Daily Archives 7th November 2017

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्डको अध्यक्षमा शिव खराल

लन्डन । बेलायतको वेष्ट मिडल्यान्ड क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको संस्था हाम्रो नेपाली समाजमा नयाँ कार्यसमिती चयन भएको छ । सोमबार सम्पन्न सस्थाको अधिवेसनले शिव खरालको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा श्रीमती गोमा पौडेल, महासचिवमा डा कृष्ण सापकोटा , सचिवमा भिम शर्मा , कोषाध्यक्षमा रामचन्द्र सुवेदी र सहकोषाध्यक्षमा तेज खत्री छानिएका छन । कार्यसमिति सदस्यहरूमा इन्द्र रिजाल, ज्योती भट्टराई , श्रीराम कार्की, रिता भन्डारी, रिमा सापकोटा, लिला खत्री, कमल आचार्य, भरत खत्री, गिता दुवाडी, कृष्न खत्री र सागर गैरेलाई चयन गरिएको छ । नयाँ कार्यसमितिको कार्यकाल २ वर्ष रहनेछ । संस्थाको सल्लाहकारमा बिन्दु सापकोटा, गुरुप्रसाद भन्डारी,
More

राष्ट्रपतिलाई युएई भ्रमणको निम्तो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई संयुक्त अरब इमिरेट्स (युएई) को अवुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख मोहम्मद बिन जायद अल ताह्यानले युएई भ्रमणका लागि आमन्त्रण गर्नुभएको छ । नेपालका लागि युएईका राजदूत सइद हमदान अल नाक्बीले राष्ट्रपति भण्डारीलाई आज अपराह्न शीतल निवासमा शिष्टाचार भेट गरी युवराजको निमन्त्रणापत्र हस्तान्तरण गर्नुभयो । राष्ट्रपति कार्यालयका अनुसार शिष्टाचार भेटका अवसरमा नेपाल–युएई सम्बन्धका साथै आपसी हित र चासोका विषयमा विचार विमर्श भएको थियो ।
More

खेतखेतमै उम्मेदवार, मतदाता दंग !

बाग्लुङ । आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बाग्लुङमा दलहरु चुनावी अभियानमा जुटेका छन् । प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार सदस्यका लागि दलहरुले आ–आफ्नो पक्षमा मत पार्न चुनावी अभियान थालेका छन् । बाग्लुङमा नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको कम्युनिष्ट गठबन्धनको सीधा प्रतिस्पर्धा हुन लागेको हो । यद्यपि, नेकपा माले, नयाँ शक्ति नेपाल, संघीय समाजवादी फोरम नेपाल, राप्रपा राष्ट्रवादी, देशभक्त गणतन्त्र मोर्चा, आमुल परिवर्तन पार्टीलगायतले पनि आफ्ना उम्मेदवार उठाएका छन् । २७ जना उम्मेदवार आगामी निर्वाचनबाट आफ्नो भाग्य परीक्षा गर्दैछन् । राप्रपाले भने कांग्रेसलाई समर्थन गरेको छ
More

उम्मेदवारलाई एउटै माला

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आयोजित बृहत कार्यकर्ता भेला कार्यक्रममा नेपाली काँग्रेस कञ्चनपुरका प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवारलाई एउटै मालामा बाँधेर विकासको प्रतिवद्धता गराईदै । तस्वीर: राजेन्द्रप्रसाद पनेरु
More

