Daily Archives 28th November 2017

किन रोजे राजकुमार ह्यारीले डिभोर्सी नायिका ?

लण्डन । बेलायती राजकुमार ह्यारी र अमेरिकी नायिका मेगान मार्केलको बिवाह पक्का भएको छ । बेलायती राजदरबारले सोमबार विज्ञप्ती जारी गर्दै बिवाहबारे सार्वजनिक गरेको हो । को हुन् मार्केल ? अमेरिकी लिगल ड्रामा सिरिज सुट्समा वकिलको भूमिकामा अभिनय गरेर चर्चित बनेकी मार्केलले साइन्स फिक्सन थ्रिलर फ्रिन्जमा गुप्तचरको रुपमा अभिनय गरेकी छन् । उनले अभिनयमा आउनु अघि कलात्कम अक्षर लेख्ने काम (कलीग्राफी) गरेको बताइएको छ । अमेरिकी कलाकार तथा फिल्म निर्माता ट्रेभोर इंगेलसनसँग ७ वर्ष लामो प्रेम सम्बन्धलाई बिवाहमा परिणत गरेकी मार्केलले दुई वर्षपछि बैवाहिक जीवन टुंग्याएकी थिइन् । बैवाहिक जीवनबाट एक्लिएको तीन वर्षपछि एक ब्लाइन्ड डेटमा उनको भेट बेलायती राजकुमारसँग
More

सागर आलेसहितका कलाकार बेलायत आइपुगे

लन्डन- नेपाल आइडल टप फोर सागर आलेसहितका कलाकार बेलायत आइपुगेका छन् । बेलायतका विभिन्न सहरमा हुने सांस्कृतिक कार्यक्रम ‘सागर आले साँझ- २०१७’ मा सहभागी हुन सागरसहित उनका दाइ बिग आइकन साजन आले र लोकगायिका माया (ईन्द्र) गुरुङ हिथ्रो विमानस्थलमा उत्रिए । उनीहरुलाई स्वागत गर्न आयोजक मध्येका सार्दा गुरुङ, ज्योति थापा, ईन्द्र आले, रुक राना एबं एनआरएन युकेका युबा संयोजक एलबिजेड गुरुङ सहित युबा समाज सेबी बीरेन खड्का लगायत विमानस्थल पुगेका थिए । ‘सागर आले साँझ- २०१७’ को पहिलो कार्यक्रम डिसेम्बर १ मा अल्डरसटस्थित एम्पायर हल, दोश्रो शो २ डिसेम्बर साँझ हकिन्ज कम्युनिटी सेन्टर फोकस्टन केन्ट र तेश्रो शो लन्डनस्थित आर्क
More

वेलायतबाट ३ सय भन्दा बढीको सगुनमा लगानी, लगानीको अवसरमा अब तीन दिन मात्र

लन्डन । सोसियल मिडिया र सोसियल कमर्शलाई एउटै प्लेटफर्ममा ल्याउने महत्वकांक्षी योजनाकासाथ नेपालीहरुले स्थापना गरेको सगुनमा हालसम्म वेलायतबाट तीन सय भन्दा बढीले लगानी गरेका छन् । सगुनका सल्लाहाकार सूर्य गुरुङका अनुसार मंगलवार साँझसम्म वेलायतबाट सगुनमा लगानी कर्ताहरुको संख्या तीन सय भन्दा बढी भै सकेको छ । मिनि आईपीओ अन्तर्गत पहिलो चरणको लगानी सगुनले अमेरिकाबाट शुरु गरेको थियो भने दोश्रो चरणको शुरुवात बेलायतबाट गरेको थियो । सुरुको दिनहरुमा भन्दा लगानी कर्ताहरुमा निकै उत्साह थपिएको गुरुङले वताए । ‘हामीले चाहेको कम्तीमा ४ सय जना होस् भन्ने तर अझै पुरा भएको छैन् विहीवार साझँ सम्म पुरा हुन सक्छ गुरुङले जनाए’ । ‘यो लगानी
More

अब जनताको मत र मन बदलिनुपर्छ : रवीन्द्र मिश्र

धनगढी । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले देशलाई विकास, समृद्धि र सुशासनमा लैजान अब नेपाली जनताको मन र मत बदलिन जरुरी रहेको बताउनुभएको छ । आज यहाँ आयोजित सो पार्टीको चुनावी सभामा उहाँले भन्नुभयो –“राज्यको नीति निर्माण तहमा पुग्ने नेताहरुको गलत सोच र व्यवहारकै कारण जनताले अपेक्षा गरेको प्रतिफल पाउन नसकेको हो ।” संयोजक मिश्रले आसन्न चुनावमा आफ्नो पार्टीलाई मत दिन आग्रह गर्दै अहिलेको चुनावमा आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्ने दाबीसमेत गर्नुभयो ।
More

आठ करोड बढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय इटहरीमा कार्यरत उपसचिवद्वय विष्णुप्रसाद पौडेल र होमनाथ अधिकारीसहित चारजनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार उपसचिव पौडेललगायतले यातायात कार्यालयमा उठेको राजश्व जम्मा नगरी भ्रष्टाचार गरेको अनुसन्धानबाट खुल्न आएकाले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगले कार्यालयका उपसचिव होमनाथ अधिकारीविरुद्ध रु १४ लाख पाँच हजार र विष्णुप्रसाद पौडेलविरुद्ध रु आठ करोड ८२ लाख बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो । त्यस्तै, कार्यालयकै लेखापाल सुरेश अधिकारी र मणिराज दाहाल तथा सहलेखापाल टंकबहादुर खड्कासँग जनही रु आठ करोड ९६ लाख बिगो माग दाबी गर्दै आयोगले मुद्दा दायर गरेको
More

काँग्रेसले ४५ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो, को कहाँ ?

