Daily Archives 23rd November 2017

NAGC Award in Kathmandu

Janasawal Media, a well-known media house in Nepal and Nepalese Association for Global Cooperation, an International Social Organization that stretched over the 31 countries in the world,  call for an application for NAGC International Journalism Award 2017. This awarded is presented to honor an excellent and well reputed international journalist, who actively involved in reporting, editing, anchoring, column writing or author from any parts of the world. The amount of this Award is U.S. Dollar One Thousand cash, Cristal Trophy and the Award certificate. The NAGC International Journalism Award 2017 will be presented amid a grand function in December 2017
More

ह्याप्पी थ्यान्क्स गिभिङ

अमेरिका पत्ता लागेपछी यहाँका आदीवासीहरु र आप्रवासीहरु मिलेर पहिलो फसलको उत्सव मनाएका थिए। सो बेला देखी थ्यान्क्स गिभिङको परम्परा सुरु भएको हो। अमेरिकाका सर्वाधिक लोकप्रिय राष्ट्रपती अब्राहम लिन्कनको घोषणा सङ्गै सन १८६३ देखी थ्यान्क्स गिभिङ पर्वलाई संयुक्त राज्य अमेरिकाको राष्ट्रिय पर्वको रुपमा मनाउन सुरु गरिएको हो। यो परम्परा सृस्‍टिकर्ता, पालनकर्ता, छरछिमेक, परिवार र मित्रजनहरु प्रती धन्यवाद र अभार प्रकट गर्ने अत्यन्त भावनात्मक र उच्च कोटिको मानविय उत्सव हो। प्रस्तुत छ, यो एैतिहासिक पर्वको अवसरमा नेपाल विश्व सहयोग संघका अध्यक्ष मणिनेपाली पनेरुको शुभकामना(कविता) विश्वभरका दिदी र बहिनी , मित्र र दाजु भाई धन्यवाद दिवस यो शुभ दिन वधाइ सबैलाई जगत दिने
More

फाल्गुनन्दको स्मृति कार्यक्रममा राष्ट्रपति भण्डारी आउँदै

इलाम । राष्ट्रपति विद्यादेवी भण्डारी यही मंसिर १० गते इलामको चुलाचुलीमा हुने राष्ट्रिय विभूति फाल्गुनन्दको १६ औँ स्मृति कार्यक्रमका लागि आउने कार्यक्रम तय भएको छ । चुलाचुली गाउँपालिका–१ कमलस्थित फाल्गुनन्द बहुभाषिक पाठशालाको दोस्रो वार्षिकोत्सवका अवसरमा राष्ट्रपति भण्डारी आउने कार्यक्रम तय भएको नुमाङ्गेना सेवा संघका अध्यक्ष डम्बर तुम्बापोले बताउनुभयो । फाल्गुनन्दका अनुयायी चेला किरात धर्म संरक्षक गुरू लाफायाङ देवबहादुर तुम्बापोको ७५औँ जन्मोत्सव परेको छ । “यो अवसरमा राष्ट्रपतिलाई निमन्त्रणा गरेका हौँ, उहाँ आउने पक्का भएको छ”– अध्यक्ष तुम्बापोले भन्नुभयो । राष्ट्रपति भण्डारीले राष्ट्रिय विभूति फाल्गुन्दको स्मारक अनावरण गर्ने, समाजसेवी, दातालगायतका विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम छ । विसं २०७२ देखि शुरू
More

प्रकाश दाहालको सम्झना

लाजिम्पाटनिवासमा बिहीबार आयोजना गरिएको श्रद्धान्जलि सभामा स्वर्गीय प्रकाश दाहालको तस्बिरमा माल्यार्पण गर्दै प्रकाशका श्रीमती र सुपुत्र । तस्बिर : प्रदीपराज वन्त
More