बाम गठबन्धनको घोषणापत्रमा नेपाली झन्डा अंकित पानी जहाज

काठमाडौं । वामपन्थी गठबन्धनले आफ्नो नेतृत्वको सरकार गठन भएपछि भूपरिवेष्टित मुलुकले समुन्द्र प्रयोग गर्न पाउने अधिकार प्रयोग गर्दै पानीजहाज सञ्चालन गर्ने भएका छन् । गठबन्धनले आज सार्वजनिक गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि घोषणापत्रमा भूपरिवेष्टित मुलुक नेपालले निर्वाधरुपमा समुन्द्रसम्मको पहुँच प्राप्त गर्ने अधिकारलाई स्थापित गर्ने र समुन्द्रमा पानी जहाज सञ्चालन गर्ने उल्लेख गरिएको छ । ‘अन्तर्राष्ट्रिय सम्पर्कका लागि हवाई र जलमार्ग’ शीर्षक दिइएको उक्त घोषणापत्रमा नेपाली झण्डा अंकित पानीजहाज सञ्चालन गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ । घोषणापत्र सार्वजनिक गर्दै नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको झण्डा अंकित पानीजहाज सञ्चालन भएरै छाड्ने उल्लेख गर्नुभयो । घोषणापत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय
More

मधेशी जनताको मत दुरुपयोग रोक्न धनुषाबाट चुनाव लडेको हुँ : नेता महतो

महेन्द्रनगर । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले विगतमा जस्तो मधेशी जनताको मतको दुरुपयोग रोक्न आफू धनुषा क्षेत्र नं ३ बाट चुनाव लडेको बताउनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले मधेशीको मत लिएर मधेशीकै अधिकार खोस्ने नेतामाथि प्रहार गर्नका लागि आफू यस क्षेत्रबाट चुनाव लडेको स्पष्ट पार्नुभयो । नेता महतोले भन्नुभयो, “मधेशको भोट लिएर मधेशीलाई नै समाप्त गर्ने नेताहरुले विगतमा यही क्षेत्रबाट प्रतिनिधित्व गरेका थिए, यसपटक त्यसलाई तोड्नका लागि म उम्मेदवार बनेको हुँ ।” यसपटक मधेसी जनताले मधेसको स्वाभिमान, समान र हकअधिकार स्थापनाका लागि आन्दोलन गर्ने राजपाको पक्षमा मतदान गर्ने बताउँदै “लोकतान्त्रिक गठबन्धन बन्न नसक्नुमा काँग्रेसी नेताको दोष
More

काँग्रेसलाई सहयोग गर्न राप्रपाद्वारा १४५ स्थानको उम्मेदवारी फिर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेसलाई सहयोग गर्ने उद्देश्यले पार्टीका तर्फबाट परेको उम्मेदवारीमध्ये मुलुकका १४५ स्थानको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छ । पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले काठमाडौँ, सल्यान र भक्तपुरको उम्मेदवारी कायम राख्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख एवं प्रवक्ता सुशीलकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त बैठकले आगामी मंसिरको पहिलो सातादेखि दोस्रो सातासम्म विराटनगर, वीरगञ्ज, धनगढी र पोखरामा चुनाव केन्द्रित आमसभा आयोजना गर्ने निर्णयसमेत गरेको छ ।
More

चुनावी प्रचारका लागि मनाङका उम्मेदवार काठमाडौंमा

मनाङ । मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उठेका मनाङका उम्मेदवार प्रचारप्रसारका लागि काठमाडौं पुगेका छन् । मनाङका लगभग ५० प्रतिशतभन्दा बढी मतदाता काठमाडौंमै बसोबास गर्ने भएकाले दुई ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले)का उम्मेदवार काठमाडौंमा प्रचार गर्न गएका हुन् । काठमाडौंमा बसोबास गर्ने मनाङीको मतदाता नामावली मनाङमै भएको हुनाले उम्मेदवार उम्मेदवारी मनोनयनपछि काठमाडौं पसेका हुन् । विशेष गरेर माथिल्लो मनाङ र नार फुका मानिस व्यापार व्यवसायका लागि मनाङ छाडी काठमाडौं बसोबास गर्दै आएका छन् । काठमाडौंवासी मतदान गर्न मनाङ आउने भएका कारण उम्मेदवार मतदाता खोज्दै काठमाडौं पुगेका हुन् । मनाङमा उच्च प्रतिस्पर्धामा रहेका दुई
More

मतपत्रसहितको निर्वाचन सामग्री

आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभाका लागि आवश्यक मतपत्रसहितको निर्वाचन सामग्री निर्वाचन अधिकृतको कार्यालय धादिङमा ल्याइँदै । तस्बिर: सीताराम अधिकारी
More

