Daily Archives 25th November 2017

ताप्लेजुङको मतदान केन्द्रमै बम विस्फोट, तयारी अन्यौलमा

फुङलिङ । ताप्लेजुङको सदरमुकाम फुडलिङस्थित भानु जन उच्च माध्यामिक विद्यालयमा मतदान केन्द्र निर्माणकै क्रममा बम विस्फोट भएको छ । शनिवार दिउसो निर्वाचनमा खटिएका कर्मचारी र प्रहरीले मतदान केन्द्र निर्माण गरिरहेको समयमा बम विस्फोट भएको हो । बम विस्फोटपछि मतदान केन्द्र निर्माणको काम प्रभावित भएको छ । मतदान केन्द्रमा खटिएका निर्वाचन अधिकृतले थप सुरक्षा प्रवन्ध नमिलाई निर्वाचन गर्न नसकिने बताएका छन् । विस्फोटपछि मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले भने थप सुरक्षाको प्रवन्धको माग गर्दै मतदान केन्द्रमा तयारी वन्द गरेका छन् । तीन तहको सुरक्षा ब्यवस्था भनेपनि मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी बाहेक अरु कोही नआएको निर्वाचनमा खटिएका कर्मचारीले गुनासो
More

निर्वाचनको सुरक्षा तयारी पूरा : गृह मन्त्रालय

काठमाडौं । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा गृहसचिव मोहनकृष्ण सापकोटाले निर्वाचनका लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको भन्दै ढुक्क भएर मतदान गर्न सबैमा आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा मजबुत सुरक्षा व्यवस्था प्रदान गरी शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा मन्त्रालय र सुरक्षा निकाय सजग र संवेदनशील रहँदै आएको छ ।” उहाँले निर्वाचनपूर्वको सुरक्षा तयारी पूरा गर्दै अब निर्वाचनको दिनको सुरक्षा व्यवस्थामा मन्त्रालय लागेको जानकारी दिनुभयो । निर्वाचनमा सुरक्षा निकायको हवाई र पैदल गस्ती हुने
More

पहिलो चरणको मतदान बिहान ७ बजेदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणमा भोलि मंसिर १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आइतबार बिहान ७ बजे आ–आफ्नो मतदान केन्द्रमा उत्साहका साथ उपस्थित हुनु भई मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई आग्रह गर्नुभयो । संविधान कार्यान्वयनकै महत्वपूर्ण कडीका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा हँुदैछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ
More

युवाले स्वदेशमै रोजगारी पाउने ओलीको जिकिर

दमौली । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्षेनी ४० लाख युवा बेरोजगार भएर विदेशिन बाध्य भएकाले स्थायी सरकार आएपछि मात्रै उनीहरुले स्वदेशमै रोजगारी पाउने बताउनुभएको छ । एमाले क्षेत्र नं २ तनहुँद्वारा आज खैरेनीटारमा आयोजित चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र उद्योगधन्दा स्थापना गर्न पनि मुलुकभित्र स्थिर र टिकाउ सरकारको आवश्यकता रहेकाले वाम गठबन्धनलाई सहयोग गर्न आग्रह गर्नुभयो । काँग्रेसले लामो समय देशमा शासन गरे पनि जनताको हितमा काम गर्न नसकेको आरोप लगाउँदै नेता ओलीले चुनावपछि एमाले –नेकपा(माओवादी केन्द्र) गठबन्धनले स्थायी सरकार बनाउने र त्यसपछि पार्टी एकता गरी देश विकासमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । सभामा माओवादी केन्द्रका
More

न्याय माग्न मस्जिदमा

दुई बर्षसम्म प्रेम गरेर तिलकको लोभमा अर्कै किशोरीसँग विवाह गर्ने खोज्ने केटा विरुद्ध न्याय माग्न मुस्लिम किशारी आमा र सहयोगीसँग इटहरीको मस्जिदमा । तस्वीर : याम प्रधान
More

तीब्र विकास गर्न चुनाव लड्न कैलाली आएको : डा. आरजु

धनगढी । सकारले धनगढीमा रहेको सेती अञ्चल अस्पतालको स्तरोन्नती गर्ने निर्णय पारित गरेको छ । कैलाली क्षेत्र नम्बर ५ का नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेतृ डाक्टर आरजु राणा देउवाको विषेश पहलपछि सरकारले सेती अञ्चल अस्पताललाई तीन सय सैøयाको अस्पताल बनाउने निर्णय पारित गरेको जनाइएको छ । मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले हाल एक सय ५० शैय्याको अञ्चल अस्पतालको स्तरोन्नती गरी तीन सय शैय्याको बनाउने निर्णय गरेको छ । यससंगै यो अस्पताल क्षेत्रीय अस्पतालका रूपमा स्तरोन्नती हुने बाटो खुलेको छ । प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर आरजुले एक साताअघि अस्पतालको निरीक्षणका क्रममा स्तरोन्नतीका लागि विशेष पहल गर्ने बताउनु भएको थियो
More

