Daily Archives 15th November 2017

प्रा. पिताम्बर शर्माले लण्डनमा प्रवचन दिनुहुने

बेलायत-नेपाल प्रज्ञा परिषदको १५ औं वार्षिक नेपाल प्रवचन यसपटक राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. पिताम्बर शर्माले लण्डनमा दिनुहुनेछ। आउँदो बिहीबार २३ नोभेम्बर बेलुका स्कुल अफ ओरियण्टल एण्ड अफ्रिकन स्टडीज (सोआस) मा आयोजना हुने कार्यक्रममा प्रा. शर्माले ‘नेपालको सङ्घीयता र विकास रणनीति’ का बारे आफ्नो विचारहरु राख्‍नुहुनेछ। नेपालको संविधान २०१५ अनुसार पहिलोपटक संघीय संसद तथा प्रान्तीय विधानसभाहरुको चुनाव भैरहेका बेला संघीयताका चुनौती र नेपालको भावी विकास रणनीतिबारे प्रा. शर्माका विचारहरु निकै उपयोगी हुने आयोजक संस्थाले जनाएको छ। बेलायत-नेपाल प्रज्ञा परिषदका महासचिव डा कृष्ण अधिकारीले भन्नुभयो, “दश बर्षे जनयुद्ध र त्यतिनै समय द्वान्द्वोत्तर व्यवस्थापनमा खर्चेको नेपालको लागि संघीयता, स्थानीय स्वशासन र
More

एनआरएन धुलिखेल बैठकमा घले अनुपस्थित, पुराना परियोजनाको समीक्षा

काठमाडौं । गैरआवासीय नेपाली संघको धुलिखेलमा चलिरहेको पदाधिकारी बैठकमा तीनवटा पुराना परियोजनाबारे छलफल भएको छ । लाप्राकको नमुना वस्ती, एनआरएन भवन र शंखमुल पार्क निर्माणबारे पहिलो दिन छलफल भएको प्रवक्ता भूषण घिमिरेले जानकारी दिए । लाप्राक, एनआरएन भवन र शंखमूल पार्क निर्माणसम्बन्धी अहिलेसम्म भएको प्रगतिबारे छलफल भयो, अब यसका लागि आर्थिक स्रोत जुटाउने विषयमा भोलि छलफल हुनेछ, प्रवक्ता घिमिरेले भने। यो विषयमा छलफल सकिएपछि नयाँ कार्ययोजनाबारे बहस हुनेछ । प्रवक्ता घिमिरेका अनुसार धुलिखेल बैठकले निकालेको निष्कर्ष शुक्रबार ४ः३० मा नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलन गरी जानकारी दिइने छ । पदाधिकारी बैठकमा युवा संयोजक सुदन थापा र कोषाध्यक्ष हिक्मत थापाको उपस्थिति
More

कम्युनिष्टहरूले बहुमत ल्याएर सरकार बनाउँछ: अध्यक्ष ओली

बेसीशहर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरूले बहुमत ल्याएर सरकार बनाउने बताउनुभएको छ । वाम गठबन्धनद्वारा आज लमजुङको बेसीशहरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावपछि एकता गर्ने गरी वाम गठबन्धन बनाइएको बताउनुभयो । उहाँले एमाले र नेकपा (माओवादी केन्द्र)ले एउटै चुनाव चिह्नमा चुनाव लड्ने समझदारी बने पनि प्राविधिक कारणले रोकिएको बताउनुभयो । देशको विकासलाई नयाँ उचाइमा पु-याउन वामपन्थी दलले जित्नुपर्ने उहाँको भनाइ थियो । “स्थायी सरकार र सुशासनका लागि वाम गठबन्धन भएको हो” – उहाँले भन्नुभयो । नेता ओलीले अनावश्यक विवाद र बहसमा अल्झिन नहुने भन्दै जनता अलमल्याउन खोज्नेहरूलाई पराजित गर्दै संगठित हुन आग्रहसमेत गर्नुभयो ।
More

