Daily Archives 6th November 2017

म्यादी प्रहरीको तालीम

आगामी मंसिर १० गते हुन गइरहेको पहिलो चरणकोे प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि म्याग्दीको बेनीस्थित खुल्ला मञ्चमा अभ्यास गर्दै म्यादी प्रहरी । तस्बिरः सन्तोष गौतम
More

बजगाईंद्वारा चुनाव प्रचारमा हेलिकोप्टर प्रयोग, बाम गठबन्धनको उजुरी

गोरखा । नेपाली कांग्रेसका तर्फबाट गोरखा निर्वाचन क्षेत्र नम्बर–१ को प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका राजेन्द्र बजगाइँले चुनाव प्रचारमा हेलिकोप्टर प्रयोग गरेका छन् । आचारसंहिता उल्लंघन गरेर हेलिकोप्टर प्रयोग गर्ने बजगाई पहिलो उम्मेदवार हुन् । सोमबार काठमाडौंबाट ‘हाइ अल्टिच्युट’ हेलिकोप्टर चार्टर गरेर राजेन्द्र बजगाइँ र कांग्रेसका समानुपातिक उम्मेदवार हरिबहादुर घले गोरखाको दुर्गम गाउँपालिका चुमनुब्री गएका हुन् । हेलिकोप्टर लिएर सीधै गाउँमा पुगेका उनीहरुले सो गाउँपालिकाका वडा–वडामा पुगेर मत मागेका थिए । हेलिकोप्टर प्रयोग गर्नुअघि निर्वाचन आयोगबाट अनुमति लिनुपर्नेमा बजगाइँले आफूखुसी हेलिकोप्टर प्रयोग गरेको बुझिएको छ । बजगाइँविरुद्ध बाम गठबन्धनले मुख्य निर्वाचन अधिकृतको कार्यालय गोरखामा उजुरी दिएका छन् ।
More

राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका पक्षमा राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने विषयलाई चुनावी घोषणापत्रमा समावेश गरेको छ । उक्त घोषणापत्रमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिनको स्मरणमा पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने र नेपाली परिवेश सुहाउँदो मौलिक प्रजातन्त्र कायम गर्ने विषयलाई समेत समेटिएको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । मुलुकमा सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र कायम गरी सम्पूर्ण धर्मबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रता कायम गरिने तथा आर्थिक वृद्धिदरमाथि लैजान १५ वर्षभित्र पर्याप्त रोजगारी सिर्जना गरी वैदेशिक रोजगारमा जाने जनशक्तिको अन्त्य गरिने घोषणा पत्रमा उल्लेख छ । यसैगरी घोषणा पत्रमा वीर–अस्पताल सरहका अस्पताल नयाँ संरचनाअनुसार सातै प्रदेशमा स्थापना गरिने,
More

पुलचोक वचत तथा ऋण सहकारीको साधरणसभा सम्पन्न

चितवन । नारायणगढमा रहेको पुल्चोक बचत तथा ऋण सहकारी संस्थाको सोमबार पाँचौं वार्षिक साधरणसभा सम्पन्न भयो । भरतपुर–४ लंकुमा भएको साधरणसभाको उद्घाटन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका निमित्त प्राचार्य रामभक्त रानाभाटले गरे । सहकारी ऐन आइसकेकोले अवका दिनमा सहकारीलाई काम गर्न सहज हुने रानाभाटले बताए । उनले भने, ‘व्यवसायका साथसाथै दैनिक कार्य सञ्चालनमा पनि सहकारीको भुमिका उल्लेखनीय रहन्छ । सहकारीसँग सम्बन्धित विभिन्न तालिमका लागि सहकारी डिभिजन सहयोग गर्ने उनले बताए । कार्यक्रममा जिल्ला सहकारी संघ चितवनका सहसचिव केशवप्रसाद रेग्मीले पछिल्लो समयमा छोरीको भ्रुण हत्याका घटना चितवनमा बढ्न थालेको भन्दै सहकारीले सामाजिक सरोकारका विषयमा पनि अभियान थाल्नुपर्ने विचार राखे ।
More

