Daily Archives 29th November 2017

एस्टार फाइनान्सियल यूकेद्वारा निशुल्क परामर्श

लन्डन । ए स्टार फाइनान्सियल सोलुसन यूकेले बेलायतवासी नेपालीहरुको हक हित र सुविधालाई मध्यनजर गर्दै २५ नोभेम्बर शनिबारका दिन हेज एण्ड हार्लिंगटन कम्युनिटी सेन्टर, अल्बर्ट रोडमा मोर्गेज, कर, कानून, वील्स,स्टेट प्लानिंग लगायतका विषयमा सम्बन्धित विज्ञहरुद्वारा निशुल्क परामर्श कार्यक्रम संचालन गरेको छ । एसएनपी प्लस र हिलिंगडन गोर्खा नेपलीज यूथ कम्युनिटीको सहकार्यमा गरिएको उक्त कार्यक्रममा नेपालीहरुको बाक्लो उपस्थितिरहेको थियो । कार्यक्रममा ए स्टार फाइनान्सियल यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मिन दर्लामी, ए स्टारका मोर्गेज एण्ड प्रोटेक्सन एड्भाइजर रमेश सरांगकोटी, सिए समिरनाथ प्याकुरेल र एक्सम स्टोन सोलिसिटरको तर्फबाट सोलिसिटर हितेश शाहले आ-आफ्नो क्षेत्रको बारेमा जानकारी गराएका थिए । मोर्गेज एण्ड प्रोटेक्सन एड्भाइजर रमेश
More

श्रीमान् विदेशमा, श्रीमतिले छोरी जन्माएर हत्या

नुवाकोट । आफ्नै नवजात शिशु (छोरी) को हत्या गरेको अभियोगमा तार्केश्वर गाउँपालिका–२ का सविना अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमान् विदेश गएको समयमा परपुरुषसँगको सम्पर्कबाट मंगलबार जन्मेको शिशुलाई भकारोमा पुरी हत्या गरेको अभियोगमा २२ वर्षीया अधिकारीलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो । परिवारका सदस्यले गोठमा रगत देखेर खोजी गर्ने क्रममा भकारोमा नवजात शिशुको शव भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका लागि नियन्त्रणमा रहेकी अधिकारीले अपराध स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलालाई कर्तव्य ज्यान मुद्दामा कारबाहीको लागि प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
More

व्यापारीसँग चन्दा माग्ने नेकपाका एक नेता पक्राउ

भक्तपुर । व्यापारीसँग रु पाँच लाख चन्दा माग्दै गर्दा प्रहरीले भक्तपुर नगरपालिका–१० भत्केकोपाटीबाट नेपाल कम्युनिष्ट पार्टीका(विप्लव) एक नेतालाई पक्राउ गरेको छ । नेकपा भक्तपुर जिल्लास्तरीय नेता सिन्धुपाल्चोकका डोकेन्द्रराज भट्टराईलाई व्यापारीसँग चन्दा माग्दै गर्दा पक्राउ गरी अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिषर भक्तपुरले जानकारी दिएको छ । प्रहरीले भक्तपुरमा पछिल्लो समयमा बम विस्फोटका घटना बढेपछि नेकपाका नेता कार्यकर्ताको व्यापक खोजी गरिरहेको जानकारी दिएको छ । प्रहरीले यही मंसिर ९ गते चाँगुनारायण नगरपालिकाका नेपाली काँग्रेसका क्षेत्र नं १ को (क) का उम्मेदवार जीवन खत्रीको घरलाई लक्षित गरी बम विस्फोट गराउन प्रयोग भएको आशंकामा एक वटा मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । प्रेसर
More

जेलभित्रैबाट लक्ष्मण थारुले भने– प्रतिस्पर्धा डा. आरजुसँग मात्र हो

कैलाली । टीकापुर घटनाका आरोपित तथा राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य लक्ष्मण थारुले आफ्नो प्रतिस्पर्धा केवल नेपाली काँग्रेसकी नेत्री डा आरजु राणा देउवासँग मात्र भएको बताउनुभएको छ । कैलाली निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधिसभाका उम्मेदवार थारुले मंगलबार कैलाली कारागारभित्र पत्रकारसँग कुराकानी गर्दै वाम गठबन्धनका नारदमुनि रानासँग एमाले पार्टीभित्रै असन्तुष्टि रहेको र विवेकशील साझा पार्टी नयाँ भएकाले आफ्नो प्रतिस्पर्धा केवल नेपाली काँग्रेसका उम्मेदवारसँग मात्र भएको तर्क गर्नुभयो । उहाँले कारागारभित्रबाटै आफ्नो जित सुनिश्चित भएको समेत दाबी गर्नुभयो । नेता थारु आन्दोलनले उठाएका मुद्दाका विषयमा विगत लामो समयदेखि रगत पसिना बगाएर लडिरहेको र आफूले निर्वाचनका दौरान जनतालाई झुठो आश्वासन नबाँडेकाले
More

यसरी जित्दै छिन् डा. आरजुले कैलाली–५ मा (तथ्यांकसहित)