अमेरिका जाने नेपाली विद्यार्थी बढे

काठमाडौं । अमेरिकी विश्वविद्यालयहरुमा भर्ना हुनेमा नेपाली विद्यार्थीको संख्या क्रमशः बढेको देखिएको छ । सन् २०१७ को ओपन डोर्स प्रतिवेदनका अनुसार अमेरिकी कलेज तथा विश्वविद्यालयहरुमा भर्ना हुने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थीको संख्या सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको छ । इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेशन र अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी ब्युरोद्वारा वार्षिक रूपमा प्रकाशित हुने सो प्रतिवेदनले संयुक्त राज्य अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीसँग सम्बन्धित प्रवृत्तिको अनुगमन गर्ने गर्छ । अमेरिकी उच्च शिक्षा संस्थामा नेपाली विद्यार्थीको भर्ना दर २० प्रतिशतले वृद्धि भई कुल संख्या ११ हजार ६०७ पुगेको छ । स्नातक तथा स्नातकोत्तर तहको अध्ययनका लागि विद्यार्थी अमेरिका पठाउने शीर्ष
More

चन्द्रागिरिलाई मेरिट अवार्ड

काठमाडौं – चन्द्रागिरि हिल्स लिमिटेड ‘सर्टिफिकेट्स अफ मेरिटअवार्ड २०१७’ बाट सम्मानित भएको छ । स्थापनाको छोटो समयमै चन्द्रागिरि हिल्स लिमिटेडले अन्तर्राष्ट्रिय अभ्यास अनुरुपकार्य गर्दै आएकोले यस्तो सम्मानले सम्मानित गरिएको हो । अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोस्र्ट एण्ड सुलिभानरसिएनआईले आयोजना गरेको कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेडको तर्फबाट संस्थापक अध्यक्ष एवम् सञ्चालक हेमराज ढकालले उक्त सम्मान ग्रहण गर्नुभएको हो । सम्मान ग्रहण कार्यक्रममा सञ्चालकहरु एवम् महाप्रवन्धकको उपस्थिती रहेको थियो । चन्द्रागिरि हिल्स लिमिटेडलाई सोहि संस्थाले गतवर्ष पनि ‘ बेष्टडेसटि नेशन अवार्ड–२०१६’ ले सम्मानित गरेको थियो ।
More

अब बिद्युत् महसुल भुक्तानी ‘आइएमईपे’ मार्फत

काठमाडौं । बिद्युत् महसुलवापतको रकम अवदेखि आर्ईएमईपेबाट भुक्तान गर्न सकिने भएको छ । देश विदेशमा रहनु हुने सबैले यस्तो सेवामार्फत बिद्युत् महसुल भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ । नेपाल बिद्युत प्राधिकरणले भर्खरै अनलाइन बिल भुक्तानी सेवा शुभारम्भ गरेपछि यस्तो सेवा थालिएको आइएमइले जनाएको छ । यसले आम सेवाग्राहीलाई बिल भुक्तानीका लागि लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्त गरेको छभने सेवाग्राहीको समय पनि बचत गर्नेछ । नेपाल बिद्युत प्राधिकरणले अहिले उपत्यकाभित्रका सबै शाखाको महसुल संकलन अनलाइन पद्वतीबाट गर्न सुरु गरिसकेको छ । प्राधिकरणका कर्मचारीले मिटररिडिङ्ग गर्दा उपलब्ध गराएको बिलका आधारमा आफुलाई पायक पर्ने आईएमई एजेण्ट आउटलेटमार्फत नेपाल बिद्युत प्राधिकरणको अनलाइन बिल
More

४० प्रतिशतसम्म औषधिको मूल्य घटाउन सकिन्छ

विनोद केसी, रक्षा सचिव : धेरै निकायका साथीसँग छलफल गर्दा प्रतिवेदन तयार हुन केही समय लाग्यो । यो विषयलाई धेरै समय दिइराख्नु पर्ने थिएन । सार्वजनिक रुपमा आइसकेको विषय थियो । हामीकहाँ औषधिको मूल्य वृद्धि भएको आम सञ्चारबाट सार्वजनिक भएकै थियो । हाम्रो अध्ययनले पनि त्यही देखियो । यही देखेर सरकारले कसरी आम नागरिकलाई सर्वसुलभ ढंगले औषधि उपलब्ध गराउन सकिन्छ भनेर मेरो नेतृत्वमा एउटा कार्यदल गठन गरेको हो । एउटा संयन्त्र बनाएर सर्वसाधारणलाई सस्तोमा औषधि वितरण गर्न सकिन्छ । प्रथम चरणमा सरकारी फार्मेसीहरुमा मात्रै प्रयोग गर्नुपर्छ । यसले बहुपक्षीय प्रभाव पार्छ । संयन्त्रमार्फत् औषधिमा मूल्य कम गर्ने गुन्जायस प्रशस्त देखिएको
More