४४ हजारलाई निर्वाचन पर्यवेक्षणको अनुमति

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न स्वदेशी ५२ र विदेशी चार संस्थालाई अनुमति दिएको छ । आयोगका अनुसार पर्यवेक्षणका लागि स्वदेशी संस्थाका ४४ हजार १४२ जनालाई पर्यवेक्षण गर्नका लागि अनुमति प्रदान गरिएको हो । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले सबैभन्दा धेरै १० हजार तथा सिर्जनशील एकीकृत दिगो विकास समाज लैनचौर सबैभन्दा कम २० पर्यवेक्षक खटाउन अनुमति पाएका छन् । पर्यवेक्षकलाई लामो र छोटो अवधिका लागि अनुमति प्रदान गरिएको छ । लामो अवधिको अनुमति पाउनेले एउटा प्रदेश र छोटो अवधिको अनुमति पाउनेले एउटा जिल्लाको पर्यवेक्षण गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
More

२५ बर्षमा नभएको विकास चार बर्षमा भएको छ: उदय राणा

ललितपुर । अर्थराज्य मन्त्री उदय शम्शेर राणाले दुर्इ बर्षभित्र कान्ति लोकपथ निर्माण सम्पन्न हुने बताएका छन्। सोमबार ललितपुरको लेलेमा आयोजित कार्यक्रममा अर्थराज्यमन्त्री राणाले कान्तिलोकपथको निर्माणपछि ललितपुरको विकासमा कायापलट हुने दावी गरे। नेपाली कांग्रेसका तर्फबाट ललितपुर क्षेत्र नं १ का प्रतिनिधि सभा उम्मेदवारसमेत रहेका राणाले काठमाडौंका लागि कान्तिलोकपथ लार्इभलार्इनसमेत बन्ने बताए। उनले दक्षिण ललितपुरका जनताको समृद्धिका लागि कान्तिलोकपथ कोशेढुंगा सावित हुने बताए। उनले भने, कान्तिलोकपथ निर्माण सम्पन्न भएपछि अहिले नल्ल् चितवनको नारायणगढजस्तै प्रमुख शहरका रुपमा स्थापित हुनेछ।’ उनले कान्तिलोकपथ निर्माणसंगै टिकाभैरवदेखि काभ्रे जोड्ने सडक खोलिने बताए। ललितपुरको विकास नै आफ्नो चुनावी एजेण्डा भएको उल्लेख गर्दै राणाले भने, ‘यतिबेला केही साथीहरु विभिन्न
More

काठमाडौं उपत्यकामा दिउँसै मापसे जाँच

काठमाडौं । तपाईं दिउँसै मादकपदार्थ सेवन गरी कतै सवारीसाधन चलाउँदै त हुनुहुन्न ? चलाएको भए अब नचलाउनुहोस्, नत्र कारबाहीमा पर्नुहोला । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा दिउँसो मापसे गरी सवारी चलाउने चालकमाथि कारबाही थालेको छ । राति ८ देखि ११ बजेसम्म मापसे गर्नेमाथि कारबाही गर्दै आएको ट्राफिक प्रहरीले केही दिनयता दिउँसोसमेत जाँच गर्न शुरु गरेको हो । महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले ट्राफिक प्रहरीको राति एकै समय मापसे जाँच गर्दा चालकले छल्नका लागि दिउँसै मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउन थालेपछि दिउँसै जाँच गर्न शुरु गरिएको बताउनुभयो । “सडकमा गुडिरहेका सवारीसाधनलाई बाधा नपर्ने गरी क्रमशः दुई चारवटा सवारीसाधनलाई सडकको किनारामा ल्याएर
More

निर्वाचन प्रत्यासीका न्यूनतम् खर्च साढे १० अर्ब

काठमाडौं । आगामी मंसिर १० र २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभामा उम्मेदवारी दिएका पाँच हजार २९३ प्रत्यक्ष र समानुपातिकतर्फ ६ हजार ९४ उम्मेदवारले अर्बौं खर्च गर्ने देखिएको हो । निर्वाचन आयोगले गर्ने खर्चबाहेक उम्मेदवारहरुको कुल खर्च रु साढे १० अर्बभन्दा बढी हुने देखिएको छ । यत्रो ठूलो रकम गाउँगाउँमा पुग्नेछ तर, उत्पादन वृद्धिका लागि होइन, मात्र निर्वाचन प्रयोजनका लागि । प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत् १६५ पदका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीमा पहिलो चरणमा ३८२ र दोस्रो चरणका लागि एक हजार ६६२ गरी जम्मा दुई हजार ४४ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले तोकेअनुसार प्रतिउम्मेदवारले रु २५ लाख खर्च
More

