Daily Archives 8th November 2017

डा केसीद्वारा शिक्षा मन्त्रालयमा कलेज सम्बन्धनबारे सूचना माग

काठमाडौं । प्रा डा गोविन्द केसी समूहले आज शिक्षा मन्त्रालयलाई काठमाडौँ नेशनल मेडिकल कलेज सम्बन्धन प्रकरणबारे छ विषयका सूचना उपलब्ध गराउन निवेदन दिएको छ । मन्त्रालयले मेडिकल काउन्सिललाई सम्बन्धन दिन पत्राचार गरेको विषय सार्वजनिक भएकाले त्यसको यथार्थ सूचना उपलब्ध गराउन शिक्षा सचिवलाई सम्बोधन गरी निवेदन दिइएको हो । संविधानको २७ को सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ ले प्रत्याभूत गरेको सूचनाको हकबमोजिम सूचना उपलब्ध गराउन डा केसी, अधिवक्ता ओमप्रकाश अर्याल, डा अभिषेकराज सिंह र विनोद अर्यालको संयुक्त हस्ताक्षर गरिएको निवेदन दिइएको डा सिंहले जानकारी दिनुभयो । उहाँहरुले सम्बन्धन दिने सम्बन्धमा मन्त्रालयले काउन्सिललाई लेखेको पत्र, सम्बन्धनबारे सर्वोच्च अदालतको आदेश, उक्त
More

चुनावी सभामा सहभागी हुँदै

प्रधानमन्त्री शेरबहादुर देउवा जनकपुरधाममा आयोजना गरिएको चुनावी सभामा सहभागी हुँदै । तस्वीर: रोशन सापकोटा
More

प्रवासीलाई मतदान अधिकार: यो पटकलाई यस्तै भयो, अर्कोपटक– खाँण

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले नेपाली कांग्रेस विदेशमा रहेका नेपालीको पनि मताधिकारको उपयोगको पक्षमा रहेको बताएका छन् । उनले समय अभावका कारण यसपटक सो अवसर दिलाउन नसकिएको बताए । कामका लागि विदेशिएका नेपालीहरुसँग खाँणले भने, ‘अर्को निर्वाचनमा तपाइँहरु जहाँ हुनुहुन्छ,, त्यहीबाट नेपालको भाग्य निर्माणमा सहभागी हुन पाउनु हुनेछ ।’ नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले बुधबार केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता खाँणले भने, ‘नेपाली कांग्रेसले प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ५४ सीटमा र प्रदेशसभाका ३ सय ३० मध्ये ३ सय १० सीटमा आफ्ना उम्मेदवार उठाएको छ
More

लन्डन दूतावासमा पर्यटन प्रवद्र्धन साँझ

लन्डन । लन्डन नेपाली दूतावासमा हिजो मंगलबार साँझ नेपालको पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना भयो । नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास लन्डनले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा स्थानीय मेयर, काउन्सिलहरु, बेलायतस्थित नेपाली र बेलायती ट्राभल व्यवसायी, नेपालबाट आएका ट्राभल व्यवसायी, गैरआवासीय नेपाली संघ बेलायतका प्रतिनिधि र अन्य शुभचिन्तकको सहभागिता थियो । कार्यक्रममा प्रमुख अतिथी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गत वर्ष सन् २०१६ मा ४६ हजार २९५ बेलायती पर्यटकले नेपाल भ्रमण गरेको जानकारी दिंदै यो वर्ष जुनसम्म नेपाल भ्रमण गर्ने बेलायती पर्यटकको संख्या २६ हजार नाघेको बताए । न्यौपानेले नेपालमा भूकम्पपछि क्षतिग्रस्त पुरातात्विक सम्पदा, ट्रेकिङ
More

धादिङ नुवाकोट समाज यूकेद्वारा नेपाल आइडल सम्मानित

लन्डन । बेलायतको सांगीतिक भ्रमणमा रहेका नेपाल आइडल बुद्ध लामा, फष्ट रनर अप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दास, टप ७ प्रमिला राई लन्डनमा सम्मानित भएका छन् । धादिङ नुवाकोट समाज यूकेले उनीहरुलाई हिजो मंगलबार सम्मान गरेको हो । संस्थाका अध्यक्ष चोकबहादुर तामाङले खादा र नेपाली टोपी पहिराइ उनीहरुलाई सम्मान गरे । कार्यक्रममा संस्थाले सबै प्रतिभालाई नेपाली झण्डा (ब्याच) लगाई नेपालको शिर उच्च राख्नु भन्दा हल स्तब्ध भएको थियो । प्रथम नेपाल आइडल बुद्ध लामा धादिङको अति विकट साबिक लापा गाबिस (हालको रुबी भ्याली गाउंपालिका) मा जन्मेका हुन् । अध्यक्ष तामाङले नेपाल आइडल प्रतिभाहरुले नेपाली सांगीतिक आकाशमा थप उज्यालो छरेको
More

