Monthly Archives November 2017

लण्डनका महानगर प्रमुखद्वारा ट्रम्पको राजकीय भ्रमण रद्द गर्न आग्रह

लण्डन । लण्डनका महानगर प्रमुख सादिक खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायतमा हुने भनी तय भएको राजकीय भ्रमणलाई रद्द गर्न आग्रह गर्नुभएको छ । बेलायतमा अमेरिकी राष्ट्रपतिले मुसलमान विरोधी भिडियोलाई पुनः ट्वीट गरेपछि खानले सो भिडियोप्रति विरोध जनाउँदै यस पहिले बेलायती नागरिकले ट्रम्पको भ्रमणबारेमा विरोध जनाइरहेका बेलायतीको स्वरलाई थप शसक्त बनाउनुभएको हो । महानगरप्रमुखले अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिका कारण यस समयमा उहाँलाई बेलायतमा उचित सम्मान मिल्न नसक्ने बताउनुभएको छ । प्रधानमन्त्री मेका सरकारी प्रवक्ताले अमेरिकी राष्ट्रपतिले मुसलमान विरोधी भिडियोलाई पुनः ट्वीट गर्नु गलत भएको छ । बेलायती गृहमन्त्री एम्बर रडले विहीबार सरकारको धारणा दोहोराउँदै ट्रम्पले मुसलमानविरोधी भिडियो प्रधानमन्त्री मेलाई पठाउनु गलत
More

बम विष्फोटमा मृत्यु भएका चौधरीको परिवारलाई २५ लाख राहत

दाङ । दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले विस्फोटमा परी मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई रु २५ लाख राज्यले राहतस्वरुप उपलब्ध गराउने बताउनुभएको छ । तुलसीपुर उपमहनगरपालिका–१२ क्वाङ्गीस्थित चौधरीको निवासमा श्रद्धाञ्जलि दिन पुग्नुभएका प्रजिअ श्रेष्ठले त्यस्तो जानकारी दिनुभएको हो । बीमावापतको रु १५ लाख र राज्यले राहतस्वरुप उपलब्ध गराउने रु १० लाखसमेत गरी रु २५ लाख रकम पीडित परिवारलाई उपलब्ध गराइने उहाँको भनाइ थियो । निर्वाचन प्रयोजनका लागि देशभर ९६ हजार म्यादी प्रहरी भर्ना भएको भए पनि चौधरी पहिलो सहिद भएको उहाँले बताउनुभयो । उहाँले विनोदकी पत्नी १९ वर्षीया अञ्जना चौधरीलाई रोजगारको व्यवस्था तथा उहाँकी डेढ वर्षीया छोरी
More

नेता पौडेल देबघाटमा मतदातासँग

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बिहीबार तनहुँको देवघाटमा मतदातासँग भेटघाट गर्दै । तस्बिर : नारायण अधिकारी
More

मीरा कटुवाल रोएपछि सबै भावुक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको हात समाउँदै एम्बुस विस्फोटमा एउटा खुट्टा गुमाएकी मीरा कटुवाल रोएपछि सँगै रहेका सबै भावुक बने। प्रधानमन्त्री देउवाले कटुवाललाई सान्त्वना दिँदै भने,‘म छु चिन्ता नगर्नुस्, छिट्टै निको हुन्छ।’ बुधबार उदयपुरमा एम्बुस विस्फोटमा परेर घाइते भई काठमाडौँ ल्याइएका बिरामीलाई भेट्न आज त्रिवि शिक्षण अस्पताल पुगेका देउवा सान्त्वना दिँदै थिए। प्रधानमन्त्री देउवाले उदयपुर निर्वाचन क्षेत्र नं २ का नेपाली कांग्रेसका उम्मेदवार नारायण कार्की लगायत अन्य घाइतेलाई भेटी स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन्। बुधबार उदयपुरगढी गाउँपालिका ६ मा चुनाव प्रचारका क्रममा कार्कीको गाडीलाई लक्षित गरी भएको एम्बुस विस्फोटमा ७ जना घाइते भएका थिए। उनीहरु सबैको शिक्षण अस्पतालमा उपचार भइरहेको छ
More

