Daily Archives 30th November 2017

लण्डनका महानगर प्रमुखद्वारा ट्रम्पको राजकीय भ्रमण रद्द गर्न आग्रह

लण्डन । लण्डनका महानगर प्रमुख सादिक खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायतमा हुने भनी तय भएको राजकीय भ्रमणलाई रद्द गर्न आग्रह गर्नुभएको छ । बेलायतमा अमेरिकी राष्ट्रपतिले मुसलमान विरोधी भिडियोलाई पुनः ट्वीट गरेपछि खानले सो भिडियोप्रति विरोध जनाउँदै यस पहिले बेलायती नागरिकले ट्रम्पको भ्रमणबारेमा विरोध जनाइरहेका बेलायतीको स्वरलाई थप शसक्त बनाउनुभएको हो । महानगरप्रमुखले अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिका कारण यस समयमा उहाँलाई बेलायतमा उचित सम्मान मिल्न नसक्ने बताउनुभएको छ । प्रधानमन्त्री मेका सरकारी प्रवक्ताले अमेरिकी राष्ट्रपतिले मुसलमान विरोधी भिडियोलाई पुनः ट्वीट गर्नु गलत भएको छ । बेलायती गृहमन्त्री एम्बर रडले विहीबार सरकारको धारणा दोहोराउँदै ट्रम्पले मुसलमानविरोधी भिडियो प्रधानमन्त्री मेलाई पठाउनु गलत
More

बम विष्फोटमा मृत्यु भएका चौधरीको परिवारलाई २५ लाख राहत

दाङ । दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले विस्फोटमा परी मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई रु २५ लाख राज्यले राहतस्वरुप उपलब्ध गराउने बताउनुभएको छ । तुलसीपुर उपमहनगरपालिका–१२ क्वाङ्गीस्थित चौधरीको निवासमा श्रद्धाञ्जलि दिन पुग्नुभएका प्रजिअ श्रेष्ठले त्यस्तो जानकारी दिनुभएको हो । बीमावापतको रु १५ लाख र राज्यले राहतस्वरुप उपलब्ध गराउने रु १० लाखसमेत गरी रु २५ लाख रकम पीडित परिवारलाई उपलब्ध गराइने उहाँको भनाइ थियो । निर्वाचन प्रयोजनका लागि देशभर ९६ हजार म्यादी प्रहरी भर्ना भएको भए पनि चौधरी पहिलो सहिद भएको उहाँले बताउनुभयो । उहाँले विनोदकी पत्नी १९ वर्षीया अञ्जना चौधरीलाई रोजगारको व्यवस्था तथा उहाँकी डेढ वर्षीया छोरी
More

नेता पौडेल देबघाटमा मतदातासँग

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बिहीबार तनहुँको देवघाटमा मतदातासँग भेटघाट गर्दै । तस्बिर : नारायण अधिकारी
More

मीरा कटुवाल रोएपछि सबै भावुक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको हात समाउँदै एम्बुस विस्फोटमा एउटा खुट्टा गुमाएकी मीरा कटुवाल रोएपछि सँगै रहेका सबै भावुक बने। प्रधानमन्त्री देउवाले कटुवाललाई सान्त्वना दिँदै भने,‘म छु चिन्ता नगर्नुस्, छिट्टै निको हुन्छ।’ बुधबार उदयपुरमा एम्बुस विस्फोटमा परेर घाइते भई काठमाडौँ ल्याइएका बिरामीलाई भेट्न आज त्रिवि शिक्षण अस्पताल पुगेका देउवा सान्त्वना दिँदै थिए। प्रधानमन्त्री देउवाले उदयपुर निर्वाचन क्षेत्र नं २ का नेपाली कांग्रेसका उम्मेदवार नारायण कार्की लगायत अन्य घाइतेलाई भेटी स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन्। बुधबार उदयपुरगढी गाउँपालिका ६ मा चुनाव प्रचारका क्रममा कार्कीको गाडीलाई लक्षित गरी भएको एम्बुस विस्फोटमा ७ जना घाइते भएका थिए। उनीहरु सबैको शिक्षण अस्पतालमा उपचार भइरहेको छ
More

घुसको रकमसहित इन्जिनियर नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुससहित सिँचाइ विकास डिभिजन कास्कीमा कार्यरत इन्जिनियर गोविन्दप्रसाद भुर्तेललाई नियन्त्रणमा लिएको छ । सिँचाइ कुलो निर्माणका लागि ठेक्का सम्झौता गरी काम सम्पन्न गरेपश्चात अन्तिम बिल भुक्तानीका लागि र कार्य अनुभव प्रमाणपत्र दिने प्रयोजनका लागि विभिन्न बाहनामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं निवेदनका आधारमा आयोगको टोलीले निजकै निवासबाट घुस रकमसहित बुधबार उहाँलाई नियन्त्रणमा लिएको हो ।
More

