Daily Archives 24th November 2017

‘काँग्रेसले मात्रै देशलाई समृद्ध बनाउन सक्छ’

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा उम्मेदवार एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले मात्रै देशलाई समृद्ध बनाउन सक्ने बताउनुभएको छ । बबरमहल क्षेत्रमा आज आयोजित कार्यक्रममा नेता सिंहले काँग्रेसको ठीक नीति र त्यसको सही कार्यान्वयनबाट नै देश समृद्धिको अभियानमा अघि बढेको जिकिर गर्दै भन्नुभयो, “देशमा भ्रष्टाचार नियन्त्रण गर्न र गरिबी अन्त्य गर्न काँग्रेसबाहेक अरु कसैले सक्दैन, देशको राजस्व पहिले रु छ अर्ब थियो, अहिले ६०० अर्बभन्दा बढी भइसकेको छ, यो काँग्रेसका कारण सम्भव भएको हो ।” पूर्वउपप्रधानमन्त्री सिंहले काँग्रेसले राज्यको ढुकुटी मजबुत गर्नका लागि उदार आर्थिक नीति अपनाएकाले देश उन्नतिको बाटामा अगाडि बढेको बताउनुभयो । “नेपाली
More

काँग्रेस नेता निधिलाई निमोनिया

काठमाडौं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिमा निमोनिया देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि धनुषाको चुनावी अभियान छाडेर यही मंसिर ४ गते काठमाडौँ आई चाबहिलस्थित ओम अस्पतालमा भर्ना हुनुभएका निधिलाई फोक्सोमा संक्रमण देखिएको हो । धनुषा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार निधिको उपचारमा संलग्न ओम अस्पतालका छातीरोग विशेषज्ञ डा सुबोधसागर ढकालले निधिको फोक्सोको संक्रमणका कारण निमोनिया देखिएकाले अझै एक हप्ता अस्पतालमै चिकित्सकको निगरानीमा रही उपचार गराइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उहाँको जाँच गर्दा निमोनिया देखिएको छ, हामीले एक हप्ताको एन्टिबायोटिक औषधि चलाएका छौँ, धेरै जनासँगको भेटघाट र उठबसले निमोनिया सरेको हुन सक्छ, अरु सबै जाँच सामान्य छ
More

प्रदेश नम्बर ४ मा पहिलो चरणमा काँग्रेस सबल भएको निष्कर्ष (तथ्यांकसहित)

पोखरा । प्रतिनिधिसभा र प्रदेशसभाको यही मंसिर १० हुने पहिलो चरणको निर्वाचनमा प्रदेश नम्बर ४ का निर्वाचन क्षेत्रहरुमा नेपाली काँग्रेसले अग्रता कायम गर्ने देखिएको छ । प्रदेश नम्बर ४ को गोरखा, लमजुङ, मनाङ, बागलुङ, म्याग्दी र मुस्ताङमा यहि मंसिर १० गते पहिलो चरणको निर्वाचन हुँदैछ भने कास्की, तनहुँ, स्याङ्जा, पर्वत र नवलपरासीको बर्दघाट पुर्वका दुई क्षेत्रमा दोस्रो चरण अन्तरगत मंसिर २१ गते निर्वाचन हुँदैछ । हिमाली जिल्ला मनाङमा प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका टेकबहादुर गुरुङ र नेकपा एमालेका पोल्डेन छेपाङ गुरुङका बीच सिधा प्रतिस्पर्धा हुँदैछ । मनाङका ४ वटा स्थानिय तहमा नेपाली काँग्रेसबाट धेरै जनप्रतिनिधि सभाहरु निर्वाचित भएकोले मात्र नभई
More