लोकतन्त्र कसैले ल्याइदिएको उपहार होइन : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको चुनावको घोषणापत्र राष्ट्र निर्माणको प्रतिबद्धता भएको बताउनुभएको छ । उक्त गठनबन्धनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले घोषणापत्रले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय एकता, शान्ति, स्थायित्व र विकासबारे सुनिश्चिता गरेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “यो चुनावको घोषणापत्र होइन, राष्ट्र निर्माणको प्रतिबद्धता हो । गरिबी निवारण, रोजगारी, स्वच्छ वातावरण र दिगो विकासका लक्ष्यपूर्तिका लागि हामीले प्रत्याभूति गरेका छौँ ।” पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “लोकतन्त्र कसैले ल्याइदिएको उपहार होइन, हाम्रै पुस्ताले बलिदान र संघर्ष गरेर आएको हो । त्यसैले लोकतन्त्र हाम्रो निष्ठा मात्र होइन, यो उपलब्धि हो । हामीले
More

एक लाख घुससहित गौर अस्पतालका झा समातिए

रौतहट । हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले गौर अस्पतालका कर्मचारी प्रवीणकुमार झालाई मंगलबार घुससहित पक्राउ गरेको छ । गौर अस्पतालको स्तरोन्नतिसम्बन्धी कामको बिल भुक्तानीकाक्रममा ठेकदारबाट एक लाख रुपैयाँ घुस लिँदैगर्दा इमरजेन्सी शाखाका हेल्थ असिस्टेन्ट इन्चार्जसमेत रहेका झालाई अख्तियार टोलीले रंगेहात पक्राउ गरेको हो । कोरियाली सहयोग नियोग (कोइका)को आर्थिक सहयोगमा गौर अस्पतालको स्तरोन्नतिको काम जिम्मा लिएका रामप्रताप यादवबाट झाले आफ्नै कार्यकक्षमा घुस लिँदैगर्दा प्रहरी नायब उपरीक्षक महेन्द्र खडकाको टोलीले उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
More

कुवेत लैजान लागिएका दुई युवतीको उद्धार

कपिलवस्तु । कुवेतमा ठूलो रकम कमाउन सकिने भनी विभिन्न प्रलोभनमा पारी भारत हुँदै कुवेत लैजानका लागि दुई युवतीलाई सीमा पार गराउन लागेका एक विचौलियालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ परेका राजापुर–१ बर्दिया बस्ने ३५ वर्षीय कृष्णप्रसाद रेग्मीमाथि मानव बेचबिखन तथा ओसारपोसारविरुद्ध मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुभाष गैरेले बताउनुभयो । केआइ नेपाल र नेपाल प्रहरी कृष्णनगरको संयुक्त टोलीले दैलेखका युवतीलाई नेपाल भारत सीमा चेक प्वाइन्टमा सोधपुछका क्रममा उद्धार गरिएको हो ।
More

पोखरा अन्तर्राष्ट्यि विमानस्थलको काम अघि बढ्दै

पोखरा । पोखरा अन्तर्राष्ट्यि विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिड कम्पनीले विमानस्थलको निर्माण कार्यलाई अगाडि बढाएको छ । कम्पनीले अहिले कार्यालय भवन, प्राविधिक तथा मजदुर बस्ने अस्थायी भवनको निर्माण गरेको र ती संरचना निर्माण भएपछि अन्य काम तीव रुपमा अघि बढ्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार यादवले जानकारी दिनुभयो । आयोजनाको मूल गेटबाट विमानस्थलसम्म पुग्ने सडक कालोपत्र गर्ने, पानीलाई तर्काउन चारवटा नाला बनाउने र विजयपुर खोलातिर पानी खसाल्ने काम सकिएको छ । मुलुककै गौरवशाली आयोजनाको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०२० जुलाईसम्ममा सक्ने लक्ष राखिएको छ । विसं २०७३ वैशाख १ गते पूर्व
More

