Daily Archives 21st November 2017

वामपन्थीको सरकार बन्छ-बन्छः अध्यक्ष ओली

चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीका लागि वामपन्थी गठबन्धन बनेको बताउनुभएको छ । संयुक्त वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जलिसभा एवं बृहत आमसभालाई सम्बोधन गर्दै उहाँले देशलाई समृद्धितर्फ लैजान वामपन्थीको दुई तिहाई बहुमतको सरकार आवश्यक रहेको बताउनुभयो । वामपन्थीहरूको सरकार बन्ने दाबी गर्दै उहाँले भन्नुभयो, “वामपन्थीको सरकार बन्छ-बन्छ, यसलाई कसैले रोक्न सक्दैन ।” स्थिर सरकार नहुँदा देशमा विकासले गति लिन नसकेको भन्दै उहाँले अब स्थिर सरकार बन्ने र विकासले गति लिने दाबी गर्नुभयो । उहाँले भन्नुभयो “तमसुक गरेर सरकार चलाउने समय अब गयो ।”निर्वाचनअघि प्राविधिक कारणले नेकपा एमाले र माओवादी केन्द्र
More

‘सर्वोच्च अदालतमा बम राखिएको भन्ने हल्ला मात्र’

काठमाडौं । सर्वोच्च अदालतमा आज बम राखिएको भन्ने हल्ला मात्र भएको पुष्टि भएको छ । सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले सर्वोच्च अदालत परिसरमा आज बम राखिएको भन्ने हल्ला मात्र भएको बताउनुभएको हो । प्रवक्ता पन्थीले भन्नुभयो, “अपहन्न १२ : १५ बजे प्रधानन्यायाधीशको सचिवालयमा फोन आयो, पुनः १२ः२३ बजे मलाई फोन आयो, भूलबस बम राखिएकाले सर्तक रहनुहोला भनिएको थियो ।” उहाँले बम राखिएको हल्लापछि इजलासहरु पनि सबै बन्द गरिएको र प्रहरीद्वारा बम फेला नपरेपछि बम राखिएको भन्ने हल्ला मात्र भएको जानकारी दिनुभयो । प्रवक्ता पन्थीमा अनुसार नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना कार्यकर्ताले अयन्त्र बम राख्ने भन्दा भूलबस त्यहाँ
More

विश्वप्रकाशलाई आर्शिवाद

प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा झापा क्षेत्र–१ का स्थानीयवासीसँग आशीर्वाद लिँदै । तस्बिर: रत्न श्रेष्ठ
More

बम विस्फोट गराउनेलाई कानुनी कारबाहीको दायरामा ल्याइने

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले बम विस्फोटमा प्रमाणसहित फेला परेकालाई कानुनी कारबाहीको प्रक्रियामा लैजाने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा सार्वजनिक तथा उम्मेद्वारका घरमा बम विस्फोटका घटना बढेपछि परिषद् बैठक बसेको हो । बैठकले शान्ति सुरक्षालाई चुस्त–दुरुस्त बनाउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ । बैठकमा रक्षामन्त्री भीमसेनदास प्रधान, मुख्यसचिव लोकदर्शन रेग्मी, गृहसचिव मोहनकृष्ण सापकोटा, रक्षासचिव विनोद केसी, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रधानसेनापति राजेन्द्र क्षत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीको उपस्थिति थियो
More

चुनावपश्चात् राजपा–फोरम पार्टी एउटै हुने

सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँगको चुनावी तालमेल मधेशी जनताको अधिकार प्राप्तिका लागि भएको र यो सफलतापश्चात् पार्टीगत एकताप्रति अगाडि बढ्ने बताउनुभएको छ । यो चुनावी तालमेलको शुरुवात हो, यसले राम्रो संकेत दिएको छ र यो विस्तारै मधेशी एकताका लागि उदाहरणीय थालनी बन्ने समेत उहाँले तर्क दिनुभयो । अध्यक्ष यादवले आज राजविराजमा रासससँग कुाराकानी गर्दै संविधान संशोधन, मधेसीको पहिचान, अधिकार र राज्यमा मधेसीको सहभागिताका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीले चुनावी तालमेल गरेको र यो सफल हुने दाबीसमेत गर्नुभयो । साथै उहाँले मधेशीको अधिकार प्राप्ति नभएसम्म मधेशीको लडाइँ समाप्त नहुने
More

