Daily Archives 29th November 2017

कावासोतीमा काङ्ग्रेस र बाम गठबन्धनबीच झडप; ६ जना घाइते

कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं. ६ बरुवामा मंगलबार राति नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुवै तर्फका ६ जना घाइते भएका छन् । घाइते हुनेमा नेपाली कांग्रेस मध्यविन्दु नगर समितिका सभापति दुमन भण्डारी, नुमाकान्त भण्डारी र अरुण भण्डारी रहेका छन् भने एमाले मध्यविन्दु नगर कमिटीका अध्यक्ष दुर्गा भुर्तेल, श्याम पौडेल र विजय भुर्तेल पनि घाइते भएका छन् । घाइते भएकामध्ये कांग्रेस नगरसभापति भण्डारी र एमाले नगर अध्यक्ष भुर्तेलको अवस्था चिन्ताजनक छ । भण्डारीलाई कालीगण्डकी अस्पतालमा उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेज चितवन रिफर गरिएको अस्पतालले जनाएको छ । एमालेका घाइते कार्यकर्ताहरुको मध्यविन्दु
More

कालिकोटमा जीप दुर्घटना ; ३ जनाको मृत्यु ६ जना घाइते

कालिकोट । गएराति कालिकोटको अस्पतालमोडमा बोलेरो जिप दुर्घना हुँदा भएको छ। मुगुबाट नेपालगञ्जका लागि छुटेको लु २ च २००३ नम्बरको जिज दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्। घाइते मध्य एकको अवस्था गम्भीर रहेको छ। घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाउनेमा मुगुको भिई–७ का ४५ वर्षका जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षका नरबिक्रम मल्ल र जुम्लाको चन्द्रनाथ–१४ कार्तिकस्वामीका युदुराज न्यौपाने रहेको प्रहरीले जनाएको छ। – डिसी नेपालबाट ।
More