Daily Archives 12th November 2017

एनआरएन निर्वाचनमा लज्जास्पद पराजय पछि डोल्मा कार्ड ?

रविन पौडेल । गैरआवासीय नेपाली संघमा आठ वर्षअघि भएको एउटा सामाजिक अभियानको विषयलाई लिएर यतिबेला ठूलै चर्चा छ। एउटा पक्ष कुनै बेला कुवेतमा मृत्युदण्डको सजाय पाएकी डोल्माको जीवन रक्षाका लागि उठाएको रकम कब्जा भएको भन्दै मच्चीमच्ची प्रचारबाजी गरिरहेको छ। यो प्रकरणको वास्तविकता के हो? के प्रचार गरिएजस्तै साँच्चै गैरआवासीय नेपाली संघमा भवन भट्ट निर्वाचित भएपछि योबारे निर्णय भएको हो ? अथवा यो भर्खर चुनाबमा पराजित भएकाहरुले रनाहामा फैलाएको भ्रम हो ? झन्डै ९ सय शब्दको यो लेखको उद्देश्य डोल्मा शेर्पा प्रकरणलाई तथ्य केलाएर पाठक माझ वास्तविकता उजागर गर्नु रहेको छ। डोल्मा जोगाउने गैरआवासीय नेपालीको कदम डोल्मा शेर्पा कुवेतमा मृत्युदण्डको सजाय
More

एनआरएनए उपाध्यक्ष कुल आचार्य लण्डनमा सम्मानित (फोटो फिचर)

लण्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका नवनिर्वाचित उपाध्यक्ष कुल आचार्यलाई लण्डनमा सम्मान गरिएको छ । आइतबार लण्डनमा आयोजित सम्मान कार्यक्रममा बेलायतस्थित संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा नेपालब्रिटेन डट कमका अध्यक्ष चिरन्जीवी ढकालले सहभागीहरुलाई स्वागत गरेका थिए । नेपालब्रिटेन डट कमको आयोजनामा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठीले आचार्यलाई खादा लगाएर सम्मान गरे । यस्तै सनत गुरुङ, हरिसिहं थापा, सूर्य गुरुङ, मदन थापा, प्रकाश न्यौपाने, राजु थापा, रामशरण सिमखडा, राजेन्द्र पुढासैनी, एनआरएन नेता कृष्ण तिमल्सिना, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, वाचस्पति रेग्मी, शिव भण्डारी, एनआरएन यूकेकी उपाध्यक्ष सुशीला राई,
More

एनआरएनएका पदाधिकारीलाई जापानमा पन्चे बाजाले स्वागत

लण्डन । गैरआवाशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितीका नबनिर्वाचित पदाधिकारीहरुलाई जापानमा सम्मान गरिएको छ ्र सो सम्मान कार्यक्रम एनआरएनए जापानको आयोजना र जापान स्थित संघसंस्थाहरुको सहआयोजनामा सम्पन्न भएको थियो । तोकियो स्थित नेपाली राजदुताबासका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सम्मान हुनेहरुमा जापानमा उपलब्ध केन्द्रिय अध्यक्ष भबन भट्ट,प्रबक्ता भुषण घिमिरे, एसिया प्यासिफिक क्षेत्रीय संयोजक किरण बिक्रम थापा, क्षेत्रीय उपसंयोजक पारसमणी पोखरेल, एनआरएनए युबा सयोजक सुदन थापा,आइसिसी सदस्यहरु कपिलदेब थापा,डिलाराम खरेल,दिनेश गुरुङ,केशर गिरी लगायत छन । कार्यक्रममा गल्कोट समाज जापानका अध्यक्ष नरबहादुर थापाको स्वागत मन्तब्यका साथै प्रबाशी नेपाली मन्च – जापानका कार्यबाहक अध्यक्ष बाबुराम भण्डारी, जन(प्रगतिशील मंचका
More

