Monthly Archives December 2017

अस्पताल भवनमा सिलबन्दी

मध्यपुरथिमि नगरपालिकाद्वारा मध्यपुरथिमि–४ मा निर्माण भईरहेको क्षयरोग अस्पताल भवनमा सिलबन्दी गरेपछि जानकारी दिँदै नगरप्रमुख मदनसुन्दर श्रेष्ठ । नेपाल सरकारको रु २९ करोडको लागतमा निर्माण भईरहेको राष्ट्रिय क्षयरोग केन्द्रको ३०० शैयाको क्षयरोग अस्पतालको भवन निर्माण गर्दा नगरपालिकासँग स्वीकृति नलिई भवन निर्माण गरेको भन्दै सिलबन्दी गरिएको हो । तस्विर: रमेश गिरी
More

बलात्कार अभियोगमा युवक पक्राउ

त्रिशूली । विदुर नगरपालिका वडा नं १ त्रिशूली बस्ने एक युवकलाई किशोरी बलात्कारको आरोपमा पक्राउ गरिएको छ । एक किशोरीलाई जबर्जस्ती करणी गरेका कारण १७ वर्षीय राजेश तामाङलाई पक्राउ गरी कारवाहीका लागि जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । मंगलबार साँझ भएको घटनाको बुधबार उजुरी परेपछि आरोपित युवकलाई पक्राउ गरी आज मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
More

एनआरएन अनररी काउन्सिलमा नबस्ने विश्व पण्डितको घोषणा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वसल्लाहाकार विश्वआर्दश पण्डितले हालै गठन गरेको एनआरएन अनररी काउन्सिल सदस्यमा नबस्ने घोषणा गरेका छन् । पण्डितले संघका अध्यक्ष र महासचिवलाई एक पत्र लेख्दै संघको बिधानमै नभएको निकायमा बस्न असमर्थ रहेको जनाएका छन् । पत्रमा विधानमा यस्तो कुनै समितिको व्यवस्था छैन, तसर्थ यो समितिको काम कतव्र्य र अधिकार के हो भनी प्रश्नसमेत गरेका छन् । उनले पत्रमा भनेका छन्, ‘स्वघोषित मान्यवर भनिएको परिषदमा योग्य ठानेर नियुक्ति गरेकोमा धन्यबाद दिदैं नयाँ पद सिर्जना गरी नियुक्ति लिनुदिनु पर्ने अवस्था किन आइलाग्यो ? असमन्जस र किंकर्तव्यबिमुढ छु ? यो भन्दा त बरु संघलाई विभिन्न ढंगले टेवा पु-याउँदै
More

अन्तिम ओभरमा रोहितको लगातार छक्का, भैरहवा फाइनलमा

काठमाडौं। दोस्रो क्वालिफायरमा शानदार जीतसँगै भैरहवा वारियर्स एभरेष्ट प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । अन्तिम ओभरमा रोहित पौडेलले आक्रामक ब्याटिङसहित लगातार दुई छक्का प्रहार गर्दै भैरहवाको फाइनल यात्रा निश्चित गरेका हुन् । अब भैरहवा पर्सी शनिबार हुने फाइनलमा विराटनगर वारियर्ससँग भिड्नेछ । भैरहवा पहिलो क्वालिफायरमा हिजो मात्रै विराटनगरसँग पराजित भएकोले उसले हिलोको बदला लिने मौका पाएको छ । अन्तिम ओभरमा १३ रन चाहिएको अवस्थामा ओभरको पहिलो र दोस्रो बलमा लगातार छक्का हानेका रोहितले तेस्रो बलमा एक रन लिँदै इनिङ समाप्त गरे । उनले १७ बलमा नटआउट २८ रन बनाए । ओपनर प्रथम सालुन्केले आक्रामक सुरुवात गरेको भैरहवाको इनिङ मध्यक्रमका
More

कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको वैठक भोलि

काठमाडौं । कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक शुक्रवार बस्ने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनापछि कांग्रेस सभापति शेरवहादुर देउवाले पहिलो पटक केन्द्रिय कार्य सम्पादन समितिको बैठक बोलाएका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा निर्वाचनको समिक्षा हुनुका साथै समानुपातिक सांसद चयनका विषयमा छलफल हुने कार्यक्रम रहेको छ । दोस्रो संबिधान सभा निर्वाचनमा पहिलो दलको रुपमा रहेको नेपाली कांग्रेस प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रतक्ष्यतर्फ तेस्रो स्थानमा खुम्चिएको छ । निर्वाचनपछि केहीले पार्टी सभापति देउवाको राजिनामा समेत माग गर्दै आएका छन् ।
More

दीर्घरोग लागेका विरामीलाई मासिक पाँच हजार भत्ता

काठमाडौं । सरकारले दीर्घरोग लागेका विरामीहरुको जिविकोपार्जनका लागि मासिक भत्ता दिने भएको छ । आज बसेको मन्त्रीपरिषद बैठकले दुवै मृगौलाले काम नगर्ने, क्यान्सर, स्पाइनल इञ्जुरी तथा पक्षघात भई अपांग भएका विरामीलाई जिविकोपार्जनका लागि मासिक पाँच हजार भत्ता दिने निर्णय गरेको हो । जटिल रोग लागेको बिरामीलाई जीवनयापनको लागि सहयोग गर्न स्वास्थ्य मन्त्रालयको प्रस्तावमा जीवन निर्वाहको लागि भत्ता उपलब्ध गराउने निर्णय बैठकले गरेको हो । बैठकले स्वास्थ्य सचिवमा डाक्टर पुष्पा चौधरीलाई नियुक्त गरेको छ । स्वास्थ्य मन्त्रालयकी प्रमुख विशेषज्ञ रहेकी डाक्टर चौधरीलाई सचिवमा नियुक्त गर्ने निर्णय सरकारले गरेको हो । स्वास्थ्य मन्त्रालयमा विगत तीन सातादेखि स्वास्थ्य सचिव खाली थियो । त्यस्तै
More

दार्चुला केन्द्र भएर गयो भूकम्प

काठमाडौं। आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। दर्चुलामा केन्द्र भएर ४.५ म्याग्निच्युटको भूकम्प गएको छ भूकम्प मापन केन्द्रले जनाएको छ। ७२ बैशाख १२ को महाभूकम्प पछि लगातार पराकम्प जाने क्रम कयमै रहेको भएपनि आज दार्चुलामा गएको यो पराकम्प नभएर भूकम्प भएको उल्लेख छ।
More

अभिनेत्री बिना थापाको सडक दुर्घटनामा निधन

अभिनेत्री बिना थापाको सडक दुर्घटनामा निधन भएको छ । बुधवार दिउँसो बत्तीसपुतलीमा भएको दुर्घटनामा कलाकार थापाको निधन भएको हो । राजधानीको बत्तीसपुतलीमा बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले बिना सवार बा.५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि उनलाई वीर अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको प्रहरीले बताएको छ । ठक्कर दिने ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिना गुल्मीको मुसिकोट गाउँपालिका–२ की स्थायी हुन् । उनी अभिनीत नयाँ फिल्म ‘पिंजडा ब्याक अगेन’ प्रदर्शनको तयारीमा छ । उनले ‘उवर्शी’, ‘डिभोर्स’ फिल्मसँगै दर्जन बढी म्यूजिक भिडियो र नाटकमा समेत अभिनय गरेकी छिन् । देश
More

मिस्त्रीखोला जलविद्युत आयोजना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमत्ताको मिस्त्रीखोला जलविद्युत आयोजनाको बाँध निर्माण गरिँदै । रोवस्ट ईनर्जी प्रालीले निर्माण गरेको यो आयोजनाको बाँध, सुरुङ, विद्युतगृह र पेनस्टक निर्माणको काम एकै साथ तीब्र गतिमा भैरहेको छ । तस्बिर : सन्तोष गौतम
More

