Daily Archives 1st December 2017

कति निश्चल, निष्कपट र सरल सुदूरपश्चिमेली: डा. आरजु

धनगढी । ‘हाम्रा मन्त्रीले ब्या (बिहे) ग-याकी कसी (कस्ती) छन्, धेरै पढ्यालेख्याकी कसी हुन्या रै’छन्’ २५ वर्षअघि कांग्रेस नेता शेरबहादुर देउवासँग बिवाह गरेर पहिलो पटक घर (डडेल्धुरा) पुगेकी डाक्टर आरजु राणा देउवाले आफूलाई भेट्न आएका बृद्ध महिलाहरूले त्यतिबेला व्यक्त गरेको उद्गार स्मरण यतिबेला गर्नुभएको छ । उहाँहरूको कुरा सुनेर मैले अनुभूत गरे, ‘ओ हो… कति निश्चल, कति निष्कपट र सरल सुदूरपश्चिमेलीहरू’ डा. आरजुले भन्नुभयो– वास्तवमा गाउँको असली अनुभूति मैले त्यतिबेला गरेको हुँ । झन्डै २० वर्षदेखि सुदुरपश्चिमलाई सामाजिक कामको कार्यक्षेत्र बनाउँनु भएकी देउवाले आफू आमा बन्दा पाएको सास्तीलाई महसुश गरेर मातृशिशुको सुरक्षाको क्षेत्रमा काम गरेको बताउँनु भयो । कांग्रेस नेतृ
More

तायाहाङ्माको ‘आमा मेरी आमा…’ (भिडियो)

काठमाडौं । गायिका तायाहाङ्मा राई श्रोता तथा दर्शकमाझ मार्मिक गीत तथा भिडियो लिएर आएकी छन् । तायाहाङ्माले ‘आमा मेरी आमा’ बोलको गीत एवं भिडियो सार्वजनिक गरेकी हुन् । आमाप्रति समर्पित यस भिडियोलाई तायाहाङ्माले आफ्नै यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । गीतसंगीत क्षेत्रमा ८ वर्षयता निरन्तर साधनारत यी गायिकाको पछिल्लो गीत ‘कोही छ’ चर्चामा आएको थियो । नर्सिङ पढ्दा पढ्दै गायनमा लागेकी तायाहाङमाले रेडियो नेपालबाट २०६७ सालमा आधुनिकतर्फ स्वर परीक्षा पास गरेकी थिइन् । यहाँसम्म आइपुग्दा तायाहाङ्माले थुपै्र गीत गाइसकेकी छन् । तर, हालै सार्वजनिक गीत अर्थात् ‘आमा मेरी आमा’ निकै मर्मश्पर्शी तथा मनछुने छ । फरकशैलीमा निर्माण गरिएको यस भिडियोमा
More

काठमाडौंमा विस्फोट गराउन ल्याइएका बमसहित दुई भारतीय पक्राउ

धादिङ । इलाका प्रहरी कार्यालय खानीखोला धादिङले ठुलो संख्यामा विस्फोटक पदार्थ सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा ना ७ ख ४९७६ काकटभिट्टावाट काठमाडौं आउदै गरेको यात्रुबहाक बसमा नौविसेमा प्रहरीले चेकजाँच गर्दा प्रेसरकुकर, सकेट बम सहित विस्फोटक पदार्थ बरामद गरेको हो । दोस्रो चरणमा निर्वाचन हुने काठमाडौं लगायतका क्षेत्रमा विस्फोट गराउने उद्देश्यले ल्याइदै गरेको अवस्थामा विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा भारत सिलगुढीका एम फर्मा खान र आसामका राजु मिश्र रहेका छन् । उनीहरुको साथवाट तयारी अवस्थामा रहेको तीन थान बम र विस्फोटक पदार्थका साथै मोटरसाइकलको सक लगायतका सामाग्री बरामद भएको
More

भक्तपुरमा कार दुर्घटना; चालकको मृत्यु

भक्तपुर, । आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५०० मिटर तल खोल्छामा खसेर दुर्घटना भएको हो । कारका चालक सूर्यविनायक–९ नलिन्चोक घर भई हाल काभ्रे जनगाल बस्ने ४० वर्षीय जीतेन्द्र खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त जगातीले जानकारी दिएको छ । शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । – राजधानी दैनिकबाट ।
More

यात्रुबाहक बसबाट बम बरामद

काठमाडौँ । काँकडभित्ताबाट काठमाडौँ आउदै गरेको यात्रुबाहक बसको चेकजाँच गर्दा प्रहरीको होस् उडेको छ। धादिङको खानीखोलामा चेकजाँचका क्रममा बसबाट प्रेसरकुकर बम, सकेट बम र बम बनाउने सामान बरामत गरेको प्रहरीले जनाएको छ। काठमाडौँ आउदै गरेको ना ७ ख ४९७६ नम्बरको यात्रुबाहक बसबाट प्रहरीले प्रेसरकुकर बम, सकेट बम र बम बनाउने सामानसहित दुई जनालाई पक्राउ गरेको छ। बसमा लुकाइछिपाइ राखेको अबस्थामा प्रहरीले बम बरामत गरेको हो। बम ल्याउने दुई जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ। – डिसी नेपालबाट ।
More