घुसको रकमसहित इन्जिनियर नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुससहित सिँचाइ विकास डिभिजन कास्कीमा कार्यरत इन्जिनियर गोविन्दप्रसाद भुर्तेललाई नियन्त्रणमा लिएको छ । सिँचाइ कुलो निर्माणका लागि ठेक्का सम्झौता गरी काम सम्पन्न गरेपश्चात अन्तिम बिल भुक्तानीका लागि र कार्य अनुभव प्रमाणपत्र दिने प्रयोजनका लागि विभिन्न बाहनामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं निवेदनका आधारमा आयोगको टोलीले निजकै निवासबाट घुस रकमसहित बुधबार उहाँलाई नियन्त्रणमा लिएको हो ।
More

शुक्रबार सार्वजनिक विदा

काठमाडौं । सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मगुरु हजरत मुहम्मद सल्ललल्लाहो अलैह वोसल्लमको जन्मदिन परेकाले सरकारले भोली विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले आज विज्ञप्ती प्रकाशित गरेर शुक्रबार सार्वजनिक बिदा भएको जानकारी गराएको हो । विज्ञप्तीमा शुक्रबार नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवम् विदेशस्थित नेपाली नियोग समेतमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ । सँगै सरकारले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ मा पनि विदा दिने निर्णय गरेको छ । आगामी पौष १० गते ‘डिसेम्बर २५ तारिख’ मा परेको ‘क्रिसमस डे’ समेत सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख
More

एमाले नेता साउदसहित ७२ जना कांग्रेसमा प्रवेश

धनगढी । कैलालीका नेकपा एमालेका पुराना नेता प्रेम साउदसहित ७२ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बिहीबार कैलालीको क्षेत्र नम्बर ४ को चुरे गाउँपालिका वडा नम्बर ६ ढुंगेनीमा आयोजित एक कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य रत्ना शेरचनले नेता साउँद सहित ७२ जनालाई पार्टीको सदस्यता प्रदान गर्नुका साथै स्वागत गर्नुभयो । नेपाली कांग्रेस प्रवेश गर्नेहरूमा माओवादी केन्द्रका भानसिंह साउद, सुर्जबहादुर कार्की, दलबहादुर बोहरा लगायत रहेका छन् । कार्यक्रममा केन्द्रीय सदस्य शेरचनले कांग्रेसले जहिले पनि सिमान्तकृत वर्ग समुदायको हकहितका पक्षमा काम गरेको चर्चा गर्नुभयो । उहाँले फलफूल तथा तरकारीको उर्बर क्षेत्र रहेको चुरे गाउँपालिकाका निगाली, खैराला र सहजपुरलाई सुन्तला जातको फलफूल र
More

गगनसँग भट्टराई दोब्बर मतले पराजित हुने पूर्वानुमान

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ को निर्वाचन माहोलले नयाँ रुप धारण गरेको छ । विशेष गरी वाम गठबन्धनका उम्मेदवार राजन भट्टराई गगनविरुद्ध प्रचारबाजीमा उत्रिएपछि चुनावी महोलले नयाँ रुप धारण गरेको हो । विशेषगरेर कपन भेकलाई हिलोधुलो र अस्तव्यस्तत भएको नाममा राजन भट्टराइले गगन थापाबिरुद्ध सामाजिक सञ्जालमा अतिरिञ्जत प्रचार थालेका छन् । गगनले कपन जाने आउने ६ वटा बाटोलाई राष्ट्रिय योजनामा पारेर अरबभन्दा धेरै बजेटको व्यवस्था गरेर काम कार्यान्वयन तहमा पुगेको छ । निर्माणाधीन ती सडकको हिलो र धुलो देखाएर स्थानीय जनताको मन जित्ने भट्टराईको प्रयास त्यत्तिबेला असत्य सावित भयो, जुन बेला उक्त सडक राष्ट्रिय योजनामा परेर निर्माणाधीन रहेको थाहा
More

प्रम देउवा बम विष्फोटका घाइतेसँग

प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर उदयपुरको उदयपुरगढी गाउँपालिका–६ को दनुवारवेसीमा बुधबार बम विष्फोटमा घाइते भई उपचार गराइरहेकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै । तस्बिर: रोशन सापकोटा
More

