Daily Archives 3rd November 2017

मतपत्र च्यात्नेसँग देवी ज्ञवालीले अँगालो हालेपछि……

चितवन । भरतपुर महानगरपालीका स्थानीय तहको निर्वाचनको क्रममा प्रचण्ड पुत्री रेणु दाहालसँगका प्रतिस्पर्धी एमाले उम्मेदवार देवी ज्ञवाली यती खेर एक तस्विरको कारण चर्चामा छन् । मतगणना गर्ने क्रममा माओवादी भन्दा एमाले उम्म्दवार देवी अगाडी थिए, यसैक्रममा उम्मेदवार रेणु दाहाल समर्थक द्रोणबाबु शिवाकोटी र वाईसियल अध्यक्ष मधु न्यौपानेले मतपत्र च्यातेका थिए । उनीहरु दुवैजनालाई प्रहरीले पक्राउ गरेको थियो । च्यातिएको मतपत्रको कारण लामो समय स्थगित मतगणना अदालतले पूनः मतदान गर्न आदेश दिएपछि भएको मतदानमा देवी ज्ञवाली पराजित भएका थिए । हारपछि ज्ञवाली निकै आक्रोशित हुनुको साथै मतपत्र च्यातिएको र नियोजीत रुपमै आफ्नो हार भएको बताएका थिए । पछिल्लो समय बाम गठबन्धनपछि
More

राजपा र फोरम गठबन्धन संकटमा

सप्तरी । टिकट बाँडफाँडमा देखिएको असन्तुष्टिका कारण शुरुदेखिनै आन्तरिक कलहले गाँजिएको राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम गठबन्धन उम्मेदवारी दर्ता सँगै झन संकटमा परेको छ । दुई दलबीचको आन्तरिक विवाद खुलेरै बाहिरिएको छ भने गठबन्धनका शीर्ष नेताहरुविरुद्ध नै दुवै तर्फवाट बागी उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधिसभाका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर दुईवाट उम्मेदवारी दर्ता गराएका संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव विरुद्ध राजपाका सह–महामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । ठाकुर उम्मेदवारी दर्ता गराउन जाँदा ग्रामीण भेगका राजपाका नेता कार्यकर्ताहरु बाक्लो उपस्थिति रहेको थियो । यता सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ वाट प्रतिनिधि
More

क्याट बेल्जियमद्वारा सहयोग रकम हस्तान्तरण

चितवन । सहायता कोष क्याट बेल्जियमले भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका विरामीहरुलाई आज शुक्रबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ । अस्पतालमा उपचाररत ६८ जनाको उपचारमा सहयोग गर्ने उद्धेश्यले सो रकम हस्तान्तरण गरीएको हो । शुक्रबार अस्पतालमा आयोजित एक औपचारिक समारोहमा चितवन सहायता कोष क्याट बेल्जियमका उपाध्यक्ष राजु घिमिरे र संस्थापक अध्यक्ष सिता सापकोटाले संयुक्त रुपमा अस्पतालका मेडीकल सुपरिटेन्डेन्ट रुद्रप्रसाद मरासीनी र लेखा अधिकृत हरिहर शर्मालाई नगद ९० हजार हस्तान्तरण गरेकाहुन् । क्याट बेल्जियमका संस्थापक अध्यक्ष सिता सापकोटाले चितवन सहायता कोष बेल्जियमले २०६५ सालदेखि नै थालेसिमियाका बिरामीलाई सहयोग गर्दै आएको जानकारी गराइन् । वार्षिक रुपमा एक लाख असी हजार सहयोग गर्नुका साथै
More

सार्वजनिक कार्यक्रमको उद्घाटन

सृजनात्मक महिला समूहले शुक्रबार नेपाल आर्ट काउन्सिल बबरमहलमा आयोजित कार्यक्रममा साहित्यकार एसपी कोइरालाको कविता संग्रह अङ्ग्रेजी कविताकृति ‘सङ्गस अफ स्वालोज्’ (गौँथलीहरुको गीत) को सार्वजनिक कार्यक्रमको उद्घाटन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : नवीन पौडेल
More

