Monthly Archives December 2017

टुडिखेलमा नयाँ वर्ष अर्थात् तमु ल्होसार (फोटो फिचर)

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाए । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो । “तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ”–उहाँले भन्नुभयो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको
More

बागलुङमा पर्यटन, जलविद्युत् र कृषिको सम्भावना : भट्ट

बागलुङ । पाँचौँ बागलुङ महोत्सव आजदेखि शुरु भएको छ । सदरमुकामस्थित धवलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजित महोत्सवको गैरआवसीय नेपाली संघका अध्यक्ष भवन भट्टले उद्घाटन गर्दै विदेशमा रहेका नेपालीले पठाउने विप्रेषणलाई लगानीमा परिणत गर्ने योजना रहेको बताउँदै पर्यटन, जलविद्युत्, कृषिलगायत भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गर्न सरकार र निजी क्षेत्रसँग संघले सहकार्य गर्ने बताउनुभयो । सो अवसरमा नवनिर्वाचित सांसद देवेन्द्र पौडेलले जिल्ला र समग्र मुलुकको समृद्धिका लागि आफू प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङमा पर्यटन, जलविद्युत्, कृषि र स्थानीय उत्पादनको दृष्टिकोणले प्रशस्त सम्भावना रहेकाले परियोजना बनाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । संघका अध्यक्ष
More

महोत्सवको उद्घाटन

उद्योग वाणिज्य संघ बागलुङले आयोजना गरेको बागलुङ महोत्सवको उद्घाटन गर्दै गैरआवसीय नेपाली संघका अध्यक्ष भवन भट्ट । तस्वीर: रामबहादुर थापा
More

रु बत्तीस लाखसहित भारतीय पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले रु ३२ लाख रकमसहित आज एक भारतीयलाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले रौतहटबाट काठमाडौँ आउँदै गरेको ना ७ ख २७७६ नंको गाडीमा आउँदै गरेको अवस्थामा जाँचका क्रममा भारत घर भएका सोनुकुमार चौधरीलाई आज अपराह्न सो रकमसहित पक्राउ गरेको हो । प्रभागका प्रमुख केशव भट्टले स्रोत नखुलेको रकम बरामद गरिएको जानकारी दिनुभयो । चौधरीलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ ।
More

दवाव सिर्जना गरेर अध्यादेश जारी गरियो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अनावश्यक दबाब सिर्जना गरेर अध्यादेश जारी गर्न लगाएको आरोप लगाएका छन । नेपाल पर्वतारोहण संघको २७ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अध्यादेश संवैधानिक काम भएकाले आफूहरुको केही टिप्पणी नरहेको बताएपनि यो असंवैधानिक तरिकाले पास गराएको बताएका हुन । सिटकै लागि असंवैधानिक तारिकाले राष्ट्रपतिलाई दबाब सर्जना गरेर अध्यादेश पास गराईएको ओलीको भनाई छ । मिडियाले पनि राष्ट्रपतिसँग भेट गरेपछि अध्यादेश स्वीकृत भएको भनेर हल्ला फिँजाएको भन्दै उनले आफु शितलनिबास नगएको स्पष्ट पारे । ओलीले कांग्रेसहरुले पटक पटक आफूलाई बदनाम गराउन खोजेको आरोप लगाए । नाकाबन्दीका बेलापनि छिमेकी
More

राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा चाँडै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको परामर्शमा केही दिनभित्रै राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गरिने बताउनुभएको छ । आयोगका पदाधिकारीले आज प्रधानमन्त्रीसँग भेटी राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको थियो । प्रधानमन्त्रीसँग उहाँको सरकारी निवास बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र आयोगका पदाधिकारीले संयुक्त रूपमा भेटी उक्त आग्रह गर्नुभएको आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश आज प्रमाणीकरण गर्नुभएपछि आयोगका तर्फबाट निर्वाचनको मिति घोषणा गर्न सल्लाह दिइएको थियो । सो अवसरमा डा यादवले प्रदेश प्रमुख नियुक्ति र प्रदेशसभा सदस्यको शपथ नलिएसम्म राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदाता हुन नसक्ने व्यहोरा
More