पूर्वराजा ज्ञानेन्द्र आज नेपालगञ्ज जाने

नेपालगञ्ज । पूर्वराजा ज्ञानेन्द्र शाह आज बाँके जाँदैछन् । लामो समयपछि पारिवारिक भ्रमणका लागी उनी आज नेपालगञ्ज जान लागेका हुन । श्रीमती कोमल सहित उनी दिउसो पौने चार बजे नेपालगञ्ज जाने कार्यक्रम छ । पूर्व राजाले नेपालगञ्जमा तयार भएको सोल्टी होटलको उदघाटन गर्ने कार्यक्रम छ । शाह दम्पती करिव दुई साता पश्चिम नेपालमा रहने बताइएको छ । सो क्रममा शाह दम्पतीले केही धार्मिक क्षेत्रको भ्रमण गर्ने बताइएको छ । उनले पश्चिम नेपालमा रहदा राजवादी संघसंस्थाका प्रतिनिधिसँग भेटघाट समेत गर्ने कार्यक्रम छ ।
More

गौशालाको होटलमा भारतीय नागरिकको हत्या

काठमाडौं । काठमाडौको गौशालामा गएराति एक भारतीय नागरिकको हत्या भएको छ । गौशालामा रहेको पशुपति भिजनस्थित आमादब्लम होटलमा बास बस्न पुगेका भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको हो । होटलमा कुटपिटवाट घाइते भएका गुरुङको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गौशाला प्रहरीले जानकारी दिएको छ । मदिरा सेवनबाट उत्पन्न विवादपछि होटलका कर्मचारी र गुरुङबीच झगडा भएको देखिएकाले थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनमा सग्लन भएको आशंकामा पाँच जनालाई नियन्त्रणमा लिएर छानविन अघि बढाइरहेको छ ।
More

प्रचण्डसँगको भेटपछि अध्यक्ष ओलीले बोलाए स्थायी समिति

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग हिजो भेट गरेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आजैका लागि स्थायी समिति बैठक बोलाएका छन् । पार्टी एकता, नयाँ सरकार गठन, राष्ट्रिय सभा विधयेक विवाद लगायतका विषयमा छलफल गर्न एमालेले स्थायी समितिको बैठक बोलाएको हो । बैठक दिउसो एक बजेपछि पार्टी अध्यक्ष केपी ओलीको भक्तपुर वालकोटस्थित निवासमा बस्नेछ । माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग बुधबार भेट गरेपछि ओलीले आज छलफलका लागि स्थायी समितिको बैठक बोलाएका हुन । दुबै नेताले प्रधानमन्त्रीलाई तत्काल राजीनामा गरी नयाँ सरकारको बाटो खोल्न र निर्वाचन आयोगलाई पनि प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न आग्रह गरेका थिए ।
More

राष्ट्रपति भण्डारी र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज राष्ट्रियसभाको अध्यादेश, नयाँ सरकार गठनलगायतका विषयमा भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न भेटमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनबाट प्राप्त ताजा जनादेश बमोजिम चाँडो नयाँ सरकार गठन भई मुलुकको समृद्धितर्फ लाग्ने कार्यमा सफलता मिलोस् भनी अध्यक्ष दाहाललाई शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार जनताको भावना बमोजिम सरकार गठनपछि मुलुकको आर्थिक सामाजिक रुपान्तरण र समृद्धिले गति लिने अपेक्षासमेत व्यक्त गर्नुभएको थियो । राष्ट्रियसभाको निर्वाचन कुन पद्धतिमा गर्ने भन्ने विषयमा प्रमुख दलहरुबीच विवाद कायम हुँदा त्यससम्बन्धी
More