नवराज सिलवाल र गोविन्दराज जोशीविरुद्ध उजुरी

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गरेका गोविन्दराज जोशीको मनोनयन रद्ध गर्न माग गर्दै उजुरी दर्ता गरेका छन् । तनहुँ क्षेत्र नम्बर एक उम्मेदवार बनेका पौडेलले जोशीले आफु विरुद्ध बागी उम्मेदबारी दिएपछि उजुरी दर्ता गराएका हुन । जोशी विशेष अदालतबाट २०६९ साल साउन १० गते भ्रष्टाचारी ठहर भएको र अदालतको फैसला अहिले पनि कायम रहेकाले जोशीले चुनाव लड्न नपाउने दावी पौडेलले गरेका हुन । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार अदालतबाट भ्रष्टाचारी ठहर भइ जेल सजाय भोगेका व्यक्ति उम्मेदवार बन्न नपाउने ब्यवस्था छ । पौडेलले जोशीलाई भ्रष्टाचारी ठहर गर्ने विशेष अदालतको फैसलाको प्रतिलिपि पनि पेश
More

वैदेशिक रोजगार शून्यमा झार्छौं : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा वाम गठबन्धनले जिते वैदेशिक रोजगारी शून्यमा झार्ने बताउनुभएको छ । झापाको दमकमा प्रेस चौतारीले आज आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले स्वदेशमै रोजगारीको प्रशस्त अवसर सिर्जना गरेर बढ्दो युवा पलायन रोक्ने बताउनुभयो । “एमालेको सरकार हुँदा १८ प्रतिशत वैदेशिक रोजगारमा जाने युवाको संख्या घटेको थियो”, पूर्वप्रधानमन्त्री समेत रहनुभएकाले ओलीले भन्नुभयो, “गठबन्धनको जितसँगै त्यसलाई शून्यमा झार्छौं ।” अध्यक्ष ओलीले अब हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष र भयरहित हुनुपर्नेमा जोड दिनुभयो । झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएका अध्यक्ष ओलीले भन्नुभयो, “देशमा जुनसुकै व्यवस्था भए
More

ओखलढुङ्गा तरुण दल अध्यक्ष रुम्दाली निस्कासित

काठमाडौं । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मदवारी दिएको भन्दै नेपाल तरुण दल ओखलढुङ्गाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीलाई उनको दलले अनुशासनको कारवाही गरेका छन् । तरुण दलका अध्यक्ष जित जङ्ग वस्नेतद्धारा शुक्रबार जारी प्रेस विज्ञप्ति अनुसार, माउ पार्टी नेपाली कांग्रेसका तर्फबाट आसन्न निर्वाचनमा ओखलढुङ्गा प्रदेशसभा ‘ख’ बाट तय भएको उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएर अनुशासन विपरित कार्य गरेका आरोपमा रुम्दालीलाई दलको साधारण सदस्य समेत नरहने गरी निश्कासन गरिएको छ। पार्टीले उम्मेदवार तय गर्दा उक्त जिल्लाको प्रदेश नम्बर ‘ख’ मा पार्टी जिल्ला सभापति प्रदीप सुनुवारलाई उठाउने निर्णय गरेपछि असन्तुष्ट बनेका रुम्दालीले उनीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए। लोकतान्त्रीक पद्धति र मुल्य मान्यताको विरुद्धमा उत्रिएका सिद्धान्तहिन
More

दोस्रो चरणको निर्वाचनमा ३ सय ३५ महिलाको उम्मेदवारी

कार्तिक १७, २०७४-आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र गरी कूल ३३५ महिलाले उम्मेदवारी दर्ता गराएका छन् । दोस्रो चरणका ४५ जिल्लामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि बिहीबार प्रतिनिधिसभातर्फ १२६ र प्रदेशसभातर्फ २०९ गरी कूल ३३५ महिलाले उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ निर्वाचन क्षेत्रका लागि बिहीबार उम्मेदवारी दर्ताको व्यवस्था गरिएको थियो । निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभातर्फ एक हजार ७४२ र प्रदेशसभातर्फ दुई हजार ९६६ गरी जम्मा चार हजार ७०८ जनाले उम्मेदवारी दर्ता गराएको
More

लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका १० स्थित भुजेलाबाट बुधबार एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको भिमदत्त नगरपालिका १८ बस्ने ३३ वर्षिय अजित जैरु र बेदकोट नगरपालिका ५ बस्ने ३६ वर्षिय गंगाराम बि.क. छन् । सशस्त्र प्रहरी बल नेपाल राजश्व एवं भन्सार सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको एपीएफ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका निजहरुलाई जाँच गर्ने क्रममा उनीहरुको साथमा रेक्सोजेसीक ३० वटा र फेनारगन ३० वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले उनीहरुले प्रयोग गरेको एउटा साइकल समेत बरामद गरेको छ । टोलीले बरामद लागूऔषध तथा साइकलसहित दुवै जनालाई आवश्यक
More

बारपाकमा भोट माग्दै

बारपाकका वृद्धहरुसँग भोट माग्दै गोरखा–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र गोरखा–२ (ख) मा प्रदेशसभाका उम्मेद्वार नेपाली कांग्रेसका नेता प्रकाशचन्द्र दवाडी । तस्वीर : प्रशन्न पोखरेल
More

किन राखियो जाजरकोटका ७२ मतदानस्थललाई अति संवेदनशीलको कोटामा

जाजरकोट । आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि जाजरकोटका ७२ मतदानस्थललाई अति संवेदनशील स्थलका रुपमा राखिएको छ । सुरक्षा संवेदनशीलताका आधारमा ८५ ओटा मतदानस्थलमध्ये ७२ वटालाई अतिसंवेदनशील स्थलका रुपमा राखिएको हो । सुरक्षा चुनौतीको विश्लेषणका आधारमा जिल्ला सुरक्षा समितिले जिल्लाका मतदान केन्द्रको वर्र्गीकरण गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । १३ ओटा मतदान केन्द्रलाई सामान्य मतदानस्थलका रुपमा वर्गीकरण गरिएको छ । जिल्लामा ८५ मतदानस्थल अन्तर्गत ११६ मतदान केन्द्र तोकिएको छ । गत स्थानीय निर्वाचनमा १२ मतदानस्थललाई अति संवेदनशील, २८ संवेदनशील र ४५ मतदानस्थललाई सामान्य मतदानस्थलका रुपमा वर्गीकरण गरेको थियो । आसन्न निर्वाचनमा सुरक्षा निकायले ८५
More

चुनावपछि यी नेताको के हुने हो हविगत ?

काठमाडौं । आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा राजनीतिक बिरासत जोगाउने होडमा फेरि पनि पुरानै नेता मैदानमा उत्रेका छन् । नयाँ परिवेशमा जनप्रतिनिधि बन्ने आकांक्षीका रुपमा मैदानमा उत्रेका शीर्ष नेताको चुनावी भिडन्त कस्तो छ त ? प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको चुनावमा प्रमुख दलका अधिकांश शीर्ष नेताको राजनीतिक हैसियत परिक्षण हुंदैछ । मंसीर २१ गते हुने दोस्रो चरणको चुनाव, पहिलो चरणको भन्दा बढि रोचक हुनेछ । किनकी, बिभिन्न दलका पुरानै नेता भागबण्डाको उम्मेदवारीमा छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुरावाट प्रतिनिधी सभाको उम्मेद्वार बन्दा देउवाका प्रतिद्धन्द्धीको खासै चर्चा छैन । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन
More

हाई प्रोफाइललाई वागीको लर्को

काठमाडौं । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडलविरुद्ध पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले उम्मेदवारी दर्ता गरेका छन् । तनहुँ १ बाट टिकटको दाबी गर्नुभएको जोशीलाई संसदीय बोर्डले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गरेका हुन । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरविरुद्ध पनि महोत्तरी ३ मा बागी उम्मेदवारी दर्ता भएको छ । दोस्रो संविधानसभामा काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिई विजयी चन्द्रेश्वर झाले ठाकुरविरुद्ध उम्मेदवारी दर्ता गरेका हुन । स्थानीय चुनावअघि झा राजपा नेपालमा प्रवेश गरेका थिए । फोरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध पनि राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले बागी उम्मेदवारी दिएका छन । राजपाकै सहयोगमा सप्तरी २ मा यादव उम्मेदवार बनेका हुन । सङ्घीय
More