कतारमा प्रदेश नं १ को समन्वय समिति

कतार । प्रदेश सभाको निर्वाचन हुनु केहि दिन अगाडि कतारमा प्रदेश स्तरिय संस्था स्थापना भएको छ । बिशेष गरी कतार स्थापित भई कतार र नेपालका आ–आफ्नो क्षेत्रमा उल्लेखनिय गतिविधिहरु गरिरहेका १ नं. प्रदेश अन्र्तगतका जिल्ला संस्थाहरुलाई समन्वय गर्ने उद्देश्यका साथ प्रदेश नं. १ समन्वय समिति गठन भएको छ । प्रदेश १ नं. अन्र्तगतका जिल्ला संस्थाका प्रमुख, पुर्व प्रमुख, अग्रज तथा प्रतिनिधिहरुको भेलाले चुडामणी कार्की (झापा) को संयोजकत्वमा प्रकाश गुरुङ (खोटाङ) र रामसागर मेहता (सुनसरी) सह–संयोजक, टि. एन. बराल (मोरङ) सदस्य-सचिव, गोपाल खतिवडा (ताप्लेजुङ) आर्थिक संयोजक एवं प्रदेश नं. १ का १४ वटा जिल्लाबाट १/१ जना प्रतिनिधि सदस्य रहने गरी १९
More

जिप दुर्घटनाः प्रहरी निरीक्षकसहित सातको मृत्यु

रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–६ साँखमा जिप दुर्घटना हुँदा प्रहरी निरीक्षक नवदम्पतीसहित सात जनाको मृत्यु भएको छ । रुकुम पूर्वीको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम खलंगा आउँदै गारको ग १ ज ४२६० नम्बरको जिप मुसीकोट नगरपालिका–६ साँखमा शुक्रबार साँझ करिब ८ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा रुकुम पूर्वी सिस्ने गाउँपालिका–५ रुकुमकोटका नवीन श्रेष्ठ र उहाँका श्रीमती अनिता प्रधान, मुसीकोट नगरपालिका–१ का सुदन श्रेष्ठ, उहाँका बुबा शेरबहादुर श्रेष्ठ र दिदी सुरेखा शाह श्रेष्ठ तथा मुसीकोट–१ भलिबल खेलका राष्ट्रिय रेफ्री जनक शाह र त्रिवेणी गाउँपालिका–१ की यमुना मल्ल रहेका छन् । मृतक
More

करणी गरेको अभियोगमा बालक पक्राउ

गाईघाट । जर्वजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१२ बोटे टोलका १३ वर्षीय बालक रहेको छ । घरमा अभिभावक नभएको मौका छोपेर तीन वर्षीया छिमेकी बालिकालाई अम्बा र केरा खान दिन्छु भनेर ललाई फकाई कोठामा लगेर जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बालिका चिच्याएपछि छिमेकीले थाहा पाएर बालकलाई रंगेहात पक्राउ गरी प्रहरीमा बुझाएका थिए । बालिकाको जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य जाँच र उपचार भइरहेको छ ।
More

कम्युनिष्ट गठबन्धनलाई हिंसामा नउत्रन काँग्रेसको आग्रह

काठमाडौं । नेपाली काँग्रेसले निर्वाचनका समयमा लोकतान्त्रिक विधि, मूल्य मान्यता, संस्कार र संस्कृतिअनुरुप आफ्ना व्यवहार प्रदर्शन गर्न र हिंसाको राजनीतिमा नउत्रन कम्युनिस्ट गठबन्धनका नेता र तिनका कार्यकर्तासँग आग्रह गरेको छ । लोकतन्त्रमा शान्तिपूर्ण एवं निर्वाधरुपमा आफ्ना चुनावी कार्यक्रम गर्न पाउने अधिकारमाथि गठबन्धनमा आबद्ध नेता तथा कार्यकर्ताले विभिन्न जिल्लामा काँग्रेसका कार्यकर्तामाथि साङ्घातिक आक्रमण गरेको जनाउँदै यस्तो क्रियाकलाप नदोह-याउन काँग्रेसले माग गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलद्वारा आज यहाँ जारी विज्ञप्तिमा नेकाका कार्यकर्तामाथि साङ्घातिक आक्रमण गर्नेलाई कानूनको दायरामा ल्याउन र घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरिएको छ । विज्ञप्तिका अनुसार आज बिहान नवलपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नं
More