नेपाल ओमनसँग पराजित

काठमाडौं । एएफसी उन्नाइस वर्षमुनि (यू–१९) च्याम्पियनसिपअन्तर्गत आज भएको समूहचरणको अन्तिम खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्गिस्तानको विस्केकमा भएको खेलमा नेपाल ओमानसँग ५–० गोलअन्तरले पराजित भएको हो । यस हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । ओमानले नेपाललाई खेलको पहिलो हाफमा तीन गोल प्रहार ग-यो भने दोस्रो हाफमा दुई गोल थप्यो । च्याम्पियनसिपमा चार खेल खेलेको नेपालले सबै खेलमा हार बेहो-यो । चार खेलमा १२ गोल खाएको नेपालले एक गोल पनि फर्काउन सकेन । नेपाल पहिलो खेलमा आयोजक कीर्गिस्तानसँग २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा बहराइनसँग ४–० ले पराजित भयो । त्यसैगरी तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स
More

बेलायतका विशेषज्ञद्वारा स्वर्गद्वारीमा निशुल्क आँखा शिविर

काठमाडौं । बेलायतमा कार्यरत नेत्र विशेषज्ञहरुको एक टोलीले नेपालको एक प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारीमा निशुल्क आँखा उपचार शिविर सन्चालन गरेका छन्। नेप्लीज डक्टर्स एसोसियसन युकेका पूर्व अध्यक्ष तथा वरिष्ठ नेत्र चिकित्सक डा. भरत श्रेष्ठको नेतृत्वमा गएको टोलीले प्यूठान जिल्लामा पर्ने स्वर्गद्वारीमा निशुल्क आँखा जाँच गर्नुका साथै औषधि वितरण पनि गरेको थियो। गत अक्टोबर २२, २३ र २४ तारिखमा स्वर्गद्वारीमा आयोजित शिविरमा झण्डै सात सयजना भन्दा बढी बिरामीहरुको आँखा जाँच गर्नुका साथै २६० जनालाई चश्मा वितरण गरिएको थियो। त्यस्तै सो टोलीले मोतिझविन्दुका २० जना बिरामीहरुलाई उपचार खर्च सहयोग पनि गरेको थियो। त्यस्तै बेलायतस्थित रोयल आइ इन्फर्मेरी डेरिफोर्ड हस्पिटल, प्लेमथ हस्पिटल एनएचएस
More

भ्रष्टाचारविरुद्ध नेपालको शून्य सहनशीलता नीति

काठमाडौं । जुनसुकै समाजको दिगो सामाजिक आर्थिक विकासको बाधक भ्रष्टाचार नै रहेको र यो स्थायित्व र सुरक्षाका निम्ति विश्वभर प्रमुख चुनौती बनेको बताउँदै नेपालले त्यसविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको जनाएको छ । अष्ट्रियाको राजधानी भिएनामा जारी संयुक्त राष्ट्रसंघीय भ्रष्टाचारविरुद्धको अभिसन्धिसम्बन्धी सातौँ सम्मेलनमा नेपालले अन्तर्राष्ट्रिय समुदायलाई नेपालको त्यस्तो नीति सुनाएको हो । उक्त अभिसन्धिको पक्षराष्ट्र रहेका १५५ देशका प्रतिनिधिमाझ नेपाली प्रतिनिधिमण्डलका नेता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजीव गौतमले भ्रष्टाचार नियन्त्रण गर्न नेपाल सरकारले अंगिकार गरेका कानूनी नीति तथा उपायबारे जानकारी गराउनुभएको भिएनास्थित स्थायी नेपाली नियोगले आज जनाएको छ । यही कात्तिक २४ गतेसम्म सञ्चालन हुने उक्त सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलमा
More

