Daily Archives 4th December 2017

लिभरपुलमा प्रनेश इजाम स्मृति ब्याडमिन्टन टुर्नामेन्ट सम्पन्न

लण्डन। बेलायतको लिभरपुलमा लिभरपुलमा प्रनेश इजाम स्मृति ब्याडमिन्टन टुर्नामेन्ट सम्पन्न भएको छ । नेपाली समाज लिभरपुलमा आइवार आयोजित अन्तर लिभरपुल ब्याडमिन्टन प्रतियगिता सम्पन्न भएको हो । आफ्नो स्वर्गीय छोरा प्रनेश इजामको स्मृतिको लागि लिभरपुल निवासी देउमान इजामको संयोजकत्वमा सम्पन्न प्रतियोगितामा प्रवीण घिमिरे र मनोहर वुढाथोकीको जोडी विजेता भयो । यस्तैं गंगा खत्री र संदेश शर्माको जोडी उपविजेता भए । विजयी खेलाडी तथा सम्पूर्ण प्रतिस्पर्धीहरुलाई नेपाली समाजका अध्यक्ष डा शम्भु आचार्यले पदक तथा प्रमाणपत्र वितरण गरे । यस्ता प्रतियोगिताले मानिसलाई खेलकुद प्रति उत्साहित गर्ने तथा खेलको स्तर पनि बढाउन सहयोग गर्ने र आउँदा वर्षहरुमा यो प्रतयोगितामा बेलायत व्यापी बनाउने लक्ष्य रहेको
More

बेलायतवासी गुल्मेलीको च्यारिटीबाट ६ लाख संकलन

लन्डन– गुल्मी जिल्ला समाज यूकेले विश्व अपांग दिवसको अवसर पारेर च्यारिटी डिनर सम्पन्न भएको छ । हरेक वर्ष गर्ने च्यारिटी कार्यक्रमलाई निरन्तरता दिंदै समाजले बर्मिङहमको ओल्डवरीस्थित ‘क्लब ९९ बार एण्ड ग्रिल’मा कार्यक्रम आयोजना गरेको हो । गुल्मेली नौमती बाजाले स्वागत गरिएको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि र एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्य विशेष अतिथि तथा दूतावासका तृतीय सचिव भूपेन्द्र घिमिरे र एनआरएन यूकेका उपाध्यक्ष प्रेम गाहामगर अतिथि थिए । पत्रकार ध्रुवराज अर्यालले सञ्चालन गरेको कार्यक्रममा समाजका उपाध्यक्ष फडिन्द्र भट्टराईले स्वागत गरेका थिए । समाजका अध्यक्ष राम गलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष ओम थापा, पूर्वअध्यक्ष अर्जुन
More

एनआरएनए युकेले आफ्नै कार्यालयमा १०० दिने कार्यक्रम गर्ने

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आफ्नो कार्यकालको १०० दिन पुरा गरेको अवसरमा एक विशेष कार्यक्रम गर्ने भएको छ । आगामी १७ डिसेम्बर, आइतबार अल्डरसटस्थित आफ्नै कार्यालयमा दिनको एक बजे देखि हुने १०० औं दिनको विशेष कार्यक्रममा सहभागी हुन संघले समस्त गैर आवासीय नेपाली, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीलाई निम्तो दिइएको छ । उक्त अवसरमा बेलायतका नागरिक समाज, पत्रकार तथा सामाजिक अभियन्ताहरुसंग हालसम्मका कार्यविवरण प्रस्तुतिका साथै पत्रकार मित्रहरुसंग प्रेस मिट गरिने बताइएको छ । यस उपलक्ष्यमा संघले आफ्नो १०० दिनको विशेषांक पनि प्रकाशन गर्ने निर्णय गरेको छ । सो प्रकाशनार्थ हालै बसेको बैठकले सञ्चार तथा प्रकाशन विभागका
More

गगन थापामाथि बम प्रहार

बूढानीलकण्ठ नगरपालिका–२ चपलीमा घरदैलो गरिरहेका बेला बम प्रहार भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारपछि समर्थकका साथमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभा उम्मेदवार गगनकुमार थापा । तस्बिर : नवीन पौडेल
More