श्रीमान् श्रीमती विवादले आगो लगाउँदा घर जल्यो

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा गएराति भएको आगलागीका कारण एक घर जलेर नष्ट भएको छ । राति करिब ९ बजे भएको आगलागीका कारण दिलबहादुर सावादेन (लिम्बू) को घर जलेर पूर्णरुपमा नष्ट भएको हो । स्थानीय केशर बराइलीका अनुसार घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपातलगायतका सामान जलेर नष्ट हुँदा करिब रु दुई लाखभन्दा बढीको क्षति भएको गाउँलेको अनुमान छ । राति घरायसी विषयमा श्रीमान् र श्रीमतीबीच सामान्य विवादपछि श्रीमान् दिलबहादुरले घरमा आगो सल्काएको बराइलीले बताएका छन् । आगलागी हुनासाथ स्थानीयले नियन्त्रणको प्रयास गरेपनि समयमा नियन्त्रण नहुँदा घर पूर्णरुपमा जलेको बताइएको छ । आगलागी भएको दुई घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको थियो
More

गोपाल किराँतीको नजरमा नारायणकाजी र बादल जुम्रे अवसरवादी

माओवादी केन्द्रका सचिवालय सदस्य गोपाल किराँतीले पार्टीका नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल जुम्रे अवसरवादी भएको आरोप लगाएका छन् । पार्टी र संगठन बलियो बनाउन कुनै योगदान नदिने तर पार्टीको रगत चुसिरहने प्रवृत्ति यी दुई नेतामा देखिएकाले श्रेष्ठ र बादललाई जुम्रे अवसरवादी भनेको किराँतीले बताए । किराँतीसँग सहकर्मी चन्द्र धामीले गरेको कुराकानी– गोपाल किराँती माओवादी केन्द्र, सचिवालय सदस्य, इन्चार्ज प्रदेश–१ ० पार्टीप्रति तपाईंको असन्तुष्टि केमा ? – राजनीतिक कार्यदिशा, पहिचानको मुद्दा र नेतृत्वको कार्यशैलीमा मेरो प्रश्न हो । यी तीनवटा विषयमा मेरो फरक मत छ । संघर्ष अघि बढाइएको छ । ० एमालेसँगको पार्टी एकता गर्न तपाईंको समर्थन छैन
More

देशभर चिसो बढ्यो; काठमाण्डौमा कति छ तापक्रम

काठमाडौं । काठमाडौंसहित देशभर चिसो बढेको छ । १ पुसमा २.८ डिग्रीमा झरेको काठमाडौंको तापक्रम त्यसपछि केही बढेको भए पनि बिहीबार बिहान ६ः३० बजे ३.६ रेकर्ड भएको छ । काठमाडौंको बिहीबार बिहान ८ः४५ बजेको तापक्रम भने ४.८ डिग्री सेल्सियस पुगेको छ । काठमाडाैंमा मापन भएकाे पुस १ को तापक्रम याे वर्षकै कम हो । मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढेको जानकारी दिँदै काठमाडौंको बिहान ६ः३० बजेकाे तापक्रम ३.६ रेकर्ड भएको जनाएको छ । तराई क्षेत्रमा बाक्लो हुस्सु लाग्ने क्रम जारी छ भने मुलुकको पश्चिमी क्षेत्रमा पश्चिमी वायु ‘हाइ क्लाउड’ प्रवेश गरेकाले चिसो बढ्न सक्ने मौसमविद् विभूति पोखरेलले बताइन् । ‘मुलुकको
More

स्थानीय तहमा १८ हजार कर्मचारी अभाव

काठमाडौं : सरकारले स्थानीय तह गठन भएको ६ महिना बितिसक्दासमेत स्थानीय तहमा आवश्यक कर्मचारी पठाउन सकेको छैन । सरकारले आवश्यकताअनुसार कर्मचारी पठाउन नसक्दा तहले लामो समयदेखि विभिन्न समस्या झेल्दै आएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार मुलुकभरका सात सय ५३ वटा स्थानीय तहमा ३६ हजार कर्मचारी आवश्यक पर्छ । तर, अहिले करिब १८ हजार मात्रै कार्यरत छन् । कर्मचारी अभावमा तहले दिने महत्वपूर्ण काम अवरुद्धजस्तै हुन पुगेको स्थानीय विकास मन्त्रालयले जनाएको छ । स्थानीय विकास सचिव दिनेशकुमार थपलियाले कर्मचारी अभावमा तहको सेवा प्रवाह कमजोर भएको बताए । सबै तहमा कर्मचारी पूर्ति भएर जनताले सहज सेवा प्राप्त नगर्दासम्म
More