स्थिरता र समृद्धिमा वाम गठबन्धनको मुख्य ध्यान

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनको मुख्य ध्यान मुलुकको स्थिरता र समृद्धिमा गएको बताउनुभएको छ । उक्त गठबन्धनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले स्थिरता र समृद्धिका लागि बलियो र एउटै कम्युनिष्ट केन्द्र बनाई अस्थिरताको अन्त्य गर्ने आफूहरुको लक्ष्य रहेको बताउनुभयो । उहाँले आगामी दुई, पाँच र दश वर्षभित्र पूरा गर्न सकिने कामलाई बुँदागत रुपमा राखिएको बताउँदै आगामी दश वर्षभित्र प्रत्येक नेपालीको वार्षिक आय पाँच हजार डलर पु-याउने घोषणापत्रमा उल्लेख भएको बताउनुभयो । उहाँले अधिकारसम्पन्न स्थानीय तह बनाउने तथा राजधानी उपत्यकाका लागि एकीकृत शहरका रुपमा विकास गर्ने योजना अघि सारिएको
More

ग्वानीमा जीप दुर्घटना ः ६ जना घाइते

दार्चुलाकोे मालिकार्जुन गाउँपालिका ८ पस्तीबाट महेन्द्रनगर जाँदै गरेको जीप दुर्घटना भएको छ । पस्तीबाट बुकिङमा महेन्द्रनगरका लागी हिडेको से १ ज २९६ नम्बरको महाकाली यातायतको जीप ग्वानीमा दुर्घटना भएको हो । दुर्घटनामा परि ६ जना घाईते भएका छन् । घाईतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको परिचय खुल्न सकेको छैन् । जीपमा जम्मा ६ जना पुरुष र ४ महिला तथा चालक गरी जम्मा १२ जना सवार रहेको बताईएको छ । शैल्यशिखर नगरपालिका ६ ग्वानीमा ब्रेक फेल भएर जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।  – टिभि अन्नपूर्णबाट ।
More

ओरेन्टियल को अपरेटिभका पीडितहरु सडकमा

ओरेन्टियल को अपरेटिभको विरुद्धमा आज पीडितहरु सडकमा उत्रेका छन् । ओरेन्टियलका साहू सुधिर बस्नेतलाई सरकारले धौरौटीमा छोड्ने भएपछि पीडितहरु बिरोधमा उत्रिएका हुन् । सरकारले ओरेन्टल बचत तथा ऋण सहकारी संस्था मैतीदेवी काठमाडौंलाई समस्याग्रस्त घोषणा गरेको छ । सहकारी तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयको सोमबार बसेको बैठकले उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो । मन्त्रालयका सचिव गोपीनाथ मैनालीका अनुसार सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम ओरेन्टललाई समस्याग्रस्त संस्था घोषणा गरिएको हो । ‘अब हामी तुुरुन्त उक्त संस्थाको निक्षेप तथा भुक्तानी दायित्व फरफारक गर्नको लागि समस्याग्रस्त संस्था व्यवस्थापन समिति गठन गरी संस्थाको वास्तविक सम्पत्ति दायित्व (डीडीए) रिपोर्ट तयार गर्छौँ’, मैनालीले भने ।   ओरेन्टलको
More

उत्तम लिम्बुले पाए विश्वव्यापी कविता प्रतियोगिताको प्रथम पुरस्कार

कवि उत्तम लिम्बुले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरियाद्वारा आयोजित विश्वव्यापी नेपाली कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन् । सहभागी १८६ जना कविलाई पछि पार्दै उनको ‘युगका स्वरहरु’ शिर्षकको कविता प्रथम भएको हो । उक्त प्रतियोगितामा कवि निरज दाहालले दोस्रो स्थान र कवि ज्ञानेन्द्र बहादुर सिंहले तेस्रो स्थान हासिल गरेका छन् । प्रथम स्थान हासिल गर्ने कवि उत्तम यसअघि नै धनकुटेली काव्यताराका रुपमा पुरस्कृत एवम् सम्मानित भइसकेका छन् भने हालसम्म उनी ३७ वटा कविता प्रतियोगितामा प्रथम भै उनको जादुगरी वाचन शिल्प वापत ‘वाचन शिरोमणि’का रुपमा पनि सम्मानित छन् ।   युगका स्वरहरु (कविता) चुल्ठोमा सिउरेर चमेली गुराँस आफ्नै मात्र
More

