Daily Archives 1st December 2017

सगुनमा लगानी गर्नुभएको छैन? आइतबारसम्म समय छ

लण्डन । लगानीकर्ताहरुको व्यापक रुची तथा मागलाई ध्यान दिंदै सामाजिक सन्जालमा आधारित व्यावसायिक कंपनी ‘सगुन’ मा लगानी गर्नकालागि समय ७२ घण्टा बढाइएको सो कंपनीले जनाएको छ। यसअघि लगानी गर्ने म्याद बिहीबार रातीसम्म रहेकोमा अब डिसेम्बर ३ तारिख, आइतबार मध्यरात (न्यूयोर्क समय) सम्म लगानी गर्न म्याद थपिएको सगुनले जनाएको छ । सगुन संयुक्त राज्य अमेरिकामा दर्ता भएको कंपनी हो। ‘सगुनमा शेयर लगानीका लागि विश्वभरबाट उत्साहजनक सहभागिता जुटेको छ । लगानी गर्ने म्याद गुज्रिनै लाग्दा विश्वभरबाट अत्याधिक संख्यामा लगानीकर्ताहरु शेयर खरिदको प्रकृयामा आउनु भएको छ’, सगुनका संस्थापक गोविन्द गिरीले भने। ‘अन्तिम समयमा बढेको अनपेक्षित चाप व्यवस्थापन र लगानीकर्ताको अनुरोधलाई सम्बोधन गर्नुपर्ने भएकाकारण
More

१ नम्बर प्रदेशबाट कांग्रेसले २० सिट जित्छ : विश्वकर्मा

झापा । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले आगामी निर्वाचनमा नेपाली काँग्रेसले प्रदेश नं १ का २८ मध्ये २० सीटमा विजयी हुने दाबी गर्नुभएको छ । मोरङको उर्लाबारीमा आज काँग्रेस नगर समितिले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दैै उहाँले वाम गठबन्धनका कारण काँग्रेसलाई कुनै असर नपर्ने बताउनुभयो । देशको आर्थिक र सामाजिक विकासमा काँग्रेसको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै उहाँले विकास निर्माण, सडक कालोपत्रे, गरिबी उन्मूलन र सञ्चार क्षेत्रमा भएका परिवर्तन पनि काँग्रेस नेतृत्वकै सरकारले गरेको दाबी गर्नुभयो । सो अवसरमा राप्रपा उर्लाबारीका पूर्व नगर अध्यक्ष लोकबहादुर कट्वाल, नगर उपाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि विमल निरौला, उपाध्यक्ष जीवन पोमु, महाधिवेशन प्रतिनिधि रामजी थापालगायत काँग्रेस प्रवेश
More

उम्मेदवारलाई लक्ष्य गरी बम विस्फोट

कपिलवस्तु । सिद्धराज नगरपालिका¬–९ भगवानपुरमा नयाँ शक्ति पार्टीबाट प्रतिनिधिसभा क्षेत्र नं ३ का उम्मेदवार इलियास सुलसमान चढेको गाडीलाई लक्ष्य गरी अज्ञात समूहले आज अपराह्न बम विस्फोट गराएको छ । विस्फोटका कारण सुलसमान चढेको एमए४३ए ८३०० नंको भारतीय जिपमा सामान्य क्षति भएको छ । विस्फोटबाट उहाँ सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विस्फोटबाट जीपको झ्यालका सिसा फुटेको र टायरमा क्षति भएको प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले बताउनुभयो । घटनास्थल र विस्फोटबारे नेपाली सेनाबाट थप अनुसन्धान भइरहेको जनाइएको छ । निर्वाचन अवधिभर थप घटना हुन सक्ने भएकाले सो क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सघन रुपमा परिचालन गरिएको
More

काँग्रेसद्वारा सामाजिक एवं आर्थिक विकासको मार्गचित्र प्रस्तुत

काठमाडौं । नेपाली काँग्रेसले निर्वाचनपछि मुलुकलाई विकासको बाटामा अगाडि लैजान सामाजिक एवं आर्थिक विकासको मार्गचित्र प्रस्तुत गरेको छ । काँग्रेसले आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी मुलुकलाई पाँच वर्षमा सम्पन्न मुलुक निर्माण गर्न सामाजिक तथा आर्थिक विकासको मार्गचित्र निर्माण गरेको जनाएको छ । पत्रकार सम्मेलनमा काँग्रेसको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिका संयोजक विनोद चौधरीले विसं २०४८ मा काँग्रेस सरकारले लिएको उदारीकरण र खुला बजार अर्थनीतिका कारण आर्थिक–सामाजिक क्षेत्रमा व्यापक सुधार आएको भन्दै त्यहीअनुसार पार्टीले आगामी पाँच वर्षको आर्थिक विकासको मार्गचित्र प्रस्तुत गरेको जानकारी दिनुभयो । “काँग्रेस उदारीकरण, खुला बजार अर्थतन्त्र र विश्वव्यापीकरणको आर्थिक नीतिमा विश्वास गर्ने पार्टी हो”,
More