उम्मेदवारलाई सुरक्षा दिन एमालेको माग

काठमाडौं । नेकपा (एमाले) ले आफ्ना उम्मेदवारमाथि लक्ष्य गरी आक्रमण र धम्कीको शृङ्खला नरोकिएको जनाउँदै उम्मेदवारहरुलाई सुरक्षा दिन माग गरेको छ । एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारमा रहेका वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि सांघातिक आक्रमण र धम्कीका घटना बढेकाले सुरक्षा माग गरेको हो । सो कमिटीका प्रवक्ता विष्णु रिमालले आज जारी गरेको विज्ञप्तिमा पछिल्लो समय पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्य, पूर्वमन्त्री तथा भोजपुर– १ बाट प्रदेशसभा सदस्यका उम्मेदवार शेरधन राईमाथि कात्तिक २८ गते बिहान सांघातिक आक्रमण भएको तथा सुनसरी– ३ का उम्मेदवार तथा केन्द्रीय सदस्य भगवती चौधरीलाई परिवारका सबै सदस्यमाथि आक्रमण
More

वैदेशिक रोजगारका डिजी यसरी पक्राउ परे

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई बुधबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । मंगलबार राति ९ बजे बानेश्वरको इन्द्रेणी फुटल्यान्डमा १० लाख घुससहित पक्राउ परेका विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई अख्तियारको टोलीले पक्राउ गरेको थियो । शाखा अधिकृत पौडेल र नासु केसीको बयानपछि महानिर्देशक पन्तलाई बुधबार दिउसो अख्तियारले पक्राउ गरेको हो । वैदेशिक रोजगार न्यायाधीशकरणमा विचाराधीन मुद्दा मिलाइ दिने भन्दै महानिर्देशक पन्तले अधिकृत पौडेल र नासु केसीलाई प्रयोग गरेको खुलेपछि पन्तलाई अख्तियारले पक्राउ गरेको हो । पन्त एकसातापछि जागीरबाट अवकास लिदै थिए ।
More

राष्ट्रपतिबाट संग्रहालयको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अबुधावीस्थित लुभ्र संग्रहालयको अवलोकन गर्नुहुँदै । तस्बिर : सुरेन्द्रबहादुर नेपाली
More

कुचो किन्न बोलपत्र प्रक्रिया अगाडि बढ्दै

काठमाडौं । महानगरका प्रमुख र उपप्रमुखले स्थानीय तहको निर्वाचनका समयमा मुख्य नारा दिएको काठमाडौँको धुलोमुक्त बनाउने अभियान अझै पनि अगाडि बढ्न सकेको छ्रैन । काठमाडौँ महानगरपािलकाले तत्काल बु्रमर(यान्त्रिक कुचो)का माध्यमबाट काठमाडौँको फोहोर सफा गर्न नसक्ने जनाएको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले बु्रमरका लागि केही समयअघि नै बोलपत्र गरिसकिएको भए पनि मूल्य धेरै पर्न आएको हुँदा पुनः बोलपत्रको गर्नुपर्ने अवस्था आएकाले तत्काललाई उक्त यन्त्र खरिद गर्न नसकिने बताउनुभयो । उक्त यन्त्र ल्याउनका लागि पुनःबोलपत्रको प्रक्रिया अघि बढिसकेको बताइएको छ । प्रमुख शाक्यले कामपाको वातावरण विभागलाई निर्देशन दिँदै भन्नुभयो, “सफा गर्दा सडक छेउमा रहेको कागजको टुक्रा टिप्ने काम मात्र नगरी सबै
More

