Daily Archives 2nd December 2017

नेपाली खाना, मेरो मन पर्ने खाना हो

न्यूयोर्कको कुइन्स काउन्टि, अमेरिकामा सबैभन्दा धेरै नेपाली बसोबास गर्ने क्षेत्र हो । याहाँको ज्याक्सन हाइटस् एरियामा प्रसस्त नेपाली व्यवसाय देख्न सकिन्छ जसलाइ अमेरिकामा मिनिनेपाल पनि भनिन्छ । सोही क्षेत्रलाइ प्रतिनिधित्व गर्नुहुने न्यूयोर्क राज्यका सिनेटर होजे  पेरल्टासंग पत्रकार किरण मरहठ्ठाले विविधतामा एकताले भरिएको अमेरिकी समाज र त्यसमा नेपालीको सरोकारका बारेमा कुराकानि गर्नुभएको थियो । प्रस्तुत छ सो कुराकानिको सार । तपाइले प्रतिनीधित्व गर्नुहुने न्यूयोर्कको क्षेत्र नम्बर १३ अमेरिकामा सबैभन्दा धेरै नेपालीको आवादी भएको क्षेत्र हो । नेपाली मात्र नभै, भारतिय, बंगाली, ल्याटिनो, कोरियन र चाइनिजहरुको पनि बक्लो उपस्थिति यो जिल्लामा रहेको छ । तपाइ आफ्नो जिल्लाको विविधतालाइ कसरि व्याख्या गर्न चाहनु
More

उत्तरमान तिगेला (लिम्बु) भए बेलायतमा अर्को नेपाली सोलिसिटर

लन्डन । बेलायतको इंगलैंडरवेल्सका अदालतहरुमा कानुन ब्यबसाय गर्न पाउने अहिलेसम्मका थोरै नेपालीहरुमा १ डिसेम्बर २०१७ देखि अर्को नेपाली सोलिसिटर थपिएका छन् । तेह्रथुमको छथर गाउँपालिका-५ साबिक ओख्रे गाबिस-७ मा जन्म भई हाल बेलायतमा बसोबास गर्नुहुने उत्तरमान तिगेला (लिम्बु) ले बेलायत आएर यहाँकै युनिभर्सिटीबाट कानुन बिषय पुनस् अध्ययन गरि बेलायतको वकिलको नियामक संस्था सोलीसीटर्स रेगुलेशन अथोरिटीले तोकेको कडा शैक्षिक, चारित्रिक र ब्यबहारिक सबै परिक्षाहरु सफलतापुर्बक उत्तीर्ण गर्नुभएपछि बेलायतको सोलिसिटरको रुपमा विधिवत रजिस्टर्ड हुनुभएको हो । तेह्रथुमकै ओख्रेस्थित भगवती माध्यामिक बिद्द्यालयबाट बिसं २०४३ सालमा एसएलसी उत्तीर्ण गर्नुभई धरानको महेन्द्र क्याम्पसबाट बिसं २०४९ मा कानुन र मानविकी दुबैमा स्नातक गर्नुभएका तिगेलाले बिसं २०५०
More

भारत जान गाडीको प्रतिक्षामा

चुनाव नजिकिँदै गर्दा रोजगार गर्न सुदूर पश्चिमका पहाडी जिल्लाबाट भारत जानका लागि आएका नेपालीहरु कैलालीको भन्सार नाका नजिकैको चौतारामा गाडीको प्रतिक्षा गर्दै । तस्वीर : तिलकराज ओझा
More

काँग्रेसलाई सिध्याउन खोज्ने आफै समाप्त हुने : नेता सिटौला

भद्रपुर । नेपाली काँग्रेसका नेता एवं झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सबैलाई छहारी दिने नेपाली काँग्रेस पार्टीको तुलना हुन नसक्ने बताउनुभएको छ । नेपाली काँग्रेस चुनाव प्रचारप्रसार समितिद्वारा झापा निर्वाचन क्षेत्र नं ३ अन्तर्गत झापा चोकमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले नेपाली काँग्रेसलाई सिध्याउन खोज्ने राणा, राजा र तत्कालीन राजा ज्ञानेन्द्र आफैँ समाप्त भएर गएको धारणा व्यक्त गर्नुभयो । आसन्न निर्वाचन विगतको जस्तो परम्परागत नभई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउनका निम्ति भएकाले सचेत नेपाली जनतालाई परिवर्तनको बाटो हिँड्ने र विभिन्न आन्दोलन एवं संघर्षको नेतृत्व गर्ने नेपाली काँग्रेसका उम्मेदवारलाई मत हाल्न नेता
More

बैंकको पाँच करोड रकम हिनामिना गर्ने पक्राउ

काठमाडौं । कृषि विकास बैंकको रकम हिनामिनामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले पक्रेको छ । बैंकको न्यूरोड शाखाको झण्डै पाँच करोड रकम हिनामिना गरेको अभियोगमा बैंककै कर्मचारी सहायक टेलर दिपिका रेग्मीसहित तीन जनालाई प्रहरीले पक्रेको हो । पक्राउ पर्नेमा रेग्मीसँगै बालाजुका प्रकाश घतानी र दोलखा घर भई काठमाडौं ३२ मा बस्ने रेमशकुमार थापा भएको केन्द्रीय अनुसन्धान ब्यूरो, सीआईबी प्रमुख पुष्कर कार्कीले जानकारी दिए । रकम हिनामिनामा भने रेग्मीको मूख्य संलग्नता पाइएको उनको भनाइ छ । सीआईबीमा महिला कक्ष नभएकाले रेग्मीलाई सोह्रखुट्टे प्रहरी कार्यालयमा पठाइएको कार्कीले जानकारी दिए ।
More