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. आरजु देउवाले कैलाली–५ बाट सुविधाजनक ढंगले चुनाव जित्दै हुनुहुन्छ । स्थानीय तहको निर्वाचन परिणामलाई हेर्ने हो भने कैलाली–५ नेपाली कांग्रेसको पक्कड क्षेत्र हो । धनगढी उपमहानगरपालिकाको १९ वटा वडा र कलौरी गाउँपालिकाको २ वटा वडा मिलेर यो निर्वाचन क्षेत्र बनेको छ । उपमहानगरमा नेपाली कांग्रेसका नृपबहादुर वडले कांग्रेसकै बागी उम्मेदवार गोपाल हमाललाई पराजित गरेर मेयरमा निर्वाचित भएका हुन् । मेयर वडले १४ हजार ३ सय २४ मत ल्याए । बागी उम्मेदवार हमालले ११ हजार ५ सय २७ मत ल्याएर दोस्रो भए । उपमेयर सुशीला मिश्र भट्टले १७ हजारभन्दा बढी मत ल्याएर विजयी भएकी थिइन्
More

पोखरामा नेकाको आमसभा

पोखराको अमरसिंह चौरमा नेपाली काँग्रेस कास्कीले बुधबार आयोजना गरेको आमसभामा उपस्थित जनसमुदाय । तस्बिर : वासुदेव पौडेल
More

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पौड्याल

काठमाडौं । ग्लोबल आइएमइ बैंकको संचालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ । बैंकको आज बुधबार बसेको बैंक सञ्चालक समितिको बैंकठले यसअघि कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा रहनुभएका पौड्याललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । लण्डनबाट एमविए गर्नुभएका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकिङ्ग क्षेत्रमा ३० बर्ष भन्दा बढिको अनुभव संगालिसक्नु भएको छ । उहाँले सन् १९८७ मा इन्ट्री लेभलमार्फत नविल बैंकबाट आफ्नो करियर सुरु गर्नुभएको थियो । नबिल बैंकमा ११ बर्ष काम गरेपछि उहाँ तात्कालिन एनआइसी बैंक जानुभएको थियो । एनआइसी बैंक स्थापनामा सक्रिय भूमिका खेल्नु भएका पौड्यालले त्यहाँ पाँच बर्ष काम
More

कांग्रेस उम्मेद्वार कार्कीमाथि बम प्रहार, गम्भीर घाइते, उपचारका लागि काठमाडौं ल्याइयो

ललितपुर । नेपाली कांग्रेसले उदयपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नं २ का नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की चढ्नु भएको बा १५ च ७८०६ नम्बरको सवारी साधनलाई लक्षित गरेर उदयपुरको गढी गाउपालिका वडा नं ६ मा बुधबार बिहान भएको बम प्रहारको निन्दा एवम् भत्र्सना गर्दै दोषिमाथि कारबाहीको माग गरेको छ । बम आक्रमणबाट कांग्रेस नेता कार्की गम्भीर घाइते हुनुभएको छ । उहाँको अनुहार र खुट्टामा गहिरो चोट लागेको छ । उहाँलाई उपचारका लागि हेलिकोप्टरबाट बुधबार नै काठमाडौँ ल्याइदैछ । सो सांघातिक आक्रमणबाट उहाँसँगै चुनाव प्रसारमा रहनु भएका निरा कटुवाल, धनमाया धौलाकोटी, राजन कार्की सहित अन्य ३ जना घाइते हुनु भएको छ ।
More

काँग्रेसद्वारा चौधरीको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली काँग्रेसले दाङको तुलसीपुरमा काँग्रेसद्वारा आयोजित आमसभास्थल नजिक मंगलबार बम विस्फोटनमा परी मृत्यु हुनुभएका म्यादी प्रहरी विनोद चौधरीको निधनमा दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । काँग्रेसले मृतकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका १८ वर्षीय चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । अन्य घाइतेको कोहलपुर मेडिकल कलेज र राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको काँग्रेसले जनाएको छ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा तुलसीपुरमा आयोजित
More

उदयपुरमा काङ्ग्रेस उम्मेद्वारलार्ई लक्षित गरी बम विष्फोट ; ७ घाइते ३ गम्भीर

काठमाडौं । उदयपुरमा बुधबार बिहान बम विस्फोट हुँदा उम्मेदवारसहित सात जना घाइते भएका छन् । उदयपुरगढी नगरपालिका-६ मा बम विस्फोट हुँदा उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जानकारी दिए । कार्कीसँगै अन्य दुर्इ जना गम्भीर घाइते भएका छन् भने चार जना सामान्य घाइते भएका छन् । कार्की निवर्तमान सांसद हुन् । २०७० को चुनावमा विजयी भएपछि उनी सांसद बनेका थिए । प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार बम विस्फोटमा परी राजन कार्की, धनमाया धौलाकोटी र निरा कटुवाल घाइते भएका छन् । अन्य घाइतेको नाम खुलेको छैन् । घाइते सबै कांग्रेस
More