महिला अधिकार मञ्चको दशौं परिषद् उद्घाटन

नवलपरासी । स्थानीय तहमा निवार्चित महिला जनप्रतिनिधिको भूमिका महिलाअधिकार सुनिश्चिताका लागि दरिलो आधार भएको भरतपुर महानगरपालिकाको उपमेयर पार्वती शाह ठकुरीले बताउनु भयो । राष्ट्रिय महिला अधिकार मञ्चको दशौं वार्षिक सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उपमेयर शाहले यस्तो बताउनु भएको हो । कार्यक्रमको प्रमुख अतिथि शाहले समानतामा आधारित समाज निर्माण हुन अझै नसकेकोमा चिन्ता व्यक्त गर्दै समानताको लागि सबै वर्ग, समुदाय क्षेत्रबाट एकजुट हुनुपर्ने औल्याउनु भयो । सो अवसरमा उहाँले महिला वर्गको हकअधिकारका लागि सामाजिक संघसंस्थाको भुमिका उल्लेखनीय रहेको समेत बताउनु भयो । यस्तै कार्यक्रमका विशिष्ठ अतिथी गैडाकोट नगरपालिकाकी उपमेयर विष्णु कँडेल सापकोटाले महिला हिंसामा मदिराजन्य वस्तु कारक तत्व रहेको
More

ह्विलचियरमैत्री हुनुपर्ने माग

काठमाडौँका भौतिक संरचनाहरु (भवन, सडक र सार्वजनिक स्थानहरु) ह्विलचियरमैत्री हुनुपर्ने माग राख्दै शुक्रबार काडमाडौँमा करुणा फाउन्डेशन नेपाल र सडक सुरक्षा नेपालको संयुक्त सहकार्यमा भएको ¥यालीमा सहभागीहरु । तस्बिर: कल्पना पौडेल
More

विवादको गाँठो फुक्यो, कसरी गठन हुन्छ राष्ट्रियसभा ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गरेसँगै राष्ट्रियसभा निर्वाचनको बाटो खुलेको छ । अध्यादेश जारी भएसँगै प्रमुख दलहरुबीच पछिल्लो समयमा पेचिलो बन्दै गएको निर्वाचन प्रणालीसम्बन्धी विवादको राजनीतिक गाँठो फुकेको छ । यसअघि निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन नभई प्रतिनिधिसभाको समानुपातिकतर्फको पूर्ण मतपरिणाम सार्वजनिक गर्न अप्ठ्यारो पर्ने जनाएको थियो । सोही कारण संघीय व्यवस्थापिका र नयाँ सरकारको गठनमा ढिलाइ हुँदै आएको थियो । नेपालको संविधानअनुसार संघीय व्यवस्थापिकामा प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक छ । त्यसमध्ये प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भइसकेको छ भने कानूनको अभावमा राष्ट्रियसभाको निर्वाचनमा ढिलाइ हुने सम्भाबना थियो ।
More

माओवादी केन्द्रले समानुपातिक नामावली बुझायो (नामावलीसहित)

काठमाडौं । माओवादी केन्द्रले सात वटै प्रदेशमा समानुपातिक सदस्य छनोट गरेको छ । समानुपातिकबाट प्रदेशसभा सदस्य बन्नेमा अधिकांश महिला छन् । प्रदेश २, र ३ मा केही पुरुष छन् भने अन्य प्रदेशबाट महिला मात्र सिफारिस भएका छन् । प्रत्येक प्रदेशमा पार्टीले पाएको कुल सिटको ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले समानुपातिकबाट प्रदेशसभा सदस्य हुने धेरै महिला भएका हुन् । माओवादी केन्द्रबाट प्रदेशसभाको समानुपातिकमा पर्ने उम्मेदवारको सूची यस्तो छः सीता थेवे कुशुमकुमारी श्रेष्ठ शौभाग्य राई सरस्वती पोखरेल उमिता बिश्वकर्मा जगतप्रसाद यादव महम्मद समीर रुबीकुमारी कर्ण प्रमिला कुमारी यादव फुलियादेवी सदा दिनेश महर्जन आङ्देण्डी लामा ओम घलान हिमाली गोले प्रतिमा श्रेष्ठ
More

आफ्नै दाजुबाट बहिनी बलात्कार हुँदा लुकाउन खोज्छन् घरपरिवार

आफ्नै दाजुले आफूलाई बलात्कार गरेपछि आफ्नी आमासँग यसबारे गुनासो गरेकी एक किशोरीले आमाले दिएको जवाफ सुनेपछि छाँगाबाट खसेझैं भइन् । उनकी आमाले उल्टै यसबारे हल्ला नगर्न र हल्ला गरे आफ्नै बिहेमा समस्या हुने बताएपछि ती किशोरी सहारा विहीन भइन् । अहिले ती किशोरी आफ्ना बलात्कारी दाजुलाई सजाय दिलाउन प्रहरी थाना धाइरहेकी छिन् । थानामा उजुरी दर्ता गरेको ३ दिन भयो तर प्रहरीले अहिलेसम्म आरोपी दाजुलाई पक्राउ गर्न सकेको छैन । अर्कोतर्फ घरमा पीडित किशोरीलाई बस्नै नसक्ने अवस्था आएको छ । परिवारका अन्य सदस्यले उनलाई घरबाट निकालेका त छैनन् तर यतिसम्म बेवास्ता गरेका छन् कि उनी घरमा भएर पनि नभएजस्तो व्यवहार
More

