Daily Archives 1st November 2017

मतदान गर्नुअघि इतिहास पढ्न डा. आरजुको आग्रह

कैलाली । नेपाली काँग्रेसकी नेत्री डा आरजु राणा देउवाले नेपालको राजनीति धुब्रीकरणतर्फ गइरहेको बेला लोकतन्त्रलाई बलियो बनाउनु नै अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेत्री डा देउवाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमार्फत लोकतन्त्रलाई संस्थागत गराउन नेपाली काँग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभएको छ । यसपालिको निर्वाचनमा व्यक्ति, पार्टीभन्दा पनि विचारलाई चयन नगरी मतदान गरिए आउँदो २० वर्षसम्म पनि नेपालमा चुनाव हुन नसक्ने उहाँको भनाइ छ । उहाँले लोकतान्त्रिक रुपमा चुनियर आएका नेता कस्तो किसिमका छन्, उनीहरुको इतिहास के छ, त्यो कुरालाई विचार गरेर मात्र भोट हाल्न आग्रह गर्नुभयो ।
More

४५ जिल्लामा उम्मेदवार मनोनयन दर्ता भोलि, बिहान १० देखि अपराह्न ५ बजेसम्म

काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा भोलि कात्तिक १६ गते बिहीवार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवारीको मनोनयन दर्ता कार्यमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा सहभागी हुन सबै राजनीतिक दल र उम्मेदवारहरुलाई आह्वान गरेको छ । मंसिर २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवार मनोनयनको लागि आवश्यक तयारीबारेमा जानकारी दिने उद्देश्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको उम्मेदवार मनोनयनलाई ऐतिहासिकरुपमा सफल बनाउने अभियानमा सहयोग पु-याउन सबैसँग आग्रह गर्नुभयो । निर्वाचन मनोनयका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भइसकेको जनाउँदै उहाँले भन्नुभयो, “भोलि बिहान १० देखि अपराह्न ५ बजेसम्म
More

चुनावी मैदानमा कांग्रेस एक्लै भिड्दै

काठमाडौं । लोकतान्त्रिक गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच आपसी सहमतिको सम्भावना क्षिण हुँदै गएपछि सत्तारुढ नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एक्लै विरोधीहरुसँग भिड्ने भएको छ । सत्तासाझेदार दल राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष कमल थापाले विपक्षी दल एमाले गठबन्धनसँग सहकार्यको प्रयास गरेपछि सत्तारुढ कांग्रेसले राप्रपासँग तालमेलमा पुर्नविचार गर्न लागेको हो। खासगरी झापा क्षेत्र नम्बर ३ मा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा सदस्य पदका लागि चुनाव लड्ने निर्णय गरेपछि कांग्रेस र राप्रपाबीच तालमेलको विषयमा खटपट उत्पन्न भएको हो। झापा-३ मा कांग्रेसको सहयोगमा राप्रपाका उम्मेदवार राजेन्द्र लिङदेन उठ्न चाहे पनि सिटौलाको निर्णयले अप्ठ्यारोमा परेको राप्रपालाई विपक्षी वामगठबन्धनले सघाउने र मकवानपुरमा पनि
More

चार पेसागत संगठनले वाम गठबन्धनलाई सहयोग गर्ने

काठमाडौं, कात्तिक १५ । जनताको करबाट पालिएका सरकारी कर्मचारी आवद्ध विभिन्न ट्रेड युनियनले खुलारुपमा दललाई आगामी निर्वाचनमा समर्थन गर्ने घोषणा गरेका छन् । जनताले गाँस काटेर निष्पक्षरुपमा नागरिकको काम गर्न पालिएका कर्मचारीहरुले खुलेआमरुपमा दलका उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेका हुन् । बुधबार राजधानीमा संयुक्त कार्यक्रम गरी विभिन्न चारओटा पेसागत संगठनले आगामी निर्वाचनमा वाम गठबन्धनलाई सहयोग गर्ने घोषणा गरेका हुन् । यसरी घोषणा गर्नेमा नेपाल राष्ट्रिय कर्मचारी महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन फेडेरेसन र पेसागत महासंघ नेपाल रहेका छन् । आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई जिताउन इमान्दारीपूर्वक लाग्ने उनीहरुको भनाइ छ
More

गायक मिलन लामाको अभियानलाई अमेरिकाबाट सहयोग

काठमाडौं । लोकदोहोरी गायक मिलन लामाको ‘बाढी पीडितलाई घर’ अभियानलाई अमेरिकाबाट एकहजार डलर सहयोग प्राप्त भएको छ । तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्नियाबाट प्राप्त उक्त रकम बुधबार एक कार्यक्रमका बीच नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले गायक लामालाई प्रदान गरे । गत साउनमा गएको बाढीका कारण चितवन रत्ननगरको चेपाङ वस्तीमा धेरैले क्षति बेहोरेका थिए । सोही स्थानमा विभिन्न सहयोग रकम जुटाउँदै गायक लामाले पाँच वटा घर निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरिसकेका छन् । लामाको उक्त अभियानबाट प्रभावित भएर थप घर बनोस भन्ने उद्देश्यका साथ तामाङ कोअपरेसनले सहयोग रकम पठाएको कोअपरेसनकी सदस्य पार्वती तामाङले जानकारी दिइन् । ‘यो हाम्रो सानो
More