शुक्रबार सार्वजनिक विदा

काठमाडौं । सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मगुरु हजरत मुहम्मद सल्ललल्लाहो अलैह वोसल्लमको जन्मदिन परेकाले सरकारले भोली विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले आज विज्ञप्ती प्रकाशित गरेर शुक्रबार सार्वजनिक बिदा भएको जानकारी गराएको हो । विज्ञप्तीमा शुक्रबार नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवम् विदेशस्थित नेपाली नियोग समेतमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ । सँगै सरकारले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ मा पनि विदा दिने निर्णय गरेको छ । आगामी पौष १० गते ‘डिसेम्बर २५ तारिख’ मा परेको ‘क्रिसमस डे’ समेत सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख
More

एमाले नेता साउदसहित ७२ जना कांग्रेसमा प्रवेश

धनगढी । कैलालीका नेकपा एमालेका पुराना नेता प्रेम साउदसहित ७२ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बिहीबार कैलालीको क्षेत्र नम्बर ४ को चुरे गाउँपालिका वडा नम्बर ६ ढुंगेनीमा आयोजित एक कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य रत्ना शेरचनले नेता साउँद सहित ७२ जनालाई पार्टीको सदस्यता प्रदान गर्नुका साथै स्वागत गर्नुभयो । नेपाली कांग्रेस प्रवेश गर्नेहरूमा माओवादी केन्द्रका भानसिंह साउद, सुर्जबहादुर कार्की, दलबहादुर बोहरा लगायत रहेका छन् । कार्यक्रममा केन्द्रीय सदस्य शेरचनले कांग्रेसले जहिले पनि सिमान्तकृत वर्ग समुदायको हकहितका पक्षमा काम गरेको चर्चा गर्नुभयो । उहाँले फलफूल तथा तरकारीको उर्बर क्षेत्र रहेको चुरे गाउँपालिकाका निगाली, खैराला र सहजपुरलाई सुन्तला जातको फलफूल र
More

गगनसँग भट्टराई दोब्बर मतले पराजित हुने पूर्वानुमान

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ को निर्वाचन माहोलले नयाँ रुप धारण गरेको छ । विशेष गरी वाम गठबन्धनका उम्मेदवार राजन भट्टराई गगनविरुद्ध प्रचारबाजीमा उत्रिएपछि चुनावी महोलले नयाँ रुप धारण गरेको हो । विशेषगरेर कपन भेकलाई हिलोधुलो र अस्तव्यस्तत भएको नाममा राजन भट्टराइले गगन थापाबिरुद्ध सामाजिक सञ्जालमा अतिरिञ्जत प्रचार थालेका छन् । गगनले कपन जाने आउने ६ वटा बाटोलाई राष्ट्रिय योजनामा पारेर अरबभन्दा धेरै बजेटको व्यवस्था गरेर काम कार्यान्वयन तहमा पुगेको छ । निर्माणाधीन ती सडकको हिलो र धुलो देखाएर स्थानीय जनताको मन जित्ने भट्टराईको प्रयास त्यत्तिबेला असत्य सावित भयो, जुन बेला उक्त सडक राष्ट्रिय योजनामा परेर निर्माणाधीन रहेको थाहा
More

प्रम देउवा बम विष्फोटका घाइतेसँग

प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर उदयपुरको उदयपुरगढी गाउँपालिका–६ को दनुवारवेसीमा बुधबार बम विष्फोटमा घाइते भई उपचार गराइरहेकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै । तस्बिर: रोशन सापकोटा
More

श्रीमान् र ससुराले भनेको ठाउँमा भोट हाल्ने दिन गयो

पथरी । पथरी शनिश्चरे–८ की पार्वती बच्चु चौधरीले विकास गर्ने उम्मेदवारलाई मत दिने बताइरहँदा उहाँकी श्रीमती पार्वतीदेवीले आप्mना छोराछोरीको भविष्य सुरक्षित गर्ने र आफ्नो सुखदुःखमा साथ दिने उम्मेदवारलाई मत दिने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विवाह भएदेखि नै श्रीमान्ले रोजेको उम्मेदवारलाई भोट दिएको छु तर यसपालि म आफैँले रोजेको उम्मेदवारलाई मत दिन्छु ।” संविधानले महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चिता गरेको छ । पार्वतीदेवीजस्ता महिला अब सक्षम बन्दै गएकाले आप्mनो निर्णय आफँै गर्ने भइसकेका छन् । महिला प्रतिनिधित्वविना गाउँको सानो समितिदेखि संसद्समेत पूर्ण नहुने अवस्थामा महिला चुप लागेर बस्न नहुने उहाँको भनाइ छ । “पुरुषले रोज्दैआएको उम्मेदवारले इमानदार भएर काम
More