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसले दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तयारीका लागि केन्द्रीय प्रतिनिधि खटाइएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले दोस्रो चरणअन्तर्गत यही मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । काँग्रेसले निर्वाचनको तयारीका लागि इलाममा तारामान गुरुङ, झापामा केशव निरौला, तेह्रथुममा उत्तमप्रसाद चापागाईं, धनकुटामा बालकृष्ण थापा, मोरङमा खिलानाथ दाहाल, सुनसरीमा थलकुमार लिंखा, उदयपुरमा प्रेमध्वज लामा, सप्तरीमा चित्रलेखा यादव, सिरहामा महेन्द्रप्रसाद यादव र सिन्धुलीमा बालचन्द्र पौडेललाई खटाएको जनाएको छ । त्यस्तै पार्टीले धनुषामा बजरङ्ग नेपाली, महोत्तरीमा स्मृतिनारायण चौधरी, सर्लाहीमा रामचन्द्र तिवारी, काठमाडौँमा प्रेमबहादुर
More

प्रधानमन्त्री देउवाको सभास्थल नजिकै विस्फोट, प्रहरीसहित ८ घाइते

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरु दाङको तुलसीपुरमा आयोजित आमसभालाई सम्बोधन गर्न पुगेका बेला बम विष्फोट भएको छ । सभास्थल भन्दा २०० मिटर टाढा तुलसीपुर उपमहानगरपालिकाको व्यस्त बजार तुलसी बोर्डिङ स्कूल नजिकै बम विष्फोट भएको थियो । उक्त विष्फोटमा परी एक म्यादी प्रहरी सहित ८ जना घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था चिन्ताजनक रहेको र थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । नेपाली कांग्रेस र लोकतन्त्रप्रतिको उर्लदो अपार जनसागरबाट अतालिएर दिनानुदिन नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुलाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले लोकतन्त्र विरोधी तत्वहरुले सुनियोजित तवरबाट बारम्बार यस प्रकारका घटनाहरु दोह-याई
More

विदेशिएका युवालाई स्वदेशमै रोजगारी : कांग्रेस नेता तथा उद्योगपति चौधरी

कपिलवस्तु । नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीले देशमा औद्योगीकरणको लहर चलाएर विदेशिएका युवालाई स्वदेश फर्काउने आफ्नो चाहना रहेको बता्उनुभएको छ । कपिलवस्तुको तौलिहवामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उहाँले उक्त चाहना सवै नेपालीको चाहना भएको भएकाले त्यसलाई साकार पार्न आफू प्रयत्नशील रहेको स्पष्ट पार्नुभयो । २०४८ सालमा नेपाली कांग्रेसले लिएको आर्थिक उदारीकरणको नीतिले २०४८ देखि २०५१ सम्मको अवधिमा देशले विकासको दौरानमा ठूलो फड्को मारेको भएपनि त्यसपछिको राजनीतिक अस्थिरताले जनताको आर्थिक समृद्धि र विकासको चाहना पूरा हुन नसकेको चौधरीले बताउनुभयो । ‘आर्थिक उदारीकरणको नीतिलाई उचित ढंगले कार्यान्वयन गरिरहन पाएको भए आज ४३ लाख नेपाली कामका लागि विदेश जानुपर्ने अवस्था आउने
More

आचार संहिता मिचेकोमा एमालेविरुद्ध उजुरी

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सन्दर्भमा नेकपा एमालेले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई उल्लंघन गरेको आरोप लगाउदै सोको विरुद्ध अविलम्ब कारवाहीको माग गर्दै मंगलबार निर्वाचन आयोगमा उजुरी परेको छ । काठमाडौं महानगरपालिका वडा नं ३२ निवासी अमृत कार्की दायर गर्नुभएको उजुरीमा निर्वाचन आचार संहिता (तेस्रो संशोधन) २०७४ बमोजिम राजनीतिक दलले पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ इन्च र ७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सकिने उल्लेख भएकोमा मंसिर १२ गते मंगलबार राष्ट्रिय दैनिकहरु कान्तिपुर,नागरिक,अन्नपूर्ण र नयाँ पत्रिकाको पहिलो पृष्ठमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फोटो सहित “सुखी जनता,समृद्ध नेपाल,सुशासन र स्थिरताको
More

ओलीले सम्वोधन गरिरहेको सभामा एक्कासी विस्फोट

ललितपुर । ललितपुरको लगनखेलमा रहेको नमूना मछिन्द्र उच्च माध्यामिक विद्यालय परिसरमा अज्ञात समूहले बम विस्फोट गराएको छ । बाम गठवन्धनले सभा आयोजना गरेको स्थल नजिकै रहेको विद्यालय परिसरमा दिउसो दुई बजेतिर बम विस्फोट भएको हो । सभामा एमाले अध्यक्ष केपी ओलीले सम्वोधन गरिरहेको समयमा एक्कासी विस्फोट भएको थियो । विद्यालयवाट करिव दुई सय मिटर टाढा बटुक भैरव मन्दिर नजिकै बम विस्फोट भएको हो । विस्फोटवाट विद्यालयका अधिकांश झ्यालका सिसा फुटेका छन् । विद्यालयको कक्षा कोठामा विद्यार्थीहरु नभएको बेलामा विस्फोट भएकाले ठुलो क्षति हुन नपाएको विद्यालयले जानकारी दिएको छ । विस्फोटवाट विद्यालयको कक्षा सात आठ र नौ को कक्षाकोठाका सिसाहरु फुटेका
More