यसरी छुट्याउन सकिन्छ गगन र राजनलाई

काठमाडौं । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ दुई चर्चित युवा नेता उम्मेदवार रहेका कारण चर्चामा छ । डा राजन भट्टराईले वाम गठबन्धनको नेकपा (एमाले)बाट र गगनकुमार थापाले नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्दैहुनहुन्छ । विसं २०७० मा दोस्रो संविधानसभाको निर्वाचनमा निर्वाचित थापा फेरि आफ्नो विरासत गुमाउन नदिने पक्षमा हुनुहुन्छ भने मन्त्रिपरिषद्बाट सांसद मनोनीत डा भट्टराई वाम गठबन्धनको सहयोगमा थापाको विरासतलाई उल्टाउने प्रयासमा हुनुहुन्छ । थापा एमालेका निर्मल कुइँकेल र नेकपा(माओवादी केन्द्र)का नेता तथा हालका उपराष्ट्रपति नन्दबहादुर पुनलाई हराउँदै निर्वाचित हुनुभएको थियो भने डा भट्टराई पहिलो पल्ट उक्त क्षेत्रमा उम्मेदवार बन्नुभएको छ । राजनीतिक
More

हाम्रो स्पष्ट बहुमत आउछ : प्रम देउवा

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनलाई लक्षित गरेर अराजक तत्वहरूले देशका विभिन्न भागमा गराइरहेको बिस्फोटका घटना निन्दनीय भएको बताउनुभएको छ । धनगढीमा शुक्रबार धनगढीमा सञ्चारकर्मीहरूसंग कुरा गर्दै प्रधानमन्त्री देउवाले सानातिना बिस्फोटका घटनाबाट सरकार विचलित नहुने बताउनुभयो । उहाँले कतिपय स्थानमा भएका बिष्फोटनका घटनामा संलग्नहरूलाई सरकारले नियन्त्रणमा लिइसकेको बताउनु भयो ।“सरकारले यस्ता अराजक तत्वरूलाई कुनै पनि हालतमा छोड्दैन” उहाँले आम मतदातालाई निर्भयपूर्वक मतदान गर्न आह्वान गर्नुभयो । प्रधानमन्त्री देउवाले सरकारले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन कुनै कसर बाकी नराखेको बताउनु भयो । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आसन्न प्रतिनिधि सभा तथा सबै प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसको पूर्ण बहुमत
More

विद्यालयको छात्रबासमा आतङ्ककारी आक्रमण

इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिमी सहर पेशावरमा शुक्रबार बिहान विद्यालयको छात्रवासमा एक आतङ्ककारी आक्रमण भएको छ । यस आक्रमणमा परी कम्तीमा नौ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३५ जना घाइते भएका उर्दृ टेलिभिजन च्यानल एआरवाईले जानकारी दिएको छ । पेशावरमा रहेको एग्रीकल्चर युनिभरसिटीको छात्रवासमा अज्ञात व्यक्तिले बन्दुक हमला गरेका थिए । त्यहाँ रहेका कर्मचारी र विद्यार्थी मारिएका हुन् । उनीहरुमाथि भएको सो आक्रमणबाट केही विद्यार्थी र कर्मचारी मारिएका हुन् । यस आक्रमणमा मारिएका व्यक्तिको शवलाई पेसावरस्थित हयाताबाद मेडिकल कम्प्लेस र सैवेर टिचिङ्ग हस्पिटलमा ल्याइएको पुष्टि भएको छ । यसैबीच प्राप्त पछिल्लो एक समाचारअनुसार यस आक्रमणको पाकिस्तानी आतङ्ककारी समूह, तेहरिक इ तालिबानले
More

