कम्युनिष्ट गठबन्धनलाई ‘सत्तास्वार्थको संज्ञा’ दिँदै माओवादी केन्द्र अस्थीर राजनीतिक लाभ खोज्ने अवसरवादी भएको आरोप लगाएको छ । नेकपा एमाले ‘राष्ट्रिय एकता र समृद्धिको बाधक’ भएको किटानी कांग्रेसको छ । मधेस आन्दोलनलाई ‘विखन्डनको आन्दोलन’ भन्दै र मधेसी जनताप्रति निरन्तर
More

बलात्कारपछि बालिकाको आँखा झिकेर हत्या प्रयास

भोजपुर । भोजपुरको आमचोक गाउपालिका– ९ दुम्मनामा १५ वर्षीया एक वालिकाको बलात्कार पछी हत्याको प्रयास भएको छ । कक्षा ८ मा अध्ययनरत वालिकाको बलात्कारपछि आँखा झिकेर हत्या गर्ने प्रयास भएको आफन्तले बताएका छन । सामाजिक तथा आर्थिक रुपमा कमजोर पीडित बालिकालाई अचेत अवस्थामा स्थानीयले भेटेपछि सहयोग जुटाएर उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु-याएका थिए । उनको अवस्था गम्भिर रहेको बताइएको छ । यसैबीच बालिकालाई बलात्कार गरी हत्या गर्ने प्रयास गरेको आरोपमा प्रहरीले स्थानीय सन्तोष श्रेष्ठले पक्राउ गरेको छ । अविभावक गुमाएकी पिडीत वालिका ठुलो वुवाको संरक्षणमा वस्दै आएकी थिइन् ।
More

दुई छुट्टाछुट्टै दुर्घटनामा १८ को मृत्यु,

काठमाडौं । गुल्मी र ओखलढुंगामा सोमबार भएको दुर्घटना १८ जनाको मृत्यु भएको छ । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो बस गुल्मीको वीरवासमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ  भने उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो जिप आज दिनको २ बजे सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–११ को ठाटीमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुई जनाको उद्धार गरिएको छ । सोमबार बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नंको माइक्रो गुल्मी दरबार गाउँपालिका वडा नं ४ मा दुर्घटना भएको हो । दुर्घटनामा सातजनाको मृत्यु भएको र छजना घाइते भएको जिल्ला प्रहरी
More

काठमाण्डौ र धुलिखेलमा चल्ने भयो मेट््र्रो रेल

४ वर्षमै काठमाडौँ र धुलिखेलमा मेट्रोरेल चल्ने, यस्तो छ डिपीआर प्रतिवेदन काठमाडौ । देशमा वर्षौदेखी रेल मेट्रो रेलको निर्माण गर्ने कुरा चलिरहे पनि अहिलेसम्म पनि त्यसलागी शुन्य तयारी पनि थिएन् । तर अब भने काठमाडौँ उपत्यका र नागढुंगादेख धुलिखेलसम्म चल्ने गरी दुई मेट्रोरेल निर्माणका लागी डिपीआर प्रतिवेदन तयार भएको छ । लगानी बोर्डले दुबै मेट्रोरेल निर्माणका लागी अन्तिम प्रतिवेदन तयार पारेको हो । जापान सहयोग नियोग (जाईका) ले सन् २०१६ मा तयार पारेको गुरुयोजना, रेल विभाग र कोरियन इन्जिनियरिङ कम्पनीले गरेको अध्ययन, लगानी बोर्डले नै बेलायती सहयोग नियोग (डिफिड) लगायतका निकायले तयार पारेको प्रतिवेदनमा आधारित भएर समितिले अन्तिम प्रतिवेदन तयार पारेको
More

