Daily Archives 3rd December 2017

कम्युनिष्ट शासन पक्षपाती र अधिनायकवाद नै हुन्छ : नेता पौडेल

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट शासन पक्षपाती र अधिनायकवाद हुने बताउनुभएको छ । व्यास नगरपालिका–७ को कलेस्तीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेसका वरिष्ठ नेता पौडेलले सो कुरा बताउनुभएको हो । कम्युनिष्ट शासन पक्षपाती हुने र कम्युनिष्ट शासनको अन्तिम विन्दु भनेकै अधिनायकवाद भएकाले लोकतन्त्रवादीलाई जिताउन सबै लाग्नुपर्ने उहाँले बताउनुभयो । “सात दशकसम्म लोकतन्त्रको पक्षमा निरन्तर संघर्ष गरेको र जनताको स्वतन्त्रता र स्वाधीनताको पक्षमा अनवरत लड्दै आएको नेपाली काँग्रेस पार्टीले यस निर्वाचनपश्चात् प्रारम्भ हुने राष्ट्रिय पुनर्जागरणको नयाँ युगको नेतृत्व गर्नेछ”, पौडेलले भन्नुभयो । देशको विकासका लागि लोकतन्त्र पक्षधरको जित आवश्यक रहेको बताउँदै नेता पौडेलले काँग्रेसलाई जिताउन आग्रह
More

लोकतन्त्रमा जनता मालिक हुन्छन् : प्रधानमन्त्री देउवा

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनको सरकार भएमा जनताका हकअधिकार कुण्ठित हुने बताउँदै लोकतन्त्रमा मात्रै जनता मालिक हुने बताउनुभएको छ । यही मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभाका लागि चुनाव प्रचारप्रसारका क्रममा गृह जिल्ला डडेल्धुरा पुग्नुभएका देउवाले एमाले माओवादीले वाम गठबन्धनका नाममा एकदलीय सर्वसत्तावादी शासन लाद्न खोजेको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेसका सभापति तथा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारसमेत रहनुभएका प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको लोकतान्त्रिक संविधानमा सबै वर्ग क्षेत्रको अधिकार सुरक्षित भइसकेको जिकिर गर्दै डडेल्धुरालगायत सुदूरपश्चिमवासीलाई विकासको प्रत्याभूति गराउने जिम्मेवारी आफ्नो रहेको बताउनुभयो । आज अजयमैरु गाउँपालिकाको देवल दिव्यपुरमा सम्पन्न भएको चुनावी सभालाई सम्बोधन
More

रोटेपिङमा रमाउँदै स्थानीय

किराँत तथा लिम्बु समुदायको महान पर्व चासोक तङ्नामका अवसरमा आइतबार ताप्लेजुङको फुङलिङस्थित भानु माविको परिसरमा थापिएको परम्परागत रोटेपिङमा रमाउँदै स्थानीयवासी । तस्बिर: सन्तोष पुर्कुटी
More

उधौली मनाइयो

दमक । प्रकृतिपूजक किराँत जातिले भूमिबाट उब्जनी भएको अन्नबाली भूमिलाई नै अर्पण र पूजा गरी मनाइने उधौली पर्व आज मनाइएको छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व किराँत, राई, याक्खा र सुनुवार जातिले राष्ट्रिय चाडका रुपमा मनाउने किराँत याक्थुङ चुम्लुङले जनाएको छ । लिम्बु जातिको महान् चाड चासोक तङनाम (उधौली पर्व) का अवसर पारेर झापाको शिवसताक्षी नगरपालिकाको दुधेमा आज विभिन्न कार्यक्रमको आयोजना गरियो । स्थानीय खेलमैदानमा सामूहिक पूजाआजासहित लिम्बू जातिको परम्परागत वेशभूषाको प्रर्दशनी गर्नुका साथै सांगीतिक प्रस्तुति गरिएको थियो । किरात नालीफुङवा चुम्भोको आयोजनामा भएको सो कार्यक्रम बिहानदेखि शुरु भएर साँझसम्म चलेको थियो । चुम्भोका अध्यक्ष बीरवल जवेगुका
More

बालाजुबाट सत्र किलो सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त बालाजुले सत्र किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । वृत्तका प्रमुख विश्वराज खड्काको नेतृत्वमा खटिएको टोलीले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका घर भई हाल बौद्ध बस्ने छुल्टीम तामाङलाई शनिबार साँझ बालाजु चोकबाट पक्राउ गरेको हो । वृत्तले आज पत्रकार सम्मेलन गरी बा ७९ प १५३८ मोटरसाइकलको साइलेन्सर पाइपभित्र लुकाएर ल्याएको अवस्थामा ती सुन फेला पारेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रामदत्त जोशीले साइलेन्सर पाइपभित्र चारपाटे आकारको फल्स बटम बनाई त्यसभित्र तीन पोका बनाएर तामाङले सुन लुकाएर ल्याएको जानकारी दिनुभयो । सुन रसुवाको केरुङ, नुवाकोट, धादिङको गल्छी हुँदै काठमाडौँ
More

