Daily Archives 3rd November 2017

निर्वाचनको रोचक भिडन्त

काठमाडौं। दोस्रो चरणको निर्वाचनको मनोनय दर्ता भएपछि चुनावी चहल पहल ह्वात्तै बढेको छ। प्रमुख दलका शीर्ष नेताले दोस्रो चरणको निर्वाचनमा प्रतिश्पर्धा गर्ने भएपछि सबैको ध्यान केन्द्रित भएको छ। त्यसमा पनि केही दलका शीर्ष नेताहरुले एकै निर्वाचन क्षेत्रबाट प्रतिश्पर्धा गर्ने भएपछि चुनावी रौकन झन रोचन हुने भएको छ। पहिलो चरणको निर्वाचनमा गोरखा क्षेत्र नम्बर दुईमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठबीच प्रतिश्पर्धा हुँदैछ। वाम गठबन्धनबाट श्रेष्ठ र लोकतान्त्रिक गठबन्धनबाट भट्टराई चुनावी मैदानमा होमिएका छन्। दोस्रो चरणको हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनकालागि ४५ जिल्लाका ३८४ सिटकालागि चार हजार सात सय आठ जनाले उम्मेद्वारी दिएका छन्। तीमध्ये केही निर्वाचन क्षेत्रमा
More

क–कसले गराए प्रदेश नं ४ मा मनोनयन दर्ता

कार्तिक १७, २०७४-मंसिर २१ मा हुने दोस्रो चरण निर्वाचनका लागि प्रदेश नम्बर ४ का कास्की, पर्वत, पूर्वी नवलपरासी, तनहुँ र स्याङ्जालगायतका पाँच जिल्लामा बिहीबार उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । कास्कीमा राजनीतिक दलहरूले प्रतिनिधि र प्रदेशसभाका लागि उत्साहजनक रूपमा उम्मेदवारी दिए । कांग्रेस, वाम गठबन्धन, संघीय समाजवादी फोरम, राप्रपा, राष्ट्रिय जनमोर्चालगायतले उम्मेदवारी दर्ता राएका हुन् । कास्की क्षेत्र १ मा कांग्रेसबाट बहालवाला र वाम गठबन्धनबाट पूर्वमन्त्री प्रतिस्पर्धी उम्मेदवार भएका छन् । कांग्रेसबाट कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापा र एमालेका पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारी चुनावी मैदानमा उत्रिएका हुन् । क्षेत्र २ मा वाम गठबन्धनबाट एमालेका रवीन्द्र अधिकारी र कांग्रेसका देवराज
More

सामाजिक भवन निमार्ण गर्न तमु प्ये ल्हु संघको साँस्कृतिक साँझ

लण्डन। तमु प्ये ल्हु संघ युकेको निमन्त्रणामा ‘तमु साँस्कृतिक साँझ’ मा भाग लिन कलाकारहरुको टोलि लण्डन आएको छ । नेपालबाट आयका लोकगायक आरके गुरुङ, धन गुरुङ, लोक गायिका भिमु गुरुङ र रुपा गुरुङ विहीवार लण्डन हिथ्रो एयरपोर्टमा उत्रिएको हो । तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर खुशीमान गुरुङ, क्या. डेमबहादुर गुरुङ, इन्जिनियर बिजय गुरुङ, संस्थापक अध्यक्ष अशोक गुरुङ, उपाध्यक्ष पूर्ण बहादुर गुरुङ र वरिष्ठ फोटोपत्रकार मिलन तमु समेतले विमानस्थल पुगेर खादा र फुलमालाद्वारा स्वागत गरे । कलाकारहरुले संघको आयोजनामा आगामी १७ नोभेम्बर २०१७ साँझ अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न हुन लागेको कार्यक्रममा भब्य सांगीतिक प्रस्तुती दिनेछन् । तमु प्ये ल्हु
More

एभरेष्ट आईडलको उपाधि सोनाहाङलाई

रोशन मेवाहाङ्ग, लन्डन। अल्डरसटस्थित एम्पायर हलमा ई-मेडिया हबको आयोजनामा शनिवार सम्पन्न पहिलो ‘एभरेष्ट आईडल युके’ गायन प्रतियोगिताको उपाधि सोनाहाङ राईले जितेका छन्। आईडलको फस्ट रनर अप निमान तामाङ् र सेकेण्ड रनर अप दिप प्रकाश राई चुनिएका कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत तथा साहित्यकार डा.दुर्गा बहादुर सुबेदी ‘दुबसु’को प्रमुख आथित्य रहेको कार्यक्रममा विशेष अतिथिमा एनआरएन वेलायतका अध्यक्ष योग कुमार फगामी रहेका थिए। अन्य अतिथिहरुमा प्रायोजकहरु दिपेश लामा, देउकी राई, सूर्य गुरुङ, जितेन्द्र चेम्जोङ्, कुमार पुन, बलबहादुर राई, दुर्गा घले गोकर्ण चोङ्बाङ्, चित्रकुमार राई, याम शेरचन, निरा पिजी, धिरेन्द्र चेम्जोङ् र शंकर गुरुङ र साहित्यकार विश्वासदिप तिगेला लगायतका उपस्थिती रहेको थियो। ई–मेडिया
More