वार्षिक १५ लाख पर्यटक भित्र्याउन एनआरएनले अभियान थाल्ने

पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएन) ले वार्षिक १५ लाख पर्यटक भित्र्याउने अभियान थाल्ने भएको छ । पर्यटकीय सहर पोखरा लेखनाथ महानगरपालिकालाई स्मार्ट सिटी बनाउने अन्र्तक्रिया कार्यक्रममा एनआरएन अध्यक्ष भवन भट्टले आफ्नो दुई वर्षे कार्यकालमा वार्षिक १५ लाख पर्यटक नेपाल भित्र्याउने अभियान थाल्ने बताए । स्पेनले वार्षिक ६ करोड बढी पर्यटक भित्र्याएको प्रसंग कोट्याउँदै अध्यक्ष भट्टले विश्वकै उत्कृष्ट गन्तव्य मुलुकमा पर्ने नेपालमा भने वार्षिक ८ लाख पर्यटक पनि भित्रिन नसकेकोमा दुःख व्यक्त गरे । आफ्नो दुई वर्षे कार्यकालभित्रै वार्षिक १५ लाख पर्यटक भित्र्याउने गरी विभिन्न अभियानमा लागेको उनले बताए । नेपालमा धेरै पर्यटनको सम्भावना हुदाहुँदै पनि त्यसको मार्केटिङ गर्न नसकिएको
More

विश्व एड्स दिवस

विश्व एड्स दिवसका अवसरमा पोखरामा शुक्रबार आयोजित पदयात्रामा सहभागीहरू । तस्बिर : वासुदेव पौडेल
More

राष्ट्रियसभा सदस्य बन्ने कुरा पूर्णत असत्य : निधि

जनकपुरधाम । नेपाली काँग्रेसका नेता एवं धनुषा जिल्ला क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले आफ्नो बारेमा राष्ट्रियसभा सदस्यका प्रशंग कपोलकल्पित भएको बताउनुभएको छ । जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आफू प्रतिनिधिसभा सदस्यको उम्मेदवारी त्याग गरी राष्ट्रियसभाको सदस्य बन्ने कुरा पूर्णतः असत्य हो भन्नुभयो । नेता निधिले आफ्नो उम्मेदवारी त्याग बारेमा अभिव्यक्ति दिनेलाई नै उम्मेदवारी त्याग गर्न आग्रह गर्दै आफू कतै छोडेर नगएको र प्रतिनिधिसभा सदस्य उम्मेदवार छु भन्नुभयो । उहाँले आफू यही जन्मेको, संघर्ष गरेको, विकासका पूर्वाधार स्थापना गराएको, जनकपुरलाई राजधानी बनाउन र राजर्षीजनक विश्वविद्यालय स्थापना गराउन प्रयासरत रहेका कारण आफ्नो बारेमा राष्ट्रियसभा सदस्यलाई जोडेर सार्वजनिक
More

कति निश्चल, निष्कपट र सरल सुदूरपश्चिमेली: डा. आरजु

धनगढी । ‘हाम्रा मन्त्रीले ब्या (बिहे) ग-याकी कसी (कस्ती) छन्, धेरै पढ्यालेख्याकी कसी हुन्या रै’छन्’ २५ वर्षअघि कांग्रेस नेता शेरबहादुर देउवासँग बिवाह गरेर पहिलो पटक घर (डडेल्धुरा) पुगेकी डाक्टर आरजु राणा देउवाले आफूलाई भेट्न आएका बृद्ध महिलाहरूले त्यतिबेला व्यक्त गरेको उद्गार स्मरण यतिबेला गर्नुभएको छ । उहाँहरूको कुरा सुनेर मैले अनुभूत गरे, ‘ओ हो… कति निश्चल, कति निष्कपट र सरल सुदूरपश्चिमेलीहरू’ डा. आरजुले भन्नुभयो– वास्तवमा गाउँको असली अनुभूति मैले त्यतिबेला गरेको हुँ । झन्डै २० वर्षदेखि सुदुरपश्चिमलाई सामाजिक कामको कार्यक्षेत्र बनाउँनु भएकी देउवाले आफू आमा बन्दा पाएको सास्तीलाई महसुश गरेर मातृशिशुको सुरक्षाको क्षेत्रमा काम गरेको बताउँनु भयो । कांग्रेस नेतृ
More

तायाहाङ्माको ‘आमा मेरी आमा…’ (भिडियो)

