Daily Archives 10th November 2017

युवराज गुरुङ कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिमा मनोनित

लण्डन । नेपाली जनसम्पर्क समिति वेलायतका सभापति युवराज गुरुङलाई नेपाली कांग्रेसले औपाचारिक रुपमै निर्वाचनमा खटाएको छ । मंसिर महिनामा हुने प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचनका लागि गुरुङलाई देश व्यापी रुपमा हुने निर्वाचन गतिविधीमा संलग्न गराउने उदेश्यले केन्द्रीय निर्वाचन परिचालन समितिको सदस्यमा चयन गरिएको नेपाली कांग्रेसले जनाएको छ । पार्टी कार्यालयद्धारा विहीवार जारी पत्रअनुसार संघीय लोकतन्त्र गणतन्त्रको कार्यान्वयन र जनतामा स्थापित सार्वभौमसत्ता एवं लोकतन्त्रको रक्षाको लागि आगामी निर्वाचन महत्वपूर्ण रहेकोले सो निर्वाचनमा सहयोगको लागि गुरुङलाई खटाएको पत्रमा उल्लेख छ । गुरुङ निर्वाचनलाई मध्यनजर गर्दै यसअघिनै नेपाल गएका थिए । गुरुङले पार्टीले दिएको जिम्मेवारी प्रति खुशी व्यक्त गरे । उनले प्रशन्नता प्रकट
More

माल्यार्पण गर्नुहुँदै

प्रधानमन्त्री शेरबहादुर देउवा गणेशमान सिंहको १०२औं जन्मजयन्तीको अवसरमा गणेशमान सिंह प्रतिष्ठानले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा गणेशमान सिंहको तस्वीरमा माल्यार्पण गर्नुहुँदै । रोशन सापकोटा
More

मतगणना स्थलमामा महिला प्रतिनिधि मात्रै

भरतपुर । चितवनका मुख्य निवार्चन अधिकृत कुलप्रसाद शर्माले मतगणना स्थलमा महिला मात्रै राख्न पहल गरिने बताउनु भएको छ । युएनडिपीको सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागीता कार्यक्रममा बोल्ने क्रममा मुख्य निवार्चन अधिकृत शर्माले यस्तो बताउनु भएको हो । आगामी प्रतिनिधि तथा प्रदेश सभाको कार्यक्रमलाई लक्षित गरेर जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय पत्रकार र मानवअधिकारकर्मीहरु बीच भएको कार्यशालामा बोल्दै मुख्य निर्वाचन अधिकृत शर्माले मतगणनास्थलाई शान्त र धाँधलीरहित बनाउनका लागि महिलालाई मात्र प्रतिनिधि बनाउन पहल गरिने भनाइ राख्नुभयो मतगणनास्थलमा महिला मात्रै प्रतिनिधि पठाइदिन सबै दलसँग छलफल गरिनेसमेत बताउनु भयो । सो क्रममा उहाँले प्रमुख दलले प्रत्यक्ष निवार्चनमा महिलालाई उम्मेदवार नबनाए पनि मतगणनामा
More

बाहिरी चक्रपथ निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया शुरु

काठमाडौं । बाहिरी चक्रपथ निर्माणको चर्चा चलेको एक दशकपछि उपत्यकाका तीनै जिल्ला जोडिने ७३ किलोमिटर लामो चक्रपथ निर्माणको काम अघि बढेको छ । चक्रपथ निर्माणको पहिलो चरणमा चोभार–गाम्चा–सतुंगल ६.६ किमी दूरीको ३.५ वर्ग किमी जग्गा विकास गर्न जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान शहरी विकास मन्त्री दिलनाथ गिरीले यसै साता निर्णय गर्नुभयो । मन्त्रिपरिषद्ले निर्णय गरेपछि जग्गा प्राप्ति ऐनअनुसार जग्गा विकासको काम शुरु हुन्छ । लामो समयदेखि चर्चामा रहेको बाहिरी चक्रपथ निर्माण गर्न सरकारले चालु आर्थिक वर्षमा रु १० करोड बजेट विनियोजन गरेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले गतवर्ष चोभार–गाम्चा–सतुंगल ६.६ किमी दूरीको ३.५ वर्ग किमी जग्गा विकास गरी
More

१० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न नपाइने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा शिक्षा अध्यादेश आज प्रमाणीकरण गरेकी छिन् । डाक्टर गोविन्द केसीको माग अनुसार मन्त्रिपरिषद्ले पठाएको चिकित्सा शिक्षा अध्यादेश भण्डारीले प्रमाणिकरण गरेकी हुन । मन्त्रीपरिषदले कार्तिक छ गते नै अध्यादेश पारित गरेर राष्ट्रपति कार्यालयमा पठाएको थियो । तर राष्ट्रपति भण्डारीले परामर्शका लागि भन्दै अध्यादेश प्रमाणिकरण गरेकी थिइनन् । डाक्टर केसी सहितको टोलीले बिहीबार अध्यादेश प्रमाणिकरण नभएको विषयमा ध्यानाकर्षण गराएका थिए । त्यस लगत्तै शुक्रवार अध्यादेश प्रमाणिकरण भएको हो । अध्यादेशमा १० वर्षसम्म काठमाण्डौं उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न नपाउने र तीन वर्ष अस्पताल सञ्चालन गरिसकेको संस्थाले मात्र नयाँ मेडिकल कलेज खोल्न सक्ने जस्ता प्रावधान राखिएको छ
More