थारु पत्रकार संघको अध्यक्षमा मदन चौधरी निर्वाचित

थारू पत्रकार संघ नेपालको अध्यक्षमा मदन चौधरी निर्वाचित भएका छन्। आइतबार बिहान सुनसरीको झुम्कामा भएको चुनावमा प्रतिद्वन्द्वी प्रदीप लेखीलाई हराउँदै चौधरी अध्यक्षमा निर्वाचित भएका हुन्। खसेको ५० मतमध्ये ३६ मत चौधरीले पाएका थिए भने लेखीले १४ मत पाए। त्यस्तै संघको उपाध्यक्षमा संजय चौधरी (चितवन) निर्विरोध विजयी भए। महासचिवमा भने उदयपुरका पत्रकार किशोर चौधरी निर्वाचित भए। उनले प्रतिद्वन्द्वी विश्वराज पछलडंगियालाई हराउँदै विजयी भए। त्यस्तै सचिवमा शैलेन्द्र चौधरीलाई हराउँदै इन्दु चौधरी (कैलाली) निर्वाचित भइन्। उनले ३४ मत पाइन्। कोषाध्यक्षमा भने प्रतिमा चौधरी (बारा) निर्विरोध विजयी भइन्। त्यस्तै सदस्यहरुमा कुलदीप चौधरी (सुनसरी), दुष्यन्त चौधरी (बारा), सन्तकुमार चौधरी (चितवन), राजु चौधरी (चितवन), कमल चौधरी
More

नेपालले पायो ११ पदक

काठमाडौं / – श्रीलंकाको कोलम्बोमा भएको १५औं डब्लूकेआई अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपालले ६ स्वर्ण, ४ रजत र १ कांस्य गरी ११ पदक जितेको छ । पुरुष ४० केजीमा विवेक कुँवरले स्वर्ण र एकल कातामा रजत, पुरुष ४५ केजीमा सुरेन्द्र तामाङले स्वर्ण, महिला ४५ केजीमा वर्षा बुढा मगरले स्वर्ण र एकल कातामा कांस्य, महिला ४० केजीमा विनिता चपाईंले स्वर्ण, पुरुषको ७५ केजीमा विकास राजवाहकले स्वर्ण तथा पुरुष ६७ केजीमा नवीन महर्जनले स्वर्ण जिते । प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका निरज महर्जनका अनुसार पुरुष ८४ केजीमाथि ध्रुव थापा र ५० केजीमा अनिश लामिछानेले रजत जिते । नेपालले पुरुष टिम कातामा पनि रजत
More

राप्रपाको घोषणापत्रः ४० बुँदे सङ्कल्पसहित

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने संकल्पसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । ललितपुरस्थित हिमालय होटलमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको घोषणापत्रमा नेपालको भूराजनैतिक अवस्था एवं धार्मिक सामाजिक सांस्कृतिक परिवेशको पृष्ठभूमिमा चुनावी राजनीतिभन्दा माथि रहेको तथा सबैले सम्मान र विश्वास गर्ने एउटा साझा संस्थाको रुपमा राजसंस्था आवश्यक छ भन्ने उल्लेख छ ।   सार्वभौमसत्ता जनतामा निहीत रहने, देशको शासन जनताबाट निर्वाचित प्रतिनिधिहरुले गर्ने तथा संसदको परिधि र संविधान अन्तर्गत राष्ट्रियता र सांस्कृतिक एकताको प्रतिकको रुपमा संवैधानिक राजसंस्था रहने उसले बताएको छ । अबको राजसंस्था परिवर्तनका पक्षधरहरुलाई समेत चित्त बुझ्ने सहमति र सम्झौताको साझा संस्था हुने
More