Daily Archives 19th November 2017

दाहालको निधनप्रति एनआरएनद्धारा दुःख व्यक्त

लण्डन । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालका पुत्र प्रकाशन दाहालको निधनप्रति गैरआवासीय नेपाली संघले दुःख व्यक्त गरेको छ । संघका प्रवक्ता भुषण घिमिरेले आइतवार एक विज्ञप्ति जारी गर्दै दाहालको निधन प्रति दुःख व्यक्त गर्दै घटनाप्रति गहिरो शोक प्रकट गर्दै हार्दिक श्रध्दाञ्जली अर्पण गरेका छन् । विज्ञप्तिमा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ूप्रचण्डू का पुत्र प्रकाश दाहालको अल्पायुमा आज विहान असामयिक निधन भएको दुखद खबरले स्तब्ध बनाएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद यस दुखद घटनाप्रति गहिरो शोक प्रकट गर्दै हार्दिक श्रध्दाञ्जली अर्पण गर्दछ । संघ, स्वर्गीय दाहालको दिवङ्गत आत्माको चिरशान्तिको
More

नेपाली इन्जिनियर समाज युकेद्वारा अन्तरक्रिया कार्यक्रम

लन्डन । सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूके (सोने यूके) ले एक दिने तालिम तथा अन्तरक्रिया कार्यक्रम ‘मिसन पोसिबल’ (प्रोजेक्ट एप्रोच टु प्रोग्रेस मोनिटरिङ) सम्पन्न गरेको छ । नोभेम्बर १८ तारिख शनिबार लन्डन ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा कार्यक्रम भएको हो । कार्यक्रममा बेलायतका विभिन्न शहर लन्डन, डार्टफोर्ड, मेडस्टोन, आसफोर्ड, रेडिङ, साउथहयाम्टन, बेडफोर्ड, कोल्चेस्टर लगायतबाट उल्लेख्य सहभागिता थियो । ३० जना विभिन्न क्षेत्रका इन्जिनियर सहभागी उक्त कार्यक्रममा क्रसरेल प्रोजेक्ट्का वरिष्ठ इन्जिनियर विजय बज्राचार्यले तालिम प्रदान गरेका थिए । कार्यक्रम संयोजक तथा सोने यूकेका कार्यकारिणी सदस्य बेद भट्टराईले सञ्चालन गरेको उक्त कार्यक्रममा सहभागीलाई प्रोजेक्ट कन्ट्रोल, प्रोजेक्ट मोनिटरिङ लगायतका क्षेत्रमा ग्रुप विभाजन गरी
More

दूतावासमा ब्रिटेन नेपाल मेडिकल ट्रष्टको स्वर्ण जयन्ती

लन्डन । ४९ वर्ष अघि ब्रिटिश चिकित्सक तथा 
नर्ससहित ११ जनाको टोलीलाई स्थलमार्ग हुंदै नेपाल प्रस्थान गर्न सहज थिएन । विभिन्न युरोपेली मुलुक पार गरेपछि इरान, अफगानिस्तान र पाकिस्तानका विभिन्न शहरको यात्रा तय गर्दै त्यो टोली दिल्ली पुग्यो । दिल्लीबाट पटना, रक्सौल हुंदै 
अन्ततः २० मे १९६८ का दिन काठमाडौं पुग्दा एउटा नयां 
संसारमा आइपुगेको अनुभव आफूहरुलाई भएको उक्त टोलीका एकजना सदस्य डा. बार्नी रसडेलले बिहीबार सुनाए । टोलीका ११ जनामध्ये ६ जना सदस्य बिहीबार बेलुका लन्डनस्थित नेपाली दूतावासमा भेला भएका थिए । र, त्यो संयोग जुटाइदिएको थियो सन् १९६७ मा स्थापित ब्रिटेन नेपाल मेडिकल ट्रष्ट (बिएनएमटी) ले । ट्रष्ट
More