आक्रमणका घटना नदोहो-याउन काँग्रेसको चेतावनी

काठमाडौं । नेपाली काँग्रेसले निर्वाचनको संघारमा आफ्ना कार्यकर्तालाई लक्ष्य गरी नेकपा (एमाले)का कार्यकर्ताबाट भौतिक आक्रमण भएको भन्दै त्यस्ता क्रियाकलाप नदोहो-याउन चेतावनी दिएको छ । काँग्रेसले आज विज्ञप्ति जारी गरी पहिलो चरणको निर्वाचनको संघारमा बाजुरा र धादिङमा काँग्रेसका कार्यकर्ताको हत्या नै गर्ने मनशायले एमाले कार्यकर्ताबाट भौतिक आक्रमण भएको भनी निन्दा गरेको छ । “यस घटनाले शान्तिपूर्ण एवं निर्बाधरुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि ठाडो उल्लंघन गरेको छ र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ । यस प्रकारका अवांछित क्रियाकलाप पुनःनदोहो-याउन काँग्रेस चेतावनी दिन चाहन्छ”, पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल जारी विज्ञप्तिमा उल्लेख छ । बाजुराको
More

विदेशबाट फर्केका कामदारलाई तालीम

काठमाडौं । विदेशबाट श्रम गरेर नेपाल फर्केका कामदारलाई आल्मुनियम फेब्रिकेटर र इलेक्ट्रिसियन पुनर्ताजगी तालीम दिइएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको आर्थिक सहयोगमा नेपाल निर्माण व्यवसायी महासंघको आयोजना र इन्द्रेणी पोलिटेक्निक इन्स्टिच्युटको व्यवस्थापनमा उक्त तालीम प्रदान गरिएको हो । झापाको दमक र मोरङको राधानगरमा कात्तिक ३० गतेदेखि सञ्चालन भएको सो तालीममा इलेक्ट्रिसियनतर्फ १६ र आल्मुनियम फेब्रिकेटरतर्फ २४ जनाको सहभागिता थियो । समापन कार्यक्रममा महासंघका उपाध्यक्ष, अनुसन्धान तालीम तथा विकास समितिका संयोजक रुद्र शर्मा, महासचिव रामशरण देउजा, राष्ट्रिय सीप परीक्षण समितिका उमेशकुमार उप्रेती, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का निर्देशक महेश भट्टराई, आल्मुनियम फेब्रिकेटर्स एशोसिएसन नेपालका अध्यक्ष तेज राईलगायतको सहभागिता रहेको थियो
More

कान्तिलोकपथ बामपन्थीको मागी खाने भाँडो भएको थियो: उदयशमशेर

काठमाडौं । कांग्रेसबाट ललितपुर क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार उदय शम्शेर राणाले विकास गर्नेलार्इ मत दिन मतदाताहरुलार्इ आग्रह गरेका छन् । दक्षिण ललितपुरको ठूलादुर्लुङमा चुनावी घरदैलो कार्यक्रमपछि आयोजित सभालार्इ सम्बोधन गर्दै उम्मेदवार राणाले ललितपुर क्षेत्र नं १ को विकासका लागि आफूले निकै संघर्ष गरेको बताएका हुन् । उनले भने, ‘आज यो क्षेत्रमा जति विकास भएकोछ त्यो आफै भएको होइन, यसका लागि मैले सिंहदरवारका धेरै ढोका चहारेको छु ।’ उनले आफूले चुनाव जितेपछि ४ बर्षमा २५ बर्षमा भएको विकास भन्दा दश गुणा बढी विकास भएको दावी गर्दै भने, ‘उदय शम्शेरले केही नगरेको भए कसरी करोडौं र अर्वौंका बजेटहरु आए,
More

मधेश एक राष्ट्र हुँदै होइन : केशव झा, महासचिव, राजपा

हिजो बिहीबार जलेश्वरबाट राष्ट्रिय जनता पार्टी (राजपा) को घोषणापत्र सार्वजनिक भयो भन्ने जानकारी मैले मिडियामार्फत् प्राप्त गरेँ । घोषणापत्र सार्वजनिक हुनुभन्दा अगाडि पार्टीका जिम्मेवार व्यक्ति कसैलाई पनि सूचना प्राप्त भएन । हामी चुनाव प्रचार प्रसारमा थियौं, घोषणापत्र सार्वजनिक हुने जानकारी नआएकाले हामी उपस्थित भएनौं । घोषणापत्र निर्माण गर्ने जिम्मा अध्यक्षमण्डललाई दिइएको थियो । तर अध्यक्षमण्डलले अन्य पदाधिकारीलाई यस विषयमा जानकारी नै नगराइ घोषणापत्र सार्वजनिक होला भन्ने कल्पना पनि गरेका थिइँन । घोषणपत्रमा उल्लेख भएको ‘बहुराष्ट्रिय’ शब्दप्रति हाम्रो आपत्ति हो । यो विषयले विवाद निकालेको छ । ‘राष्ट्र’ बारे राजनीतिक शास्त्रमा एक प्रकारको परिभाषा छ, त्यसलाई फरक देखाउने काम राजपाको घोषणापत्रले
More