एनआरएन एघारौ युरोपेली क्षेत्रिय सम्मेलनको तयारी बैठक सम्पन्न

गैरआवाशिय नेपाली संघको एघारौ यूरोपेली क्षेत्रिय बैठकको तयारी बैठक लक्जेम्बर्गमा सम्पन्न भएको छ । विहिबार लक्जेम्बर्गमा भएको तयारी बैठकमा भावि रणनिती तथा बैठकमा आर्इपर्ने समस्या तथा चुनौतीहरुलार्इ ध्यानमा राखेर छलफल भएको थियो । यूरोप क्षेत्रिय सयोंजक शिव कुमार बरुवालको प्रमुख आतिथ्य तथा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद लक्जेम्बर्गका अध्यक्ष नारायण बाहदुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा युरोप क्षेत्रिय उप सयोंजक एकराज गिरी, नेदरल्याण्डसका आइसीसी सदस्य नारायण आचार्य, लक्जेम्बर्गका आइसीसी सदस्य हरि बाहदुर खत्री, एनसीसी डेनमार्कका अध्यक्ष यामलाल सुबेदी, अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी लगायत राष्ट्रिय समन्वय समितिका कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । एघारौ यूरोप क्षेत्रिय बैठक
More

चिनलाई रङ्गेहात समात्यौँ; ट्रम्प

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को शक्तिराष्ट्र चीनमाथि निकै गम्भीर आरोप लगाएका छन् । उनले आफूहरुले चीनलाई रंगेहात समातेको समेत दावी गरेका छन् । ट्रम्पले आफ्नो ट्वीटरमा लेखेका छन् ‘चीनले उत्तर कोरियालाई पेट्रोलियम आपूर्ति गरिरहेको छ । चीनले यसो गरिरहेको हामीले रंगेहात समातेका छौं ।’ यसअघि दक्षिण कोरियाले पनि आफ्नो स्याटेलाइट फोटोको हवाला दिँदै चीनका जहाजले उत्तर कोरियाली जहाजमा तेल स्थानान्तरण गरिरहेको दावी गरेको थियो । सिएनएनका अनुसार ट्रम्पले बिहीबार केही ट्वीट गरेका थिए । ट्रम्पले चीनले उत्तर कोरियालाई तेल दिनु चिन्ताको विषय भएको बताउँदै यो सब जारी रहे उत्तर कोरिया समस्याको समाधान निकाल्न नसकिने बताए । यस विषयमा चीनले
More

समानुपातिकतर्फ प्रदेशसभा सदस्यको टुंगो लगाउँदै काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावली टुंगो लगाउन अन्तिम गृहकार्यमा जुटेको जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि शुरु भएको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक प्रदेशसभा सदस्यको नामावली टुंगो लगाउने पार्टी कार्यालयले जनाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत पार्टीका वरिष्ठ केन्द्रीय सदस्य उपस्थित हुनुहुन्छ । काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति २९ सदस्यीय छ । निर्वाचन आयोगले निर्धारण गरेको समयसीमाअनुसार दलले आज कार्यालय समयभित्र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फ पाएको सिट संख्याअनुसार सदस्यको नामावली बुझाइ सक्नुपर्छ । बैठकमा दुई महिनादेखि राष्ट्रपति कार्यालयमा
More

राष्ट्रपतिद्वारा राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको छ । राजनीतिक दलबीचमा विवाद देखिएका कारण लामो समयदेखि राष्ट्रपति कार्यालयमा अड्किएको उक्त अध्यादेश आज प्रमाणीकरण गर्नुभएको उहाँको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । राष्ट्रपतिको चाहना सबै राजनीतिक दलको सहमति होस् भन्ने भए पनि पछिल्लो राजनीतिक गत्यावरोधलाई अन्त्य गर्ने ध्येयले उक्त अध्यादेश प्रमाणीकरण गर्नुभएको प्रमुख स्वकीय सचिव अधिकारीको भनाइ छ । यसबीचमा राष्ट्रपति भण्डारीले राजनीतिक सहमति जुटाउन पटक पटक प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेतासँग संवाद गर्नुभएको थियो । उक्त अध्यादेश सरकारले गत कात्तिक पहिलो साता
More