भक्तपुरमा नारायणमानको प्रशंसा, दमनको आलोचना

भक्तपुर । भक्तपुरमा छयालिसको राजनीतिपछि निरन्तर चुनाव जित्दै आएका नारायणमान विजुक्छेले यो पटक उम्मेदबारी नदिएर राजनीतिक विश्राम लिएका छन । अर्कातर्फ भक्तपुर दुईमा अप्रत्याशित रुपमा दमननाथ ढुंगानाले उम्मेदबारी दिएका छन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदबारी नदिएर राजनीतिक विश्राम लिएका छन् । बहुदलीय ब्यवस्थापछि हरेक पटक भक्तपुर एकवाट उम्मेबार बन्ने गरेका बिजुक्छेले यो पटक प्रेम सुवाललाई उक्त क्षेत्र छाडेका हुन । यसअघि संसदमा समानुपातिक तर्फका सदस्य रहेका सुवाललाई उम्मेदबार छाडेपछि अव नेमकिपाको नेतृत्व पनि उनमै जाने अनुमान गरिएको छ । पार्टीको निर्णय अनुसार आफु उम्मेबार बनेको उनले बताए । २०४८ सालदेखि लगातार निर्वाचन जित्दै
More

बालक हत्या आरोपमा बाबु र भाउजू थुनामा

लहान । बालकको हत्या गरेको आरोपमा पक्राउ परेका बालकका बाबु र भाउजूलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत २०७४ साउन ३१ गते हत्या गरिएका ११ वर्षीय मा. अरहानको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका बालकका बुबा सिरहा नगरपालिका–४ रमौल निवासी ५० वर्षीय मो. सलाउद्दिन सेख र सेखकै छोरा बुहारी २० वर्षीया डेजी भन्ने कुल्सुम खातुनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । मो. अरहानलाई कर्तव्य गरी हत्या गरेको अभियोगमा गत असोज २० गते पक्राउ गरिएका सेख र निजकी बुहारी कुल्सुम खातुनलाई सिरहा जिल्ला अदालतले बिहीबार थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय,
More

यस्तो छ एमालेको समानुपातिक सूचि

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) ले आफ्नो समानुपातिक सूची सार्वजनिक गरेको छ । आगामी मंसिर १० र २१ मा हुने निर्वाचनका लागि दुवै तहमा समानुपातिक उम्मेदवारको बन्दसूची गत असोज २९ मा निर्वाचन आयोगमा बुझाइएकामा यही कात्तिक १३ गतेसम्म संशोधन गर्न समय दिइएको थियो । प्रतिनिधिसभामा ११० र प्रदेशसभामा ३३० जना सदस्य समानुपातिकका हुनेछन् । एमाले केन्द्रीय कार्यालयका अनुसार सो दलको समानुपातिक सूची यस प्रकार छ : प्रतिनिधिसभा उम्मेदवारको पूरा नामथर जिल्ला १. विजय सुब्बा तेह्रथुम २. खगेन्द्र राई खोटाङ ३. केशवलाल श्रेष्ठ चितवन ४. अइन्द्रसुन्दर नेम्वाङ पाँचथर ५. चुडादेवसिंह लामा घिसिङ रामेछाप ६. तिलकुमार मेयाङ्बो
More

आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत दोस्रो चरणमा हुने निर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ । बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको विरोधमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा आज उजुरी दिने कार्यक्रम रहेको छ । प्रतिनिधि सभा-प्रदेश सभा निर्वाचनअन्तर्गत बिहीबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्य सम्पन्न भएको थियो । दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ चार हजार ७०८ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । ती उम्मेदवारी ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ सदस्य पदका लागि परेको हो । प्रतिनिधि सभातर्फ एक हजार ७४२ र प्रदेश सभातर्फ दुई
More