महारानी एलिजावेथसहित कैयौँ धनाढ्यद्वारा कर छलीमा

बेलायत । ठूलो संख्यामा चुहाइएका दस्तावेजहरुले बेलायतकी महारानी एलिजावेथको निजी सम्पत्तिसहित कैयौँ अति धनाढ्यहरुको ठूलो रकम कर छलीका लागि ‘अफसोर’ कम्पनीहरुमा लगानी गरिएको खुलासा गरेको छ । करको दायित्वबाट जोगिन स्थापना गरिएको एउटा अग्रणी ‘अफसोर’ कम्पनीसँग सम्बन्धित प्याराडाइज पेपर्स नाम दिइएका दस्तावेजहरुमा कर छली सम्वन्धी विवरण सार्वजनिक भएका हुन । चुहाइएका दस्तावेजहरुले महारानी एलिजावेथको एक करोड पाउण्ड निजी रकम ’ब्रिटिश ओभरसिज टेरिटोरिज’ भनिने बेलायत बाहिरका भूभागमा रहेका ‘अफसोर’ कम्पनीहरुमा लगानी गरिएको देखाएको हो । तर बेलायती दरबारका अधिकारीहरुले उक्त रकम लगानी गर्ने निर्णयमा महारानीको संलग्नता नरहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका वाणिज्य मन्त्रीको लगानी रहेको एउटा कम्पनीले अमेरिकी
More

पूर्वराष्ट्रपति यादव बस्दै आएको घर खाली गर्न घरधनीद्वारा सार्वजनिक सूचना

ललितपुर । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादब बस्दै आएको ललितपुर बागडोलस्थित घर खाली गर्न घरधनीले सार्वजनिक सूचना प्रकाशित गरेका छन् । राष्ट्रपति कार्यालय र पूर्व राष्ट्रपतिले आफ्नो घरको घरबहाल सम्झौता नवीकरण नगरेको जनाउँदै घरधनी रविभक्त विष्टले घर खाली गर्न आजको पत्रिकामा सूचना प्रकाशित गरेका हुन् । सूचनामा ललितपुर महानगरपालिका चार बागडोलस्थित पूर्व राष्ट्रपति यादव बस्दै आएको घरको घरबहाल सम्झौता नवीकरण नगरेकाले पन्ध्र दिनभित्र घर खाली गराउन भनिएको छ । घरधनीले सूचनामा पन्ध्र दिनभित्र हालसम्मको बहाल र बिजुली महसुल भुक्तानी गरी घर खाली नगरे कानुनी कारबाहीतिर अघि बढ्ने पनि बताएका छन् । सुचनामा उल्लेख भए अनुसार गत साउन १ गतेदेखि राष्ट्रपति
More

सिन्धुलीको खाङसाङमा जिप दुर्घटना, चार जनाको मृत्यु

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–४ खाङसाङमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बा ७ च ३९९५ नम्बरको बोलेरो जिप उकालो चढ्ने क्रममा ब्रेक फेल हुँदा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा फिक्कल गाउँपालिकाका अम्बरबहादुर दर्लामी, रामप्रसाद वराल, दिलबहादुर मगर र नरबहादुर बलमपाखी रहेका छन् । दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये धनबहादुर मगरको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । जिप चालक यज्ञबहादुर रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
More

समाजसेवी गुरुङद्वारा प्रवेशद्वार निर्माण

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका- ६ स्वाँरामा एक समाजसेवीले प्रवेशद्वार निर्माण गर्नुभएको छ । मुसिकोट नगरपालिका–६ स्वाँरा निवासी हाल रोजगारीको सिलसिलामा हङ्कङमा कार्यरत रहँदै आउनुभएका ताराबहादुर गुरुङ र श्रीमती मनकुमारी गुरुङले आफ्नी स्व माता नरमाया गुरुङ र स्व सासू सीता र ससूरा चन्द्रबहादुर गुरुङको स्मृतिमा रु एक लाख १४ हजारको लागतमा स्वाँराको गुरुङ समुदायको संस्कृति तथा पर्यटन भवनको परिसरमा प्रवेशद्वार बनाइदिनुभएको स्वाँरा गुरुङ होमस्टे (घरबास) सञ्चालक समितिका सचिव जीतबहादुर गुरुङले जानकारी दिनुभयो । समाजसेवी गुरुङले समाजका विभिन्न क्षेत्रमा समेत आर्थिक सहयोग गर्दै आउनुभएको सहयोगी गुरुङका भाइ लालबहादुर गुरुङले जानकारी दिनुभयो ।
More