रु छ लाखसहित प्राविधिक कार्यालयका प्रमुख पक्राउ

भीमदत्तनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगरले आज जिल्ला प्राविधिक कार्यालयका प्रमुख (डिई) केदार शर्मालाई रु छ लाख घुसको रकमसहित पक्राउ गरेको छ । प्रमुख शर्माको निवासबाट उनीसहित प्राविधिक कार्यालयका सवइन्जिनियर डण्डीराज पाण्डेयलाई समेत नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट नगद रु छ लाखसहित रु १४ लाखको चेकसमेत नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगरले जनाएको छ । उक्त चेक नेपाल बंगलादेश बैंकको नाममा रहेको बुझिएको छ । घुसको रकमसहित कर्मचारी नियन्त्रणमा लिएको छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगर कञ्चनपुरका निमित्त प्रमुख
More

वाम गठबन्धन र काँग्रेस कार्यकर्ताबीच झडप

सोलुखुम्बु । सोताङमा वाम गठबन्धन र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । आज भएको झडपमा वाम गठबन्धनका घनश्याम नेपाली र काँग्रेसका जिल्ला कोषाध्यक्ष पेमा तामाङ घाइते भएको प्रहरीले जनाएको छ । घाइते नेपालीको सोताङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा तथा तामाङलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको छ । वाम गठबन्धनले पूर्व निर्धारीत कार्यक्रमअन्तर्गत सोताङ बजारमा चुनावी जनसभा आयोजना गरेको थियो । कार्यक्रम तयारीको क्रममा वाम गठबन्धन र काँग्रेस कार्यकर्ताबीच विवाद भएपछि झडप भएको हो । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरी निरीक्षकको संयोजकत्वमा थप प्रहरी टोली घटनास्थलमा पठाएको प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिनुभयो ।
More

यो चुनावपछि विश्राम लिन्छु : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु मिसनसहित राजनीतिमा लागेकाले मिसन पुरा भएपछि राजनीतिबाट विश्राम लिने बताएका छन र । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनीधिसभा सदस्यका उम्मेदवार नेता पौडेलले व्यास नगरपालिका– १२ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै गुणस्तरिय शिक्षा, गुणस्तरिय स्वास्थ्य र रोजगारीको अवसर गाँउ सृजना गर्ने आफ्नो मिसन पुरा भएपछि राजनीतिबाट विश्राम लिने स्पष्ट पारे । उनले यही चुनावपछि गाँउ गाँउमा गुणस्तरिय शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर पु-याउने आफ्नो लक्ष्य पुरा गर्ने भन्दै त्यो मिसन पुरा भएपछि राजनीतिबाट विश्राम लिने बताएका छन । वरिष्ठ नेता पौडेलले आफु राजनीति भिजन सहितको मिसन लिएर लागेको स्पष्ट पार्दै आफ्नो
More

सेयर बजारमा गिरावट आउँदा लगानीकर्ता निराश

२४ कात्तिक, काठमाडौं । वितेको १६ महिनामा लगानीकर्ताहरुको सेयर सम्पत्तीमा लगभग ३ खर्ब ७५ अर्बले ह्रास आएको छ । १३ दिनदेखि लगातार घट्दो क्रममा बजार रहेको छ । बिहीवार बजारमा सूचीकृत कम्पनीहरुको सेयरको कुल मूल्यांकन १६ खर्ब ९५ अर्ब बराबर रहेको छ । यसलाई कुल बजार पूँजीकरण भनिन्छ । गत वर्ष साउन १२ गते कुल बजार पूँजीकरण २० खर्ब ७० अर्ब रुपैयाँ रहेको थियो । ‘यो रकमलाई कतिपय लगानीकर्ताले गुमाएको रकमको रुपमा प्रस्तुत गर्ने गरेका छन्, यसले लगानीकर्तालाई थप चिन्तित बनाउने गरेको छ, सम्पत्तीको मूल्यांकन मात्र घटेको हो, बजार बढ्दा त्यसमा पुनः सुधार हुन्छ,’ एक विश्लेषकले भने । सेयर मूल्यमा
More

एकैसाथ चार नेपाली चलचित्रको प्रतिस्पर्धा

काठमाडौँ । आज हलमा एकै दिन चार नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। चलचित्र रोमियो, मेला, तान्द्रो र सकस गरी चार नेपाली चलचित्रले एक साथ प्रतिस्पर्धा गर्न लागेका हुन्। आज प्रदर्शनमा आएको चलचित्र मेलामा आमेश भण्डारी, अशिष्मा नकर्मी र सलोन बस्नेतको अभिनय रहेको । हरि पन्तको निर्माण तथा बसन्त निरौलाले निर्देशन गरेको यो चलचित्रले कमेडी पक्षलाई समेटेको छ। त्यस्तै नायक हसनराजा खानले निर्देशन गरेको चलचित्र रोमियो पनि आजै हलहरुमा प्रदर्शनमा आएको छ। प्रेम कथामा आधारित चलचित्र रोमियोमा हसनसहित, निशा अधिकारी, मेलिना मानन्धर, ओसिसा बानुको मुख्य भूमिका रहेको छ। दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र तान्द्रो पनि आजदेखि प्रदर्शनमा आएको छ। साम्तेन
More