गगनको नेतृत्वमा ४३ सदस्यीय कांग्रेस प्रचार उपसमिति गठन

काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले अवलम्बन गरेका नीति,कार्यक्रम र उम्मेदवारहरुले आ–आफ्ना निर्वाचन क्षेत्रमा उठाएका राष्ट्रिय तथा स्थानीय सरोकारका विषयहरुलाई मतदातासमक्ष पु-याउन निर्वाचन प्रचार प्रसार समन्वय उपसमिति गठन गरेको छ । केन्द्रीय कार्यसमितिका सदस्य बालकृष्ण खाणको संयोजकत्वमा गठित नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय निर्वाचन प्रचार प्रसार समन्वय उपसमितिलाई आज पूर्णता दिइएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । मुख्य सचिव पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइए अनुसार केन्द्रीय निर्वाचन प्रचार प्रसार समन्वय उपसमिति देहाय बमोजिम रहेको छ । नेपाली कांग्रेस केन्द्रीय प्रचार प्रसार समन्वय उपसमिति क्र.सं. नाम पद 1 गगनकुमार थापा, केन्द्रीय सदस्य,
More

भारतमा भाइरल बनेको भिडियो यस्तो थियो

नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित एक अन्तरराष्ट्रिय विमानस्थलमा एक एयरलाइन्सका कर्मचारीले यात्रुलाई दुव्र्यबहार गरेको भिडियो भाइरल भएपछि (सो भिडियो धेरैले हेरेपछि) त्यसको छानबिनका लागि सरकारले छानबीन समिति गठन गरेको छ । करिब महिना दिन अघि भारतको चेन्नइबाट नयाँ दिल्लीस्थित इन्दिरागान्धी अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका एकजना यात्रुलाई विमानस्थल मै भारतको इन्डिगो एयरलाइन्सका कर्मचारीले दुव्र्यबहार गरेका थिए । मङ्गलबार सार्वजनिक भएको सो भिडियोमा एकजना यात्रुलाई विमान अवतरण गरेपछि बाहिर निस्किने क्रममा घाँटीमा समातेर लछार्दै बाहिर निकालेका छन् । उक्त दुव्र्यबहारसम्बन्धी भिडियो मङ्गलबार मात्र सार्वजनिक भएको थियो । उक्त भिडियो मङ्गलबार नै भारतका करोडौँ नागरिकले हेरिसकेका छन् । उक्त भिडियो भाइरल भएपछि
More

सप्तरीमा सुरक्षा व्यवस्थामा कडाइ

राजविराज । आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि लक्षित गरी सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सुरक्षा सतर्कता बढाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले राससलाई बताउनुभयो । जिल्लाका कुल २९५ मतदानस्थलमध्ये २०७ अति संवेदनशील र ८८ संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको उहाँले जानकारी दिनुभयो । सप्तरी क्षेत्र नं १ मा अति संवेदनशील ३२ र संवेदनशील ४८, क्षेत्र नं २ मा कायम भएको ६८ मतदानस्थल नै अति संवेदनशील रहेको प्रहरीले जनाएको छ । क्षेत्र नं ३ मा अति संवेदनशील ७७
More

पावर ट्रान्सफर्मर जडान गरिँदै

नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रमा पावर ट्रान्सफर्मर जडान गर्दै प्राविधिक टोली । पावर ट्रान्सफर्मर जडानसँगै झापाको दमक नगरपालिकासहित गौरादह, शिवसतासी, मोरङको उर्लावारी, पथरी नगरपालिका र गौरीगञ्ज, कमल गाउँपालिका तथा मोरङको राजघाट, इलामको चुलाचुली पनि मंगलबारबाट लोडसेडिङ मुक्त भएका छन् । तस्बिर : सुरेन्द्र भण्डारी
More

सुनसरीको चुनावी विश्लेषण यस्तो छ

इटहरी । आगामी मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सुनसरी जिल्लामा पछिल्लोपटक थप भएका ५७ हजार ८३१ नयाँ मतदाता निर्णायक हुनसक्ने राजनीतिक वृत्तमा विश्लेषण गर्न थालिएको छ । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा राजनीतिक दलमा खसेको मतका आधारमा त्यस्तो विश्लेषण गर्न थालिएको हो । यस जिल्लामा नयाँ थपिएका मतदातासहितको कुल मतदाता संख्या चार लाख ७४ हजार ८३१ पुगेको छ । स्थानीय तह निर्वाचनमा सहभागी नभएका ५७ हजार बढी मतदाताले मंसिर २१ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा चुनावमा सहभागी हुँदा त्यतिखेर कुल खसेको मत जोडिँदा दलका उम्मेदवारका लागि निर्णायक बन्नसक्ने राजनीतिक बृत्तदेखि चिया पसलमा आँकलन
More

