Daily Archives 18th November 2017

सहारा यूकेको च्यारिटी डिनर (फोटो फिचर)

लण्डन । सहारा यूकेले हरेक वर्ष आयोजना गर्दै आएको च्यारिटी डिनर कार्यक्रम शनिबार साँझ सम्पन्न भयो । अल्डरसटको एम्पायर हलमा आयोजित कार्यक्रममा विभिन्न चर्चित कलाकारले सांस्कृतिक प्रस्तुति गरेका थिए । गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष योग कुमार फगामीले उद्धघाटन गरेको सो कार्यक्रमलाई सहारा यूकेका अध्यक्ष मिन गुरुङले आगन्तुकहरुलाई स्वागत गरेका थिए । गैरआवासीय नेपाली संघ यूकेका महासचिव राजकुमार त्रिपाठी लगायत कार्यक्रममा दर्जन भन्दा बढि संघसँस्थाका प्रतिनिधीहरुको उपस्थिती थियो । कार्यक्रममा झण्डै ३ सय जनाको सहभागित रहेको अनुमान गरिएको छ । कार्यक्रमबाट संकलित रकम नेपालको परोपकारी कामको लागि दुई वटा प्रोजेक्टमा खर्चिने सहाराले जनाएको छ । ु सिन्धुपाल्चोकमा हामीले निर्माण गर्न
More

बेल्जियममा विवेकशील साझा

बेल्जियममा विवेकशील साझा सदभाव कमिटि गठन भएको छ । बेल्जियमको ब्रुज सहरमा नन्द पौडेलको संयोजकत्वमा विवेकशील साझा सदभाव समुह गठन गरिएको हो | पौडेलको संयोजकत्वमा ७ सदस्सिय कमिटि गठन गरियको छ | जसमा सन्तोष न्यौपाने ,कुशल श्रेस्ठ,जितेन्द्र कायस्थ ,राजु कंडेल,बन्दना घिमिरे,राजन घिमिरे रहनुभयको छ | त्यस्तैगरेर सम्झना खरेल कंडेल ,तेज कंडेल,अर्जुन थापा ,शोभा राइले समर्थन जनाउनु भयको छ | कमिटि गठन संगै आगामी हुन् गैरहेको निर्वाचनको लागि आवस्यक आर्थिक सहयोगका लागि कार्य गर्ने तथा परोपकारी कार्यहरु क्रमबद्ध तवरले गर्दै जाने निर्णय गरेको छ |
More

ओलीजी, तपाईंभन्दा सच्चा कम्युनिस्ट त डा. केसी नै हुन्

ओलीजी, हिम्मत गर्नुहोस् । तपाईं सिद्धान्ततः पूँजीवादी हुनुहुन्छ । व्यवहारतः व्यापारी हुनुहुन्छ । पार्टीको नामबाट कम्युनिस्ट भन्ने शब्द हटाउनुहोस् । अनि बल्ल केसीलाई चुनाबमा लड्ने चुनौती दिनुहोस् ।
More

काँग्रेस सभालाई सम्वोधन गर्न गएका खाँण हेलिकप्टरमा घाइते लिएर फर्के

खोटाङ। अत्यन्तै व्यस्त दैनिकीका बीचमा काँग्रेस नेता वालकृष्ण खाँण पूर्वी पहाडी जिल्ला ओखलढुङगाको चुनावी सभामा सम्वोधन गर्न गएका थिए। ओखलढुङगा काँग्रेसले राखेको चुनावी सभालाई सम्वोधन गर्न सदरमुकाम पुगेका खाँणले सम्वोधन गर्दा गर्दै छिमेकको खोटाङबाट एक खबर आयो। ओखलढुङगाका प्रतिनिधि सभा सदस्यका उमेद्वार रामहरी खतिवडालाई खोटाङका प्रदेश सभाका उमेद्वार बिष्णु कुमार राईले सोधे वालकृष्ण दाई आउनुभएको हेलिकप्टर खोटाङ पठाउन सक्नुहुन्छ? खतिवडाले किन र के भयो भन्दै राईलाई सोधे। राइले खोटाङ वाटाचौरका एक स्थानियलाई रुखले चेपेर गम्भिर घाइते भएको र उनलाई तत्काल उपचार नगरे रक्तश्राव भएरै ज्यान जान सक्ने अवस्था सुनाए । खाँण सभालाई सम्वोधन गर्दै थिए। राईको कुरा सुनेपछि खतिवडाले राईलाई
More

