Daily Archives 13th November 2017

राप्रपा (राष्ट्रवादी) पृथ्वीपथतिर

काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले हिन्दू राष्ट्र नेपालको पहिचान, राष्ट्रिय चरित्रको संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थालाई कार्यदिशा बनाएको छ । पृथ्वीपथ नाम दिइएको पार्टीको चिन्तन र कार्यक्रममा जनतामा निहित राजकीय सत्ता र सार्वभौमसत्ता, राष्ट्रियता एवं राष्ट्रिय चारित्रिक पहिचानको संवैधानिक राजसंस्थाका साथै पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र पहिचान र समावेशी प्रजातान्त्रिक राष्ट्रवादलाई महत्व दिइएको छ । पार्टीले आज सार्वजनिक गरेको घोषणापत्रमा १२ कक्षासम्मको आधारभूत शिक्षालाई अनिवार्य तथा निःशुल्क लागू गरिने छ । कुनै पनि नेपालीलाई उपचारको अभाव हुन नदिन स्वास्थ्य बीमा देशव्यापी रुपमा लागू गरिनेछ । आआफ्नो क्षेत्रमा विशेष योगदान प्रदान गर्ने देशका खेलाडी, पत्रकार, लोकगायकगायिका, साहित्यकार,
More

रेमिट्यान्सबाट भित्रिएको ७ खर्ब रुपैयाँ कहाँ हराउँछ ?

काठमाडौं । नेपालमा वार्षिक ७ खर्ब रुपैयाँ विपे्रषणका रुपमा भित्र्ने अनुमान छ । यो रकम एकै ठाउँमा भेला पारेर लगानी गर्न सक्ने हो भने राष्ट्रिय गौरवका आयोजना निजगढमा निर्माधीन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सहजै बनाउन सकिन्छ । निजगढ विमानस्थलको अनुमानित लागत ६ खर्ब ७० अर्ब मात्र हो । यस्तै राष्ट्रिय गौरवका आयोजनाहरुमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ६.७ खर्ब, पश्चिम सेती जलविद्युत आयोजना १५ खर्ब, पूर्वपश्चिम विद्युतीय रेलमार्ग ३ खर्ब, तामाकोशी तेश्रो १ खरब, काठमाडौं, कुलेखानी, हेटौंडा सुरु मार्ग ४ अर्ब ७१ करोड, सिक्टा सिँचाई आयोजना २५ अर्ब, बुढीगण्डकी आयोजना ९४५ मेगावाट २ खर्ब २३ अर्बको लागत छ । तर विपे्रषणका रुपमा भित्र्ने
More

विदाइ गर्नुहुँदै उपराष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको चारदिने भ्रमणका लागि सोमबार त्यस तर्पm प्रस्थान गर्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्नुहुँदै उपराष्ट्रपति नन्दबहादुर पुन । तस्बिर : रत्न श्रेष्ठ
More

काँग्रेसद्वारा निर्वाचनको तयारी लागि उपसमिति गठन

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय सदस्य एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले काँग्रेसले मूल समिति मातहतमा प्रचारप्रसार, अनुगमन तथा मूल्यांकन, शान्तिसुरक्षा व्यवस्थापन समन्वय, भ्रातृ संस्था परिचालन, शुभेच्छुक संस्था परिचालन, मतदाता शिक्षा प्रशिक्षण, आर्थिक समृद्धि र विकास समन्वय, प्राविधिक, पूर्वराष्ट्रसेवक समन्वय, कला सांस्कृतिकर्मी समन्वय र नेपाली जनसम्पर्क समिति समन्वय उपसमिति गठन गरेको जानकारी दिनुभयो । उपसमितिलाई जिल्लामा पार्टीका उम्मेदवारलाई विजयी गराउन जिल्लास्तरका पार्टीका सबै संयन्त्र परिचालन गरी विधागत काम गर्ने जिम्मेवारी तोकिएको छ
More

मेट्रो रेल सञ्चालन गरिने

काठमाडौं । सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन अध्ययन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको बैठकले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको हो । राष्ट्रिय योजना आयोगले तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदनकाअनुसार उपत्यकामा सञ्चालन गर्ने दुई मार्गमध्ये एउटा रेल विभागले र अर्को लगानी बोर्डले सञ्चालन गर्ने भन्ने उल्लेख थियो । लगानी बोर्डले अगाडि बढाउने मार्गको डिपिआर अगाडि बढाउन बोर्डको बैठकले निर्देशन दिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो । त्यसैगरी बैठकले माथिल्लो कर्णालीको वित्तीय व्यवस्थाका लागि
More

गोरखा २ मा बाबुराम कि नारायणकाजी ?