तानाशाही प्रवृत्तिले लोकतन्त्र खतरामा : पौडेल

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तानाशाही प्रवृत्तिले लोकतन्त्र माथि खतरा कायमै रहेको बताउनुभएको छ । नेपाली काँग्रेस प्रचारप्रसार समितिद्वारा आज दमौलीमा आयोजित चुनावी सभामा उहाँले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि केही तानाशाही प्रवृत्तिले लोकतन्त्र नै खतरामा रहेको बताउनुभएको हो । “गाउँबाट विचलित भएका मनलाई गाउँमै बसौँ बसाँै बनाउने आफ्नो योजनाअनुरुप आधा काम पूरा भइसकेको र बाँकी काम पूरा गर्न मैले उम्मेदवारी दिएको हुँ”– उहाँले भन्नुभयो । जिल्लाको सबै गाउँगाउँमा बिजुली, मोटबाटो पुगिसकेको बताउँदै नेता पौडेलले गाउँमै आम्दानी र रोजगारी पु-याउन आफू लागिपरेको उद्घोष गर्नुभयो । काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले देशभरि काँग्रेसको लहर आएकाले जित सुनिश्चित
More

रोजेको उम्मेदवार पाइयो, जितिन्छ

सुशीला खनाल पौडेल, कांग्रेस नेतृ नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सुशीला खनाल पौडेल यतिबेला सुनसरी ४ बाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई जिताउन अहोरात्र खटिरहेकी छन् । यो क्षेत्रको आवश्यकताअनुसार पार्टीले कार्कीलाई उम्मेदवार बनाएकोमा सुशीला प्रसन्न छिन् । भन्छिन्– ‘यहाँको समाज रूपान्तरण गर्ने हो भने अर्थमन्त्री कार्कीको उम्मेदवारी अपरिहार्य थियो ।’ सुनसरी–४ का जनताले लोकतन्त्र र विकासपे्रमी नेतृत्वको पक्षमा मत हाल्ने भएकाले मन्त्री कार्कीको जित सुनिश्चित भएको सुशीलाले बताइन् । यिनै चुनाव सेरोफेरोमा सुशीलासँग कुमार राउतले गरेको कुराकानी ः ० चुनावी अभियान कसरी चलिरहेको छ ? – जनलहर कांग्रेसको पक्षमा छ, घरदैलो, कोणसभा र भेटघाटमा चुनाव अभियान अघि बढिरहेको छ । राष्ट्रिय व्यक्तित्व,
More

चुनावका लागि आज राति १२ बजेबाट मौन अवधि

काठमाडौं । बिहीबार ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको आज राति १२ बजेपछि मौन अवधि सुरु हुँदैछ । दलहरुले निर्वाचनको प्रचार–प्रसार गर्ने आज अन्तिम दिन हो । मौन अवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुञ्जेलसम्म राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, मतदाता र सञ्चार माध्यम कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाउने निर्वाचन आयोगले जानकारी दिएको छ । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने व्यवस्था छ । साथै मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्ने निर्वाचन आचार संहितामा उल्लेख गरिएको छ । मौन
More

कतारमा अलपत्र युवतीलाई स्वदेश फर्काइयो

खोटाङ । चार महिनादेखि कतारमा अलपत्र पर्नुभएकी खोटाङ बास्पानीकी एक युवतीलाई स्वदेश फर्काइएको छ । कतारको दोहास्थित सफिर क्लिनर कम्पनीमा कार्यरत केपिलासगढी गाउँपालिका–३ बास्पानीकी मनराखी राईलार्ई खोटाङ सेवा समाज कतारको सहयोगमा स्वदेश फर्काइएको हो । कम्पनीले निरन्तर काम लगाए पनि कम्पनी मालिकले चार महिनादेखि तलब नदिएपछि उहाँलाई कतारदेखि नेपालसम्मको एकतर्फी हवाई टिकट उपलब्ध गराएर स्वदेश फकाईएको समाजका द्धितीय उपाध्यक्ष रुद्र शर्मा आचार्यले बताउनुभयो । पाउनुपर्ने बाँकी तलब उपलब्ध गराउन पटकपटक माग गर्दा पनि कम्पनी मालिकले वास्ता नगरेपछि मनराखीले श्रम अदालतमा उजुरी दिनुभएको थियो । अदालतमा उजुरी परेपछि कम्पनी मालिक सम्पर्कविहीन बनेपछि मन राखी विचल्लीमा पर्नुभएको थियो । कम्पनीबाट लामो समयसम्म
More