प्रहरी र बम राख्ने समूहबीच भिडन्त

भोजपुर । षडानन्द नगरपालिकामा राखिछाडिएको बम हटाउने क्रममा आज प्रहरीको अज्ञात समूहसँग भिडन्त भएको छ । षडानन्द नगरपालिका–१३ बोयाको भिरथाप्लो भन्ने ठाउँमा राखिएको टाइमबम हटाउने क्रममा आज अपराह्न प्रहरी र अज्ञात समूहबीच भिडन्त भएको हो । टाइमबम राखिएको हल्ला चलेपछि त्यसलाई हटाउन गएका प्रहरी र उक्त समूहबीच गोली हानाहान भएको हो । सो बम पड्ँिकदा छर्रा लागेर तीनजना घाइते भएका छन् । घाइते हुनेमा नेकपा (एमाले)का कार्यकर्ता विक्रम राई, प्रहरी सहायक निरीक्षक उमेश मेहता र प्रहरीजवान देवनारायण चौधरी छन् । बम हटाउने क्रममा पड्किएपछि भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गीतनारायण चौधरीले जानकारी दिनुभयो । यसैबीच, आजै भोजपुरको उत्तरी
More

कम्युनिष्टलाई भोट दिएर विकास रोक्न हुँदैन : नेता पौडेल

बेँसीशहर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टलाई भोट दिएर विकास रोक्न नहुने बताउनुभएको छ । नेपाली काँग्रेसले आज बँेसीशहरमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कम्युनिष्ट समस्यामात्र जन्माउन सक्छन्, समाधान गर्न सक्दैनन्, काँग्रेस समस्या समाधान गर्छ, राणाशासन, पञ्चायती तानाशाही, जनयुद्ध र मधेश आन्दोलनको समाधान काँग्रेसले दिएको हो ।” वरिष्ठ नेता पौडेलले संविधानको कार्यान्वयन गरी मुलुकको विकासका लागि काँग्रेसलाई जिताउनुपर्ने बताउनुभयो । “हरेक विकासका सम्भावना बोकेको लमजुङले विकास गर्ने वातावरण पाउनुपर्छ,”– नेता पौडेलले भन्नुभयो । सभालाई सम्बोधन गर्दै काँग्रेस महामन्त्री डा शशांक कोइरालाले काँग्रेसको सरकारले मुलुकमा ठूलो विकास गरेको बताउनुभयो । “मोटरबाटो, मेडिकल कलेज, विश्वविद्यालय, खानेपानी, रोजगारीलगायतको
More

ओखलढुंगामा खतिवडा र सुनुवारबीच प्रतिस्पर्धा

ओखलढुंगा । ओखलढुंगामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार यज्ञ सुनुवार र नेपाली काँग्रेसका उम्मेदवार रामहरि खतिवडाबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । मुलुक संघीय संरचनामा गएसँगै प्रतिनिधिसभा एक र प्रदेशमा दुई सिट कायम रहेको ओखलढुंगामा काँग्रेसलाई आफ्नो विरासत जोगाउन ठूलै कसरत गर्नुपर्ने अवस्था छ भने वाम गठबन्धनसामु काँग्रेसको किल्ला तोड्ने चुनौती छ । काँग्रेस र वाम गठबन्धनले उम्मेदवारी दर्ता गरेसँगै दुबैले प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन् । ओखलढुंगामा स्थानीय तहको निर्वाचनको मतपरिणाम केलाउँदा वाम गठबन्धन अगाडि देखिन्छ । एक नगरपालिका र सात गाउँपालिका रहेको ओखलढुंगामा गएको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा नगरप्रमुखमा ६० हजार ८०४ मत खसेको थियो । त्यसमा वाम
More

ब्रह्मकुमारीको स्वर्ण जयन्ती

राजधानीमा शनिबार आयोजित ब्रह्मकुमारी राजयोग सेवा केन्दको स्वर्ण जयन्ती महोत्सवमा भगवान कृष्णको अवतार प्रस्तुत गरिँदै । तस्बिर: प्रदीपराज वन्त
More