काठमाडौं । गायिका तायाहाङ्मा राई श्रोता तथा दर्शकमाझ मार्मिक गीत तथा भिडियो लिएर आएकी छन् । तायाहाङ्माले ‘आमा मेरी आमा’ बोलको गीत एवं भिडियो सार्वजनिक गरेकी हुन् । आमाप्रति समर्पित यस भिडियोलाई तायाहाङ्माले आफ्नै यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । गीतसंगीत क्षेत्रमा ८ वर्षयता निरन्तर साधनारत यी गायिकाको पछिल्लो गीत ‘कोही छ’ चर्चामा आएको थियो । नर्सिङ पढ्दा पढ्दै गायनमा लागेकी तायाहाङमाले रेडियो नेपालबाट २०६७ सालमा आधुनिकतर्फ स्वर परीक्षा पास गरेकी थिइन् । यहाँसम्म आइपुग्दा तायाहाङ्माले थुपै्र गीत गाइसकेकी छन् । तर, हालै सार्वजनिक गीत अर्थात् ‘आमा मेरी आमा’ निकै मर्मश्पर्शी तथा मनछुने छ । फरकशैलीमा निर्माण गरिएको यस भिडियोमा
More

काठमाडौंमा विस्फोट गराउन ल्याइएका बमसहित दुई भारतीय पक्राउ

धादिङ । इलाका प्रहरी कार्यालय खानीखोला धादिङले ठुलो संख्यामा विस्फोटक पदार्थ सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा ना ७ ख ४९७६ काकटभिट्टावाट काठमाडौं आउदै गरेको यात्रुबहाक बसमा नौविसेमा प्रहरीले चेकजाँच गर्दा प्रेसरकुकर, सकेट बम सहित विस्फोटक पदार्थ बरामद गरेको हो । दोस्रो चरणमा निर्वाचन हुने काठमाडौं लगायतका क्षेत्रमा विस्फोट गराउने उद्देश्यले ल्याइदै गरेको अवस्थामा विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा भारत सिलगुढीका एम फर्मा खान र आसामका राजु मिश्र रहेका छन् । उनीहरुको साथवाट तयारी अवस्थामा रहेको तीन थान बम र विस्फोटक पदार्थका साथै मोटरसाइकलको सक लगायतका सामाग्री बरामद भएको
More

भक्तपुरमा कार दुर्घटना; चालकको मृत्यु

भक्तपुर, । आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५०० मिटर तल खोल्छामा खसेर दुर्घटना भएको हो । कारका चालक सूर्यविनायक–९ नलिन्चोक घर भई हाल काभ्रे जनगाल बस्ने ४० वर्षीय जीतेन्द्र खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त जगातीले जानकारी दिएको छ । शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । – राजधानी दैनिकबाट ।
More

यात्रुबाहक बसबाट बम बरामद

काठमाडौँ । काँकडभित्ताबाट काठमाडौँ आउदै गरेको यात्रुबाहक बसको चेकजाँच गर्दा प्रहरीको होस् उडेको छ। धादिङको खानीखोलामा चेकजाँचका क्रममा बसबाट प्रेसरकुकर बम, सकेट बम र बम बनाउने सामान बरामत गरेको प्रहरीले जनाएको छ। काठमाडौँ आउदै गरेको ना ७ ख ४९७६ नम्बरको यात्रुबाहक बसबाट प्रहरीले प्रेसरकुकर बम, सकेट बम र बम बनाउने सामानसहित दुई जनालाई पक्राउ गरेको छ। बसमा लुकाइछिपाइ राखेको अबस्थामा प्रहरीले बम बरामत गरेको हो। बम ल्याउने दुई जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ। – डिसी नेपालबाट ।
More

ट्रम्पलाई ट्विटर ‘डिलिट’ गर्न बेलायती सांसदको माग

लन्डन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमान विरोधी एउटा भिडियोलाई उनको ट्विटर अकाउन्टबाट पुनः ट्विट गरेपछि बेलायतको एक सांसदले उनको ट्विटर अकाउन्ट बन्द गर्न माग गरेका छन्। ट्रम्पले अति–दक्षिणपन्थी ट्विटलाई रिट्विट गर्दै समाजमा घृणा फैलाएको आरोप बेलायतका सांसदहरुले लगाएका छन्। उनीहरु ट्रम्पले गर्न लागेको पूर्वनिर्धारित बेलायतको राजकीय भ्रमण खारेज गर्नसमेत माग गरेको बिबिसीले जनाएको छ। बेलायतको कन्जरभेटिभ दलको एक सांसदले बेलायतकी प्रधानमन्त्री थेरेसा मेले अमेरिकी राष्ट्रपति ट्रम्पलाई उनको ट्विटर अकाउन्ट ‘डिलिट’ गर्न मनाउन सकिन भने विश्व एकदमै राम्रो ठाउँ हुने बताएका छन्। बेलायतकी गृह मन्त्री अम्बर रुडले बेलायती प्रधानमन्त्रीविरुद्धको आलोचनाले राष्ट्रपति ट्रम्पलाई केही प्रभावित पार्नसक्ने बताइन् । तर उनले ट्रम्पले गर्न
More