बिपीको माया भए काँग्रेसमा आउनुस् : नेता कोइराला

मोरङ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले बिपीको विचारको अनुयायी भएको बताउने नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई काँग्रेसमा आउन सुझाव दिनुभएको छ । काँग्रेस मोरङ क्षेत्र न. ६ को आज विराटनगरमा भएको चुनावीसभालाई सम्बोधन गर्दै डा कोइरालाले भन्नुभयो, “विपी कृष्णप्रसादको माया छ भने, ओलीज्यू, कांग्रेसमा आउनुस् ।” उहाँले देशको विकास, समृद्धि तथा स्थानीयस्तरमा सडक, ढल, नाला निर्माण शुद्ध खानेपनी, शिक्षा, स्वास्थ्य क्षेत्रको विकासका लागि काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो । सो क्षेत्रमा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा लालबाबु पण्डित तथा प्रदेशसभामा रमेशप्रसाद पोखरेल चुनावी मैदानमा हुनुहुन्छ ।
More

प्रचण्डलाई विक्रमको जवाफ– ‘चुनावका बेला खोजेरमात्रै जनमत आउँदैन’

माडी । वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले चुनावका बेलामात्रै जनता खोज्ने नेताले जनमत नपाउने दावी गरेका छन् । माडी–१ सेरुवाचोकमा चुनावी घरदैलो पश्चात पत्रकारसँग सक्षिप्त कुराकानी गर्दै पाण्डेले जनताको हरेक दुख सुखमा सँधै रहने उम्मेदवारकै पक्षमा जनता रहेको बताए । “एक पटक चुनाव लडेपछि कहिल्यै दोहो¥याएर उहाँ कहिल्यै चुनाव लडेको इतिहास छैन”, आफ्ना प्रतिस्पिर्धि उम्मेदवार प्रचण्डलाई इङिगित गर्दै भने, “उहाँलाई न जनताले सजिलै भेट्न सक्छन्, न फोनम कुरा गर्न पाउँछन्, नत दुख पर्दा घरदैलोमा देख्न पाउँछन् ।” उनले प्रचण्डलाई आँफुले आफ्नो प्रतिस्पिर्धिका रुपमा नहेरेको दावी गरे । चितवन क्षेत्र नम्बर ३ मा राप्रपा(प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष पाण्डे र माओवादी
More

गगन थापालाई आक्रमण गर्ने ४० जना गिरफ्तार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभामा काठमाडौ क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापामाथि बम आक्रमण गरेको आशंकामा प्रहरीले उपत्यका विभिन्न स्थानबाट ४० जनालाई गिरफ्तार गरेको छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी रविन्द्रबहादुर धानुकले बुढानीलकण्ठ, कालिमाटी र बालाजु क्षेत्रबाट उनीहरुलाइ पक्राउ गरिएको जानकारी दिनुभएको छ । एसएसपी धानुकले अहिले काठमाडौं उपत्यकाको चारैतिर प्रहरीले चेकिड. थालेको बताउदै तीन वटै जिल्लाका मतदानस्थलमा म्यादी, जनपद्, शसस्त्र र बाहिरी घेरामा सेनाको सुरक्षा दिइएको बताउनुभयो । उहाँले साँझ सशस्त्र प्रहरी र नेपाली सेनाको गस्ती पनि बढाइएको र शान्ति सुरक्षाको अवस्थामा कुनै कमजोरी हुन नदिइएको पनि बताउनुभयो । उहाँले सुरक्षाको अवस्था
More

गगन थापा माथि काठमाण्डौंमा बम प्रहार, थापाको उपचार हुदैं

काठमाडौं— काठमाडौं४ का काँग्रेस उम्मेदवार गगन थापा माथि बम प्रहारभएको छ । थापालाई लक्षित गर्दै बम आक्रमणबाट थापा घाइते भएका छन्। घटनामा उम्मेदवार थापासहित ६ जना घाइते भएका छन्। बुढानिलकण्ठ नगरपालिका २ चपलीको माटो कोलनीमा घरदैलो अभियान चलाइरहेका बेला बम आक्रमण भएको हो। थापाको कान र ढाडमा चोट लागेको छ । विस्फोटमा अन्य केही घाइते भएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ । थापासहित सबै पाँचै‌ जनालाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा उपचार भइरहेको छ। उम्मेदवार थापालाई बमको छर्राले लागेको छ। उनको ढाडमा चोट लागेको छ। अन्य पाँच जनाको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शीले जनाएका छन्।
More

