Daily Archives 5th December 2017

बाग्लुङे गायक खड्काको रोधी घरैमा आयो बजारमा

प्रदेशमा रहेर पनि गित संगितलाइ अत्याधिक माया गर्ने बागलुङका युवा सर्जक दिपक कंडेल र गायक सुर्य खड्काको नया गित (टोकियो को रोधि घरैमा) सार्वजनिक भयको छ । यसो त दिपक कंडेल ले यस अधि थुप्रै गित हरु बजार मा ल्याइ सकेका छन एक दर्जन भन्दा बडि गित मा शब्द लेखिसकेका छन । सधै प्रदेशि को पिडाहरु गित मार्फत उतार्ने दिपक कंडेल यस पालि छुट्टै गित सिर्जना गरेका छन । टोकियोको रोधि घरैमा । गित मा भनियको छ आकि रैछै टोकियो सहरमा बर्सौ बिते भेट हुने रहरमा !! (टोकियो को रोधि घरैमा भेट हुन लाइ आउनु है य सानु माया प्रेम
More

वाम गठबन्धन भ्रष्टचारीहरुको गठबन्धन : डा. भट्टराई

नवलपुर । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले वाम गठबन्धनलाई भ्रष्टचारीहरुको गठबन्धन भएको आरोप लगाएका छन् । आइतबार नवलपरासीको कावासोतीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वाम गठबन्धन भ्रष्टचारीहरुलाई ढाकछोप गर्न र भ्रष्टचारीलाई संस्थागत गर्न गरिएको गठबन्धन भएको बताए । उनले अहिलेको दलहरुले देशमा विकल्प नदिने भएकोले नयाँ शक्तिको खाँचो रहेको बताए । उनले आइतबार नवलपुर क्षेत्रका विभिन्न स्थानमा भएका चुनावी सभामा सम्बोधन गरेका थिए – चितवन पोष्टबाट ।
More

नेपालको हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं- मौसम पूवार्नुमान महाशाखाले दक्षिणपूर्वी अरब सागरमा देखापरेको शक्तिशाली चक्रवातका कारण नेपालका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको भन्दै पर्वतारोहीलाई सतर्क रहन अपिल गरेको छ । महाशाखाले सोमबार जारी गरेको विज्ञप्तिमा पर्वतारोहीलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । महाशाखाका मौसमविद् मीनकुमार अर्यालले दक्षिणपूर्वी अरब सागरमा देखापरेको चक्रवातको प्रभावस्वरुप नेपालको हिमाली क्षेत्रमा हिमपात हुनसक्ने बताए । ‘यसको प्रभाव विशेषगरी पश्चिम र मध्य हिमाली क्षेत्रमा पर्ने सम्भावना छ’, उनले भने । अर्यालले चक्रवातको बाहिरी घेराले सोमबारसम्म नेपालको पश्चिमी भूभागलाई छोएकाले त्यसको हल्का प्रभाव पश्चिममा देखापरिसकेको बताए । ‘मंगलबार र बुधबार पश्चिम नेपालमा बदली हुन्छ । र, फाटफुट पानी पर्ने सम्भावना पनि छ’,
More

कागजपत्रको फस्ट लुक

हाल धमाधम छायांकन भइरहेको फिल्म ‘कागजपत्र’मा अभिनय गरेका कलाकारहरुको फस्ट लुक सार्वजनिक गरिएको छ । फिल्ममा नाजीर हुसैन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, खिलेन्द्र तिमल्सिना लगायतका कलाकारहरुको अभिनय छ । फिल्मको निर्माण यूनिटले छायांकन स्थलबाटै कलाकारको लुक्स सार्वजनिक गरेको हो । ‘कागजपत्र’को हाल दाङको तुलसीपुरमा छायांकन भइरहेको छ । सामजिक प्रेमकथामा बनिरहेको फिल्मलाई अपिल विष्टले निर्देशन गरिरहेका छन् । फिल्मको कथा पनि अपिल विष्ट आफैले लेखेका हुन् । ‘कागजपत्र’का छायाँकार अस्ट्रेलियन सिनेम्याट्रोग्राफर क्यश्मिर डिक्सन हुन् । वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिब्युसन प्रा.लिको प्रस्तुति रहेको ‘कागजपत्र’लाई खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी, प्रजापति सिवाकोटी, सुदिप उप्रेती र मनिष खत्रीले संयुक्त रुपमा निर्माण गरेका
More