मन्त्रिपरिषद् निर्णय: बाढी पहिरो प्रभावितका लागि विशेष योजना

काठमाडौं । सरकारले पछिल्लोपटक मुलुकका विभिन्न भूभागमा आएको बाढी पहिरोबाट प्रभावितका लागि विशेष योजना ल्याउने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले २०७४ सालमा विशेषगरी तराई क्षेत्रमा आएको बाढी पहिरोबाट प्रभावितलाई विशेष योजना ल्याउने निर्णय गरेको हो । योजनाबारे अर्थ मन्त्रालयले जतिसक्दो चाँडो सार्वजनिक गर्ने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । त्यसैगरी सरकारले ग्रामीण पहुँच सुधार परियोजना (रुलर कनेक्टिभिटी इम्प्रुभमेन्ट प्रोजेक्ट)का लागि एशियाली विकास बैंकबाट एक सय मिलियन डलर ऋण सहायता प्राप्त गर्नेसम्बन्धी सम्झौतामा वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ । अर्थमन्त्री कार्कीले बैठकका निर्णयबारे जानकारी दिँदै प्रस्तावित आयोजनाले १६ जिल्लाको ३८८ किमी
More

चर्चमा भएको गोली प्रहारमा २६ जनाको मृत्यु, २० घाइते

संयुक्त राज्य अमेरिका । अमेरिकी राज्य लास भेगासमा गएको ठीक पाँच हप्ताअघि गोली हानी भएको ठूलो नरसंहारपछि आइतबार पुनः त्यस्तै अर्का नरसंहार दोहोरिएको छ । प्राप्त समाचारअनुसार अमेरिकाको सदरल्याण्ड स्प्रिङ्गस्थित एउटा चर्चमा आइतबार बिहानको प्रार्थनाको समयमा २६ जनाको ज्यान लिने गरी अर्का हत्याकाण्ड भएको बताइएको छ । यस दुर्घटनालाई पनि अमेरिकाको इतिहासको सबैभन्दा दर्दनाक नंरसहार भनिएको छ । उक्त दुर्घटनामा २६ जना मारिएका छन् भने अरु २० जना नराम्रारी घाइते भएका बताइएको छ । अमेरिकाको सदरल्याण्ड स्प्रिङ्ग नामको एउटा सानो नगरमा उक्त हत्याकाण्ड भएको थियो । आइतबार बिहान एकजना अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको थियो । उक्त हत्यापछि सो बन्दुकधारीको
More

नारायणगढ – मुग्लिन सडक खण्डमा निर्वाचन अगाडि यातायात नरोकिने

 निर्वाचनको समयमा सवारी आवागमनमा समस्या देखिने भएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात नरोकी काम गरिने भएको छ । सडकमा अहिले कालोपत्रेको काम भइरहेको छ । एकातर्फबाट सवारी सञ्चालन र अर्काेतर्फ कालोपत्रे गर्न सकिने भएकाले आउने जाने सवारीलाई आलोपालो सञ्चालन गर्ने तयारी गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले नारायणगढ–मुग्लिन सडक आयोजनाले सडक रोकेर काम गर्ने प्रस्ताव गरेको भए पनि आफूले निर्वाचन अघिसम्मका लागि परीक्षणका रुपमा आलोपालो सवारी सञ्चालन गरेर काम अघि बढाउने प्रस्ताव गरेको बताए । उनले भने, ‘अहिलेको सडक फराकिलो छ, एकातर्फ सवारी सञ्चालन गरेर पनि काम गर्न मिल्छ ।’ भित्तो काट्नुपर्ने ठाउँमा भने बीचबीचमा केही समय सवारी रोकेर
More

दिशापिसाब गर्दा जनै कानमा राख्नुको रहस्य

खासमा ढाडमा रहेको प्राकृतिक रेखाले बिजुली प्रवाहको काम गर्छ । यो रेखा दाहिने काँधदेखि कम्मरसम्म रहेको हुन्छ । अत्यन्त सूक्ष्म यो नैसर्गिक रेखाको स्वरूप लज्जावती झार जस्तो हुन्छ । रेखा भन्नाले यहाँ नसालाई इंगित गर्न खोजिएको हो । यो नसा संकुचित अवस्थामा रहँदा मानिसले काम क्रोध आदि विकारहरूको सीमा नाघ्न पाउँदैन । तर जनैको पवित्र धागो धारण गर्दा विकारबाट मुक्ति पाउन मद्दत पुग्छ । वैदिक परम्परा अनुसार सुतीबाट बनेको पवित्र धागो लगाउने व्यक्ति यज्ञ र पूजनका विधानमा अधिकार प्राप्त गर्छ । यज्ञोपवीत विशेष विधिबाट बनाइएको हुन्छ र यसमा सात ग्रन्थि हुन्छन् । ब्राह्मणहरूको यज्ञोपवीतमा ब्रह्मग्रन्थि हुन्छ । तीन सूत्र भएको
More