शक्तिशाली आँधिबाट ३ को मृत्यु

कोलोम्बो । श्रीलङ्कामा आएको शक्तिशाली आँधीमा परी तीन जनाको मृत्यु भएको समाचार छ। यस आँधीको कारण एक दर्जन भन्दा बढी व्यक्ति घाइते भएका छन् भने अरु केही हराइरहेका छन्। आँधीले सडक छेउका सयौँ रुख ढालेको छ भने घरहरु पनि पूर्णरुपमा क्षति पुगेको बताइएको छ। आँधी र भारी वर्षाका कारण बिहीबार दक्षिणी र मध्यप्रान्तका सकै बिद्यालय बन्द गरिएको छ। बुधबार राति रुख ढलेर ती व्यक्तिको मृत्यु भएको थियो। सडक, रेल मार्गसमेत बन्द भएको प्रकोप व्यवस्थापन केन्द्रका प्रवक्ता प्रदिप कोदिसिलीले बताए। कोलोम्बो नेसनल अस्पतालमा यस आँधीको कारण घाइते भएका कम्तीमा १५ व्यक्ति उपचारार्थ भर्ना भएका ती प्रवक्ताले जानकारी दिएका छन्। त्यसैगरी दक्षिणी
More

त्रिचन्द्र क्याम्पसमा शङ्कास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौंको त्रिचन्द्र कलेजमा शंकास्पद बस्तु फेला परेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ। कलेजको कम्पाउण्डभित्र शंकास्पद वस्तु भेटिएपछि घटनास्थल पुगेको प्रहरीले त्रिचन्द्र कलेज आसपास हुँदै चल्ने गाडीलाई रोक लगाएको छ। शंकास्पद बस्तु बम हो या होइन भन्ने बारे पुष्टी नभसकेकाले सेनाको डिस्पोजल टोलीले त्यसको चेकचाज गरिरहेको प्रहरीले जनाएको छ। पछिल्लो समय बम आतंकका घटना बढ्न थालेपछि सुरक्षा व्यवस्थामा चुनौति देखिएको छ। – डिसी नेपालबाट ।
More

रुकुमका दुई मतदान केन्द्रमा आज पुन मतदान

रुकुम । पश्चिम रुकुमका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एक-एक मतदान केन्द्रमा आज पुनः मतदान हुँदैछ । १० मंसिरमा भएको पहिलो चरणको निर्वाचनका क्रममा मतपेटिकामा एसिड हालिदिँदा मतपत्र जलेपछि स्थगित भएका केन्द्रमा पुनः मतदान हुन लागेको हो । बाँफीकोट गाउँपालिका- ५ को रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको र आठबिसकोट नगरपालिका-११ को नेपाल राष्ट्रिय मावि गतसैनाको (ख) मतदान केन्द्रमा समानुपातिकतर्फको मतदान हुने मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए । बाँफीकोटको मतदान केन्द्रको मतपेटिकामा २४६ मत र आठबिसकोटको मतपेटिकामा ३०३ मत खसेका बेला मतपेटिकामा आगो देखिएपछि पानी हालेर निभाइएको थियो । एसिड हालेको आशंकामा प्रहरीले बाँफीकोटबाट कल्पना
More

दिवानसिंहलाई बिना मगरको चुनौति

महेन्द्रनगर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा पुरानै चिरपरिचित प्रतिद्वन्द्वीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । संविधानसभाको निर्वाचनमा अहिलेका नेपाली काँग्रेसका दिवान सिंह बिष्ट र वाम गठबन्धनका बिना मगर प्रतिस्पर्धीका रुपमा हुनुहुन्थ्यो । अहिले प्रतिनिधिसभाको निर्वाचनमा पनि दुवै जना प्रतिस्पर्धी हुनुहुन्छ । एमाले र माओवादी केन्द्र दुवै पार्टीले साझा उम्मेदवारका रुपमा मगरलाई मैदानमा उतारेको छ भने काँग्रेसका बिष्ट एक्लै चुनावी मैदानमा हुनुहुन्छ । दुवै जनाले जिल्लाको दक्षिणी क्षेत्रको विकासका लागि चुनावी एजेण्डासहित प्रचार प्रसारलाई अगाडि बढाउनुभएको छ । स्थानीय तहको निर्वाचनको वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा एमालेको १८ हजार ५६९ र माओवादी केन्द्रको १६ हजार
More