अश्लील फोटो सामाजिक सञ्जालमा राख्ने धर्मगुरु पक्राउ

काठमाडौं । युवतीहरुको अश्लील फोटो फेसबुक लगायत सामाजिक सञ्जालमा राखेको अभियोगमा एक जना धर्मगुरु पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चोभारस्थित गुम्बाका धर्मगुरु टुल्के लामालाई पक्राउ गरेको हो । धर्मगुरुविरुद्ध आधा दर्जन उजुरी परेको भन्दै प्रहरीले युवतीसँग अश्लिल सम्बन्ध राख्ने र अश्लिल फोटो सार्वजनिक गर्ने गरेकोबारे विद्युतीय कारोबार ऐन अन्तर्गत म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका धर्मगुरु ‘हाइप्रोफाइल’ व्यक्ति भएको र उनले शक्ति तथा पँहुचको दुरुपयोग गर्दै युवतीहरुसँग अश्लील सम्बन्ध राखी फोटो र भिडियो बनाउने गरेको प्रहरीको आरोप छ ।
More

चुनाव सरेको सपना देख्नमै ओली व्यस्त : प्रम देउवा

रोल्पा । प्रधानमन्त्री शेरवहादुर देउवाले चुनाव सरेको सपना नदेख्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस रोल्पाले आज रोल्पाको लिवाङमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले सरकार कुनै पनि मूल्यमा निर्वाचन गराएरै छाड्ने दृढता व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले निर्वाचन हुन लागेको छ, तर पूर्वप्रधानमन्त्री ओली भने चुनाव सरेको सपना देख्नमै व्यस्त रहेको छ भन्दै यस्तो सपना नदेख्न उहाँलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “ओलीजीले मंसिर २१ गते सम्म निर्वाचन सरेको सपना देखिरहनुहुन्छ ।” कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले आसन्न निर्वाचन देशमा लोकतन्त्रको संस्थागत गर्ने कि कम्युनिष्ट अधिनायकवाद लागु गर्ने भन्ने विषयको जनमत संग्रह जस्तै
More

पेट्रोलियम खानी उत्खननबाट नेपाल धनी हुन्छ : अध्यक्ष ओली

दैलेख । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भएको पेट्रोलियम पदार्थको खानी उत्खनन् गरेर नेपाल धनी बन्न सक्ने बताउनुभएको छ । नेपाल पानीमा मात्रै धनी नभएको उल्लेख गर्दै उहाँले आफू प्रधानमन्त्री भएको बेला तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डेयसहित चिनियाँ टोली दैलेख पठाई अध्ययन तथा अवलोकन गरेपश्चात पेट्रोलियम पदार्थको प्रचुर सम्भावना रहेको पाइएको जनाउनुभयो । यहाँ आयोजित चुनावी सभामा उहाँले वाम गठबन्धनको सरकार बनेपछि पहिलो काम पेट्रोलियम पदार्थको उत्खनन् हुने बताउनुभयो । अध्यक्ष ओलीले चुनावलगत्तै एमाले–माओवादी केन्द्रबीच पार्टी एकता गरिने दोहो-याउँदै उहाँले सार्वभौमसत्ता र नागरिक हकको प्रयोग तथा राज्यबाट नागरिकले पाउने सुविधालाई आशन्न निर्वाचनले नयाँ ढाँचामा परिवर्तन गरी राष्ट्रिय
More

स्वामी कमलनयनसहित पाँच पक्राउ

झापा । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले झापाको बिर्तामोडबाट स्वामी कमलनयनसहित पाँचजनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्वामीसहित नेपाल राष्ट्रवादी संयुक्त मोर्चाका केन्द्रीय अध्यक्ष रामचन्द्र बाँनिया (क्षेत्री), महासचिव सुरेन्द्र कार्की, जिल्ला अध्यक्ष कृष्णप्रसाद चुडाल, उपाध्यक्ष महेन्द्र भट्टराई रहेका छन् । बिर्तामोडस्थित साई पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर चुनावमा आफूहरू सहभागी नहुने र चुनाव तत्काल स्थगन गर्न उनीहरूले माग गरेका थिए । पत्रकारसम्मेलन सकिएको केहीबेरमै उनीहरूलाई प्रहरीले सोही प्यालेसबाट प्रेस विज्ञप्ति, मोर्चाको घोषणापत्रसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी
More

