Daily Archives 2nd November 2017

वेलायतमा व्याजदर बृद्धि, नेपालीलाई कस्तो असर पर्ला ?

ऋषि खनाल । लण्डन । करिब एक दशकको अन्तराल पछि विहीवार बैंक अफ इंल्याण्डले आधार व्याजदर थोरै मात्रामा बढाउने निधो गरेको छ । जसको कारण विहीवार दिनै भरी ब्रिटिस अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला भनेर बहस भयो । पछिल्लो निर्णयले अधिकांस घरधनिहरुलाई आतंकित समेत पारेको देखियो । व्याजदर वृृद्धिको घोषणासंगै पाउण्डको दर खस्किएको देखिएको छ भने शेयर बजारमा पनि नकरात्मक असर देखिएको छ । अर्को तिर व्याजदर वृद्धिको सोझो असर मोर्गेजमा घर लिएका घरघनिहरु, बैंक एकाउण्डमा आफ्नो बचत जम्मा गरेको बचतकर्तालाई पर्ने देखिन्छ । यूकेमा करिब ९ मिलियन घरको मोर्गेज भएको र झण्डैंझण्डैं ४५ मिलियन सेभिङ एकाउण्ट भएको अनुमान गरिएको छ
More

‘वेलायतमा नेपाल आइडलको रनक’

लन्डन—नेपाल आइडल बिजेता टोली बेलायतका विभिन्न शहरमा आयोजित कार्यक्रममा प्रस्तुति दिन लन्डन आइपुगेको छ। पोखरा ट्राभल तथा मुनटाज इन्टरनेशनल र संसारा ग्रुपअन्तर्गत मनकामना मनी ट्रान्सफरको आयोजनामा बेलायतमा हुने कन्सर्टमा प्रस्तुति दिन उनीहरु लन्डन आएका हुन्। नेपाल आइडल बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दासका साथ टप टेनभित्र पर्न सफल प्रमिला राईको टोली हिजो बुधवार लन्डन उत्रिएको हो। यस्तै बाँकी ४ नोभेम्बरमा फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, ५ नोभेम्बरमा हयारो लिजर सेन्टर, ११ नोभेम्बरमा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र अन्तिम शो १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुनेछ। नेपालमा पहिलो पटक भएको नेपाल आइडलको उपाधि जित्न सफल टोलीलाई
More

पक्राउ दुई भारतीयबारे विशेष ब्युरोबाट अनुसन्धान शुरु

काठमाडौं । कमलादीबाट बुधबार राति हतियारसहित पक्राउ परेका दुई भारतीय नागरिकको सम्बन्धमा विशेष ब्युरोले अनुसन्धान शुरु गरेको छ । अन्तरदेशीय अपराधमा संलग्न देखिएकाले थप अनुसन्धानका लागि उनीहरुलाई विशेष ब्युरोको जिम्मा लगाइएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता वरिष्ठ उपरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिनुभयो । बुधबार राति कमलादीस्थित एक रेस्टुराँमा विवाद हुँदा पेस्तोल देखाउँदै हवाई फायर गरेको केही समयलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौँले भारतीय नागरिक ४३ वर्षीय जसवीर सिंह र ४० वर्षीय हरबिन्द सिंहलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये जसवीर सिंहको साथबाट पञ्जाब प्रहरीको परिचयपत्र बरामद गरेको छ । सो परिचयपत्र नक्कली हो की सक्कली हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको
More

शीर्ष नेताले को–कोसँग गर्दैछ प्रतिस्पर्धा

काठमाडौं । नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण चरणका रुपमा मानिएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा देशभरि नै उल्लासमय वातावरणमा मनोनयन दर्ता भएको छ । प्रमुख राजनीतिक दलदेखि साना राजनीतिक दलका नेताले आआफ्नो क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर १० र २१ गते हुन लागेको निर्वाचनलाई भव्य र सभ्य बनाउन लगाउने लक्ष्यका साथ आफूहरु प्रतिस्पर्धामा होमिएको उनीहरुको टिप्पणी छ । नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका शेरबहादुर देउवाले वारेशनामा गणेश पन्तमार्फत डडेल्धुरामा आफ्नो मनोनयन दर्ता गराउनुभएको छ । उहाँको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनका तर्फबाट खगराज भट्टले उम्मेदवारी दर्ता गराउनुभएको छ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नं १
More

तीन दलबाट १८ जना महिला उम्मेदवार

काठमाडौं । पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा प्रत्यक्षतर्फ न्यून महिला उम्मेदवार उठाएका प्रमुख तीन दलले दोस्रो चरणको निर्वाचनमा भने तुलनात्मकरुपमा केही बढी महिला उम्मेदवार उठाएका छन् । पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि ३७ क्षेत्रमा हुने निर्वाचनमा नेपाली काँग्रेसबाट दुई र नेकपा माओवादी केन्द्रबाट एक गरी जम्मा तीन जना मात्रै महिला उम्मेदवार उठाएका थिए । तर दोस्रो चरणअन्तर्गत १२८ क्षेत्रमा हुने निर्वाचनमा प्रमुख तीन दलबाट १५ जना महिलाले आज उम्मेदवारी मनोनयन दर्ता गराउँदै चुनावी मैदानमा उत्रिएका छन् । दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसबाट सबैभन्दा बढी सात जना, नेकपा९एमाले०बाट पाँच र नेकपा माओवादी केन्द्रबाट
More

शीर्ष नेताहरुले कहाँ–कहाँबाट उम्मेदवारी दर्ता गराए ?