फेरि अर्को दुर्घटना ः ४ जनाको मृत्यु

सिन्धुली, २० कात्तिक । जिल्लाको फिक्कल गाउँपालिका ४ को तर्केनीवशीमा आइतबार राति बोलेरो जिप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गबाट ग्रामीण सडक हुँदै गन्तव्यतर्फ जादै गरेको बा ७ च ३६९५ बोलेरो जीप दुर्घटना हुँदा फिक्कल ४ का ४० वर्षीय अमरबहादुर दर्लामी, अन्दाजी सोही उमेरका रामप्रसाद बराल, ५९ वर्षीय दिलबहादुर र ६० वर्षीय नरबहादुर बलमपाखीको मृत्यु भएको हो । उनीहरु भूकम्पको किस्ता रकम बुझेर घरतर्फ फर्कंदै थिए । दुर्घटनामा गम्भीर घाइते भएका ४१ वर्षीय धनबहादुर मगरको राजधानीस्थित विएण्डबी अस्पतालमा उपचार भइरहेको छ । सोही ठाउका चालक यज्ञबहादुर रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको
More

चारकिलो गाँजासहित युवक पक्राउ

लहान, कात्तिक २० गते । प्रहरीको गस्ती टोलीले सिरहाको धनगढीमाई नगरपालिका–१३ भालटारबाट लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले अवैध लागुऔषध चार किलो गाँजासहित सिरहाको भगवानपुर गाउँपालिका–३ निवासी ३८ वर्षीय बालेश्वर यादवलाई पक्राउ गरेको हो । आइतबार साँझ यादवलाई चेक गर्दा साइकलको पछाडि झोलामा प्लाष्टिकले बेरी ल्याएको अवस्थामा उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ । – गोरखापत्र अनलाइनबाट
More

सीमान्तकृत र पिछडिएका वर्गको लागि लोकतन्त्र अपरिहार्य ः गच्छेदार

इटहरी, कात्तिक १९ गते । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाली जनताको त्याग एवं बलिदान खर्चिएर प्राप्त भएको उपलब्धिको रक्षा गर्दै नेपालीलाई आर्थिक रुपले सबल र समृद्ध नेपालको नागरिक बनाउनका लागि लोकतन्त्र पक्षधरले निर्वाचनमा जित्नु जरुरी रहेको बताउनुभएको छ । नेपाली काँग्रेसका नेता गच्छदारले हिजो सुनसरी जिल्लाको आफ्नो निर्वाचन क्षेत्र नं ३ अन्तर्गतको खनारमा आयोजित पार्टी अगुवा नेता तथा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै नेपाली जनताले प्राप्त गरेको लोकतान्त्रिक राजनीतिक प्रणालीबाट मात्र मुलुकवासीले चाहेको असली परिवर्तन प्राप्त गर्ने विश्वास गरेर नै नेपाल लोकतान्त्रिक फोरम काँग्रेसमा समाहित भएको स्पष्ट पार्नुभयो । लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ तुल्याउँदै स्वतन्त्र ढंगले देशको उन्नतिमा थप टेवा पु¥याउन लोकतान्त्रिक गठबन्धन
More

नेपाली सेनाको प्रधानसेनापति थापा हुने निश्चित

काठमाडौँ, २० कात्तिक- नेपाली सेनाको आगामी प्रधानसेनापति पूर्णचन्द्र थापा हुने निश्चित भएको छ । जंगी अड्डाको दोस्रो वरीयतामा रहेका बलाधिकृत रथी (लेफटनेन्ट जनरल) बलदेवराज महतको अवकाशसँगै बलाध्यक्ष रथी थापा नेतृत्व ‘ट्रयाक’का एकल धावक बनेका हुन् । महतले १६ कात्तिकदेखि ५८ वर्ष उमेर हदले अनिवार्य अवकाश पाएपछि तेस्रो मर्यादामा रहेका थापा दोस्रो मर्यादामा उक्लेका हुन् । सामान्य अवस्था र उमेर रहँदासम्म यो पदावधि थप्ने प्रचलनअनुरूप नै थापाको म्याद थप भएको थियो । महत र थापा दुवैको दोस्रोपटक म्याद थप भएको भए पनि महत उमेर हदले सेवानिवृत्त भएपछि थापा प्रधानसेनापति दौडमा एकल देखिएका हुन् . सोमवार, कात्तिक १८, २०७४
More