Daily Archives 17th November 2017

मत गणना एकसाताभित्र टुग्याइने

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको नतिजा निर्वाचन भएको एक साताभित्रमा ल्याउन कर्मचारीहरुको संख्या बढाउने बताउनुभएको छ । उहाँले अधिकांश निर्वाचनको मतगणनास्थल विद्यालय भएको जनाउँदै मतगणनास्थलमा कर्मचारीहरुको संख्या बढाएर एकसातामा मतपरिणाम सार्वजनिक गरिने बताउनुभयो । शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त यादवले मतगणनास्थल विद्यालयमा नराख्ने योजना भएपनि अधिकांश मतगणनास्थल विद्यालय परिसर भएका कारण पाँच दिनभित्र मतगणना सम्पन्न गर्ने तयारी गरिएको बताउनुभयो । उहाँले प्रत्यक्षतर्फको निर्वाचनको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने र छिटोभन्दा छिटो मतपरिणाम सार्वजनिक गर्न मतगणनास्थलमा मतगणकको आवश्यक व्यवस्थामा मिलाईएको बताउनुभयो । प्रमुख आयुक्त यादवले अन्य भौतिक संरचना नभएका कारण मतगणनास्थल विद्यालयमा राख्नुपर्ने बाध्यता रहेको
More

भिडलाई नियन्त्रणमा लिंदै

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-७ चारदोबाटोस्थित तरकारी बजारमा शुक्रबार दिउँसो टिपरको ठक्करले दिएर मोटरसाईकल चालकलाई गम्भिर घाईते बनाएपछि आक्रोसित बनेका स्थानीयहरुकोे भिडलाई प्रहरीले नियन्त्रणमा लिंदै । हिजो विहीबार बिहान छ बजे बनेपास्थित बुडोलडाँडामा टिपरको ठक्करले एक जना बृद्धको ज्यान गएको थियो । तस्वीर : पेमा लामा
More

बम विस्फोटबाट काँग्रेसका उम्मेदवार डराउँदैनन्ः पौडेल

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आततायीको बम विस्फोटबाट काँग्रेसका उम्मेदवार नडराउने बताउनुभएको छ । भानु नगरपालिकास्थित थानीको थानमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा उम्मेदवार पौडेलले उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराइए पनि काँग्रेस त्यसबाट विचलित नहुने दृढता व्यक्त गर्नुभयो । “आततायीको त्यस किसिमको क्रियाकलापबाट हामी डराउनेवाला छैनौँ”, पौडेलले भन्नुभयो । भानु नगरपालिकाका नारेश्वरटार, भकुन्थोक र बेल्टारमा आयोजित चुनावीसभा र घरदैलो कार्यक्रममा काँग्रेस नेता पौडेल आज व्यस्त रहँदै लोकतान्त्रिक गठबन्धनका पक्षमा मतदान गर्न सबैमा आग्रह गर्नुभयो ।
More

एनआरएनले १ करोड लिड बल्व (LED) बेच्ने (फोटो फिचरसहित)

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) ले १ करोड लिड बल्व (LED) बेच्ने भएको छ । संघको सम्पन्न ३ दिने पदाधिकारी बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । संघका महासचिव डा. बद्री केसीले भने, नेपालमा लोडसेडिङ हटाउन २ सय मेगावट विद्युत् अभाव छ, त्यसलाई तुरुन्तै उत्पादन गर्न नसकिने अवस्थामा विद्युत खपत घटाएर २ सय मेगावटभन्दा बढी उत्पादन बचत हुनसक्छ भन्ने संघको ठम्याइ छ ।’ विश्वभरि ५० लाख नेपाली विदेशमा छन्, उनीहरुको घरमा २ देखि १० वटा बल्व प्रयोग हुन्छ, महासचिव डा. केसीले भने, ‘संघले उज्यालो कार्यक्रमअन्तर्गत १ करोड लिड बल्व किन्छ र एनआरएनका परिवारलाई बेच्छ । अहिलेको अवस्थामा
More

उम्मेदवारलाई लक्षित गरी शृङ्खलाबद्ध बम विस्फोट

नुवाकोट । नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले उम्मेदवारहरुलाई लक्षित गर्दै धमाधम एम्बुस र बम विस्फोट गराउन सुरु गरेको छ । आज शुक्रबार मात्र नुवाकोट प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेसका उम्मेदवार डा. रामशरण महत र प्रदेशसभा (ख) का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोट गराइएको छ भने माओवादी हत्याहिंसाको केन्द्र मानिएको रोल्पामा पूर्वसभामुख ओन्सरी घर्ती मगर, मन्त्री कृष्णबहादुर महरा र वर्षामान पुनलाई लक्षित गरी बम प्रहार गरिएको छ । केही दिनअघि भोजपुरमा उम्मेदवारहरुलाई लक्षित गरी बम प्रहार गरिएको थियो । आज बिहान एम्बुस विस्फोटनबाट नुवाकोटमा नेपाली काँग्रेसका पाँचजना कार्यकर्ता घाइते भएका छन् भने उम्मेदवार महतद्वय सकुशल छन् । त्यस्तै
More