“हयाप्पी डेज” को रेड कार्पेट प्रिमिएर शो भव्य रुपमा सम्पन्न

लण्डन । बेलायतमै छायांकान भएको नेपाली फिल्म हयाप्पी डेजको ग्रयाण्ड रेड कार्पेट प्रिमियर शो आइतवार अल्डरसटमा सम्पन्न भयो । प्रेमिएर शो मा नेपाली चलचित्र क्षेत्रका नाम चलेका हस्ती लगायत वेलायतस्थित नेपाली संघसँस्थाका प्रतिनिधीहरुको उपस्थिती थियो । वेलायतका लागि नेपाली राजदूत डा. दूर्गा बहादुर सुवेदी, र गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले संयूक्त रुपमा उद्धघाटन गरेको शो हेर्न कालाकारहरु प्रियाँका कार्की, दिया पुन, प्रदीप खड्का, धिरने शाक्य, निर्देशक मिलन चाम्स, वेलायतस्थित नेपाली पत्रकार लगायतको उपस्थिती रहेको थियो । चलचित्र हेर्ने आएका सबैमा चलचित्र कस्तो होला भनेर उत्सुकता रहेको देखिन्थ्यो । सबैलाई चलचित्रको प्रेमिएर शो कति बेला सुरु हुन्छ भनेर पर्खाई रहेको
More

दलका नेता, उम्मेदवार र मतदातालाई पूर्ण सुरक्षा प्रदान गर्न सक्षम रहेको निष्कर्ष

काठमाडौं । निर्वाचन आयोगले रुकुम र रोल्पामा भएका घटनालाई लिएर सुरक्षामा उत्पन्न भएको संवेदनशीलता, निर्वाचन सुरक्षा योजना र समग्र शान्ति सुरक्षाको विद्यमान अवस्थाबारेमा विस्तृतरुपमा छलफल र समीक्षा गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवको उपस्थितिमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा सुरक्षा निकायले प्रस्तुत गरेको सुरक्षा कार्ययोजना र प्रतिबद्धताबाट राजनीतिक दलका नेता, उम्मेदवार र मतदाताको पूर्ण सुरक्षा प्रदान गर्न सुरक्षा निकाय सक्षम रहेको निष्कर्ष निकालिएको छ । बैठकमा रुकुम र रोल्पामा भएको पछिल्लो घटनासहित पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाको समीक्षा र मूल्याङ्कन गरिएको प्रमुख निर्वाचन आयुक्त डा. यादवले जानकारी दिनुभयो । बैठकमा उम्मेदवार
More

रामको भीमफेदीसँगै ‘सिरिमा सिरी…’ (भिडियोसहित)

काठमाडौं । पछिल्लो समयका चर्चित र व्यस्त गीतकार राम रेप्चुङ राईको अर्को गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार रामले केही साताअघि मात्र ‘सोल्टिज्यू’ बोलको पूर्वेली लोकआधुनिक गीतको भिडियो रिलिज गरेका थिए । सो म्युजिक भिडियोले सांगीतिक बजारमा चर्चामा पाइरहेकै बेला उनले ‘सिरिमा सिरी बतासै चल्यो…’ बोल गीतको भिडियो यु–ट्युबमार्फत रिलिज गरेका छन् । अहिलेकी चर्चित गायिका मेलिना राई र दल जेरी राईको स्वर रहेको ‘सिरिमा सिरी…’ पनि पूर्वेली लयमै छ । दल जेरी अमेरिकाको क्यान्टोकी सिटीमा बस्दै आएका छन् । अमेरिकामा रहेर पनि नेपाली गीत संगीतप्रति लगाव राख्दै आएका उनको यो पहिलो प्रयास हो । र्चिर्चत संगीतकार बसन्त सापकोटाको
More

वर्षामानलाई ताकेर गोली प्रहार

रोल्पा । माओवादी नेता एवं रोल्पामा प्रतिनिधि सभा सदस्य उम्मेदबार बर्षमान पुनलाई ताकेर गोली प्रहार भएका छ । दुईखोली गाउँपालिका छ वागमारामा चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा आज विहान पुनलाई ताकेर गरेर गोली प्रहार भएको रोल्पा प्रहरीले जानकारी दिएको छ । विहान ११ बजेर पच्चिस मिनेट जाँदा पुनलाई ताकेर दुईखोला गाउँपालिका तीन केउरी खोलाको जंगलबाट अज्ञात व्यक्तिले पेस्तोलबाट गोली हानेको रोल्पा प्रहरीले जानकारी दिएको छ । पुन चढेको वा १५ च ८६२८ नम्बरको गाडीलाई ताकेर एक राउण्ड फायरिङ भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए । पेस्तोलको आवाज आएपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो ।
More