‘दलाई लामाले भ्रमको खेती गरे’

काठमाडौं । धर्मोदय सभाले भारतमा निर्वासन जीवन बिताइरहेका धर्मगुरु दलाई लामालाई भ्रम र झुटको खेती नगर्न आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गरी सभाले लामा जस्ता धार्मिक व्यक्तित्वले गौतमबुद्ध भारतमा जन्मिएका हुन् भन्ने अभिव्यक्ति दिनु आपत्तिजनक भएको जनाएको हो । संयुक्त राष्ट्र संघसमेतले बुद्ध नेपालमा जन्मिएका भनी यथार्थ मान्दै विश्व सम्पदा सूचीमा राखिसकेको तथ्य थाहा नपाएजस्तो गरी लामाबाट गौतमबुद्ध भारतमा जन्मिएका हुन् भनिनुले आफूहरुलाई दुखित बनाएको विज्ञप्तिमा उल्लेख छ ।
More

राजपा नेपालको घोषणापत्र सार्वजनिक

राजपा नेपालको आम निर्वाचन २०७४ घोषणापत्र जलेश्वरमा बिहीबार सार्वजनिक गर्दै राजपा नेपालका संयोजक महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलगायत । तस्बिर: संजीतकुमार मण्डल
More

मधेश आन्दोलनका मृतक परिवारलाई ५० लाख दिने : महतो

गौशाला । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेश आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई मधेश सरकारले रु ५० लाख दिने घोषणा गर्नुभएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज ‘राजपा नेपाल आम निर्वाचन, २०७४ घोषणापत्र सार्वजनिकीकरण कार्यक्रम’ मा सदस्य महतोले राजपा नेपालले आन्दोलन चलिरहेकै बेला घोषणा गरेको मधेश आन्दोलनका शहीद परिवारलाई रु ५० लाख दिने कुरा फेरि दोहो-याउनुभएको हो । नेता महतोले मधेश आन्दोलनमा सहादतप्राप्त गर्नुभएकाहरुका प्रत्येक परिवारलाई रु ५०÷५० लाख क्षतिपूर्ति दिनाका साथै परिवारका आश्रित बालबालिकालाई निःशुल्क उच्च शिक्षा र प्रत्येक परिवारबाट एक÷एकजनालाई मधेश सरकारले रोजगारी दिने प्रतिबद्धता पुनः प्रकट गर्नुभएको हो । धनुषा जिल्लाको क्षेत्र
More

देशका सबै युवायुवती हाम्रा छोरा प्रकाश हुन्

पुष्पकमल दाहाल (प्रचण्ड) हाम्रा प्रिय पुत्र कमरेड साकार दाहाल (प्रकाश) को श्रद्धाञ्जली सभामा यहाँहरुको सहानुभूतिपूर्ण उपस्थितिका लागि म र मेरो परिवार आभारी छौं । हाम्रो पारिवारिक शोकमा तपाईंहरुको ऐक्यबद्धता हाम्रा लागि धेरै महत्वपूर्ण छ । पीडामा साथ दिनुले खुशीमा साथ दिनुभन्दा धेरै महत्व राख्दछ । तपाईंहरुको साथले हामीलाई एक मात्र पुत्रको वियोगको पीडा सहन र पीडासँग लड्न धेरै शक्ति मिलेको छ । यही मंसिर ३ गते राति आकस्मिक हृदयघातबाट हाम्रा छोरा प्रकाशको असामयिक निधन भयो । उनी जम्मा ३६ वर्षका थिए । ३६ वर्ष संसार बुझ्न र बाँच्न अत्यन्त थोरै उमेर हो । कलिला दुई छोरालाई टुहुरा बनाएर उनी यति
More