वामपन्थी सरकार आएपछि बीएन्डसी अस्पताललाई सम्बन्धन

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालको आफू साझेदार हुँदा पनि सम्वन्धन दिन नसकेको स्विकार गरेका छन् । अस्पतालले विर्तामोडमा आयोजना गरेको स्वास्थ्य महोत्सवको उदघाटन गर्दै दाहालले अस्पताललाई मेडिकल कलेजका रुपमा सम्बन्धन दिन आफू प्रधानमन्त्री रहदा प्रयास गर्दा पनि नसकेको बताएका हुन । चुनावपछि देशमा बलियो सरकार बन्ने र त्यो सरकारले बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने उनको भनाइ थियो । प्रधानमन्त्री हुँदा दाहालले अस्पतालाई स्विकृति दिन खोजेका थिए । तर डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक पारित नगरी कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिन भन्दै अनसन बसेपछि प्रक्रिया रोकिएको थियो ।
More

चन्द्रनिगाहपुरमा बम विष्फोटमा आठ घाइते

रौटहट । चन्द्रनिगाहपुर नगरपालिका–५ स्थित राधाकृष्ण मन्दिर नजिकै आज अपराह्न बम विस्फोट हुँदा आठजना घाइते भएका छन् । राधाकृष्ण मन्दिरको हलमा वाम गठबन्धनको ५ नं वडा भेलाबाट सहभागी बाहिरिने क्रममा अज्ञात समूहले राखेको बम विस्फोट भएको हो । विष्फोटमा परी स्थानीय ३१ वर्षीया सीता राई, सात वर्षीय जैविक राई, ४५ वर्षीया लक्ष्मी साह, ५४ वर्षीय रत्नबहादुर विक, ४८ वर्षीय कुन्ता खत्री, ३९ वर्षीय गोपाल विक, ४५ वर्षीय दिलमाया राई र ५० वर्षीय यमुना काफ्ले घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये यमुना र गोपालको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्थामा रहेका अन्य घाइतेलाई थप उपचारका लागि चितवन पठाइएको
More

काँग्रेस वरिष्ठ नेता पौडेललाई लक्षित गरी बम प्रहार

लमजुङ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी उहाँ चढेको जिपमा आज बम प्रहार भएको छ । तनहुँबाट लमजुङतर्फ आउँदै गर्दा तनहुँको भानु नगरपालिका– १० स्थित नेपालडाँडामा नेता पौडेल सवार बा१३च ३७४२ नं को जिपमा बम प्रहार भएको हो । बम प्रहारबाट एकजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । बम प्रहारबाट पौडेल चढेको जिपको सिसा फुटेको छ । वरिष्ठ नेता पौडेल लमजुङ सदरमुकाम बेँसिशहरमा आज आयोजना गरिएको आमसभालाई सम्बोधन गर्न आउँदै हुनुहुन्थ्यो ।
More

प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले प्रदेश प्रमुखको नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेको बेला सरकारले प्रदेश प्रमुख नियुक्त प्रक्रिया अगाडि बढाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले जानकारी दिनुभयो । उहाँले चाँडै नै सातवटै प्रदेशका प्रमुख नियुक्तका लागि मन्त्रिपरिषद्ले टुंगो लगाउने बताउनुभयो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखको नियुक्त गर्ने कानूनी व्यवस्था रहेको छ । प्रदेशसभामा निर्वाचित भएकालाई सपथ खुवाउने मुख्यमन्त्री नियुक्त गर्ने जस्ता कार्य प्रदेश प्रमुखले गर्ने व्यवस्था भएपछि सरकार निर्वाचन अघि नै राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने तयारीमा रहेको छ । नेपालको संविधानको धारा १६३ मा प्रदेश प्रमुख सम्बन्धी
More

१७ किलो सुनसहित एक युवक पक्राउ

रसुवा । अवैध तरिकाले चीनको केरुङ नाकाबाट नेपाल भित्र्याइएको सुनसहित आज बिहान एक युवकलाई सीमा प्रहरीचौकी टिमुरेले पक्राउ गरेको छ । सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक रञ्जनकुमार दाहालका अनुसार अवैध रुपमा ल्याएको १७ किलो सुनसहित पार्वतीकुण्ड गाउँपालिका अन्तर्गत चिलिमेका ३१ वर्षीय कारसाङदावा तामाङलाई बिहान ९ः३० बजे रसुवागढी नाकामा पक्राउ गरिएको हो । सुन ल्याउन प्रयोग भएको बा ११ च ७९१८ नं को बोलोरो जिप समेत नियन्त्रणमा लिई कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक दाहालले बताउनुभयो ।
More