लुम्बिनीमा कांग्रेसका बागी उम्मेदवारको सदस्यता खारेज

रुपन्देही । नेपाली काँग्रेस रुपन्देहीले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदवार विपरीत बागी उम्मेदवारी दिएका नेताको पार्टी सदस्यता खारेज गरेको जनाएको छ । नेपाली काँग्रेसले पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै एकजना प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा पाँचजना प्रदेश सभा सदस्यका उम्मेदवारसहित उनीहरुका प्रस्तावक र समर्थक गरी १८ जनाको पार्टी सदस्यता खारेज गरेको हो । पार्टीको विधानअनुसार रुपन्देही क्षेत्र नं १ को २ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद पौडेल तथा उहाँका प्रस्तावक खुमलाल गौतम र समर्थक नीमबहादुर थापाको पार्टी सदस्यता खारेज गरेको नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिनुभयो । त्यस्तै क्षेत्र
More

तमु धर्मगुरुहरूको राष्ट्रिय भेला हुने

पोखरा। तमु समुदायका वोन्पो लम धर्मगुरुहरुको प्रथम राष्ट्रिय भेला यही कात्तिक २४, २५ र २६ गते पोखरामा हुने भएको छ । तमु प्ये ल्हु संघ, जिल्ला कार्य समिति, कास्कीको आयोजनामा हुने भेलाबारे जानकारी दिन मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक उमबहादुर प्हच्यु तमुले देशभर अत्यन्त न्यून संख्यामा रहेका वोन्पो लमहरूको तथ्यांक संकलन र यिनीहरूको पहिचानलाई जोगाउने लक्ष्यका साथ भेला गर्न लागिएको जानकारी दिनुभयो । भेलामा लगभग २०० जनाको संख्यामा वोन्पो लम धर्मगुरुको उपस्थिति रहने जानकारी दिँदै उहाँले भेलामा वोन्पो लमको संरक्षण, सम्बर्धन तथा प्रवद्र्धनका साथै उत्थानका लागि आवश्यक कार्ययोजनालगायतका विषयमा छलफल गरिने बताउनुभयो ।
More

राज परिवारका सदस्यलाई थुन्न तारे होटल जेलमा परिणात

साउदी । भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएका ११ साउदी राजकुमारलाई थुन्नका लागि एउटा पाँचतारे होटललाई नै जेल बनाइएको छ । साउदी अरबमा हालै त्यहाँका ११ राजकुमार, चार वहालवाला मन्त्री र दर्जनौं पूर्वमन्त्रीलाई पक्राउ गरिएको थियो । पक्राउ गरिएका ११ राजकुमारलाई पाँचतारे होटल रित्ज कार्लटनमा राखिएको छ । सो होटललाई नै अहिले राजपरिवारका सदस्य थुन्ने जेल बनाइएको हो । यो होटलमा साउदी सरकारले आफ्नो मुलुकको भ्रमणमा आउने विदेशी विशिष्ट अतिथिहरु राख्ने गर्दथ्यो । किंग अब्दुल्लाजीज कन्भेन्सन सेन्टर नजिकै रहेको यो होटलमा ६ रेस्टुरेन्ट, इन्डोर स्वीमिङ पुलसहित विभिन्न सुविधा छन् । युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा गठित भ्रष्टाचारविरुद्धको नयाँ कमिटीले ११ जना राजकुमार,
More

नारायणकाजी श्रेष्ठ लडेर घाइते भए

२२ कात्तिक, बारपाक (गोरखा) । माओवादी केन्द्रका नेता तथा गोरखा-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ लडेर सामान्य घाइते भएका छन् । सौरपानीमा मंगलबार आयोजित चुनावी सभाका क्रममा उनी रडमा अल्झिएर लडेका थिए । उनको दायाँतर्फ निधार र दायाँ खुट्टामा चोट लागेको छ । सोही कारण उनले बुधबार बारपाकमा घरदैलो कार्यक्रम गर्न सकेनन् । बारपाकमा अहिले सुरु भएको चुनावी सभाका क्रममा पनि उनी गाडीमै कार्यक्रम स्थलसम्म पुगेका थिए । पैदल यात्रा गर्दै स्थानीय बासिन्दासँग भेटघाट गर्न पाएनन्, उनले । घाइते नभएको भए बुधबार दिनभर विनासकारी भूकम्पको केन्द्रविन्दु बारपाकका घर-घरमा पुग्ने उनको योजना थियो । उक्त योजना स्थगित भएको छ ।
More