काज सरुवा गर्ने निर्णयको सक्कल फाइल २४ घण्टाभित्र पेश गर्न निर्देशन

काठमाडौं । सरकारले छजना उपसचिवको काज सरुवा गर्न मागेको सहमतिलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ । गृह मन्त्रालयले ती उपसचिवको सरुवाको सहमतिका लागि पत्र लेखी पठाएकामा सहमति प्रदान नगर्ने निर्णय भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । आयोगले पत्र पाएको २४ घण्टाभित्र काज सरुवा गर्ने निर्णयसम्बन्धी सक्कलै फाइल उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले काज सरुवा गरेका उपसचिव, राजपत्राङ्कीत द्वितीय श्रेणीका छजना कर्मचारीमध्ये तीनजना प्रमुख जिल्ला अधिकारी रहेका छन् । गृह मन्त्रालयले यही मंसिर ५ गते काज सरुवाका लागि पत्र पठाएको थियो । निर्वाचन आचारसंहिता लागू भएको अवधिमा आयोगको सहमति नलिई सरुवा गर्न वा काज
More

सिन्धुपाल्चोकमा पशुपतिशमशेरका दुई छोरीको कसरत

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा बाबुलाई जिताउन पशुपति शम्शेर राणाका दुई छोरी लागि परेका छन् । राप्रपा प्रजातान्त्रिक र नेपाली काँग्रेसका संयुक्त गठबन्धनलाई भोट माग्दै जिल्लाको हिमाली गाउँ पुगेका दुई छोरी उर्बसी र देवयानीले यो पटक लोकतान्त्रिक गठबन्धनलाई जिताएर सिन्धुपाल्चोकमा विकासको जग मजबुत बनाउन आग्रह गरेका हुन् । पैतिस वर्ष अघिदेखि सिन्धुपाल्चोकलाई कर्म थलो बनाएर चुनावमा भाग लिँदै आउनुभएका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष ७६ वर्षीय राणा यस पटकको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा हुनुहुन्छ । ती दुई छोरीले यसअघि ०७० सालको संविधानसभा निर्वाचनमा पनि सिन्धुपाल्चोकका केही क्षेत्रमा पुगेर आफ्ना बाबुलाई भोट माग्न सघाएकामा यस पटक
More

हिमाली क्षेत्रमा १ मत बटुल्न ४ हजार खर्च, ३ दिनको यात्रा

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाको याङ्मा र गोला भारत र चीनको सिमानामा अवस्थित छन् । यी दुई ताप्लेजुङको अत्यन्त विकट स्थान हुन् । याङ्मा र ग्याब्लामा क्रमशः ५७ र ४९ जना मतदाता छन् । यहाँको एक मत सुरक्षित गर्न सुरक्षाकर्मीको खर्च बाहेक निर्वाचन आयोगले मात्र रु चार हजार भन्दा बढी खर्च गर्नुपर्छ र तीन दिनको एकतर्फी यात्रा गर्नुपर्ने वाध्यता छ । मुलुककै तेस्रो ठूलो जिल्लाको रुपमा रहेको ताप्लेजुङको आधा भूगोल यिनै दुई स्थानले ओगट्छ । कुनै पनि राजनीतिक दलका नेता भोट माग्न त्यहाँ पुग्न सक्दैनन् । यही मंसिर १० गते हुन गइरहेको निर्वाचनको प्रचारप्रसारका क्रममा प्रतिनिधिसभाका वाम गठबन्धनका साझा उम्मेदवार योगेश
More

बेलायतमा नर्सको तलब बढ्ने

बेलायतमा सात वर्षपछि नर्सहरूको तलब बढ्ने भएको छ । अर्थमन्त्री फिलिप ह्यामण्डले बेलायती संसदमा यस वर्षको बजेट प्रस्तुत गरेसँगै नर्सहरूको तलब बढाइने बताएका हुन् । सरकारी खर्च कटौती गर्ने अभियानमा बेलायती सरकारले सन् २०१० देखि सरकारी सेवाको तलब बृद्धिमा १% को क्याप लगाएको थियो । वार्षिक मूल्यबृद्धि १% भन्दा माथि रहेकोले नर्सहरुको तलब बृद्धि ‘निगेटिभ’ रहँदै आएको थियो । बेलायतमा कार्यरत झन्डै २० हजार नेपाली नर्स र स्वास्थ्यसहायक पनि यसबाट लाभान्वित हुनेछन् । अर्थमन्त्रीले तलब बढ्ने स्पष्ट सङ्केत गरे पनि कति बढ्छ भन्ने भने बताएनन् ।’एजेन्डा फ़र चेन्ज’ नाम दिइएको सरकारी स्वास्थ्य सेवामा काम गर्ने नर्स र हेल्थ केयर स्टाफहरूको
More