ट्रम्पलाई ट्विटर ‘डिलिट’ गर्न बेलायती सांसदको माग

लन्डन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुसलमान विरोधी एउटा भिडियोलाई उनको ट्विटर अकाउन्टबाट पुनः ट्विट गरेपछि बेलायतको एक सांसदले उनको ट्विटर अकाउन्ट बन्द गर्न माग गरेका छन्। ट्रम्पले अति–दक्षिणपन्थी ट्विटलाई रिट्विट गर्दै समाजमा घृणा फैलाएको आरोप बेलायतका सांसदहरुले लगाएका छन्। उनीहरु ट्रम्पले गर्न लागेको पूर्वनिर्धारित बेलायतको राजकीय भ्रमण खारेज गर्नसमेत माग गरेको बिबिसीले जनाएको छ। बेलायतको कन्जरभेटिभ दलको एक सांसदले बेलायतकी प्रधानमन्त्री थेरेसा मेले अमेरिकी राष्ट्रपति ट्रम्पलाई उनको ट्विटर अकाउन्ट ‘डिलिट’ गर्न मनाउन सकिन भने विश्व एकदमै राम्रो ठाउँ हुने बताएका छन्। बेलायतकी गृह मन्त्री अम्बर रुडले बेलायती प्रधानमन्त्रीविरुद्धको आलोचनाले राष्ट्रपति ट्रम्पलाई केही प्रभावित पार्नसक्ने बताइन् । तर उनले ट्रम्पले गर्न
More

शक्तिशाली आँधिबाट ३ को मृत्यु

कोलोम्बो । श्रीलङ्कामा आएको शक्तिशाली आँधीमा परी तीन जनाको मृत्यु भएको समाचार छ। यस आँधीको कारण एक दर्जन भन्दा बढी व्यक्ति घाइते भएका छन् भने अरु केही हराइरहेका छन्। आँधीले सडक छेउका सयौँ रुख ढालेको छ भने घरहरु पनि पूर्णरुपमा क्षति पुगेको बताइएको छ। आँधी र भारी वर्षाका कारण बिहीबार दक्षिणी र मध्यप्रान्तका सकै बिद्यालय बन्द गरिएको छ। बुधबार राति रुख ढलेर ती व्यक्तिको मृत्यु भएको थियो। सडक, रेल मार्गसमेत बन्द भएको प्रकोप व्यवस्थापन केन्द्रका प्रवक्ता प्रदिप कोदिसिलीले बताए। कोलोम्बो नेसनल अस्पतालमा यस आँधीको कारण घाइते भएका कम्तीमा १५ व्यक्ति उपचारार्थ भर्ना भएका ती प्रवक्ताले जानकारी दिएका छन्। त्यसैगरी दक्षिणी
More

त्रिचन्द्र क्याम्पसमा शङ्कास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौंको त्रिचन्द्र कलेजमा शंकास्पद बस्तु फेला परेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ। कलेजको कम्पाउण्डभित्र शंकास्पद वस्तु भेटिएपछि घटनास्थल पुगेको प्रहरीले त्रिचन्द्र कलेज आसपास हुँदै चल्ने गाडीलाई रोक लगाएको छ। शंकास्पद बस्तु बम हो या होइन भन्ने बारे पुष्टी नभसकेकाले सेनाको डिस्पोजल टोलीले त्यसको चेकचाज गरिरहेको प्रहरीले जनाएको छ। पछिल्लो समय बम आतंकका घटना बढ्न थालेपछि सुरक्षा व्यवस्थामा चुनौति देखिएको छ। – डिसी नेपालबाट ।
More

रुकुमका दुई मतदान केन्द्रमा आज पुन मतदान

रुकुम । पश्चिम रुकुमका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एक-एक मतदान केन्द्रमा आज पुनः मतदान हुँदैछ । १० मंसिरमा भएको पहिलो चरणको निर्वाचनका क्रममा मतपेटिकामा एसिड हालिदिँदा मतपत्र जलेपछि स्थगित भएका केन्द्रमा पुनः मतदान हुन लागेको हो । बाँफीकोट गाउँपालिका- ५ को रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको र आठबिसकोट नगरपालिका-११ को नेपाल राष्ट्रिय मावि गतसैनाको (ख) मतदान केन्द्रमा समानुपातिकतर्फको मतदान हुने मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए । बाँफीकोटको मतदान केन्द्रको मतपेटिकामा २४६ मत र आठबिसकोटको मतपेटिकामा ३०३ मत खसेका बेला मतपेटिकामा आगो देखिएपछि पानी हालेर निभाइएको थियो । एसिड हालेको आशंकामा प्रहरीले बाँफीकोटबाट कल्पना
More

दिवानसिंहलाई बिना मगरको चुनौति

महेन्द्रनगर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा पुरानै चिरपरिचित प्रतिद्वन्द्वीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । संविधानसभाको निर्वाचनमा अहिलेका नेपाली काँग्रेसका दिवान सिंह बिष्ट र वाम गठबन्धनका बिना मगर प्रतिस्पर्धीका रुपमा हुनुहुन्थ्यो । अहिले प्रतिनिधिसभाको निर्वाचनमा पनि दुवै जना प्रतिस्पर्धी हुनुहुन्छ । एमाले र माओवादी केन्द्र दुवै पार्टीले साझा उम्मेदवारका रुपमा मगरलाई मैदानमा उतारेको छ भने काँग्रेसका बिष्ट एक्लै चुनावी मैदानमा हुनुहुन्छ । दुवै जनाले जिल्लाको दक्षिणी क्षेत्रको विकासका लागि चुनावी एजेण्डासहित प्रचार प्रसारलाई अगाडि बढाउनुभएको छ । स्थानीय तहको निर्वाचनको वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा एमालेको १८ हजार ५६९ र माओवादी केन्द्रको १६ हजार
More