माइक्रोबसको ठक्करबाट श्रीमान्-श्रीमतीको मृत्यु

झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडकखण्डमा आज भएको सवारी दुर्घटनामा परी श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–३ का ५३ वर्षीय रंगलाल ढकाल र उनका श्रीमती ५२ वर्षीया मनमाया ढकाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरु अर्जुनधारास्थित शिव मन्दिरमा पितृको नाममा शतविउ छरेर फर्किदै थिए । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१प ९८९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा३ख ५८८७ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो । माइक्रोबसको ठक्करबाट गम्भीर घाइते बनेका उनीहरुको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न सवारीलाई इलाका प्रहरी
More

फर्जी समाचार आम्दानीको श्रोत

वासिङ्टन । साइबर अपराधीहरूले फर्जी समाचारलाई आम्दानीको राम्रो माध्यममका रूपमा विकास गर्दै कम्तीमा १० अमेरिकी डलरबाट शुरूगरी विभिन्न बिषयवस्तुको गम्भीरताका आधारमा मुल्य तय गरी लिने गरेको अमेरिकामा सार्वजनिक गरिएको एक अनुसन्धानमा सम्लग्न समूहले सार्वजनिक गरेको छ । ‘डिजिटल स्याडोज’ नामक अनलाइन सुरक्षा फर्मले सार्वजनिक गरेको प्रतिवेदनले जनाए अनुसार प्रसिद्ध सञ्चारमाध्यमसँग मिल्दोजुल्दो नाम राख्न,े वेबसाइटको आफ्नै आकर्षक नाम दिने वा अर्काको चलेको वेबसाइटको नाममा एक दुई अक्षर छुट्टाउने र यिनै वेबसाइटबाट गलत उत्पादनको प्रवद्र्धन गरी आम्दानी गर्ने प्रवृति बढेको जनाइएको छ । उक्त अध्ययन प्रतिवेदनमा खोजकर्ताहरूले विभिन्न दुई हजार ८०० सञ्चालनमा रहेका यस्ता फर्जी वेबसाइट भेटेको पाएको जनाएका छन् । कतिपय
More

राष्ट्रिय कर दिवस

राजधानीमा शुक्रबार आयोजित छैटौँ राष्ट्रिय कर दिवस समारोहको उद्घाटन गर्र्दै मुख्य सचिव लोकदर्शन रेग्मी । तस्बिर: प्रदीपराज वन्त
More

बागीले पार्टीको झण्डा बोकेपछि आपत्ति

सल्यान । सल्यानमा स्वतन्त्र उम्मेदवारले माओवादी केन्द्रको झण्डा बोकेर प्रचारप्रसार गरेपछि बाम गठबन्धनले आपत्ति जनाएको छ । स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई पार्टीको झण्डा बोक्ने कुनै अधिकार नभएको भन्दै पार्टीका नेताहरूले कार्यकर्तामा अन्योल र भ्रममा नपर्न आग्रह गरेका छन् । बिनाविभागीय मन्त्री तथा प्रतिनिधिसभाका उम्मेदवार टेकबहादुर बस्नेतले वाम गठबन्धन विरुद्ध उम्मेदवारी दिएर पार्टीको झण्डा बोक्ने नैतिकता बागीलाई नभएकाले बागी उम्मेदवारका नाममा झण्डा बोकेर गाईजात्रा नदेखाउन चेतावनीसमेत दिनुभएको छ । “उहाँहरूले वाम गठबन्धनका विरुद्धमा बागी उम्मेदवारी दिनुभएको छ, चुनाव चिह्न अर्कै छ तर हँसिया हथौडा भएको झण्डा बोकेर अर्कै चुनाव चिह्नमा भोट माग्ने अधिकार कसले दियो ?” मन्त्री बस्नेतले भन्नुभयो । वाम गठबन्धनका
More

राप्रपाको सानो बैशाखी टेकेर कांग्रेस हिडेको छ : राजेन्द्र लिङ्देन, महामन्त्री राप्रपा

काठमाडौं । झापा–३ बाट नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलासँग चुनावी प्रतिस्पर्धा गरिरहेका राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री हुन् । वाम गठबन्धनको सहयोगमा कांग्रेस नेता सिटौलालाई लिङदेनले चुनौति दिइरहेका छन् । झापा–३ मा सिटौलालाई चुनौति राप्रपा एक्लैले दिनसक्थ्यो, यद्यपि वाम गठबन्धनको सहयोग भएकाले ठूलो मतअन्तरले आफूसँग सिटौला पराजित हुने लिङदेनको विश्लेषण छ । सहकर्मी हेमन्तप्रकाश ओलीले झापा–३ को चुनावी अवस्थाबारे लिङ्देनसँग गरेको कुारकानी– ० प्रचारप्रसार कसरी अगाडि बढाउनुभएको छ ? – जनताको घरदैलोमा जाने, भेटघाट गर्ने काम भइरहेको छ । ० जित्नुहुन्छ ? – मेरो उम्मेदवारी कसैका विरुद्ध होइन, मेरो उम्मेदवारी भनेको झापा–३ क्षेत्रका जनताको समृद्धि र विकासको पक्षमा मेरो
More