क्यालीफोर्नियामा गोली चल्ल्दा ४ जनाको मृत्यु

२९ कात्तिक, क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् । अभिभावकहरुले आफ्ना बालबच्चा विद्यालय लैजाँदै गरेको बेला एक बन्दुकधारीले आक्रमण गरेका थिए । आक्रमणमा बालबालिकाहरु भने मरेका छैनन् । वाशिङटन पोष्टका अनुसार गोली चलाउने बन्दुकधारी पनि प्रहरीको जवाफी कारबाहीमा मारिएका छन् । विद्यालयलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन् । यसअघि अमेरिकाको टेक्सासस्थित एक चर्चमा पनि गोली चल्दा २५ जनाको मृत्यु भएको थियो । – अनलाइन खबरबाट ।
More

नेपाली कानुन व्यवसायीलाई साइबर सुरक्षा र अपराध सम्बन्धी तालिम दिइँदै

साइवर अपराध एक प्रकारको चोरी अपराध हो। चोरी अपराधमा राती वा सुनसान भएको समयमा धनीलाई थाहा नदिई झ्याल ढोकाबाट भित्र गई जसरी अपराध गरिन्छ त्यसरीनै साइवर अपराधमा कुनैपनि व्यक्तिको कम्प्युटरमा भएको डाटा त्यस्तो व्यक्तिलाई थाहा नदिई चोरी गरिन्छ। यस्ता अपराध घटना भैसकेपछि मात्र थाहा हुन्छ। प्रविधिको विकास सँगै हामीले प्रयोग गर्ने मोवाइल फोन, ल्यापटप, डेस्कटप लगायतका प्रविधिहरु साइवर अपराधीको लागि खुल्ला मैदान जस्तो भएको छ। यी प्रविधिहरुलाई साइवर अपराधीहरुले जहिलेसुकै आक्रमण गर्न सक्छन्। साइवर अपराधमा कस्तो अपराधीले कहाँ बसेर अपराध घटाइरहेको छ भन्ने कुरा पत्ता लगाउन सक्नुनै आजको चुनौति बनिरहेको छ। यस्तो अवस्थामा चोरी अपराधबाट बच्न घरको झ्याल ढोका कसरी
More

‘फस्ट नेपाल–इन्डिया फ्रेन्डसिप फिल्म फेस्टिबल–२०१७’ सुरु

नेपाली र भारतीय कलात्मक चलचित्रलाई जोड्दै दुई देशका चलचित्रको सम्बन्ध जोड्नका लागि मंगलबारबाट काठमाडौंमा तीन दिवसीय ‘फस्ट नेपाल–इन्डिया फ्रेन्डसिप फिल्म फेस्टिबल–२०१७’ सुरु भएको छ । राजधानीको बबरमहलस्थित किंग्स कलेजमा सुरु भएको यो महोत्सवको आयोजना भारतको राजस्थानस्थित ‘रिफ फिल्म क्लब’ले गरेको हो । नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध सदियौंदेखि भएकाले यो सम्बन्धलाई सिनेमामार्फत पनि जोड्न आफूहरूले नेपाल भारतमैत्री चलचित्र महोत्सव आयोजना गरेको महोत्सव निर्देशक तथा रिफ फिल्म क्लबका संस्थापक सोमेन्द्रनाथ हर्षले बताए । तीन दिनसम्म चल्ने यो महोत्सवमा नेपाली र भारतीय बैकल्पिक सिनेमामाथि बहससँगै फिल्म प्रदर्शन र नेपाली तथा राजस्थानी लोक नृत्य प्रस्तुत हुने पनि महोत्सव निर्देशक सोमेन्द्रले बताए । काठमाडौं
More