भैंसी अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गर्दै सम्मेलन सम्पन्न

रत्ननगर । ‘भैंसी अनुसन्धानको सर्वाच्च केन्द्र’ स्थापना गर्ने निष्कर्षसहित चार बुँदे घोषणापत्र जारी गर्दै भैंसी विज्ञको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भएको छ । कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म चितवनको सौराहामा भएको सम्मेलनले राष्ट्रियस्तरमा भैंसी अनुसन्धानको सर्वाेच्च केन्द्र बनाइ त्यस अन्तर्गत शाखाको रुपमा विभिन्न क्षेत्रमा ‘सेटेलाइट केन्द्र‘ बनाउने निष्कर्ष निकालेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्नातकोत्तर कार्यक्रमका डिन डा भूमिनन्द देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनले गुणस्तरीय दूध उत्पादनका लागि थुनिलो रोग नियन्त्रण गर्न ‘एसियन मस्टाइटिस काउन्सिल’ स्थापना गर्ने, क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा भैंसी अनुसन्धानमा संलग्न संस्था तथा विश्वविद्यालयबीच साझेदारी र सहकार्यको विकास गर्ने निष्कर्ष निकालेको छ । यस्तै
More

बलिउड कलाकार नेपाल आउँदै

बलिउडका चर्चित नायक सलमान खान लयातका कलाकार काठमाडौँ आउने भएका छन् । ओडीसी ईन्टरटेनमेन्टले गर्ने साँगीतिक कार्यक्रमका लागी उनि नेपाल आउन लागेका हुन् । फागुन २६ गते शनिबार टुडिखेलमा हुने ‘दबंगः द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा क्यानेडियन पप गायक ब्रायन एडम्स पनि सहभागि हुने ओडीसीका प्रवन्ध निर्देशक तथा पर्यटन व्यवसायि सिमान्त गुरूङले जानकारी दिए । ओडीसी इभेन्ट आयोजना गर्ने नेपाली कम्पनी हो । यसले सलमानसहितका कलाकारलाई दिनुपर्ने पारश्रमिक भुक्तानीका लागि विहीबार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमती माग्दै निवेदन दिएको छ । ‘राष्ट्र बैंक मार्फत भारतीय मुद्रा भुक्तानी गर्नुपर्ने भएकाले मन्त्रालयसँग अनुमती मागेको छ,।’ सीमान्तका अनुसार सलमानसहित
More

छक्का पञ्जा २ ले दिने भयो फेरि एम्बुलेन्स

असोज ११ गतेबाट देशव्यापी प्रदर्शनमा उत्रिएको फिल्म ‘छक्का पञ्जा २’ बिहीवारबाट ५१ औं दिनमा प्रवेश गरेको छ । यही अवसर फिल्म निर्माण टीमले राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ५१ औं दिने सेलिव्रेशन कार्यक्रम राख्दै खुसी साटासाट गर्‍यो । कार्यक्रममा फिल्मलाई सफल तुल्याउन अहोरात्र खटेका यूनिट सदस्यहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । ५१ औं दिनसम्म पनि राजधानी र मोफसलका केही हलमा अझै ‘छक्का पञ्जा २’ ले दर्शकको साथ पाएको निर्देशक दीपाश्री निरौलोले बताइन् । फिल्मले हालसम्ममा साढे पन्ध्र करोडको व्यापार गरेको छ । फिल्मको ५१ औं दिने सेलिव्रेशन कार्यक्रममा बोल्दै कलाकार तथा निर्माता दीपकराज गिरीले फेरि यसपटक एक ग्रामिण अस्पताललाई
More