राष्ट्रपति भण्डारीसँग सगरमाथा आरोहण टोली

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार सामूहिक तस्बिर खिँचाउँदै सगरमाथा आरोहण गर्ने तयारीमा रहेका ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८’ को टोली । तस्बिर सौजन्यः राष्ट्रपति कार्यालय
More

सुवेदीद्वारा नेदरल्यान्डसमा मानवअधिकार संस्थाको उद्घाटन

लन्डन । नेदरल्यानडसको आठवटा प्रमुख र प्रतिष्ठित विश्वविद्यालयको संयुक्त आयोजनामा स्थापना भएको मानवअधिकार अध्ययन र अनुसन्धान संस्थाको गत शुक्रबार एक समारोहका बीच प्रा.डा. सूर्यप्रसाद सुवेदीले मुख्य अतिथि वक्ताको रुपमा आफ्नो मनत्व्य राख्दै उद्घाटन गरे । कुनै मन्त्री वा नेताको सट्टा अन्तर्राष्ट्रिय क्षेत्रमा लब्धप्रतिष्ठित अन्तर्राष्ट्रिय मानवअधिकार कानुनका विद्वानद्वारा सो संस्थाको उद्घाटन गराउने निर्णयअनुसार प्रा. सुवेदीलाई आमन्त्रण गरिएको थियो । आफ्नो मन्तव्यको क्रममा प्रा. सुवेदीले संसारमा अहिलेको मानवअधिकार संरक्षण र सम्वद्र्धनको स्थिति र संयुक्त राष्ट्र संघको तत्वाधानमा हुनुपर्ने सुधारबारे आफ्ना विचार राखेका थिए । उक्त समारोहमा नेदरल्यान्डसका विभिन्न विश्वविद्यालयका प्राध्यापक र अनुसन्धानकर्ताहरु हेगस्थित विभिन्न देशमा राजदूत र कूटनीतिज्ञहरु र मानवअधिकार अभियन्ताहरुको उपस्थिति
More

बेलायतमा नेपालको पर्यटन प्रवद्र्धन

काठमाडौं । बेलायतको लण्डनमा यही कात्तिक २२ देखि २४ गतेसम्म आयोजित ‘वल्ड ट्राभल मार्केट’ (डब्लुटिएम) मा नेपालले आफ्नो सहभागिता जनाएको छ । पर्यटन प्रवद्र्धन गर्ने महत्वपूर्ण मञ्चका रूपमा लिइने यो मेलाबाट नेपालका आकर्षक पर्यटकीय गन्तब्यबारे बुझ्न तथा नयाँ सूचना प्राप्त गर्न सान्दर्भिक भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । हरेक वर्ष नोभेम्बर (कात्तिक) मा आयोजना हुने यो मेला विश्वको दोस्रो ठूलो पर्यटन मेला मानिन्छ । जर्मनीको बर्लिनमा मार्च (फागुन) मा प्रत्येक वर्ष आयोजना हुने ‘इन्टरनेश्नल ट्राभल टुरिजम बर्लिन’ (आइटिबी) मेला विश्वकै पहिलो पर्यटन मेला मानिन्छ । बोर्डको नेतृत्वमा २३ वटा निजी क्षेत्रका पर्यटन संस्थाको सहभागिता रहेको उक्त मेलामा संस्कृति, पर्यटन
More