वरिष्ठ साहित्यकार डा. कविताराम श्रेष्ठको निधन

लन्डन । लामो समय देखि क्यान्सर रोगबाट पीडित एक जना वरिष्ठ साहित्यकार डा. कविताराम श्रेष्ठको निधनप्रति बुद्ध फाउण्डेशन यूकेले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ । फाउण्डेशनका अध्यक्ष दीपक श्रेष्ठले आइतबार एक शोक वक्तव्य जारी गर्दै बुद्ध फाउन्डेशन यूकेका सल्लाहकार डा. श्रेष्ठको असामयिक निधनपछि संस्था र समग्र नेपाली साहित्य एवं देशले होनहार व्यक्तित्व गुमाएको उल्लेख गरेका छन् । डा. श्रेष्ठ लुम्बिनी कपिलवस्तु डे अभियानका संस्थापक पनि हुन् । बुद्धका जीवनीमा आधारित अनुसन्धनात्मक उपन्यासका लेखक श्रेष्ठ ‘बुद्धको जन्मस्थान नेपाल’ रहेको प्रचार प्रसार गर्ने अभियानमा खुबै समर्पित थिए । ‘श्रेष्ठ अन्तिम अवस्थासम्म पनि नेपाली साहित्य र मातृभूमिका लागि चिन्तित भइरहनुभयो’, श्रेष्ठले
More

गोर्खा सैनिक थपिए

– नवीन पोखरेल, लन्डन । बेलायतको क्याट्रिकस्थित इन्फेन्ट्री ट्रेनिङ सेन्टर बिहीबार गोर्खा सैनिक र तिनका परिवारले भरिभराउ थियो । बेलायती आर्मीमा भर्ती हुन नेपालबाट करिब पाँच हजार प्रतिस्पर्धीमध्येबाट छानिएर गत फेब्रुअरीमा बेलायत आएका २ सय ७० जना गोर्खाका लागि यो अर्को ऐतिहासिक क्षण हो । उनीहरु ३९ हप्ताको कठिन प्रशिक्षण पूरा गरी ‘ग्रयाजुएट’ भएका हुन् । हेल्स ब्यारेक परेड स्क्वायरमा उनीहरुको परेड निकै चाखलाग्दो थियो । नेपालको दुर्गम गाउँदेखि क्याट्रिक ग्यारिजनको यात्रा तय गरेका गोर्खाहरुले झन्डै एक वर्ष अवधिमा अंग्रेजी भाषासहित धेरै कुरा सिके । कतिपय त यसअघि जहाज पनि नचढेका थिए । उनीहरु जीवनको नयाँ खुडकिलो उक्लन सफल भएकामा
More

राप्रपाका केन्द्रीय सदस्य र यूवा संघका संयोजक कांग्रेस प्रवेश

ललितपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य कपिल थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। वामगठबन्धनका कारण देशमा लोकतन्त्र संकट पर्न सक्ने भन्दै थापा दुर्इ दर्जन कार्यकर्तासहित आइतबार कांग्रेस प्रवेश गरेका हुन्। ललितपुर १ले आयोजना गरेको कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले उनलार्इ पार्टीमा स्वागत गरे। थापा तत्कालीन राप्रपा नेपालको ललितपुर जिल्ला सभापतिसमेत हुन्। लोकतान्त्रिक शक्तिलार्इ बलियो बनाउन आफू कांग्रेसमा प्रवेश गरेको उनले बताए। उनले भने, ‘लोकतन्त्रको भविष्यलार्इ लिएर चिन्ता उत्पन्न भएको छ लोकतन्त्रको स्थायित्वका लागि कांग्रेसको विकल्प छैन।’ राप्रपा ललितपुरका पूर्वजिल्ला कोषाध्यक्ष चिनियाराम बिष्ट पनि कांग्रेस प्रवेश गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य धनबहादुर केसी र
More