कञ्चनपुरको चुनावीसभामा मगर

कञ्चनपुरको लालझाडी गाँउपालिकाको देखभूलीमा सोमबार आयोजित चुनावीसभामा सहभागी निर्वाचन क्षेत्र–१ का प्रतिनिधिसभा उम्मेदवार विना मगर । तस्बिर: राजेन्द्रप्रसाद पनेरु
More

धनगढीमा फेला परेको बम निष्क्रिय

धनगढी । धनगढी उपमहानगरपालिका–५ सुकुटी नालामा बनेको पक्की पुल छेउमा फेला परेको बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पारेको छ । प्रहरीले सर्च गर्दा बिहान फेला परेको बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटेल डिभोटीदेखि झण्डै ४०० मिटर पश्चिम रहेको उक्त खोला छेउमा प्रहरीले तालीम प्राप्त कुकुरको सहायताले सर्च गरेको थियो । यस घटनापछि सुरक्षा व्यवस्था कडा पार्नुका साथै सम्बन्धित व्यक्तिको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ । सो ठाउँमा अज्ञात समूहले बम राखेको हो । प्रधानमन्त्री देउवा डडेलधुराको चुनावीसभालाई सम्बोधन गरी आइतबार बम
More

झापामा कांग्रेसको प्रचारप्रसार अन्तिम चरणमा

झापा । आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि प्रचार अभियानको अन्तिम चरणमा रहेको नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले आइतबार तीनवटा प्रभावकारी आमसभा सम्पन्न गरेको छ । यसभन्दा अघि कोणसभा र घरदैलो अभियानमा केन्द्रीत रहेको काङ्ग्रेसले प्रचार अभियानलाई तिव्रता दिँदै आमसभाको आयोजना गरेको हो । चन्द्रगढी, मेचीनगर १५ को बिचार्नी चोक र मेचीनगर ५ को खुट्टेडाँगी चोकमा आमसभाको आयोजना गरेको छ । तीनवटै आमसभामा प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्मा, प्रदेश सभा (क) का उम्मेदवार केशवराज पाण्डे र (ख) का उम्मेदवार अशोककुमार पोखरेलले सम्बोधन गर्नुभएको थियो । आमसभामा काङ्ग्रेस केन्द्रीय सदस्य समेत रहेका उम्मेदवार शर्माले झापा १ का हरेक मतदातालृे
More

टिपर दुर्घटनामा पाँच घाइते

किस्पाङ गाउँपालिका–५ शान्तिबजार नजिकै आज टिपर दुर्घटना हुँदा चालकसहित पाँचजना घाइते भएका छन् । बा४ख ७९२७ नंको टिपर दुर्घटना हुँदा चालक ककनी गाउँपालिका–४ का पदमबहादुर श्रेष्ठसहित गाडीमा सवार किस्पाङ गाउँपालिका–२ का सुमन तामाङ, रसुवा उत्तरगया गाउँपालिकाका कर्साङ तामाङ, श्याम तामाङ र दावा पन्त घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो । घाइतेको जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँको वीर अस्पतालस्थित ट्रमा केन्द्रमा पठाइएको छ । त्रिशूलीबाट मैलुङतर्फ गइरहेको टिपर शान्ति बजार नजिकै नयाँ पुलमा अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको थियो ।
More