श्रीमान् र ससुराले भनेको ठाउँमा भोट हाल्ने दिन गयो

पथरी । पथरी शनिश्चरे–८ की पार्वती बच्चु चौधरीले विकास गर्ने उम्मेदवारलाई मत दिने बताइरहँदा उहाँकी श्रीमती पार्वतीदेवीले आप्mना छोराछोरीको भविष्य सुरक्षित गर्ने र आफ्नो सुखदुःखमा साथ दिने उम्मेदवारलाई मत दिने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विवाह भएदेखि नै श्रीमान्ले रोजेको उम्मेदवारलाई भोट दिएको छु तर यसपालि म आफैँले रोजेको उम्मेदवारलाई मत दिन्छु ।” संविधानले महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चिता गरेको छ । पार्वतीदेवीजस्ता महिला अब सक्षम बन्दै गएकाले आप्mनो निर्णय आफँै गर्ने भइसकेका छन् । महिला प्रतिनिधित्वविना गाउँको सानो समितिदेखि संसद्समेत पूर्ण नहुने अवस्थामा महिला चुप लागेर बस्न नहुने उहाँको भनाइ छ । “पुरुषले रोज्दैआएको उम्मेदवारले इमानदार भएर काम
More

नेपाल आइडलभन्दा कम भएन लैबरी सिङगिङ स्टार

काठमाडौं । नेपाल आइडलको चर्चा र क्रेज कम हुन नपाउँदै अर्को नयाँ गायन रियालिटी शो ‘लैबरी सिङगिङ स्टार’को चर्चा सुरु हुन थालेको छ । सनसाइन प्रोडक्शन हाउसले आयोजना गरेको ‘लैबरी सिङगिङ स्टार’ को चार राउन्डको अडिसन सम्पन्न भइसकेको छ । स्कूलमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरिएको यस गायन प्रतियोगीतालाई स्तरिय बनाउन कनै कसुर बाँकी नराखेको आयोजक संस्थाकी अध्यक्ष प्रमिला तामाङले जानकारी दिइन् । पुष पहिलो साताबाट टेलिभिजनमा प्रशारण हुने तयारीमा रहेको यस प्रतियोगीतामा विभिन्न जिल्लाका बाल–बालिकाहरु सहभागी भएका छन् । गायिका समेत रहेकी तामाङले भनिन्, ‘बाल–बालिकाहरुमा लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउन लैबरी सिङगिङ स्टार आयोजना गरेका हौं ।
More

एम्बुस थाप्ने योजनाकार पक्राउ

गाईघाट । बुधबार बिहान उदयपुरगढी गाउँपालिका– ६ स्थित दनुवारबँेसीमा एम्बुस थाप्ने मुख्य योजनाकारलाई जिल्ला प्रहरी कार्यालयले बुधबार पक्राउ गरेको छ । उनीहरुले प्रयोग गरेको मोटरसाइकलसहित एम्बुस थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका– ७ शाही खोलाका बलबहादुर मगरलाई पक्राउ गरिएको प्रहरी प्रमुख नवराज भट्टले बताउनुभयो । अन्यको पनि पहिचान भइसकेको र उनीहरुको खोजी अहिले गाउँगाउँ र नाकनाकामा भइरहेको छ । बुधबार बिहान उदयपुर क्षेत्र नं २ मा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणबहादुर कार्कीको गाडीलाई लक्ष्य गरेर दनुवारबेँसीको जंगलमा एम्बुस थापेपछि कार्कीसहित सात जनाको टोली एम्बुसमा परेको थियो । एम्बुसबाट सख्त घाइते कार्की र उहाँका स्वकीय सचिव मीरा कटुवालसहित छ जना सख्त
More

इटहरीको कांग्रेस सभास्थल नजिकै बम विस्फोट, तीन घाइते

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित भलादमी चोक नजिकै बम बिस्फोट हुँदा एक बर्षिय बालक सहित तीन जना घाइते भएका छ । नेपाली कांग्रेसले आयोजना गर्न लागेको चुनावी सभास्थल नजिकै मध्यान्ह १२ बजेतिर अज्ञात समूहले बम विस्फोट गराउदा स्थानीय धनवहादुर श्रेष्ठ, संमृना अधिकारी र एक बर्षिय बालक योवन न्यौपाने घाइते भएका हुन । सुनसरी तीनमा कांग्रेसका तर्फवाट प्रतिनिधि सभा सदस्य विजयकुमार गच्छदारको चुनावी सभाको तयारी हुँदै गरेको अवस्थामा एक्कासी विस्फोट भएको प्रतक्ष्यदर्शीले जानकारी दिएका छन् । घाइतेमध्ये दुई जनाको न्यूरो अस्पताल विराटनगर र एकजनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार भैरहेको छ । विस्फोट निर्वाचन विरोधी आन्दोलन गर्दै आएको
More