प्रचण्डको ‘दाइने हात’ भाँचियो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनीतिमा सहयोग गर्ने विश्वासिला पात्र छोरा प्रकाश दाहाल थिए । छोराको निधनसँगै अध्यक्ष प्रचण्डले आफ्नो दाइने हात भाँचिएको महसुस गरेका छन् । प्रकाश दाहाल पछिल्लो समय पार्टीप्रति जिम्मेवार रहँदै आफ्ना पिता नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोराका रुपमा मात्र सिमित थिएनन् । पार्टी अध्यक्षको सचिबालय मात्र नभई प्रधानमन्त्री रहँदा पनि प्रकाश पिताका ‘दाहिने हात’का रुपमा काम गर्दै आएका थिए । सचिबालयमा रहेर सूचना प्रवाहदेखि आन्तरिक कार्यहरुमा प्रचण्डका आडभरोसा प्रकाश नै थिए । प्रचण्डका दैनिक, व्यक्तिगतदेखि राजनीतिक महत्वका कामहरुमा प्रकाश सबैभन्दा नजिकका सहयोगी थिए । स्थानीय निकायको निर्बाचन
More

छोरा प्रकाशलाई बाबु दाहालले दिए दागबत्ती

काठमाडौं । आकस्मिक हृदयाघातका कारण निधन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । आर्यघाटमा दाहालले छोरा प्रकाशलाई दागबत्ती दिएका छन् । त्यसअघि प्रकाशप्रति विभिन्न राजनीतिक दलका नेताहरु र आफन्तजनले श्रद्धान्जली दिएका थिए । यसअघि पेरिसडाँडाबाट गरिएको शवयात्रामा आफन्तजन, विभिन्न दलका नेता तथा कार्यकर्ताहरु र सर्वसाधारण गरी हजारौं सहभागी भएका थिए । त्यहाँ माओवादी केन्द्रका साथै अन्य राजनीतिक दलका नेता कार्यकर्ता तथा सर्वसाधारणले श्रद्धान्जली दिएका थिए । उपराष्ट्रपति नन्दबहादुर पुन, विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि पनि श्रद्धान्जलीका लागि माओवादी कार्यालय, कोटेश्वर पुगेका थिए ।
More

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको आइतबार बिहान निधन भएको हो । पूर्वराजाका पूर्व मूख्यसचिव पशुपतिभक्त महर्जन कोटेश्वर, पेरिसडाँडास्थित माओवादी पार्टी मुख्यालय पुगेर प्रकाश दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरे ।
More

प्रकाश दाहालप्रति श्रद्धाञ्जलि

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका सुपुत्र तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाश दाहालप्रति माओवादी केन्द्रको पेरिस डाँडास्थित पार्टी कार्यालयमा आइतबार श्रद्धाञ्जलि व्यक्त गर्दै दिदी । तस्बिर : प्रदीपराज वन्त
More

यो चुनावमा कसैको बहुमत आउँदैन : डा. बाबुराम

गोरखा । नयाँशक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले अहिलेको निर्वाचनमा कसैपनि स्पष्ट बहुमत नआउने दाबी गरेका छन् । आज गोरखामा पत्रकारहरुसँग कुरा गर्दे भट्टराईले अहिले मुकलुको शासकीय स्वरुपले गर्दा कसैको पनि बहुमत आउने अबस्था नरहेको बताएका हुन । नयाँशक्तिका तर्फबाट गोरखा दुईमा उम्मेदवार रहेका भट्टराईले चुनावमा आफ्नो जीत भने सुनिश्चित रहेको बताए । विगतमा आफु अर्थमन्त्री हुदा गोरखाको बिकासका लागि ल्याईएको योजना तथा कार्यक्रम प्रधानमन्त्री हुदासम्म केहि हदसम्म पुरा भएको भन्दै उनले आफुलाई गोर्खाका जनताले विश्वास गर्ने दावि पनि गरे । अव गोरखाबाटै बिकास र समृद्धिको नयायुग सुरु हुने दावि उनको थियो ।
More