उपत्यकाको जनजीवन सामान्य

काठमाडौं । आज नेपाल बन्द रहेको हल्ला चलेपनि उपत्यकाको जनजीवन सामान्य अवस्थामै रहेको छ । बन्दका हल्लाका कारण कारण केही शिक्षण संस्था बन्द रहेपनि बजार, कलकारखाना, यातायातलगायत भने सामान्य दिनमाझै यथावत् चलिरहेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्रकुमार धानुकले बन्दको कुनै प्रभाव उपत्यामा नपरेको बताउनुभयो । बन्दको हल्लाका कारण बिहान न्यून मात्रामा सार्वजनिक सवारीसधान चलेपनि दिउँसोदेखि उल्लेख्य मात्रामा सवारीसधान चलेका छन् । आज नेपाल बन्द रहेको हल्ला चलेपनि कुन पार्टी वा संगठनले बन्द आह्वान गरेको भन्ने नखुलेपछि यो केवल हल्लामात्रै रहेको आँकलन गरिएको छ । बन्द आह्वान गरेको भनिएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी
More

नेता पौडेललाई पार्टीमा स्वागत

चितवन रत्ननगरका काँग्रेस नेता त्रिलोचन पौडेललाई पार्टीमा स्वागत गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली, नेता माधव नेपाल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर : नारायण ढुंगाना
More

एशिया छनोट क्रिकेटमा नेपालको पहिलो जित

काठमाडौं । थाइल्याण्डमा जारी आइसिसी महिला टि–ट्वेन्टी विश्वकप एशिया छनोटमा नेपालले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको चौथो खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि नेपालले खेलेको तीन खेलमध्ये दुई खेल वर्षाले प्रभावित भएको थियो भने एक खेलमा पराजित भएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रनको योगफल बनायो । जवाफी ब्याटिङमा उत्रेको मलेसिया २० ओभरमा सात विकेट गुमाउँदै ७५ रनमा समेटियो । यस जितसँगै चार खेल खेलेको नेपालको चार
More

बुढीगण्डकी निर्माणको जिम्मा विद्युत प्राधिकरणलाई

काठमाडौ । सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण स्वदेशी लगानीमै गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले बैठकले १२ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजना निर्माणको जिम्मा नेपाल विद्युत प्राधिकरणलाई दिने निर्णय गरेको हो । सो आयोजना ८ वर्षभित्र निर्माण सम्पन्न गर्ने सरकारले राखेको छ । बैठकपछि ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जामन्त्री कमल थापाले बुढीगण्डकी आयोजना स्वदेशी लगानी र स्वदेशी प्रविधि प्रयोग गरेर बनाइने उल्लेख गरे । यसका लागि १५ दिनभित्र एक समिति निर्माण हुने र उसले दिएको रिर्पोटका आधारमा काम थालिने उनले बताए । आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने सम्झौता खारेज गरेको करिव एकसातापछि सरकारले उक्त
More

मतदान केन्द्रको धमाधम निर्माण हुँदै

काठमाडौं । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा सम्पुर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार निर्वाचनका लागि सुरक्षाकर्मी सहित मतदान अधिकृत र सहयोगी कर्मचारीको टोली तोकिएका मतदान केन्द्रमा बिहीबार बेलुकी नै पुगिसकेका छन् । मतदान केन्द्रमा पुगेर टोलीले चार किल्ला र निधेषित क्षेत्र तोक्ने काम गरिसकेका छन् । आजवाट मतदान अधिकृतहरुले सर्वदलीय बैठक राखेर निर्वाचनको आवश्यक तयारी गर्ने बताइएको छ । साथै मतदान केन्द्रमा मत हाल्ने स्थानको निर्माण लगायतको काम पनि आजैवाट शुरु हुने निर्वाचन आयोगले जानकारी दिएको छ । मतदान केन्द्र सुरक्षाका लागि तीन घेरामा सुरक्षाकर्मी खटाइएको छ । नेपाल प्रहरी पहिलो घेरामा, सशस्त्र
More