बार्सिलोनामा क्याटालोनीयालीको प्रदर्शन जारी

बार्सिलोना– स्पेनको केन्द्रीय सरकारले थुनामा राखेको स्वतन्त्र क्याटालोनिया पक्षधर नेतालाई रिहाईको माग गर्दै मंगलबार पनि दशौं हजारले प्रदर्शन गरेका छन्। दशौं हजार क्याटालोनियालीले उनीहरुको रिहाइको माग गर्दै क्याटलोनियाको राजधानी बार्सिलोनासहितका विभिन्न सहरमा प्रदर्शन गरेको बताइएको छ । आइतबारबाट सडक प्रदर्शन सुरु गरेका उनीहरुले आफ्ना नेताहरुलाई नियन्त्रणमा लिएको विरोधमा प्रदर्शन गरेको बताइएको छ। राज्यद्रोह गरेको र देशलाई विघठन गर्ने अभियानको नेतृत्व गरेको आरोपमा क्याटलोनियाका पूर्व आठ क्षेत्रीय मन्त्री र दुई अभियानकर्ता थुनामा छन् । उनीहरुको रिहाइको माग गर्दै प्रदर्शनकारीले सोमबार पनि आन्दोलन गरेका थिए । क्याटलोनियाको क्षेत्रीय सरकारले एकपक्षीय रुपमा क्याटलन क्षेत्रलाई स्वतन्त्र भएको घोषणा गरेपछि स्पेन सरकारले देशको संविधानको धारा
More

बाम गठबन्धनका उम्मेद्वार सुटिङ स्थलमै पुगे

कार्तिक २८, २०७४-हास्य कलाकार हरिवंश आचार्य स्क्रिप्ट हेर्दै थिए । अर्का कलाकार किरण केसी सेक्यूरिटी गार्डको पोशाक लगाएर मोटरसाइकलमा आएका दिपकराज गिरीलाई स्यालुट गर्दै थिए । त्यति नै बेला भोट माग्दै भक्तपुर क्षेत्र नम्बर २ वाम गठबन्धनका उम्मेदवार महेश बस्नेत सुटिङ स्थलमै छिरे । सुटिङ भइरहँदा चर्को आवाजमा माइकिङ गर्दै एक हुल सुटिङ भएतिरै हानिए । यही क्षेत्रका अर्का उम्मेदवार दमननाथ ढुंगाना पनि अहिले यही बस्तीमा बस्छन् । अरु बेला पनि कार्यकर्ताको ओहोरदोहोर भएपनि यसरी माइकिङ गर्दै भने कुनै उम्मेदवार आएका थिएनन् । जब चुनाव प्रचार टोली सुटिङस्थलमै छिरेपछि सुटिङ हेरेर बसेका सर्वसाधरण भने फिल्मकै एउटा दृश्य हो की भन्ने
More

महेश आचार्यले गरे आफ्नै कामको समीक्षा

कार्तिक २९, २०७४-कम चर्चामा आउने, सञ्चारमाध्यममा कम छाउने कांग्रेस नेता एवं पूर्वमन्त्री महेश आचार्यले आफूले चाहेजस्तो काम गर्न नसकेको मतदातासमक्ष बताइरहेका छन् । यो उनको स्वीकारोक्ति हो । मोरङ ४ मा कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा उम्मेदवार भएका आचार्यले बाँकी विकासका काम गर्न निर्वाचनमा होमिएको बताए । हिजो हुन नसकेका काम पूरा गर्न म उम्मेदवार भएको छु,’ उनले आफ्नो निवास विराटनगरमा कान्तिपुरसँग भने, ‘हिजो मैले कहाँ गल्ती गरें, त्यो समीक्षा लिएर मतदातासमक्ष गएको छु ।’ अन्य उम्मेदवारले नगरेको काम पनि आफूले गरेको भनिरहेका बेला उनले गत संसदको आफ्नो कार्यकालको समीक्षा गरिरहेका छन् । वाम गठबन्धनको तर्फबाट उम्मेदवार भएका माओवादी उम्मेदवार अमनलाल मोदीले
More

काँग्रेस आमन्त्रित सदस्यमा विष्ट मनोनित

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आनन्द विष्टलाई पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ । सभापति देउवाले नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति विष्टलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । विगत दुई दशकदेखि मुलुकको लोकतन्त्र र काँग्रेसको पक्षमा निरन्तर योगदान गर्नु भएका विष्टलाई उहाँको योगदानको कदर गर्दै आमन्त्रित केन्द्रीय समितिमा मनोनयन गरिएको जनाइएको छ ।
More