लन्डनको नेपाली साँझ–३ मा मुन्द्रेको आकर्षण

लन्डन । नेपाल आइडलका टप टेन गायक गायिका र नेपालका चर्चित हांस्यकलाकार जितु नेपाल (मुन्द्रे)ले लन्डनमा ‘नेपाली साँझ-३’ तातेको छ । शनिबार साँझ ग्रीन्फोर्ड टाउनहलमा भएको कार्यक्रममा उनीहरुले नेपाली दर्शकलाई आफ्नो कलामार्फत नचाए हँसाए । इलिट इन्टरटेनमेन्ट यूकेले वेष्ट लन्डन ग्रीन्फोर्ड टाउन् हल मा गरेको ‘नेपाली सांझ ३’ को दोस्रो शोमा मुन्द्रेले नेपालको समसामयिक राजनीतिक बेथितीमाथि कडा प्रहार गरे । अनि नेताहरुको क्यारिकेचर,सामाजिक संजालको प्रयोग गर्दा गोप्यता भंग भएको भन्दै दर्शकलाई हँसाए । कार्यक्रममा जितुसँगै नेपाल आइडलका टप ६ सुरज थापा, टप १० केन्जलमेहर श्रेष्ठ र गायिका तृष्णा गुरुङले गायनमार्फत दर्शकलाई मनोरन्जन दिलाए । यसै बीच मिसेस नेपाल यूके २०१७’
More

समाजसेवी कोइराला काँग्रेसमा प्रवेश

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारमा आइतबार आयोजित कार्यक्रममा सिएनएन हिरोबाट सम्मानित समाजसेवी अनुराधा कोइरालालाई नेपाली काँग्रेसमा प्रवेश गराउनुहुँदै । साथमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत । तस्बिर : रोशन सापकोटा
More

प्रहरी अस्पताल सर्वसाधारणका लागि खुला

काठमाडौं । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आजदेखि सर्वसाधारणका लागि पनि खुला गरिएको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आज सर्वसाधारणका लागि खुला भएको स्वास्थ्य सेवाको शुभारम्भ गर्दै सविधानले सुनिश्चित गरेको जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकका रुपमा व्याख्या गरिएकाले प्रहरीले पनि नागरिकका लागि प्रहरी अस्पताल खुला गरेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘सर्वसाधारणका शान्तिसुरक्षा कायम गर्नुका साथै नागरिकको स्वास्थ्य पनि हाम्रो जिम्मेवारी हो, यसले जनतासँगको सम्बन्ध अझ बढी मजबुत विश्वासिलो हुनेछ, अस्पतालबाट गरिने हेरचाह र व्यवहार यसको पृष्टि गर्नेछ ।’’ नागरिकलाई सेवा दिन थालेपछि सेवा पाउँदै आएका नेपाल प्रहरीका बहालवाला कर्मचारी, शहीद परिवार, पूर्वप्रहरी र उनीहरुका आफन्त तथा
More

भारतविरुद्ध नेपालको ऐतिहासिक जीत, सेमिफाइल प्रवेशको सम्भावना बलियो

काठमाडौं । मलेसियामा सञ्चालन भइरहेको एसीसी यु–१९ कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको छ । खेल सकिन १ ओभर ५ बल बाँकी हुँदा भारतले सबै विकेट गुमाउँदा १ सय ६६ रन मात्र जोड्न सक्यो । भारतलाई पराजित गर्न कप्तान दिपेन्द्रसिंह ऐर नायक बने । उनले नेपालका लागि १ सय १ बलको सामना गर्दै ८८ रन जोडे भने बलिङतर्फ १० ओभरको स्पेलमा २ मिडिन छोड्दै ३९ रन खर्चेर भारतको ४ विकेट लिए । भारतविरुद्धको खेलमा टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको थियो । नेपालले भारतसामु १ सय ८६ रनको चुनौती पेश गरेको थियो । नेपालले निर्धारित
More

सिंहदरबार गेटमा दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, २६ कात्तिक । सिंहदरबार चोकमा अाज बिहान ट्याक्सीले माेटरसार्इकललार्इ ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ । बा २ ज २३४४ नंको ट्याक्सीकाे ठक्करबाट बा ३३ प ७४३ नं को मोटरसाइकल चालक धादिङ रुबीभ्यालीका २१ वर्षीय रुप घलेको मृत्यु भएको हो । ट्याक्सीकाे ठक्करबाट गंभिर घाइते भएका घलेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको महागरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक उमेश रञ्जितकारले जानकारी दिए । ट्याक्सीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । – नेपाल जोर्नालबाट ।
More

