Monthly Archives December 2017

GLOBAL IME BANK’S LIAISON OFFICE NOW IN LONDON

Global IME Bank of Nepal has opened it’s liaison office in London now. The office has been established in the 19 Union Street of Aldershot in the second week of this past November. “The liaison office has been in operation with the aim to provide the facility of creating back accounts as per the necessities of customers as well as providing full information regarding it’s services.” Said Amit Chalise, the Permanemt Representative of the bank. He further added saying, “Along with the bank accounts and its information, we have also been giving proper information about the loans and various other
More

सोमबारदेखि स्वस्थानी व्रत शुरु

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न
More

त्रिविको दीक्षान्त समारोह

ललितपुरको पुल्चोकमा आइतबार आयोजित त्रिभुवन विश्वविद्यालयको ४३औँ दीक्षान्त समारोहपछि खुसियाली मनाउँदै दीक्षितहरु । तस्बिर : रोशन सापकोटा
More

फूलबारी रिसोर्टलाई कर छुट दिन मिल्दैन : सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले पोखराको दी फूलबारी रिसोर्ट प्रालिलाई राज्यलाई बुझाउनुपर्ने कर छुट दिन नमिल्ने फैसला सुनाएको छ । प्रधान न्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले आज राज्यलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धिकर र राजश्व करमा छुट दिन नसकिने फैसला सुुनाएको हो । सो रिसोर्टका सञ्चालक पियुषबहादुर अमात्यले द्वन्द्वकालमा आफूले होटल सञ्चालन गरेको हुँदा सरकारले मूल्य अभिवृद्धिकर र राजश्व करमा छुट दिनुपर्ने माग गर्दै २०७३ साल मंसिर २१ गते रिट निवेदन दायर गर्नुभएको थियो । अदालतले आज सो रिट निवेदन खारेज गर्दै कर छुट नदिने फैसला सुनाएको हो । आदेशअनुसार रिसोर्ट सञ्चालक अमात्यले क्यासिनो र होटल सञ्चालन गरेबापत रोयल्टीको
More

इस्वी सन्को नयाँ वर्ष २०१८ सोमबारदेखि

काठमाडौं । गे्रगोरियन पात्रोअनुसार सोमबार नयाँ वर्ष इस्वी सन् २०१८ शुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को शुरुवात भएको हो । सन्मा सौरमासको गणना हुने तर चान्द्रमासको गणना नहुने भएकाले ज्योतिषशास्त्रअनुसार यो वैज्ञानिक नभएको विभिन्न संवत्सम्बन्धी अनुसन्धानमा लाग्नुभएका डा शास्त्रदत्त पन्त बताउनुहुन्छ । “इस्वी सन्मा चान्द्रमासको गणना नहुने भएकाले समयक्रममा दिन फरक पर्दा शासक वा पादरीले भिटो लगाएर यसको निर्णय गर्छन्, यसैले यो पटक पटक विवादमा आएको संवत् हो”, उहाँले भन्नुभयो । पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले
More

अनुशासनसहितको मेलमिलाप आवश्यक छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा अनुशासन सहितको मेलमिलाप आवश्यक भएको बताउनुभएको छ । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाल विद्यार्थी संघले आज यहाँ आयोजना गरेको विचार गोष्ठीमा उहाँले पार्टीमा बढेको अनुशासनहीनताले निर्वाचन परिणाम अपेक्षा गरेअनुसार नआएको बताउनुभयो । प्रधानमन्त्री देउवाले गत स्थानीय तहको निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही नभएका कारण प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा अन्तर्घात झन् बढेको बताउँदै “आफ्नै पार्टीमा मेलमिलाप गर्न नसक्नेले कसरी मुुलुकमा राष्ट्रिय मेलमिलाप गर्न सक्छ,” भन्नुभयो । निर्वाचनमा प्रत्यक्षतर्फ पार्टी हार्नुका कारण पत्ता लगाउन उच्चस्तरीय जाँचबुझ समिति बनाउने अवगत गराउँदै उहाँले भन्नुभयो, “अब निष्पक्ष छानबिन हुन्छ, अन्तर्घात गर्नेलाई कडा कारबाही गरिन्छ ।”
More

‘दम्भ कसैले देखाउन हुन्न, कांग्रेससँग पनि मिल्नुपर्छ’ : प्रचण्ड (भिडियाे)