पर्साका कांग्रेस उम्मेदवार घरदैलोमा

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का लागि नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार रमेश रिजालले तराई र मधेशवासीका मागहरु पूरा गर्ने हैसियत नेपाली कांग्रेससंग मात्रै भएको बताउनुभएको छ । बुधबार क्षेत्र नम्बर ४ अन्तर्गतको मिर्जापुर, झलमहिया, भलुवहिया लगायतका ठाउँहरुमा भएको घरदैलो पश्चात बन्जारीमा सम्पन्न कोणसभालाई सम्बोधन गर्दै नेता रिजालले सो कुरा बताउनुभएको हो । सम्बोधनका क्रममा नेता रिजालले लोकतन्त्रलाई बचाएर,राष्ट्रलाई बलियो बनाएर मधेश र मधेशीको एजेण्डालाई पुरा गराउन सक्ने हैसियत काँग्रेससँग मात्र भएको बताउनुभयो । चुनावी सभामा उहाँले बाम एकता बामपन्थीहरुकै लागि घातक हुने बताउदै भन्नुभयो,“अब नेपाली जनताले लोकतन्त्रलाई समाप्त पार्न खोज्नेहरुलाई तह लगाएरै छोड्ने बेला आएको
More

जितुको व्यङ्ग्य रेखालाई ; जोक्करलाई पैसा खनियो

नायिका ऋचा शर्मा र ‘छक्का पञ्जा’ टीमको फेसबुकमा चलेको वार युद्धले सिनेवृत रन्किएको बेला नायिका रेखा थापा पनि यो द्वन्द्वमा मिसिइन् । एक सञ्चारकर्मीको फेसबुक स्टाटसमा कमेन्ट गर्दै ऋचालाई समर्थनको शैलीमा रेखाले ‘छक्का पञ्जा’ टीमलाई ‘जोक्कर’ भनेपछि त झन यो विषयले ठूलै प्रलय ल्याएको छ । फेसबुकको कमेन्टमै हास्यकलाकार तथा दीपाश्री निरौलाले रेखालाई ‘धन्यवाद’ भनेकी थिइन् । यस्तैमा, रेखालाई हास्यकलाकार जीतु नेपालले पनि ब्याङय प्रहार गरेका छन् । बुधवार राजधानीमा आयोजित फिल्म ‘फिर्के’को ट्रेलर सार्वजनिक कार्यक्रममा सुलेमान शंकरलाई बधाई दिँदै उनले भने, ‘हास्यकलाकारलाई यहाँ जोक्कर भन्ने गरिन्छ अनि जोक्करमाथी नै पैसा खनिराखेको छ ।’ उनको यो जवाफ रेखालाई रहेको स्पष्ट
More

उदयपुरमा एम्बुस कसले विछ्यायो

उदयपुर । चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा एम्बुसमा परेर उदयपुर, प्रतिनिधि सभा २ का कांग्रेस उम्मेदवार नारायण कार्कीको हातखुट्टा, आँखा र टाउकोमा चोट लागेको छ। उदय श्री बहुमुखी क्याम्पस कटारीकी नेविसंघ सभापति मीरा कटवालको बायाँ खुट्टा क्षतविक्षत भएको छ। उनीसहित गम्भीर घाइते तीन जनाको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। अन्य चारजना सामान्य घाइते छन्। कसले राख्यो एम्बुस ? मास्क लगाएर आएका युवाले एम्बुस बिच्छ्याएको एक स्थानीय महिलाले बताएकी छन्। अनुहार छोपिने गरी मास्क लगाएका युवा जम्मा भएपछि स्थानीय महिलाले सोधपुछ गरेका थिए। ‘सडक बिग्रेको रहेछ। त्यो बनाउन आएका हौं भने। दुई जना रूखमा छेकिएर बसेका थिए। अरू माथि
More