रत्नपार्कमा बायोग्यास प्लान्ट

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज रत्नपार्कमा बायोग्यास प्लान्टको शिलान्यास गर्नुभएको छ । ५औँं विश्व चर्पी दिवसको अवसरमा रत्नपार्कको सार्वजनिक शौचालयबाट बायोग्यास उत्पादन गर्ने उद्देश्यका साथ प्रमुख शाक्यले आज बायोग्यास प्लान्टको शिलान्यास गर्नुभएको हो । सार्वजनिक शौचालयबाट उत्सर्गन हुने फोहोर पानीको उचित व्यवस्थापन र शौचालयलाई स्वच्छ बनाउनका लागि बायोग्यास प्लाट निर्माण गर्न लागिएको शाक्यको भनाइ छ । रत्नपार्कको बायोग्यास प्लाट एरोसान र गुठीको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको हो । प्लान्ट निर्माणका लागि ६ लाख खर्च हुने महानगरले जनाएको छ । रत्नपार्कको बायोग्यास प्लान्टबाट उत्पादन हुने ग्यास खाना पकाउन र बत्ती बाल्न प्रयोग गर्ने बताइएको छ । सफा
More

कसरी भएको थियो, प्रकाशको मृत्यु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको आकस्मिक हृदयाघातका कारण मृत्यु भएको चिकित्सकले जनाएका छन् । बिहान ५ बजेर ५० मिनेट अचेतावस्थामा दुई सुरक्षाकर्मीले थापाथलीस्थित नर्भिक अस्पताल ल्याउँदा नै उहाँको मृत्यु भएको अस्पतालका मृटुरोग विशेषज्ञ डा केपी अग्रवालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पताल ल्याउँदा नै उहाँका हातखुट्टा चिसो भइसकेको थियो, आकस्मिक कक्षमा ल्याइएको नौ मिनेटमै हामीले उहाँको निधन भइसकेको जानकारी परिवारलाई गराएका थियौँ ।” उहाँको उपचारमा डा जैसवाल, डा यादव भट्टसहित, डा रवीन्द्रप्रसाद यादव, डा विमलेश श्रेष्ठ र डा महेश यादवलगायत संलग्न हुुनुहुन्थ्यो । “अस्पतालको आकस्मिक कक्षमा ल्याउँदा उहाँ पूर्णतया बेहोश, हातखुट्टा
More

प्रकाश दाहालको निधन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको आकस्मिक हृदयाघातका कारण आइतबार अस्पताल ल्याउँदा नै मृत्यु भएको जानकारी गराउँदै थापाथलीस्थित नर्भिक अस्पतालका मृटुरोग विशेषज्ञ डा केपी अग्रवाल । तस्बिर : प्रदीपराज वन्त
More

तामाकोशी जलविद्युत् आयोजना सुरुङको ‘ब्रेक थ्रु’

दोलखा । स्वदेशी लगानीमा दोलखामा निमार्ण भइरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ । आयोजनाका लागि ८.२ किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएकाले यसलाई ‘ब्रेक थ्रु’ भनिएको हो । सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको आयोजनाले ‘ब्रेक थ्रु’ कार्यक्रममा जानकारी दिएको छ । ऊर्जा सचिव अनुपकुमार उपाध्यायको निर्देशनपछि आज बिहान ८.३० बजे सुरुङमा ब्रेक थ्रु’ भएको हो । असार मसान्तसम्ममा सिभिलको काम सकेर विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । डिसेम्बर २०१८ देखि नियमित उत्पादन शुरु भए पनि सबै निर्माण सक्न थप ६ महिना लाग्नेछ । आयोजना प्रमुख विज्ञान श्रेष्ठले सञ्चारकर्मीसँग भन्नुभयो “अव
More