फेरि अर्को दुर्घटना ःः७ जनाको मृत्यु

कात्तिक १३ । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागी छुटेको बा४ ख ५५०१ नम्बरको माईक्रो गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो । दुर्घटनामा ७ जनाको मृत्यु भएको र ६ जना घाएते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । बुटवलबाट १३ जना यात्रु लिएर तम्घास आएको थियो । दुर्घटनमा मृत्यु हुने र घाइतेहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरी र स्थानिले उद्धार कार्यमा जुटि रहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल आर्यालले जानकारी दिए । घाइतेहरुको
More

जिप दुर्घटनामा चारजनाको मृत्यु

उदयपुर । उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना१ज ३४०४ नंको सुमो जिप आज दिउँसो २ बजे कटारी नगरपालिका–११ मा दुर्घटना हुँदा चार जनाको जटनास्थलमै मृत्यु भएको छ । जिप कटारी–११को खाँडी भन्ने ठाउँमा सडकबाट ४०० मिटर तल खसेर भएको सो दुर्घटनामा जिपमा रहेका अन्य छजना अझै नभेटिएको इलाका प्रहरी कार्यालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । प्रहरी घटनास्थलतर्फ गइसकेकाले घटनाको थप विवरण आउने उहाँले जानकारी दिनुभयो ।
More

बुटवलबाट तम्घास गइरहेको माइक्रोबस दुर्घटना, ७ को मृत्यु

काठमाडौं । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास गइरहेको बा.४ ख ५५०१ नम्बरको माइक्रोबस विरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । तम्घासका लागि सोमबार बिहान छुटेको उक्त माईक्रो गुल्मीदरबार गाउँपालिका-४ मा दुर्घटना भएको हो । दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मी ले जनाएको छ । बुटवलबाट १३ जना यात्रु लिएर गाडी तम्घासका लागि छुटेको थियो । दुर्घटनामा मृत्यु हुने र घाइतेहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।
More

विनोदी ले कैकेयी लिएर आए

कार्तिक १३, २०७४-कवि गोविन्दराज विनोदी महाकाव्यसहित आएका छन् । ‘कैकेयी’ राजधानीमा आइतबार प्रा. चूडामणि बन्धु, प्रा. राजेन्द्र सुवेदी, कवि/समालोचक प्रभा भट्टराई, साहित्यकार भुवनहरि सिग्देल लगायतले लोकार्पण गरे । महाकाव्य समकालीन समयमा पठनीय रहेको बन्धुले बताए । सुवेदीले रामायणमा उपेक्षित नारी पात्र ‘कैकेयी’ लाई केन्द्रमा राखी सिर्जना गरिएको उक्त महाकाव्य कला, भाव, बिम्ब–प्रतीक र महाकाव्यिक चेतनाको दृष्टिले उत्कृष्ट रहेको टिप्पणी गरे । भट्टराईले रामायणको मिथकलाई महाकाव्यले आधुनिकतामा जोड्ने कोसिस गरेको बताइन् । कार्यक्रममा छन्दकविहरू सुदेश सत्याल र मनोज भण्डारीले उक्त महाकाव्यका केही कविता वाचन गरेका थिए । कान्तिपुरबाट ।
More

मतपत्र छपाईको प्रगतिबारे आयोगले आज सर्बोच्च अदालतलाई जवाफ दिने

काठमाडौं । निर्वाचन आयोगले मतपत्र छपाइका विषयमा भएको प्रगतिका विषयमा आज सर्बोच्च अदालतलाई जवाफ पठाउदै छ । सर्वोच्चले प्रदेश र प्रतिनिधिसभाका लागि अलग–अलग मतपत्र आवश्यक भएको भन्दै छपाईमा भएको प्रगतिवारे तीन दिनभित्र जवाफ पेश गर्न आयोगलाई पत्राचार गरेको थियो । आइतबार कानुनविद तथा सरोकारवालासंगको छलफलपछि प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र फरक–फरक छाप्ने निर्णय गरेको आयोगले आज जवाफ पठाउन लागेको हो । आइतवारको निर्णय अनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्र्तगत प्रत्यक्ष तर्फ अलग–अलग मतपत्र छपाईमा भएको प्रगति विवरण खुलाई सर्वोच्च अदालतमा आयोगले विवरण पठाउन लागेको हो । सर्वोच्चको आदेश अनुकुलको परिमार्जित बिषय समेट्दै सर्बोच्चलाई जवाफ पठाएर मतपत्र छपाईको काम सुरु गर्ने
More