कसरी भयो त्रिशुलीमा बस दुर्घटना

काठमाडौँ । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको लु १ ख २९१ नम्बरको बस बुधबार बिहान चितवनको चुम्लिङटारमा दुर्घटना हुँदा आठ यात्रुको मृत्यु भएको छ। १९ घाइते भएका छन्। बिहान ९ बजेतिर विपरीत दिशाबाट आइरहेको ना ६ ख ४९७२ नम्बरको ट्रकसँग ठक्कर खाएपछि बस त्रिशूलीमा खसेको थियो। दुर्घटनामा घाइते भएकी इन्दिरा दमासेले जे देखिन् -म र भाइ सन्दीप अर्घाखाँची जाँदै थियौँ। बिहान ५ बजेर ३० मिनेट जाँदा कलंकीबाट बस छुट्यो। करिब ३०–३२ यात्रु थियौँ। -नौबिसेमा खाजा खायौँ। चालकले राम्ररी नै बस कुदाइरहेका थिए। -बिहान ९ बजेतिर फिस्लिङ बजार कटेपछि दुर्घटना भयो। -विपरीत दिशाबाट आएको ट्रकले अर्को ट्रकलाई ओभरटेक गर्ने क्रममा हाम्रो लेन मिच्यो।
More

ग्रिन टि को नाममा लागुऔषध कारोबार

काठमाडौँ । केही समययता दक्षिण अफ्रिकी मुलुकहरूबाट नेपालमा ‘ग्रिन टी’को आयात बढेको थियो। तर, त्यो ग्रिन टी नेपालमा खपत हुँदैन थियो, युरोपियन देशहरूमा पठाइन्थ्यो। नेपाललाई ट्रान्जिट बनाएर ‘ग्रिन टी’ को ओसारपसार बढ्दै गएपछि एयरपोर्ट भन्सारका कर्मचारीहरू चकित भएका थिए। बुधबार मात्र त्यस्तो ओसारपसारको रहस्य खुल्यो। ग्रिन टी नभएर त्यो अफ्रिकन मुलुकहरूमा उत्पादन हुने खात नामक लागुऔषध थियो। जुन ग्रिन टी का नाममा नेपाललाई ट्रान्जिट बनाई अन्तर्राष्ट्रिय गिरोहले ओसारपसार गर्दै आएको थियो। दुई साताअघि नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले आठ किलो खातसहित तीन जना सोमालियन नागरिकलाई पक्राउ गरेको थियो। इथियोपियाबाट ल्याइएको उक्त लागुऔषध उनीहरूले चिया भनेर नेदरल्यान्डमा तस्करीको प्रयास गरेको
More

एउटै क्षेत्रका उम्मेद्वारको फरक फरक शैली ल्वाङ–सुकुमेल र हवाई पत्र

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा कोही प्रतिस्पर्धी नदेखेको बताइरहेकै बेला उनका प्रतिद्वन्द्वीले चुनाव हराइदिने चेतावनी दिएका छन् । ओलीले झापा ५ मा आफ्नो जित निश्चित भएको बताइरहँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीले यसपालि ओलीलाई झापा ५ का जनताले हराएरै छाड्ने दाबी गरे । ‘मतदातासमक्ष पुग्दा ओलीले आफूहरुलाई पटक–पटक झुक्याएको भन्ने गुनासो सुन्ने गरेको छु’, डा. अधिकारीले भने, ‘ओलीले प्रशस्त आश्वासन दिए, तर, काम गरेनन् । त्यसैले यसपालि झापा ५ का जनताले मलाई चुन्नेछन् ।’ कांग्रेस उम्मेदवार अधिकारीले केपी ओली झापाबाट बसाइँ सरेर भक्तपुरमा बस्न थालेको र चुनाव लड्नमात्रै झापा आउने गरेको बताए
More

सुरक्षा व्यवस्थाप्रति प्रधानमन्त्रीको असन्तुष्टि, चेक जाँचमा कडाइ गर्न निर्देशन

काठमाडौं । वम विस्फोटमा म्यादी प्रहरीको मृत्यु हुनुका साथै उम्मेदवार घाइते भएपछि सरकारले सुरक्षा व्यवस्था कडा बनाउने भएको छ । गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार चार वटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुरक्षा व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन् । सुरक्षा व्यवस्था राम्रो छ भन्दाभन्दै निर्वाचन नजिकिँदै गर्दा बम विस्फोटका घटना बढेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । बैठकपछि गृह सचिव मोहनकृष्ण सापकोटाले भने, ‘चुनावलाई असर पार्ने तथा विस्फोटका गतिविधिहरुलाई निस्तेजपार्न कडा कारबाही गर्ने निर्णय भएको छ ।’ उनका अनुसार अब शान्ति सुरक्षाको प्रवन्ध मिलाउन आवश्यकता अनुसार न्यूनतमदेखि अधिकतमसम्म बल प्रयोग गरिनेछ । स्रोतका अनुसार बैठकमा प्रधानमन्त्रीले झोलामा राखेर
More