प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै गोरखा २ मा पूर्वसहयात्री डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पछिल्ला दिन मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो र चुनावीसभालाई आक्रमकरुपमा अघि बढाइरहनु भएको छ । कुनै बेलाका पूर्वमाओवादी उपाध्यक्ष रहनुभएका डा भट्टराई र सहयात्री श्रेष्ठ कात्तिक ५ गते मनोनयन दर्ता गर्नुभएपछि एकअर्काविरुद्ध प्रतिस्पर्धामा उत्रिनुभएको मात्र छैन ‘जोगी देखेर भैँसी डराउने, भैँसी देखेर जोगी डराउने भने’जस्तै पराजित हुने हो कि भन्ने डर र चिन्तामा पनि हुनुहुन्छ । एकअर्काविरुद्ध व्यक्तिगत रिसइबी तथा तिक्तता नभएको बताउनुभए पनि उहाँहरुबीच चर्को तिक्तताले घर गरेको चुनावीसभा र घरदैलोमा गरेका भाषण र अभिव्यक्तिले देखाउँछ । एकले अर्कोको अस्तित्व अस्वीकार गर्दै दुवै
More

चुनावपछि मात्रै पार्टी एकता : अध्यक्ष दाहाल

रत्ननगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको प्रस्ट्याउनु भएको छ । चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको चुनावी प्रचार अभियानमा रहनुभएका अध्यक्ष दाहालले आज यहाँ पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने जानकारी दिनुभयो । उहाँले विचार मिल्ने पार्टीबीच एकता आवश्यक भएको औँल्याउँदै काँग्रेसलाई पनि विचार मिल्नेसँग एकता गर्न सुझाव दिनुभयो । चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका दाहालले आफ्नो प्रतिस्पर्धी जिल्लामा कोही नरहेको दाबी गर्नुभयो । चितवनका जनताले यहाँको विकासका लागि आफूलाई चाहेको उहाँको भनाइ थियो । चुनावी
More

आपत्तिजनक अवस्थामा वडाध्यक्ष पक्राउ

गौशाला । जलेश्वर नगरपालिकाका एक वडा अध्यक्ष गएराति आफ्नै दलित महिला वडा सदस्यसँग आपत्तिजनक अवस्थामा फेला परेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गए राति साढे १० बजेतिर जलेश्वर–८ स्थित दलित महिला वडा सदस्यको घरमा वडाध्यक्ष सिंह र दलित महिला वडा सदस्य दुवैलाई आपत्तिजनक अवस्थामा महिलाका देवर, ससुरा र जेठाजुले देखेपछि बाहिरबाटै दुवै जनालाई घरमा थुनेर गाउँलेलाई बोलाएर दुवैलाई रंगेहात पक्राउ गरिएको आरोप रहेको प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । सो महिलाका घरका सदस्यहरु तथा गाउँलेले अध्यक्ष सिंह र दलित महिलालाई पक्राउ गरी प्रहरी बोलाएर
More

रोल्पा बन्दले जनजीवन प्रभावित

रोल्पा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले आह्वान गरेको बन्दका कारण रोल्पाको जनजीवन बिहानदेखि प्रभावित भएको छ । बन्दका कारण बिहानदेखि रोल्पाका बजार, यातायात, कलकारखाना र शिक्षण संस्था ठप्प रहेका छन् । जिल्ला इञ्चार्ज दलबहादुर खत्री र सेक्रेटरी सन्तोष सुवेदी लगायतका नेता कार्यकर्ता गिरप्तारीको विरुद्ध बन्द आह्वान गरेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले बताएको छ । सदरमुकाम लिवाङबाट छुट्ने लामो तथा छोटा दूरीका कुनै पनि यातायातका साधन चल्न नसकेको जलजला यातायात व्यवसायी समिति रोल्पाका यज्ञश्वर आचार्यले जानकारी दिनुभयो । बन्दका कारण बिहानी कक्षाका लागि क्याम्पस हिँडेका विद्यार्थी घर फर्किएका छन् । अज्ञात व्यक्तिबाट मोबाइलमार्फत विद्यालय बन्द गर्न अनुरोध गरेकाले बिहानी
More

बेल्जियमको इपरमा वीर गोर्खालीप्रति श्रद्धाञ्जलि अर्पण

काठमाडौं । तमु समाज बेल्जियमले प्रथम विश्व युद्धमा शहादत प्राप्त गर्ने वीर गोर्खालीप्रति सम्मानस्वरूप बेल्जियमस्थित इपरमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरेको छ । बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाको उपस्थिति रहेको सो कार्यक्रममा गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक दाहाललगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । प्रथम विश्व युद्धको हतियार बिसाएको दिन ११ नोभेम्वर (कात्तिक २५ गते) लाई विश्वभरि दिवसका रूपमा मनाउने क्रममा विगत १५ वर्षदेखि तमु समाज बेल्जियमको संयोजनमा हरेक वर्ष श्रद्धाञ्जलि कार्यक्रम गरिँदै आएको समाजमा महासचिव सूर्य गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा राजदूत थापा, समाजका अध्यक्ष जीवन तमु, एनआरएनका अध्यक्ष दाहाल र पत्रकार महेश थापाले विदेशमा बस्ने
More