प्रा. पिताम्बर शर्मा लण्डनमा

बेलायत-नेपाल प्रज्ञा परिषदको निम्तोमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा. पिताम्बर शर्मा लण्डन आइपुग्नुभएको छ । बेलायत-नेपाल प्रज्ञा परिषदकोतर्फबाट सोमबार बेलुका उहाँलाई हिथ्रो विमानस्थलमा अक्सफोर्ड विश्वविद्यालयमा डिफिलकी छात्रा क्याथरिन फिसरले स्वागत गरेकी थिइन्। प्रा शर्माले यही बिहीबार २३ नोभेम्बर बेलुका परिषदद्वारा स्कुल अफ ओरियण्टल एण्ड अफ्रिकन स्टडीज (सोआस) मा आयोजित एक समारोहमा १५ औं वार्षिक नेपाल प्रवचन दिनुहुनेछ। ‘नेपालको सङ्घीयता र विकास रणनीति’ विषयमा प्रा. शर्माले राख्नेन मन्तव्य नेपालको संविधान २०१५ अनुसार पहिलोपटक संघीय संसद तथा प्रान्तीय विधानसभाहरुको चुनाव भैरहेका बेला निकै उपयोगी हुने आयोजक संस्थाले जनाएको छ। “स्थानीय संरचना र शासन व्यवस्थालाई व्यवहारिक कार्यन्वयन कसरी गर्ने भन्ने विषयमा अध्ययनरत उच्चस्तरीय
More

बमको हल्लापछि सर्वोच्च अदालतको इजलास रोकियो

काठमाडौं । सर्वोच्च अदालतमा बम राखिएको हल्लापछि आजका लागि तोकिएका सबै इजलास रोकिएका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख वरिष्ठ उपरीक्षक रवीन्द्रकुमार धानुकले अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै फोन गरेपछि सर्वोच्च परिसरबाट सबै व्यक्तिलाई बाहिर पठाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बमको हल्लापछि हामीले सर्वोच्च परिसरभित्र खोजतलास जारी राखेका छौँ । अहिलेसम्म केही भेटिएको छैन ।” सर्वोच्चमा ४२८११७३ को ल्यान्डलाइन नम्बरबाट एक अपरिचित व्यक्तिले बम राखेको जनाउ दिएका थिए । इजलास शुरु हुन लागेका बेला आएको हल्लासँगै सर्वोच्चबाट हतारहतार न्यायाधीश, अधिवक्ता, कर्मचारी र सेवाग्राही बाहिरिएका थिए । अहिले सेनाको बम डिस्पोजल टोलीसमेत त्यहाँ पुगेको छ ।
More

मुगाबेलाई महाअभियोग लगाइँदै

हरारे । जिम्बावेको सत्तारुढ दल जानुपीएफले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्ध महाभियोग लगाउने प्रस्ताव गरेको छ । सो प्रक्रिया अघि बढाइने तयारी गरेको समाचारमा जनाइएको छ । आफ्नी श्रीमतीलाई संवैधानिक अधिकार दिने तयारी गरेको र यसबाट जिम्बावेको कानुनको उल्लङ्घन भएको भन्दै सोही आरोपमा उहाँलाई महाअभियोग लगाई जिम्बावेको राष्ट्रपतिबाट पदच्युत गरिन लागेको बताइएको छ । उहाँको आफ्नै राजनीतिक दलले राजिनामा दिन भन्दा पनि नमानेपछि सो महाभियोग प्रस्ताव मङ्गलवार नै संसद्मा पेश गर्ने तयारी गरिएको बताइएको छ । सत्तारुढ जानुपिएफ पार्टीले मुगाबेलाई सोमबारसम्ममा पदबाट राजीनामा दिन आदेश दिएको थियो । तर सो समय सकिइसकेको छ, उहाँले राजिनामा दिनुभएको छैन । सोही कारण नै
More

बम राखिएको हल्लापछि सर्वोच्च अदालतका इजलास स्थगित

५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा बम राखिएको हल्ला चलेपछि आजका सबै इजलास स्थगित भएका छन् । अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै सहरजिष्टार नारायण पन्थीलाई फोन गरेपछि इजलास खाली गराइएको हो । बम राखिएको हल्लापछि नेपाली सेनाको बम डिस्पोजल टोली सर्बोच्चमा पुगेको छ । भने सुरक्षाकर्मीले खानतलासी सुरु गरेका छन् । सबै इजलासहरु खाली गरी न्यायाधीशहरुलाई बाहिर निकालिएको छ । सर्वोच्च प्रशासनले आजका सबै इजलास र न्याय प्रशासनका काम नहुने जानकारी गराएको छ । – अनलाइन खबरबाट ।
More

विभिन्न रोगबाट पाँचको मृत्यु

चितवन । स्क्रब टाइफस, डेंगु र चिकनगुनियाका कारण कात्तिक महिनामा मात्रै जिल्लामा पाँच जनाको मृत्यु भएको छ । यो सहित चालु आवको चार महिनामा जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका नौ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये दुई जना चितवनका छन् भने अरु सबै बाहिरी जिल्लाका रहेका छन् । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाका अनुसार मृत्यु हुनेमा एक बालक, चार बालिका र चार महिला रहेका छन् । कात्तिकमा मात्र ती रोगका कारण पाँच जनाको मृत्यु भएको छ । असोजमा एक जना, भदौमा दुई जना र साउनमा एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमध्ये तीन जनाको
More