फोटो पत्रकार समुह बागलुङ शाखाको अध्यक्षमा शाक्य

बागलुङ- राष्ट्रिय फोटो पत्रकार समुह बागलुङ शाखाको अध्यक्षमा मञ्जुल शाक्य चयन हुनु भएको छ । राष्ट्रिय फोटो पत्रकार समुह बागलुङ शाखाको मंगलवार सम्पन्न दोस्रो साधारणसभा तथा जिल्ला शाखा अधिवेसनले शाक्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समुहको उपाध्यक्षमा कोपिला कँडेल, सचिवमा प्रदिप पन्त, सहसचिवमा बिक्रम सुनार र कोषाध्यक्षमा सिर्जना पन्त चयन हुनु भएको छ । सदस्यमा प्रकाश वराल, रामनारायण सुवेदी, सुवास आचार्य, भुवन कँडेल, नारायण रिजाल र हरि शर्मा रहनुभएको छ । केन्द्रिय प्रतिनिधीमा किरण आचार्य र सुवास पन्तलाई चयन गरिएको छ । साधारणसभा तथा अधिवेसनको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले जिल्लाको
More

म्यान्मा–नेपाल मैत्री संघ गठन

काठमाडौं । म्यान्मा–नेपाल सम्बन्धलाई जनस्तरमा समेत सुदृढ एवं सुमधुर तुल्याउने उद्देश्यले म्यान्मा–नेपाल मैत्री संघ गठन गरिएको छ । नेपालका लागि म्यान्माका पूर्व राजदूत ल्हा मिन्ट ऊको अध्यक्षतामा उक्त संघ गठन भएको यांगुनस्थित नेपाली राजदूतावासले जनाएको छ । संघमा म्यान्माका सामाजिक कार्यकर्ता, व्यापारी र बौद्धिक व्यक्तित्व सदस्य छन् । नेपाल र म्यान्माबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५७ वर्षपछि औपचारिक रुपमा जनस्तरमा यसरी पहिलोपटक संघ गठन भएको हो । सरकारीस्तरको पारस्परिक सम्बन्धलाई अझ घनिभूत तुल्याउन तथा जनस्तरको मैत्रीलाई थप प्रगाढ बनाउन संघ स्थापनाको नतृत्व गरेकामा पूर्वराजदूत ल्हाप्रति म्यान्माका लागि नेपाली राजदूत भीम उदासले आभार व्यक्त गर्नुभएको उक्त दूतावासले आज जारी गरेको विज्ञप्तिमा
More

पचास लाख विदेशी पर्यटक भित्र्याउने

काठमाडौं । ट्राभल र टुर व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५१औँ वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना हुने भएको छ । नाट्टाको आज बसेको कार्यसमिति बैठकले नयाँ नेतृत्व चयनका लागि निर्वाचनसहितको साधारणसभा काठमाडौँमा गर्ने निर्णय गरेको हो । निर्वाचनले अध्यक्ष, पदाधिकारी र सदस्यसहित १६ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । नाट्टाको निर्वाचनका लागि ४७० मतदाता रहेका छन् । नाट्टाका अध्यक्ष मधुसुधन आचार्यले आगामी सन् २०३० सम्म ५० लाख विदेशी पर्यटक पु-याउने लक्ष्यका साथ संस्थाले अन्य पर्यटकीय संस्थासँग समन्वय गरेर प्रचारात्मक अभियान चलाउने बताउनुभयो । निर्वाचनको निर्णयसँगै नाट्टाको नेतृत्वका लागि व्यवसायीले दौडधुप शुरु
More