राष्ट्रिय राजनीतिबाट सन्यास लिएको छैन’ -बिजुक्छे

कार्तिक १७, २०७४-नेपाल मजदुर किसानका अध्यक्ष नारयाणमान बिजुक्छेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफूले उम्मेदवारको मनोनयन दर्ता नगराए पनि राष्ट्रिय राजनीतिबाट सन्यास नलिएको स्पष्ट पारेका छन् । आफू प्रतिनिधिसभामा प्रत्यक्षरुपमा संलग्न नभए पनि पार्टीको अध्यक्ष भएरै राष्ट्रिय राजनीति भूमिकामा सक्रिय रहने बिजुक्छेले बताए । भक्तपुरमा रफत सञ्चार क्लवको साक्षात्कारमा उनले नयाा पुस्ता पनि जिम्मेवारी बहन गर्न सक्षम रहेको कारण पार्टीको निर्णयअनुसार नै पुस्ता हस्तान्तरण गरिएको बताए । बिजुक्छे २०४८ पछिका सबै चुनावमा निर्वाचित हुने सीमितमध्येका एक राजनीतिज्ञ हुन् । तर आगामी प्रतिनिधिसभामा आफूले उम्मेदवारी नदिई उनले अर्का नेता प्रेम सुवाललाई अगाडि सारेका छन् । वामपन्थी विचारलाई थप सुदृढ र सशक्त गर्नका
More

२३ वर्षपछि चुनावी मैदानमा उत्रँदै ढुंगाना

वाम गठबन्धनलाई चुनौती दिन भक्तपुर–२ बाट प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले पूराना नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई उम्मेदवार बनाएको छ ।नेपाली कांग्रेसका नेता एवं पूर्वसभामुख ढुंगाना २३ वर्षपछि कांग्रेसको राजनीतिसँगै चुनावी मैदानमा आएका छन् । उनीसँग एमाले निकट युवा संघका पूर्वअध्यक्ष एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले प्रतिस्पर्धा गर्नेछन् । बिहीबार उनीहरू दुवै जनाले मनोनयन दर्ता गराएका छन् । भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाको असहमतिबीच मनोनयन दर्ता गराएका ढुंगाना २०४८ को आम निर्वाचनमा काठमाडौं–२ बाट विजयी भए पनि २०५१ मा सोही क्षेत्रमा विद्या भण्डारीसँग पराजित भएका थिए । भण्डारीसँग पराजित भएपछि ढुंगानाले सक्रिय राजनीति छाडेका थिए । नेपाली कांग्रेसले उनलाई भक्तपुर–२ बाट उम्मेदवार बनाउने
More

तपन वोसले फिल्मी अवार्ड किन बहिष्कार गरे

कार्तिक १७, २०७४-भारतका तपन बोस यस्ता फिल्ममेकर हुन् जो संस्थापन (इस्टाब्लिसमेन्ट) विरुद्ध लगातार लडिरहेका छन् । राज्यले दिन चाहेका दुइटा फिल्म अवार्ड त उनले अस्वीकारै गरिदिए । आफूले किन यस्तो गरेँ भन्नेबारे बोसले बिहीबार नेपाली दर्शकलाई बताए । उनी अहिले ‘फिल्म साउथ एसिया’ को एघारौं संस्करणमा भाग लिन नेपाल आएका छन् । ‘अत्याचारविरुद्ध आवाज उठाउने नागरिकलाई सरकारले सुरक्षा दिएको छैन,’ बोसले भने, ‘उसले त बरु त्रास र अनुदारतालाई प्रश्रय दिइरहेको छ । सन् १९८० मा ब्यान्ड गरिएका मेरा फिल्मलाई जुरीहरूको पहलले अवार्ड मिल्यो । अहिले त जुरीले पहलले गर्न सक्ने अवस्थासमेत छैन ।’ रुलिङ पार्टीका कार्यकर्ताले खुलेआम वितण्डा मच्चाइरहँदा पनि
More