नेकपा माअाेवादी केन्द्रका अध्यक्षा पुष्पकमल दाहालले जनताले वामगठबन्धनलार्इ दिएकाे बहुमतकाे उच्च कदर हुने बताएका छन् । अाइतबार अाज बिहान अध्यक्ष निवास खुमलटारमा टाेल सुधार समितिकाे कार्यक्रममा बाेल्दै अध्यक्ष प्रचण्डले शुशासनका निम्ति सबै दलहरु एकतावद्ध हुन अावश्यक रहेकाे बताए । भारत र चीनसंग अाफुले त्रिदेशिय साझेदारीकाे पस्ताव अगाडि सारेकाे र त्यसका लागि सकारात्मक वातावरण बन्दै गएकाे बताए । ‘प्रचण्ड’ले छिमेकीले गरेको आर्थिक विकासबाट समेत नेपालले लाभ लिनुपर्नेमा जाेड दिए । आफू दोस्रो पटक प्रधानमन्त्री बन्दा नेपाल, चीन र भारतबीच त्रिदेशीय साझेदारीको कुरा अगाडि बढाएको र त्यसको समेत वातावरण बन्दै गएको विश्वास व्यक्त गरे । अर्काे प्रसङ्गमा अध्यक्ष दाहालले भने “वाम गठबन्धनको
More

परोपकारी देव

लन्डन–लन्डन साउथ हारो स्थित गोल्डेनसिप रेस्टुरेन्टले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा सम्पन्न च्यारिटी डिनरबाट संकलित रकम प्रदान गरेको स्थल पुगी संचालक देव गुरुङले नेपालमा गएको महाभूकम्पका कारण विक्षिप्त स्कुल भबन मर्मतमा स्वतस्फूर्त आर्थिक सहोयोग गरेको बताए । गुरुङले विभिन्न विद्यालय र सामाजिक संस्थाका लागि सहयोग गर्नुका लागि भेटघाट र अनुभव आदान प्रदान गरे । कास्कीको घान्द्रुक १ स्थित फुम्रोखुं बराह मावि उद्घाटनमा सहभागी हुँदै उनले बेलायतमा च्यारिटी गरि उक्त विद्यालय निर्माणका लागि जम्मा भएको १६ लाख, ९४ हजार तीनसय ६७ रुपैयाँ हस्तान्तरण गरे । गुरुङले तनहुँको रुपाकोट गाउँपालिकामा रहेको सामूदायिक भवन निर्माणका लागि तीन लाख रुपैयाँ सहयोग गरे भने कुन्छा हाइस्कुलका
More

क्यान्वेरामा नेपालीले मनाए क्रिसमस

क्यान्वेरा (अस्ट्रलिया) । इसाई धर्मलवम्बिहरुको महान चाड क्रिसमस र नयाँ वर्ष २०१८ को अवसरमा जनसम्पर्क समिति क्यान्वेरा,क्वीन्वीयनको आयोजनामा राजधानी क्यान्वेरामा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । जनसम्पर्क समिति क्यान्वेरा,क्वीन्वीयनका अध्यक्ष अशोक सुबेदीको सभापतित्वमा आयोजित कार्यक्रममा क्यान्वेरा, क्वीन्वीयन क्षेत्रका नेपालीहरुको उत्साह जनक उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै जनसम्पर्क समिति क्यान्वेरा, क्वीन्वीयनका उपध्यक्ष भागिरथ सापकोटाले मानव जीवनमा राजनीतिको महत्व माथि प्रकाश पर्दै इमान्दार राजनीति ले जीवन सार्थक बन्न सक्ने धारणा राखेका थिए । कार्यक्रमा बोल्दै स्थानीय बुद्दिजिवि डा. कृष्ण हमाल ले अष्ट्रेलियाको नेपाली समुदायमा बढ्दो नेपाली संघ संस्था हरुले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई झनै फाइदा हुने विचार राखे ।
More

जर्मनमा तमु ल्होसार मनाईँयो

जर्मन । गुरुङ जातिहरुको महान पर्व तमु ल्होसारको अवसरमा जर्मनीको म्युनिख शहरमा सोमबार तमु ल्होसार साँझ-२०१७ सम्पन्न भएको छ। म्युनिखबासी गुरुङ परिवारले दोश्रो पटक आयोजना गरेको उक्त कार्यक्रममा म्युनिख उव्म वरपर बसोबास गर्ने नेपाली तथा विदेशी पाहुनाहरुको उत्साहजनक उपस्थिती रहेको थियो। राम गुरुङको सभापतित्वमा आयोजना भएको कार्यक्रममा  म्युनिखबासी गुरुङ परिवारका सक्रिय सदस्य खड्ग गुरुङ, तथा ८६ वर्षीय दानश्री गुरुङको अथित्यता रहेको थियो। कल्पना गुरुङले स्वागत मन्त्यव्यबाट सुरु भएको कार्यक्रममा गैरआवासिय नेपाली संघ जर्मनीका उपाध्यक्ष एवंम हिमालय परिवार म्युनिखका अध्यक्ष हरि न्यौपाने, एल सी सी बायर्नका अध्यक्ष सुबास चन्द्र सापकोटा, ईनास जर्मनीका बरिष्ठ सल्लाहकार एवंम हिमालय परिवार म्युनिखका संस्थापक अध्यक्ष खड्ग न्यौपाने,
More