काँग्रेस सभालाई लक्षित गरी सकेट बम

चरिकोट । नेपाली काँग्रेसको आमसभालाई लक्षित गरी राखिएको सकेट बम आज नेपाली सेनाले निष्क्रिय पारेको छ । सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका– ६ को वडाकार्यालयको गटेमा राखिएको उक्त सकेट बम नेपाली सेनाको रणभीम गणको डिस्पोजल टोलीले निष्किृय पारेको हो । सकेट बम राखिएको स्थानमा काँग्रेसले आज आमसभाको आयोजना गरेको छ । उक्त आमसभालाई काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले सम्बोधन गर्ने कार्यक्रम छ । स्थानीयवासीले शंकास्पद वस्तु देखेपछि खबर गरेका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो ।
More

कांग्रेस उम्मेदवारले कसरी बचाए सुत्केरीको ध्यान

रुकुम । सुत्केरी बेथाले घरमै ग्रस्त पश्चिमकी एक महिलाको ज्यान नेपाली काँग्रेसका उम्मेदवारले बचाएका छन् । काँग्रेस रुकुम पश्चिममा प्रदेश सभा ‘ख’ का उम्मेदवार खड्कबहादुर डाँगीले त्रिवेणी गाउँपालिका–४ की मीना केसीको ज्यान बचाउनुभएको हो । आर्थिक अवस्था कमजोर भएका कारण घरमै सुत्केरी बेथा शुरु भए पनि उनलाई स्वाथ्य चौकी पु-याउन समस्या भएको थियो । उम्मेदवार डाँगी चुनावी प्रचारको सिलसिलामा त्यहाँ पुग्दा छटपटाइरहेको देखेपछि आफ्नै गाडीमार्फत केसीलाई उपचार गर्न जिल्ला अस्पताल सल्लेमा पु-याएका थिए । नाजुक बन्दै गएको मीनाको स्वास्थ्य अवस्था अस्पताल पुगेपछि अहिले सामान्य बन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । मत माग्नका लागि भन्दा पनि मानवीय सेवाका लागि आफूले मीनालाई
More

विकासको नेतृत्व गर्छु : डा राणा

धनगढी । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुभएकी काँग्रेस नेत्री डा आरजु राणा देउवाले आफूले विकास समृद्धिका लागि नेतृत्व गर्ने बताउनुभएको छ । कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रत्यासी हुनुभएकी डा राणाले आज यहाँ गरिएको पत्रकार सम्मेलनमा यो क्षेत्रमा नदी र खोलामा तटबन्ध, ऐलानी पर्ती जग्गाको बसोबास, गरिबी, उचित बाटोघाटो, गुणस्तरीय स्वास्थ्य सेवालगायतका क्षेत्रमा देखिएको समस्या समाधानका लागि आफूले पहल गर्ने उल्लेख गर्नुभयो । डा राणाले कम्युनिस्ट व्यवस्थामा प्रेस र नागरिक स्वतन्त्रता नहुने, खुला बजारको प्रतिस्पर्धा हुन नपाउने र सम्पत्तिको उपभोगसमेत गर्न नपाउने बताउँदै चुनावमा लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभयो ।
More

मत माग्दै देवयानी

सिन्धुपाल्चोक क्षेत्र–२ का उम्मेदवार राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाकी छोरी देवयानी चुनाव प्रचारप्रसारका लागि घरदैलो कार्यक्रममा सहभागी हुँदै । ७६ वर्षीय राणा यस पटकको निर्वाचनमा राप्रपा प्रजातान्त्रिक र नेपाली काँग्रेसका संयुक्त गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा हुनुहुन्छ । तस्वीर: आदित्य दाहाल
More