हल्लाको बन्दले जनजीवन प्रभावित

काठमाडौं । काठमाडौं नेपाल बन्दको हल्लाका कारण आज विहान काठमाडौं उपत्यकामा निक्कै कम सवारीका साधन चलेका छन् । उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको संख्या कम रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र पूर्व माओवादी लडाकु समूहले नेपाल बन्द आब्हान गरिएको हल्लाका कारण उपत्यकामा कम मात्रामा सवारी साधन चलेका हुन । वन्दको हल्लाका कारण धरान, उदयपुर, दाङ, नेपालगञ्ज लगायतका क्षेत्रमा पनि निक्कै कम मात्रै सवारी साधन चलेको हाम्रा सहकर्मीहरुले जनाएका छन् । केही दिनदेखि नै बन्दको हल्ला चलेका कारण विहान देशका प्रमुख शहरमा चहलपहल कम देखिएको सुरक्षाकर्मीले बताएका छन् उता बन्द आब्हान गरेको
More

पत्नी सीता र छोरी रेणुसहित प्रचण्ड आजदेखि चुनावी अभियानमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबारदेखि चुनावी अभियानमा सहभागी हुनुहुने भएको छ । छोरा प्रकाश दाहालको यही मंसिर ३ गते हृदयाघातका कारण निधनपछि चुनावी अभियान स्थगन गर्नुभएका अध्यक्ष दाहाल शुक्रबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने चुनावी कार्यक्रममा सहभागी हुने उहाँका प्रेस संयोजक मनहरि तिमिल्सेनाले जानकारी दिनुभयो । तिमिल्सेनाले भन्नुभयो, “उहाँको निर्वाचन क्षेत्रमा चुनावी अभियान धेरै बाँकी रहेकाले आजदेखि घरदैलोसहित सानासाना चुनावी कार्यक्रममा सहभागी हुनुहुन्छ ।” अध्यक्ष दाहाल चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको छ । तिमिल्सेनाले शुक्रबार र शनिबार बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित
More

करेन्ट लागेर २ को मृत्यु

दाङ । दाङको देउखुरीको राप्ती खोलामा टिपर सफा गर्ने क्रममा बिहीबार बेलुकी करेन्ट लागेर टिपरका चालक र सहचालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मकवानपुर जिल्ला वडीगाउँ नगरपालिका निवासी चालक २८ वर्षीय चन्द्रबहादुर वाइबा र सहचालक १७ वर्षीय कुमार थिङको मृत्यु भएको हो। अर्घाखाँची सिमेन्ट उद्योगमा समान झारेर नजिकै रहेको खोलामा टिपरको पछिल्लो भाग उठाएर सफा गर्ने क्रममा नजिकै रहेको विद्युत् हाइटेन्सनको करेन्ट प्रवाह भएर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे मृतकका परिवारमा जानकारी गराइसकेको मृतकको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको बताइएको छ। -डिसी नेपालबाट ।
More

जान्नुस् मतदान गर्ने तरीका

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदाताले तीनवटा मतपत्रमा मतदान गर्नुपर्नेछ । तीनवटै मतपत्र फरक–फरक छन् । मतदाताले यी तीन मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नुपर्नेछ । निर्वाचन आयोगका अनुसार सबैभन्दा पहिला प्रतिनिधिसभा सदस्यका लागि मत हाल्न मतदाताले हरियो रङको मतपत्र प्राप्त गर्नेछन् । सो मतपत्रमा आफूले रोजेको उम्मेदवारको चिह्नमा छाप लगाएर मतपेटिकामा खसालेपछि मतदाताले कालो रङको मतपत्र प्राप्त गर्नेछन् । यो मतपत्र प्रदेश सभा सदस्य चयन गर्नका लागि हो । आफूले रोजेको उम्मेदवारको चिह्नमा छाप लगाएर कालो रङको मतपत्रलाई मतपेटिकामा खसालेपछि मतदाताले रातो रङको मतपत्र प्राप्त गर्नेछन् । रातो रङको मतपत्र समानुपातिकतर्फ मतदान गर्नका लागि हो । यस मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभाका लागि
More