समानुपातिक बन्द सूचि कात्तिक १७ सार्वजनिक गरिने

काठमाडौं । राजनीतिक दलहरुले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक चुनाव प्रणालीका उम्मेदवारको बन्दसूची संशोधन सहित निर्वाचन आयोगमा पेश गरेका छन् । गत असोज २९ गते आयोगमा बुझाएको सुचि संसोधन गरेर दलहरुले आइतवार आयोगलाई बुझाएका हुन । बन्दसूची सच्चाउन नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलहरु आयोग पुगेका थिए । कांग्रेसले देउवा र रामचन्द्र पौडेल पक्षको साठी–चालिस भागबण्डा गरेर बन्द सुचि बुझाएको छ । नेकपा एमाले र माओवादी केन्द्रको गठवन्धनले भने साठी प्रतिशत महिलाहरुलाई समानुपातिकका मौका दिएको छ । निर्वाचन आयोगले निर्वाचन कानूनबमोजिम बन्दसूचि संशोधन गर्न यही कात्तिक ६ गतेदेखि शुक्रवारसम्मको समयसीमा दिएको
More

लुम्बिनीको माटो र वुद्धको मूर्ति मेलबर्नमा सजाएर राखिने

मेलबर्न । आफ्नो कला, संस्कृति, रीति, रिवाजलाई आफ्नो पुस्तामा कायम राख्दै भावी पुस्तामा समेत यस्लाई निरन्तरता दिनका खातिर अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्र निर्माण कार्यलाई तिब्रता दिने अभिप्रायले आगामी डिसेम्बर १८ देखि २४ सम्म वाचन प्रबिण पण्डित दिनबन्धु पोखरेलद्धारा वाचन हुने सप्ताहब्यापी महापुराण ब्यबस्थापन कार्यको अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरका अध्यक्ष डा चन्द्र पोखरेल र संस्थापक अध्यक्ष रन्जन बैद्यले संयुक्त रुपमा रिबन काटेर औपचारिक रुपमा शुभारम्भ गर्नु भयो । त्यस्को लगत्तै ९ बर्षीया प्रबृति गौतमले अनपेक्षित रुपमा सबैलाई आस्चर्य चकित तुल्याउँदै करीब ढाइ मिनेट पुरै संस्कृतमा कार्यक्रम सफलताको लागि आशिर्बचन गर्नु भएको थियो । मेलबर्नमा नेपाली
More

पुस्तक लोकार्पण

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत सोमबार नेपाली काँग्रेस जिल्ला कार्य समिति भक्तपुरका पूर्व सभापति रामबहादुर ठकुरीद्वारा लिखित आत्मवृतान्त ‘नलेखिएका इतिहास’ पुस्तकको लोकार्पण गर्दै । तस्बिर : रमेश गिरी
More

साहित्यकारको स्वागतमा साहित्यिक जम्टघट

लन्डन । नेपाली साहित्य विकास परिषद यूकेले नेपालबाट लण्डनमा एक अन्तराष्ट्रीय सम्मेलनमा भाग लिन आउनु भएका युवा साहित्यकार कवि निर्मलकुमार थापालाई एक साहित्यिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी स्वागत सम्मान् गरेकोछ । वयस्ट लण्डन ग्रिनफोर्ड स्थित परिषद् सचिवालयमा आयोजित उक्त समारोहलाई मुख्य अतिथि साहित्यकार कवि निर्मलकुमार थापाले सम्वोधन गर्नुहँदै साहित्यकारहरू जहाँ पुगे पनि मुटुमा देश बोकेर ल्याएका हुन्छन् । देश चिनाउने भाषा साहित्य संस्कृति जस्ता नेपाली पहिचानको जगेर्ना गर्ने कार्यमा नेपाली साहित्य विकास परिषद् यूके डायसपोरामा अग्रिणी रहेको जानाकारी धेरै पहिले देखि आफूले सुन्दै आएको र यहाँ आएर प्रत्यक्ष अन्तर्क्रिया गर्नपाउँदा खुसी लागेको चर्चा गर्नु भयो । समारोहमा सभापतिको आसनबाट वोल्नुहुँदै
More