४८ किलो गाँजासहित दुई जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले ४८ किलो गाँजासहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ । प्रहरीले पर्साको बहुदरमाई नगरपालिका वडा नं ९ विश्रामपुर बस्ने ३० वर्षीय शर्माप्रसाद कलवार र उसको कान्छो भाइ २७ वर्षीय गम्भीरा साह कलवारलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्सामा बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई गाँजासहित सार्वजनिक गरेको थियो । शर्मा प्रसादको कोठाबाट २३ किलोग्राम गाँजा, स्ट्यापलर, कैची लगायतका समान र गम्भीराको कोठाबाट २५ किलोग्राम गाँजा, ढक तराजु लगायतका समान बरामद गरेको प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिए । गत पुस १० गते सूचनाको आधारमा प्रहरी नायब उपरीक्षक जीवन लिम्बुको नेतृत्वमा गएको प्रहरी टोलीले
More

अध्यायदेश जारी हुने, नयाँ सरकार गठनको बाटो खुल्ने

काठमाडौं । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश, प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने विषयमा दलहरु लगभग सहमति नजिक पुगेका छन् । राष्ट्रियसभा गठनमा कस्तो निर्वाचन प्रणाली अपनाउने भन्ने विषयमा विवाद हुँदा मतगणना सकिएको दुई हप्ताभन्दा बढी भैसक्दासमेत सबै राजनीतिक र संवैधानक प्रक्रिया अवरुद्ध हुँदै आएको छ । तीनवटै विषयलाई प्याकेजमै सहमति गरेर राजनीतिक गाँठो फुकाउन ठूला दल तयार देखिएका छन् । पछिल्लो समय देखिएको राजनीतिक गतिरोध अन्त्य गर्दै सत्ता हस्तान्तरण प्रक्रिया सहज बनाउन एमाले, कांग्रेस र माओवादीले छलफल तीव्र बनाएका हुन् । राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश दलीय विवादका कारण राष्ट्रपति कार्यालयमा अड्किँदा प्रतिनिधिसभाले समेत पूर्णता पाएको छैन भने प्रतिनिधिसभाको पूर्णताको अभावमा
More

दुर्लभको गजल

आफ्नै कदम मिलाएर चाल्न जानिन म आधुनिक जमानामा ढाल्न जानिन म कसो गर्दा ठिक होला,मेसो नपाउदा दिगो शान्ति जिन्दगीमा पाल्न जानिन म आफु बदलियो भने,सबै बदलिन्छ अर्थपूर्ण अभियान थाल्न जानिन म साना कुरा तेर्सिएर,लक्ष्य हराउदा आफ्नै कमिकमजोरी फाल्न जानिन म अन्धकार हराउथे,मैनसरी जलि आत्मज्ञान जलाएर बाल्न जानिन म दुर्लभ शाह त्यागी गुल्मी हाल-नगरकोट
More

नक्कली अनुमति पत्र बनाएको आरोपमा यातायात विभागका उपसचिव र शाखा अधिकृत पक्राउ

काठमाडौं । काठमाडौंको सुकेधारास्थित यातायात व्यवस्था विभागको लाइसेन्स कार्यालयका प्रमुख तथा उप-सचिव सुन्दर भट्टराई र शाखा अधिकृत यमलाल ढकाल पक्राउ परेका छन् । नक्कली कागजात तयार गरी साउदी अरेवियन सवारी चालक अनुमति-पत्रको आधारमा नेपाली सवारी चालक अनुमति-पत्र बनाई दिने (नेपालीकरण गर्ने) गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । उनीहरुमाथि लाइसेन्स नेपालीकरण गर्ने नाममा फर्जी कागजात तयार गरी ८० हजार रुपैयाँसम्म लिएर लाइसेन्स बेचेको आरोप लागेको छ । उनीहरुलाई यातायात व्यवस्था विभागले हिजो (बुधबार) मात्रै कार्यालयबाट विभागमा तानेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवस्तरीय
More

बजारमा दूषित खाद्य वस्तुको बिगबिगी ; खाद्य उद्योगबिरुद्ध मुद्दा दायर

काठमाडौं । प्रभावकारी बजार नियमनको अभावमा बजारमा अखाद्य वस्तुको बिगबिगी देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको नमूना प्रयोगशाला परिक्षणले ठूला उद्योगकै उत्पादनहरू अखाद्य देखिएको छ । प्रयोगशाला परिक्षणका क्रममा अखाद्य देखिएपछि विभागले विभिन्न ५० उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । चालू आर्थिक वर्ष (आव) २०७४/७५ को पहिलो चार महिनामा विभागले गरेको प्रयोगशाला परिक्षणमा एक सय १५ खाद्य नमूना उपभोगका लागि प्रतिकूल देखिएको छ । विभागले साउनदेखि कात्तिकसम्म गरेको बजार अनुगमनका क्रममा संकलित नौ सय तीन खाद्य नमूनाको प्रयोगशाला परिक्षण गरेको थियो । पानी सबैभन्दा बढी दूषित विभागका अनुसार नमूना परिक्षणका क्रममा पानी सबैभन्दा बढी दूषित
More