मौन अवधिको पूर्वसन्ध्यामा हवाइ फायरिङ

मौन अवधि शुरु हुनुभन्दा केही समय अगाडि राजनीतिक दलका कार्यकर्ताबीच झडप हुने स्थिति आएपछि गएराति ११ बजे दक्षिणी रसुवाको कालिकास्थान क्षेत्रमा हवाइ फायरिङ भएको छ । लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका कार्यकर्ताबीच एकआपसमा भिडन्त हुन थालेपछि १३ राउण्ड हवाइ फायरिङ गरिएको र अहिले त्यस क्षेत्रको स्थिति सामान्य रहेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताएका छन् । मतदातालाई सुरक्षाको प्रत्याभूति दिलाउन थप सुरक्षा गस्तीलाई तीव्रता दिइएको पनि उनले जानकारी दिए । -टिभि अन्नपूर्ण
More

मन्त्रीलाई लक्षित गरी बम बिष्फोट

उद्योग मन्त्री तथा प्रतिनिधिसभाका उम्मेदवार सुनीलबहादुर थापालाई लक्षित गरी धनकुटामा आज बम विष्फोट गराईएको छ । धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमी गाउँपालिकाको साप्तिङटार नजिक फक्सिङ खोलामा अज्ञात समूहले बिहान सााढे ७ बजेतिर बम विष्फोट गराएको स्रोतले जनाएको छ । प्रहरी प्रमुख सुदिप राजभण्डारीले विष्फोट भएको पुष्टि गरेका छन् । थप विवरण भने प्राप्त नभएको उनले बताए । घटनास्थलतर्फ प्रहरी परीचालन गरिएकोले विस्तृत विवतरण प्राप्त हुन नसकेको राजभण्डारीले जानकारी दिए । यसैगरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । राप्रपा प्रजातान्त्रिकका महामन्त्री समेत रहेका थापा चुनावी अभियानका क्रममा साप्तिङटार जादै थिए । उक्त समुहले मन्त्रीलाई लक्षित गरी
More

प्रकाशमान श्रेष्ठद्वारा श्री दुर्गाविनायक मन्दिरको शिलन्यास

दोस्रो चरणमा हुने निर्वाचन, प्रतिनिधि सभाका काठमाण्डौ क्षेत्र नं १ का प्रत्यक्ष तर्फका नेपाली काङ्ग्रेसका उम्मेद्वार प्रकाशमान सिंह श्रेष्ठद्वारा आज बिहान ८ः १५ बजे डाँफेमार्ग, बबरमहलमा गणेश , भिमसेन ,भगवती , सरस्वती र लक्ष्मीको श्री दुर्गाविनायक मन्दिरको पुजासहित शिलन्यास भएको छ । श्रेष्ठले चुनाव प्रचारप्रसारको क्रममा उक्त शिलन्यास कार्यक्रम सम्पन्न गरेका हुन् ।
More

काङ्ग्रेस उम्मेद्वारको घरदैलो बबरमहलमा

काठमाण्डौ –काठमाण्डौ क्षेत्र नं १ प्रतिनिधि सभाका काङ्ग्रेस उम्मेद्वार प्रकाशमान श्रेष्ठ लगायत प्रदेश सभा तथा समानुपातिक तर्फका उम्मेद्वार पनि भोट माग्न घरदैलो कार्यक्रममा हिँडेका छन् । बबरमहल , बिजुलीबजारतिर श्रेष्ठको घरदैलो कार्यक्रम आज रहेको छ । काङ्ग्रेस कार्यकर्तासहित उम्मेद्वारहरु घरदैलोमा हिँडेका छन् । मङ्सिर २१ मा हुने दास्रो चरणको निर्वाचनको लागि उम्मेद्वारहरु भोट माग्न हिँडेका हुन् । पहिलो चरणको निर्वाचनको लागि भने मौन अवधि सुरु भइसकेको छ ।
More