नेपालको भिसा शुल्कमा एकरूपता ल्याउन अमेरिकी दूतावासको प्रस्ताव

काठमाडौँ । नेपालले आफ्ना नागरिकप्रति अवलम्बन गर्दै आएको प्रवेशाज्ञा (भिसा) नीति परिवर्तन गर्न अमेरिकी दूतावासले प्रस्ताव गरेको छ। दूतावासले परराष्ट्र मन्त्रालयमार्फत उसका नागरिकका लागि अवलम्बन गरिँदै आएको भिसा नीति परिवर्तन गरी आफूसँग एकरूपता कायम गर्न औपचारिक प्रस्ताव गरेको हो। दूतावासले पर्यटक, कामदार, विद्यार्थी र सञ्चारकर्मीका लागि दुई मुलुकबीच भिसा पारस्परिकता कायम गरी भिसा शुल्क र अवधिमा एकरूपता ल्याउन प्रस्तावसहित परराष्ट्रमा पत्राचार गरेको छ। नेपालले अमेरिकी नागरिकलाई भिसा जारी गर्दा थोरै अवधिका लागि गर्ने तर शुल्क भने बढी तिर्नुपरेको भएको भन्दै दूतावासले अवधि र शुल्कमा एकरूपता कायम गर्न प्रस्ताव गरेको हो। दूतावासले नेपाली नागरिकलाई भिसा जारी गर्दा अवलम्बन गरिएको नीति अख्तियार
More

बाम गठबन्धनको स्पष्ट नीति नभएको कारण समृद्धि सम्भव छैन ; काङ्ग्रेस नेता

चुनाव प्रचारको अन्तिम दिन सोमबार बुटवलमा आयोजित बृहत चुनावी सभामा बोल्दै नेताहरुले कम्युनिष्ट गठबन्धन केहि दिनमै फ्लप हुने दाबी गरे । वाम गठबन्धनको स्पष्ट नीति नभएका कारण देशको समृद्धि सम्भव नभएको दावी गरे । पूर्वअर्थमन्त्री डा. रामशरण महतले मुलुकको आर्थिक समृद्धि र राष्ट्रिय एकताको लागि काँग्रेसको जित अनिवार्य भएको बताए । उनले नेपाली काँग्रेसले ४८ सालमा लिएको आर्थिक नीतिकै कारण मुलुक अहिलेसम्म चलिरहेको बताए । ‘हामीले मुल्य अभिबृद्धि कर, आयकरलाई सुधार लगायत कार्यक्रम ल्याउदा बिरोध गर्ने कम्युनिष्ट पार्टीहरुले आफूहरुले सरकार चलाउँदै त्यसैलाई निरन्तरता दिएका छन् । उनीहरुको एजेण्डा नै छैन’ महतले भने । एमालेले सरकार चलाउँदा मुलुकको अर्थतन्त्र बलियो बनाउने
More

यात्रा प्रतिवन्ध सम्वन्धी ट्रम्प प्रशासनको निर्णय सदर

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले ६ मुस्लिम देशमा यात्रा प्रतिवन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको समर्थन गरेको छ । साथै यसलाई पूर्णरुपमा लागू गर्न निर्देशन पनि दिएको छ । अब चाड, इरान, लीबिया, सीरिया, सोमालिया र यमनमा यात्रा प्रतिवन्ध लागू भएको छ । सर्वोच्चका ९ मध्ये ७ न्यायाधीशले ट्रम्प प्रशासनको उक्त आग्रहलाई स्वीकार गरेका छन् जसमा तल्लो अदालतद्वारा यात्रा प्रतिबन्ध लागू गर्ने निर्णयमा लगाइएको रोक हटाउन माग गरिएको थियो । जनवरीमा सत्ता सम्हालेलगत्तै राष्ट्रपति ट्रम्पले मुस्लिमहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने उद्देश्यले ६ देशहरुमा यात्रा प्रतिबन्ध लगाउने सम्वन्धी विवादास्पद नीति ल्याएका थिए । मुस्लिम देशहरुबाट आतंकवादी भित्रिने गरेको ट्रम्प प्रशासनको दावी
More