सेनाद्वारा बम निष्कृय

धादिङ । जिल्ला निर्वाचन कार्यालय परिसरमा अज्ञात समूहले राखेको सकेट बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ । मतदान सामग्री लिन जाँदा बिहान कर्मचारीले बोरामा पोको पारेर राखेको शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेको थियो । खबर पाएलगत्तै गजुरीस्थित देविदत्त गणको सेनाको टोलीले बम निष्कृय पारेको हो । जिल्ला निर्वाचन कार्यालयको भवन भूकम्पले गर्दा भत्केपछि हाल नीलकण्ठ नगरपालिका– ३ धादिङबँसीस्थित पुछार बजारमा भाडामा सञ्चालन गरिँदै आएको छ । बम कसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताउनुभयो ।
More

कवितामा मन्त्रमुग्ध

साहित्यको विकासको लागि स्थापना भएको शैली साहित्य समाजको नियमित रचना वाचन कार्यक्रम ७० जना सहित्यिक अनुरागिहरुको उपस्थितिमा सुसम्पन्न भयो । सदाझैं भन्दा फरक रुप दिन यस कार्यक्रमलाई प्रतिस्पर्धात्मक बनाइएको थियो जसमा ३९ जना प्रतिस्पर्धी सर्जकहरुले भाग लिएका थिए भने अतिथि र अप्रतिस्पर्धी कवि सहित १८ जनाले आफ्ना रचना सुनाएका थिए। प्रतिस्पर्धात्मक प्रतियोगितामा प्रथम, द्दितिय र तृतीय पुरस्कार क्रमशः गणेश खतिवडा, महादेव अधिकारी र मार्मिक रोशनले प्राप्त गर्नुभएको थियो। तापाहिटी सामुदायिक अध्ययन केन्द्रले बार्षिक रुपमा दिँदै आएको प्रतिभा सम्मान पनि यसै कार्यक्रममा समायोजना गरिएको थियो । उक्त सम्मान साहित्यकारहरु डा. प्रदीप मैनाली र डिल्ली प्रसाद मुल्तिहुनलाई प्रदान गरिएको थियो भने शैली
More

प्रकाशको पार्थिव शरीर पेरिसडाँडामा, अन्त्यष्टि ४ बजेपछि पशुपति आर्यघाटमा

काठमाडौं । दिवंगत प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा राखिने भएको छ । दिउँसो साढे १ बजेदेखि श्रद्धान्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिने र अपराह्न्न ४ बजेपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । प्रचण्ड पुत्र दाहालको आइतबार विहान असामहिक निधन भएको थियो । प्रकाशको निधनको खबर पाएलगतै आफन्तहरू र राजनीतिक दलका नेताहरू काठमाडौं केन्द्रित भएका छन् ।
More

दाहाल बेहोस अवस्थामा नर्भिक पुगे

काठमाडौं- माओवादी केन्द्रक अध्यक्ष पुष्पकमल दाहाल नर्भिक अस्पताल पुगेका छन्। चुनावी सभाको सम्बोधन गर्न झापा पुगेका दाहाल छोरा प्रकाश दाहालको निधनको खबरसँगै काठमाडौं फर्किएका हुन्। उनी हेलिकोपटरबाट काठमाडौं फर्किएका हुन्।
More

सर्लाहीमा महिलामाथि गोली प्रहार

मंसिर ३, २०७४-अज्ञात समूहले आइतबार बिहान साँढे ४ बजे हानेको गोली लागि सर्लाही रामनगर वोहोर्वा ४ की एक महिलालाई गम्भीर घाइते भएकी छिन् । आफ्नो कोठामा सुतिरहेकी गिरिजाकुमारी साहलाई गोली लागेको प्रहरीले जनाएको छ । ढोकामाथिको प्वालबाट परिवारसहित सुतिरहेको ठाउँमा गोली हानिएको थियो । साहको बायाँ छातीमा गोली लागेको छ । उनलाई उपचारार्थ वीरगंज पठाइएको प्रहरी उपरीक्षक मसाउद आलम खाँले बताए । चिनेजानेकै ब्यक्तिले गोली चलाएको हुन सक्ने प्रहरीको अनुमान छ । – कान्तिपुरबाट
More