जुवा खालमा डलरसहित ५२ जुवाडे पक्राउ

काठमाडौं । जुवा खालबाट ५२ जना जुवाडे डलरसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरगढी गाँउपालिका सिमलटारस्थित मानबहादुर श्रेष्ठको घरमा उनीहरु पक्राउ परेका हुन । कार्यालय प्रमुख विकासराज खनालले दिएको जानकारी अनुसार उनीहरुलाई कौडा र तास दुबै खेली रहेको अवस्थामा ३ लाख ८८ हजार ६ सय ७० रुपैयाँ, ५ सय भारु, ८ सय ११ अमेरिकन डलर, ५० कतार रियाल, ७ बुक तास र १६ थान कौडासहित उनीहरु पक्राउ परेका हुन् । जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
More

रत्ननगरका बाढी प्रभावितलाई जर्मनीबाट सहयोग

रत्ननगर । चितवनको रत्ननगरका बाढीपीडितलाई जर्मनीबाट रु चार लाख ४० हजार सहयोग भएको छ । रत्ननगर नगरपालिका–८ सौराहास्थित रमाइलो बस्तीका २२ घर बाढी प्रभावितलाई जर्मनीको अफ्रिका–लुज द–इचलान भन्ने संस्थामार्फत आज यसरी सहयोग गरिएको हो । गत साउन २८ गते आएको बाढीले घर बगाउँदा स्थानीयवासी घरबारविहीन भएका थिए भने केही घर भत्किएको थियो । विपन्न परिवारका बाढीपीडित रहेकाले उनीहरुलाई प्रतिघर रु २० हजारका दरले सो राहत प्रदान गरिएको सहयोगको संयोजन गर्नुहुने होटल पार्क साइड सौराहाका सञ्चालक शिरलाल परियारले जानकारी दिनुभयो । नेपाल र अफ्रिकामा सहयोग गर्दै आएको उक्त संस्थाकी उपाध्यक्ष बारबारा बेर्नाले नेपालको विपन्न परिवारका बाढी प्रभावितलाई सहयोग गर्न पाएकामा आफूलाई
More

मधेशवादी दलको गठबन्धनले कांग्रेस समस्यामा, अम्रेश माओवादीको टिकटबाट चुनाव लड्ने

काठमाडौं– संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) ले २ नम्बर प्रदेशमा चुनावी गठबन्धन गरेपछि नेपाली कांग्रेस समस्यामा परेको छ । विशेष गरी तराईबाट प्रतिनिधित्व गर्ने कांगे्रस शीर्ष नेताहरुलाई हराउने अभियानमा मधेश केन्द्रित दलहरुको गठबन्धन लागेको विश्लेषण गरिएको छ । कांग्रेस नेता विमलेन्द्र निधिको चुनाव क्षेत्रमा राजपा नेता राजेन्द्र महतोले उम्मेदवारी दिने भएका छन् । धनुषा–३ मा कांग्रेस नेता निधिले उम्मेदवारी दिने तयारी गरेका थिए । उक्त क्षेत्रबाट राजपा नेता महतोले पनि उम्मेदवारी दिने भएपछि उनलाई मिलाउन कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो मंगलबार बालुवाटारमा बोलाएका थिए । धनुषा–३ बाट आफूले उम्मेदवारी हटाउने हो भने सर्लाही–४ मा कांग्रेसले उम्मेदवारी दिन
More

एमाले कार्यालयमा तालाबन्दी

भक्तपुर । आफ्नै पार्टीका आक्रोशित कार्यकर्ताले आज नेकपा (एमाले) भक्तपुर जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं १ मा एमालेले आफ्नो उम्मेदवार नदिने निर्णय गरेको विरोधमा उत्रिएका सो क्षेत्रका पार्टीका नेता तथा कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका हुन् । भक्तपुर क्षेत्र नं १ का एमाले नेता दामोदर दंगालले वाम गठबन्धनको नाममा भक्तपुर क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभातर्फ (क) र (ख) दुवै क्षेत्र माओवादी केन्द्रलाई दिने भन्ने जानकारी आएकाले त्यसको विरोधमा पार्टी कार्यालयमा तालाबन्दी गरेको बताउनुभयो । दंगालले भन्नुभयो, “हामी वाम गठबन्धन र एमाले नेतृत्वले गरेको निर्णयको विरोधी होइनाँै तर भक्तपुर निर्वाचन
More