विश्वकै सबैभन्दा लामो नाट्य महोत्सव ‘कात्तिक नाच’

ललितपुर । परम्परागतदेखि सञ्चालन हुँदै आएको ‘कात्तिक नाच’ विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रुपमा चिनिदै आएको छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लको पालादेखि सञ्चालित उक्त नाच देश र जनताको कल्याणार्थ सञ्चालन गरिएको जनविश्वास रहँदै आएको छ । नेपाल संवत् ७६१ तथा विसं १६९७ बाट कात्तिक नाचको प्रारम्भ भएको इतिहासमा उल्लेख गरिएको छ । ऐतिहासिक रुपमा साँस्कृतिक एवं तान्त्रिक मूल्य मान्यता बोकेको सो नाचको गरिमा आज पनि उत्तिकै प्रतिष्ठित रहेको छ । बहुचर्चित नाचका सर्जक एवं प्रवद्र्धक राजा सिद्धिनरसिंह मल्लका शिक्षा गुरु हरिवंश उपाध्याय तथा दिक्षा गुरु विश्वनाथ उपाध्यायको उक्त नाचमा तान्त्रिक पक्षमा योगदान रहेको पाइन्छ । धार्मिक राजा मल्लले देशमा
More

नेपाली भाषा साहित्यलाई अन्तर्राष्ट्रियस्तरको बनाउने छलफल

मेरिल्याण्ड । नेपाली मूलका अमेरिकी, पत्रकार तथा साहित्यकार, सामाजिक अभियन्ताले नेपाली भाषाको अन्तर्राष्ट्रियकरण गर्नका लागि नेपाली भाषामा प्रकाशित महत्वपूर्ण कृति अनुवादमा जोड दिएका छन् । उनीहरुले यसका लागि विदेशमा रहेका नेपालीसँग सहकार्य गरी अन्तर्राष्ट्रिय मापदण्डका आधारमा अनुवादको खाँचो भएको बताएका छन् । आइतबार अन्तर्राष्ट्रिय साहित्य समाज मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर नेपालले अर्को पुस्ताका लागि भाषा, संस्कृति र रीतिरिवाजका विषयमा समेत जानकारी दिने खालको प्रकाशन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भावी पिँढीका लागि नेपालकाबारेमा जानकारी दिने विविध विषयमा विश्वव्यापी मान्यतामा रहेको अंग्रेजी भाषामा लेखिएको कृति अब आवश्यक भइसकेको छ ।
More

नक्कली फेसबुक बनाई अश्लील कार्य गर्ने पक्राउ

चितवन । नक्कली फेसबुक ‘आइडी’ बनाई महिलालाई अश्लील कार्य गर्न खोज्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । महिलालाई बदनाम गर्ने उद्देश्यले फेसबुकमा मोबाइल नम्बर र फोटो राखी अश्लील कार्यका लागि सम्पर्क गर्नुहोला भनेर स्टाटस राख्ने गरेको आरोपमा पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले आज जानकारी दिनुभयो । यसरी पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–४ का २७ वर्षीय नविन तिमिल्सिना रहेको उहाँले जानकारी दिनुभयो । उनीविरुद्ध नक्कली फेसबुक बनाई महिलालाई बदनाम गर्ने उद्देश्यले अश्लील कार्यका लागि सम्पर्क गर्नुहोला भनी मोबाइल नं र फोटो हालेको भनी केही दिनअघि नै लिखित उजुरी परेको प्रहरीले जनाएको छ । उनलाई केही सार्वजनिक
More