काठमाडौं । दोस्रो चरण अन्तर्गत हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख दलका शीर्ष नेताले पनि आज उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरा, एमाले अध्यक्ष केपी ओलीले झापा पाँच र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन तीनवाट उम्मेदबारी दर्ता गराएका हुन । प्रतिनिधिसभामा एउटा मात्रै क्षेत्र रहेको डडेल्धुरामा वारेसनामा मार्फत प्रधानमन्त्री देउवाले उम्मेदवारी दर्ता गराएका छन् । आफ्नो कार्य व्यस्तताका कारण प्रधानमन्त्री देउवा गृह जिल्ला जान नसक्ने भएकाले वारेसनामाबाट उम्मेदवारी दर्ता गराएका हुन । उनीसँग बाम गठवन्धनतर्फवाट माओवादी केन्द्रका नेता खगराज भट्ट प्रतिस्पर्धामा छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीले भने झापा पाँचवाट उम्मेदबारी दर्ता
More

झापा–३ बाट सिटौला र लिङदेनको उम्मेदवारी दर्ता

झापा । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि झापा जिल्लाको सदरमुकाम चन्द्रगढीस्थित निर्वाचन अधिकृतको कार्यालयहरुमा उम्मेदवारहरुले उत्साहका साथ आ–आफ्ना मनोनया दर्ता गरिरहेका छन् । आगामी मंसिर २१ हुने सो निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले मनोनयन दर्ता गराउनुभयो । सोही क्षेत्रको प्रदेश सभाका लागि काँग्रेसबाट (क)बाट भूमिराज राजवंशी र (ख) बाट भगिरथ पोदारले उम्मेदवारी दर्ता गराउनुभएको छ । लिङ्देनको पनि उम्मेदवारी दर्ता निर्वाचन क्षेत्र नं ३ बाटै प्रतिनिधि सभाका लागि राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराउनुभएको छ । वाम गठबन्धनको तर्फबाट भएको सो उम्मेदवारीसँगै
More

अरिङगालले टोकेर ओखलढुंगामा ९ महिने बालकको मृत्यु

ओखलढुङा । जिल्लाको मोलुङ गाउँपालिका–८ मा अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यु भएको छ । मोलुङ रागादिप बस्ने पवित्र राईको ९ महिनाको छोरा एडिट राईको अरिङगालले टाकेर मृत्यु भएको हो । पवित्र राईले बुधबार आफ्नो ११ बर्षीय छोरी पुजा राई, ९ महिनाको छोरा एडिट राई र ५ बर्षीया अन्जु राईलाई लिई सोही ठाउँमा रहेको खेतबारीमा काम गर्न जाने क्रममा उनीहरुलाई अरिङगालले टोकी घाईत भएका थिए । उपचारको लागि सदरमुकाम स्थित मिशन अस्पतालमा लगिएकोमा एडिट राईको मृत्यु भएको प्रहरीले जनाएको छ । – टिभि अन्नपूर्णबाट ।
More

इन्धनको मूल्य बृद्धि फिर्ता

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको बुधबार बढाएके मूल्य लागू नहुने भएको छ । सरकारले अहिलेलाई पुरानै मूल्यलाई यथावत राख्ने निर्णय गरेकव् निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । निगमले बुधबार बेलुका पेट्रोल प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा एक रुपैयाँ ५० पैसा र ग्यास प्रति सिलिन्डर २५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । वृद्धि मूल्य लागू नभएपछि अब पट्रोल मूल्य ९८ रुपैयाँ, डिजेल र मट्टितेल ७४ रुपैयाँ ५० पैसा, खाना पकाउने ग्यास १३ सय २५ नै रहनेछ । हवाई इन्धनको मूल्य भने यथावत रहेको थियो । -नागरिक न्युजबाट ।
More

दोस्रो चरण निर्वाचनको मनोनयन

दोस्रो चरणमा मंसिर २१ गते हुने निर्वाचनका लागि काठमाडौँ–१ मा प्रतिनिधि सभा सदस्यका लागि विवेकसील साझा पाटीका तर्फबाट उम्मेदवारी मनोनयन दर्ता गराउँदै रविन्द्र मिश्र । तस्बिर: प्रदीपराज वन्त
More