वाम गठबन्धनबाट लोकतन्त्रलाई खतरा : देउवा

मंसिर २, २०७४-प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा प्रजातन्त्र जोगाउन आगामी चुनाव कांग्रेसले जित्नुपर्ने बताएका छन् । गठबन्धनले एकदलीय शासन लाद्ने खेलमा लागेको हुनाले लोकतन्त्र खतरा बताउँदै प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कांग्रेसलाई जिताउनुपर्ने बताएका हुन् । नेपाली कांग्रेस दार्चुलाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न यहाँ आइपुगेका कांग्रेस सभापति देउवाले वाम गठबन्धनका कारण लामो समयपछि देशमा प्राप्त भएको लोकतन्त्र गुम्ने खतरा बढेकाले यही मंसिरमा हुने चुनावमा कांग्रेसलाई विजय गराउन आग्रह गरेका हुन् । कांग्रेस जिते प्रजातन्त्र जिवित रहने र कांग्रेस हारे नागरिकहरुले स्वतन्त्र रुपमा बोल्न समेत नपाइने उनको भनाइ थियो । प्रजातान्त्रिक शासन व्यवस्थामा मात्र डर त्रासबाट मुक्त पाइन्छ ।
More

कुचिकार उम्मेदवार दमननाथ ढुंगाना

काठमाडौं । आगामी मंसिर २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ भक्तपुर क्षेत्र नं २ बाट प्रतिस्पर्धामा उत्रिएका नेताहरुका कारण यो क्षेत्र चर्चामा आएको छ । पूर्वसभामुख, पूर्वमन्त्री र पूर्वसांसदबीच त्रिपक्षीय प्रतिस्पर्धा रहेको यस क्षेत्रमा तीनै उम्मेदवारले फरक फरक कार्यसूची लिएर मतदातासँग मत मागिरहेका छन् । यस क्षेत्रमा यसअघि नेपाल मजदुर किसान पार्टी र नेपाली काँग्रेसले आलोपालो बाजी मार्दै आएका थिए । काँग्रेसबाट पूर्वसभामुख एवं मानवअधिकारवादी दमननाथ ढुंगाना, एमालेका युवा नेता एवं पूर्व उद्योगमन्त्री महेश बस्नेत र नेमकिपाबाट समानुपातिक सांसद भइसक्नुभएकी सुश्री अनुराधा थापा मगर चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । उम्मेदवारका कारण मात्र होइन पछिल्लो समयमा उम्मेदवारले ल्याएको कार्यसूचीका बारेमा समेत यस
More

वातानुकूलित शारीरिक व्यायामशाला सञ्चालनमा

काठमाडौं । सञ्चालनमा आएको एक हप्तामा नै अत्यधुनिक सुविधासम्पन्न तथा वातानुकूलित शारीरिक व्यायामशाला (फिटनेश पार्क) मा उपभोक्ताको आकर्षण ह्वात्तै बढेको छ । सुन्धारास्थित सिटिसी महलको आठौँ तलामा गत सोमबारदेखि सञ्चालनमा आएको अन्तर्राष्ट्रियस्तरको सो पार्क अहिले काठमाडौँका उच्चस्तरीय तथा मध्यमवर्गीय परिवारको व्यायामशालाका लागि पहिलो रोजाइ बन्न थालेको पार्कले जनाएको छ । बेलायतको उपकरण आयात गरी नेपालमा पहिलो पटक सञ्चालनमा ल्याइएको सो पार्क करिब छ हजार वर्गफिटमा फैलिएको छ । यो ४०० जना अट्ने क्षमताको र अपांगमैत्री भएको पार्कका प्रबन्ध निर्देशक उत्तम सिलवालले जानकारी दिनुभयो । करिब रु पाँच करोडको लगानीमा स्थापित सो पार्कमा व्यायामशालाका लागि आधुनिक उपकरण तथा स्पासमेत छन् ।
More

तीन साहित्यकार गिरफ्तार

काठमाडौं । प्रगतिशील लेखक संघ (प्रलेस) का उपाध्यक्ष खेम थपलियासहित तीन जनालाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ । प्रलेसको मासिक परिसंवाद कार्यक्रमबाट फर्कने क्रममा बागबजारबाट साँझ थपलियालाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । प्रलेसका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डंगोलले विज्ञप्ति जारी गरी विनाकारण लेखकलाई नियन्त्रणमा लिइनु लेखकीय स्वतन्त्रताविपरीत भएको जनाउँदै तिनलाई तत्काल रिहा गर्न माग गरिएको छ । थपलिया ‘हाम्रो जलजला’ मासिकका सम्पादक पनि हुनुहुन्छ । थपलियासँगै गिरफ्तार गरिएका साहित्यकार वैरागी जेठा र अच्युत तिवारीलाई दुई घण्टापछि प्रलेसका महासचिव डंगोल र अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव उत्तम अधिकारीको रोहवरमा रिहा गरिएको छ ।
More