सत्तरी वर्षपछि पाँच वर्ष टिक्ने सरकार बन्दैछ : प्रचण्ड

ललितपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने महान् अभियानलाई निर्वाचनपछि बन्ने वाम गठबन्धनको सरकारले आफ्नो पहिलो कार्यसूचीमा राख्ने विश्वास व्यक्त गर्नुभएको छ । वाम गठबन्धनले आज ललितपुरको सुनाकोठीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले ललितपुरको सांस्कृतिक पहिचान र महत्वलाई स्थापित गर्ने लक्ष्यका साथ अगाडि सारिएको सांस्कृतिक नगरको अभियान विशेष महत्वको रहेको बताउनुभयो । विगत ७० वर्षदेखि नेपाली जनताको चाहनाअनुसार नै स्थिर राजनीतिक सरकार गठन हुने संघारमा आफूहरु पुगेको भन्दै उहाँले पूर्वाधार निर्माण, विदेशमा रहेका युवालाई स्वदेशमा नै रोजगारी दिएर फर्काउने, पर्यटन क्षेत्रको विकास र विस्तारमा ध्यान दिने तथा जनताको मुहारमा खुशी ल्याउने कार्यक्रम
More

दुई-चारवटा बम पड्कदैमा चुनाव रोकिन्न : अध्यक्ष ओली

गाईघाट । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बम पड्काएर आतंकति गर्न खोजिंदैमा मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताउनुभएको छ । गाईघाटस्थित थारुहट रंगशालामा आज संयुक्त वाम गठबन्धन चुनाव प्रचारप्रसार समितिले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अहिले देशमा चुनाव भाँड्ने नाममा बम पड्किरहेको छ, त्यो बम पड्काउनेहरुले आफैँहरुले नभई कसैको इसारामा बम पड्काउने काम भइरहेकाले बम पड्कदैमा चुनाव रोकिन्न, तीन करोड नेपाली जनताले चाहेको चुनाव दुई-चारवटा बम पड्कदैमा रोकिन्न ।” निर्दोष जनता तथा उम्मेदवारलाई लक्षित गरी बम नहान्न, तीन करोड नेपालीको चाहना र निर्वाचनमार्फत नयाँ सरकार गठन गरेर देशलाई नयाँ
More

सेती–महाकालीमा काँग्रेसलाई जिताउनुस् फेरि प्रधानमन्त्री हुन्छु : देउवा

भीमदत्तनगर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि र प्रदेशसभामा सेती–महाकालीमा काँग्रेस विजयी भए आफू पुनः प्रधानमन्त्री हुने दाबी गर्नुभएको छ । बेलौरी, झलारी र भीमदत्तगरमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले आफू एकपटक पुनः प्रधानमन्त्री भएर यहाँको पञ्चेश्वर परियोजना र पश्चिम सेती जलविद्युत् परियोजनाको निर्माण गरेर छाड्ने दृढता प्रकट गर्नुभयो । “पञ्चेश्वर परियोजनाको निर्माण कार्य थालनी हुने चरणमा छ, पश्चिम सेती ठेक्का नै भइसक्यो,” उहाँले भन्नुभयो – “यी दुई ठूला परियोजना बने प्रदेश नं ७ मुलुककै धनी प्रदेश बन्छ ।” महाकाली अञ्चल अस्पतालको स्तरोन्नति र मझागाउँ विमानस्थल सञ्चालन गर्ने वाचा गर्दै प्रधानमन्त्री देउवाले महाकाली नदीमा बनिरहेको चार
More

चिकित्सा शिक्षा ऐन आउनुमा नेता गगन थापाको मुख्य भूमिका : प्राडा केसी

काठमाडौं । प्राडा गोविन्द केसीले अध्यादेशमार्फत चिकित्सा ऐन ल्याउनेदेखि अहिलेसम्मका उपलब्धि हासिल हुनुमा पूर्व स्वास्थ्यमन्त्री गगन थापाको महत्ववूर्ण योगदान रहेको बताउनुभएको छ । उहाँले शीर्ष नेताले पटकपटक अटेरी गर्दै आएको अवस्थामा जनताले सधैँ गुणस्तरीय, सुलभ शिक्षा र स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने विषयमा नेपाली काँगे्रसका नेता थापाले सदैव सक्रिय भूमिका खेलेको भन्दै आज सञ्चारकर्मीमार्फत कृतज्ञता व्यक्त गर्नुभएको छ । उहाँले अन्य धेरै महत्वपूर्ण व्यक्तिको साथसँगै पूर्वमन्त्री थापाको सक्रियताले अध्यादेशमार्पmत ऐन ल्याउन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषयमा पनि थापाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । नजिकिँदै गरेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा आफ्नो अमूल्य मतको सदुपयोग गर्न सबैलाई आग्रह
More

पूर्वप्रम खनाल चढेको गाडी नजिकै बम विस्फोट

मंगलबारे । पूर्वप्रधानमन्त्री तथा वाम गठबन्धनका तर्फबाट इलाम क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार झलनाथ खनाल सवार नजिकै शुक्रबार बम विस्फोट भएको छ । खनाल माई नगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेर फर्कंदै गर्दा शुक्रबार साँझ ७ बजे फिक्कल–पशुपतिनगर सडकखण्डको तीनखुट्टेमा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । विस्फोटबाट कुनै क्ष्ति भने नभएको प्रहरीको भनाइ छ । प्रहरी प्रमुख विपीन कर्मचार्यले खनाल सवार गाडीलाई लक्षित नभई बाटोमुनिको कान्लाबाट विस्फोटको आवाज आएको बताउनुभयो । प्रजिअ विष्णुप्रसाद पोखरेलले घटना सामान्य भए पनि विस्फोटमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन खोजी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार विस्फोट खनाल सवार गाडीभन्दा १५÷२० मिटर पर
More