वरिष्ठ नेता पौडेलको क्षेत्र सुरक्षित, सोमबार दमौलीमा विशाल आमसभा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बन्नुभएको तनहुँ क्षेत्र नं. १ नेपाली कांग्रेसको सबैभन्दा सुरक्षित मानिएको छ । यसअघिका निर्वाचनमा पनि वामपन्थीले कुनै असर पु¥याउन नसकेको तनहुँ–१ मा नेता पौडेललाई यस पटक पनि कृष्णकुमार श्रेष्ठले चुनौति दिइरहेका छन् । तनहुँ १ बाट २०४८ साल र तनहुँ २ बाट २०५१, २०५६, २०६४ र २०७० सालको निर्वाचनमा लगतार नेता पौडलले चुनाव जित्दै आउनुभएको हो । संविधानसभा निर्वाचनमा तनहुँमा ३ वटा क्षेत्र थियो । अहिले भूगोल हेरफेर भएर २ वटा निर्वाचन क्षेत्र बनेको छ । पौडेल उम्मेदवार बनेको तनहुँ–१ कांग्रेसको पक्कड भएको क्षेत्र भएको बताइन्छ । यो क्षेत्रमा वाम गठबन्धनको
More

प्रतिस्पर्धीलाई लान्छना लगाएर भोट माग्नु पराजित मानसिकता : डा. आरजु

कैलाली । कैलाली क्षेत्र नं ५ बाट प्रतिनिधिसभाका उम्मेदवार रहनुभएका नेपाली काँग्रेसका डा आरजु राणा देउवाले विपक्षीका झूठा आश्वासनतर्फ नलाग्न मतदातालाई आग्रह गर्नुभएको छ । नेका कैलाली क्षेत्र नं ५ ले आज धनगढी उपमहानगरपालिका–२ को पुरानो भन्सार रोडमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले प्रदेश नं ७ लाई नेपालकै समृद्ध क्षेत्र बनाउन आफूले यो क्षेत्रमा उम्मेदवारी दिएको बताउनुभयो । डा राणाले लोकतन्त्रको पक्षमा उभिएको पार्टी नेपाली काँग्रेसलाई जिताएर संविधानको कार्यान्वयन र आर्थिक विकासको अभियानमा साथ दिन आग्रह गर्नुभयो । हार हुने भएपछि विभिन्न लाञ्छना लगाएर विपक्षीहरूले भोट माग्न खोजेको आरोप लगाउँदै उहाँले विकास र नेपाली काँग्रेसको जितलाई कसैले पनि रोक्न
More

निर्वाचन विरोधी गतिविधिमा संलग्न प्रधानाध्यापक पक्राउ

खोटाङ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा संलग्न रहेर जिल्लामा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा लामिडाँडा गाउँपालिका–२ खार्पाका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनलाई लक्ष्य गरेर विभिन्न ठाउँमा बम विस्फोट गराउनुका साथै विभिन्न व्यक्तिको घरजग्गा कब्जा गर्नेसम्मको गतिविधिमा संलग्न रहेको आरोपमा रत्न राज्यलक्ष्मी आधारभूत विद्यालय कुभिण्डेका प्रधानाध्यापक शेखर पोखरेललाई प्रहरीले पक्राउ गरेको हो । प्रधानाध्यापक पोखरेललाई गएराति लामीडाँडा प्रहरी चौकीको टोलीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो ।
More

उपप्रधान एवम् शिक्षा मन्त्री श्रेष्ठ लक्षित बम प्रहार

ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, उपप्रधानमन्त्री एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी स्याङ्गजामा बम प्रहार गरिएको छ । स्याङ्गजाबाट पठाइएको समाचारमा जनाइए अनुसार भीरकोट गाउँपालिका वडा नं ८ ढापुकफेदीमा चुनावी कार्यक्रम सकेर फर्किदै गर्दा अपरान्ह ५ :३० तिर उहाँको सवारीलाई लक्षित गरी बम प्रहार गरिएको थियो । बम प्रहारबाट मानवीय तथा भौतिक क्षति भने नभएको जनाइएको छ । भाग्यवस उहाँको गाडी उहाँको सुरक्षार्थ खटिएको स्कर्टिङ्गको गाडी घट्ना स्थल कटेको २० सेकेण्ड पछि सो विष्फोट भएको थियो । करिब १० मिनेट पहिले सोही रुट भएर नेकपा एमाले र बाम गठबन्धनका कार्यकर्ताहरु सबार गाडि गएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
More

गौचन हत्याकाण्डका मुख्य आरोपी बस्नेत पक्राउ

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्याका मूख्य आरोपी समिरमानसिंह बस्नेत पक्राउ परेका छन् । गौचन हत्याका मूख्य आरोपी भनिएका बस्नेतलाई प्रहरीले चितवनको नारायणघाटबाट पक्राउ गरेको हो । प्रहरीले गौचन हत्यामा बस्नेतको मुख्य संग्लग्नता दाबी गरिरहेको थियो । प्रहरीले पक्राउबारे पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । बस्नेत भारतका विभिन्न स्थानमा फरार रहँदै आएका थिए । प्रहरीले गौचन हत्यामा संग्लग्न अन्य दुई जनालाई यसअघि नै पक्राउ गरी सार्वजनिक गरिसकेको छ । नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको काठमाडौंको शान्तिनगरमा गोली हानी हत्या गरिएको थियो । लेनदेनको विवादका बस्नेतले गौचनको हत्या गरेको प्रहरीको दाबी छ । प्रहरीले यसअघि
More