आइएमओ महासभामा नेपाली राजदूत डा. सुवेदीको सम्वोधन

लन्डन । अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आइएमओ) को प्रत्येक दुई वर्षमा हुने महासभा संयुक्त अधिराज्यको राजधानी लन्डनमा यही २७ नोभेम्बर, २०१७ बाट प्रारम्भ भएको छ । १७२ देशका प्रतिनिधि र पर्यवेक्षकहरुको उपस्थितिमा ३० औं महासभाको 
समुद्घाटन गर्दै आइएमओका महासचिव महामहिम किटाक लिमले सदस्य राष्ट्रहरुको क्षमता अभिवृद्धि, सामुद्रिक संगठनको सदस्यहरुका दीर्घकालिन समस्या समाधानमा सामूहिक प्रतिवद्धता एवं सुरक्षित, दिगो र वातावरणमैत्री सामुद्रिक पारवहनका लागि चालु महासभाको ठोस र सार्थक योगदान रहने विश्वास व्यक्त गरे । महासभाको पहिलो बैठकले आइएमओका लागि चिलीका स्थायी प्रतिनिधि महामहिम रोलाण्ड द्रागो रोद्रिरेजलाई महासभाको अध्यक्ष निर्वाचित गरेको छ भने आइएमओका लागि साइप्रसका स्थायी प्रतिनिधि महामहिम युरिपेद्स एल एभ्रिभेद्स र
More

आफै कार्यकर्ता आफै उम्मेद्वार

डोटी । एक हातमा पोष्टर-पम्पलेटको झोली, झोलीभित्रै पोष्टर टाँस्न प्रयोग हुने गमको बोतल । अर्को हातमा माईक्रोफोन, काँधमा स्पिकर । पिठ्युँमा झोला, झोलाभित्र एक जोर लुगा, टावल, ब्रस… । यति हुलिया बताइसकेपछि तपाईंले सोच्नुहोला चुनावको मुखमा कार्यकर्ताहरु प्रचारप्रसारमा हिँडेछन्, के ठूलो कुरा भो र ? साँच्चै नै ठूलो कुरा भएन, तर ठूलो कुरा चाहीँ के हो भने उनी कार्यकर्ता मात्रै होइनन्, आफैं उम्मेदवार हुन् । राष्ट्रिय जनमोर्चाको तर्फबाट डोटी प्रदेश सभा ‘क’का उम्मेद्वार नरेश आले आफैं उम्मेदवार अनि आफैं कार्यकर्ता बनेर चुनावी क्षेत्रमा जनतासँग भोट मागिरहेका छन् । अन्य ठूला दलका उम्मेदवारहरुसँग लावा लस्करै छ । माइकिङ गर्ने, पोष्टर टाँस्ने,
More

स्याङ्जामा मतदान अधिकृत पक्राउ

-मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि जनता मावि बोधी भञ्ज्याङ्गको ख केन्दका मतदान अधिकृत जिल्ला प्रहरीको नियन्त्रणमा छन् । फेदीखोला गाउँपालिका स्थित स्वास्थ्य चौकीमा सिअहेव छैठौ तहमा कार्यरत होमबहादुर गुरुङ आइतबार बिहानै नियुक्ति पत्र, रकम र मतदानका आवश्यक सामाग्रीहरु बुझ्नको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय आएका थिए । मादक पदार्थ सेवन गरी अनियन्त्रित अवस्थामा भएपछि उनलाई मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीको आदेशमा प्रहरीले पक्राउ गरेको हो । निर्वाचन क्षेत्र नम्बर दुईका निर्वाचन अधिकृत श्रीकृष्ण श्रेष्ठले अत्याधिक मादक पदार्थ सेवन गरेको भएता पनि उनको ठाउँमा अर्को कर्मचारी खटाउदा राजनीति गरेको आरोप आफूलाई
More

सीमा सुरक्ष कडा पार्न गृह मन्त्रालयको निर्देशन

निर्वाचन सुरक्षा नै प्रभावित हुने गरी घुसपैठ बढेपछि भारतसँग सीमा जोडिएका जिल्ला प्रशासन प्रमुखहरूलाई भारतीय समकक्षीसँग सहकार्य सघन बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सीमा गस्ती बढाउनसमेत निर्देशन दिइएको जानकारी गृह अधिकारीले दिए । सीमा नाकाबाट भारतीय नागरिक नै बम बनाउने सामग्रीसहित पक्राउ परेपछि गृहले मातहत निकायलाई कडा निर्देशन दिएको हो निर्वाचनका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा सहकार्य सघन बनाउन निर्देशन दिइएको गृहप्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले बताए । ‘सीमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा सुरक्षा दिएका छन् । चेकजाँच कडा पारिएको छ । निगरानी बढाइएको
More