आँधिबाट १०६ जनाको मृत्यु

भियतनाममा करिब एक हप्ता अघि आएको ‘डाम्रे’ नामक आँधीका कारण कम्तीमा पनि १०६ जनाको मृत्यु भएको समाचार छ। मध्य भियतनाम र यहाँका मध्य पहाडी क्षेत्रमा भीषण आँधी आएको भियतनामको प्राकृतिक बिपद् नियन्त्रण तथा उद्धारसम्बन्धी केन्द्रीय परिचालन समितिले शुक्रबार जानकारी दिएको छ। सो आँधीको कारण अझै पनि २५ व्यक्ति बेपत्ता रहेका दैवी प्रकोप व्यवस्थापन अधिकारीहरुले जनाएका छन्। शुक्रबार बिहानसम्म जारी सो आँधीबाट त्यहाँको भौतिक सम्पत्तिको पनि ठूलो क्षति पुगेको जनाइएको छ। डाम्रेबाट करिब दुई हजार वटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ। त्यसैगरी करिब एक लाख २० हजार हेक्टर क्षेत्रफलमा रहेको बालीनाली पनि नष्ट भएको छ। आँधीसँगै आएको बाढी र पहिरोले
More

राष्ट्रपति भण्डारीसँग को–को युएई जाँदैछन ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक २७ देखि ३० गतेसम्म युएईको औपचारिक भ्रमण गर्नुहुने भएको छ । यही कात्तिक २८ गते राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी दुबई इमिरेटको भ्रमणमा पनि जानुहुनेछ । नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट यो भ्रमण हुन लागेको जनाउँदै परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति र युवराजबीचका बैठक एवं छलफल आपसी हित र द्विपक्षीय सहयोगका विषयमा केन्द्रित
More

मत गणना एकैपटक, प्रत्यक्षपछि मात्र समानुपातिको गणना हुने

काठमाडौ । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवार र मतदातामा निकै उत्साह थपिएको छ । पहिलो चरणको निर्वाचनका लागि अब दुई सातामात्र बाँकी छ । पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मङ्सिर १० गते निर्वाचन हुने भए पनि त्यसको मतपरिणाम थाहा पाउन भने उम्मेदवार र मतदाताले दोस्रो चरणको निर्वाचन सम्पन्न हुँदासम्म पर्खनु पर्नेछ । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन मङ्सिर २१ गते सम्पन्न भएर सबै मतपेटिका सङ्कलन भएपछि मात्र मतगणना गर्ने तयारी गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए । दोस्रो चरणमा हुने मतदानलाई प्रभावित गर्न सक्ने भएकाले दुवै चरणको मतगणना एकैपटक गर्ने निर्णय आयोगले गरेको हो । पहिलो चरणको मतदानपछि मतपेटिकालाई
More

इलामलाई पहिलो सफा शहर बनाउन अभियान शुरु

मंगलबारे । गत वर्ष सरसफाइमा देशकै दोस्रो सफा शहर बनेको इलामलाई अब पहिलो सफा शहर बनाउन पहल थालिएको छ । नेवा पुच भाषा संस्कृति समाज इलामले यहाँका विभिन्न स्थानको सरसफाइ अभियान शुरु गर्दै पहिलो सफा शहर बनाउने उद्घोष गरेको छ । प्लास्टिकजन्य उत्पादित फोहरलाई निश्चित स्थानमा विसर्जन गर्न तथा इलामको हरेक स्थान फोहरमुक्त बनाउन अभियान थालेको समाजका केदार श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत मेची राजमार्गबाट इलामबजार छुट्टिने जिरो पोइन्ट, तिल्केनीमोड, सिंहवाहिनीमोडमा रहेका फोहरलाई व्यवस्थापन गरिएको समाजका किशोर श्रेष्ठले बताउनुभयो । आगामी दिनमा इलाम सदरमुकामका हरेक क्षेत्रमा समाज पुगेर त्यहाँका स्थानीयवासीसँगै हातेमालो गरी अभियानलाई निरन्तरता दिइने समाजले लक्ष्य राखेको छ ।
More