Daily Archives 6th December 2017

सगुनमा ६२ देशबाट ३३ सयभन्दा बढीको प्रतिवद्धता

लन्डन । सगुनले डिसेम्वर ३ तारिख मध्यरातदेखि शेयर बिक्री बन्द गरेको छ । आइपीओ मार्फत दोश्रो चरणमा डिसेम्वर ३ तारिखसम्म सगुनले शेयर विक्री खुल्ला गरेको थियो। दोश्रो चरणमा विश्वभरका ६२ वटा देशबाट ३३ सय भन्दा बढी व्यक्तिले लगानीको प्रतिवद्धता जनाएका छन्। हालसम्म प्राप्त तथ्याङ्कको आधारमा ४८ लाख अमेरिकी डलरभन्दा बढी लगानीको प्रतिवद्धता प्राप्त भएको सगुनका सह संस्थापक कविन्द्र सिटौलाले जानकारी गराएका छन् । ‘अहिले नै यकिन तथ्याङ्क संकलन गरिसकिएको छैन । तर प्रारम्भिक तथ्याङ्कलाइ हेर्दा हामी अत्यन्तै उत्साहित भएका छौँ । ६२ देशबाट ३३ सय भन्दा बढी व्यक्तिबाट ४.८ मिलियन अमेरिकी डलरको लगानीको प्रतिवद्धता प्राप्त भएको छ । यो अत्यन्तै
More

प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदानमा सहभागी हुन आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज एक विज्ञप्ति जारी गरी लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न नेपाली नागरिक र मतदातालाई आह्वान गर्नुभएको हो । विज्ञप्तिमा उहाँले स्थानीय, प्रादेशिक र संघीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा राजनीतिक संक्रमण अन्त्य भएर संविधान कार्यान्वयनले गति लिने र निर्वाचनपछि मुलुक राजनीति स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ – “सरकारले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न निर्वाचन आयोगमार्फत गरिएको सबै तयारीलाई
More

President appeals to exercise franchise

President Bidya Devi Bhandari has appealed to all the Nepali brothers and sisters to exercise their precious franchise by participating in the election to the House of Representatives and State Assemblies today. Issuing a message today in the name of the voters on the occasion of the second phase of election to the House of Representatives and Provincial Assemblies, President Bhandari has said that the HoR and provincial assembly elections were very significant and historical for the implementation of the Constitution of Nepal. She has also expressed the confidence that the elections would, upon successful completion, bring political stability to
More

निर्वाचनको तयारी पूरा

ललितपुर, जिल्लामा निर्वाचनको सबै तयारी पूरा भएको छ । सुरक्षाकर्मी र निर्वाचनमा खटिने कर्मचारी सबै मतदानमा आवश्यक सामग्री लिएर सम्बन्धित स्थलमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालयले बताएको छ । एक सय ३१ मतदानस्थलमा नै कर्मचारी पुगिसकेको कार्यालयका प्रमुख सीता साम्बाले बताउनुभयो । एक मतदान केन्द्रमा १० देखि १२ जना कर्मचारी खटिनेछन् । जिल्लाभरका २७७ मतदान केन्द्रमा तीन हजार एक सय कर्मचारी खटिएका छन् । मतदानमा खटिने कर्मचारीलाई विभिन्न तहका तालीम सञ्चालन भएको थियो । उहाँले भन्नुभयो, “मतदाता शिक्षाका लागि स्वयंसेवकलाई तालीम दिएर कार्यालयले वडापिच्छे खटाइएको छ ।” जिल्लभरमा दुई लाख २८ हजार तीन सय ३८ मतदाता छन् । जिल्लामा प्रतिनिधिसभामा तीन
More

एफ्सी केन्ट गोर्खा भेटरेनले च्यारीटी डिनर नाईट गर्दै

सुरेन्द्र इङ्नाम– केन्ट । एफ्सी केन्ट गोर्खा भेटरेन बेलायतले नेपालमा गएर च्यारिटी फुटबल खेल्ने योजना गत २३ जुलाई २०१७ को दिन बनाए लगत्तै रकम संकलनको लागी मेडिस्टन, बेलायतमा यहि आउदो ८ डिसेम्बर २०१७ को दिन एक च्यारीटी डिनर नाईटको आयोजना गरेको हो । नेपालीहरुले बेलायती सेनामा २०० वर्ष लामो काम गरेको ईतिहाँस सँगै सन २००७ बाट बेलायतमै बस्न पाउने अधिकार पाए यता आफ्नो संस्कार संस्कृति, भाषा तथा नयाँ र पुराना पुस्तालाई जोडेर राख्न साथै कामलाई एकछिन छाडेर समाजमा घुलमिल गराउन या हुनलाई यस क्लबको स्थापना सन २०१४ मा भएको हो । यहि आउदो फरवरी २० देखि ९ मार्चभित्र काठमाण्डै र
More

सेनाले बम निस्क्रिय तुल्यायो

हेटौँडा : हेटौँडा उपमहानगरपालिका–८ कमानेस्थित औद्योगिक क्षेत्रदेखि राईगाउँ जाने सडकमा अज्ञात समूहले आज बिहान नै राखेको सुतली बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय तुल्याएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । भैंसेस्थित सुपारेटार ब्यारेकबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय बनाउँदा कुनै मानवीय र आर्थिक क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका ३२४ मतदान केन्द्रमा कुनै अप्रिय घटना भएको छैन ।
More

Around 1,000 under police control on charge of attempting to spoil polls

Kathmandu, Dec 6 (RSS):The Nepal Police have taken around one thousand people under control on the accusation of attempting to spoil the election atmosphere. So far a total of 957 people have been arrested from different parts of the country on the charge of attacking on political leaders, candidates and cadres. Of them, 600 are associated with the Communist Party of Nepal (Biplav), 13 are reportedly belonged to the CK Raut group and 344 are others. Spokesperson for the Nepal Police, Manoj Neupane, said the Nepal Police is committed to ensuring the security for candidates and voters so as to
More

सिड्नीकाे ओलम्पिक पार्कमा नेपाल आइडलकाे भब्य प्रस्तुती

सिड्नी- अष्ट्रेलियाकाे सिड्नीमा नेपाल आइडलले भब्य प्रस्तुती दिएका छन्। सिड्नीकाे ओलम्पिक पार्कमा साँझ ७ बजे सुरू भएकाे थियाे। कार्यक्रमको सुरुवातमा सिड्नीमा अवस्थित युवाहरुको नृत्य समुह द नेक्स्ट र नेपिण्डोका विभिन्न कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । करिब तीन हजार दर्शकले खचाखच भरिएको ओलम्पिक पार्क स्पोर्टस् सेन्टरको गर्मिलो माहोल आइडलकी प्रमिला राई स्टेजमा उर्तेपछि झनै तातिएकाे थियाे। प्रमिलाले आस्था राउतको चौबन्दीमा पटुकी गीतसहित ४ वटा गीत प्रस्तुत गरेकी थिइन् । त्यसपछि आइडलका सेकेण्ड रनरअप प्रताप दासले धर्मेन्द्र सेवानको हेर्दा राम्रो माछापुच्छेसहित ७ वटा गीत गाए। निसान्त भट्टराईले उकाली ओराली, पिउँदिन भन्दाभन्दै सहित ७ वटा गीत प्रस्तुत गरे । नेपाल आइडल
More

विवाहअघि नै गर्भवती मेघान ?

लन्डन– अमेरिकी अभिनेत्री मेगान मार्केल र बेलायती राजकुमार ह्यारीको हालैको इन्गेजमेन्ट र आगामी वर्षको मे महिनामा विवाह गर्ने समाचारले विश्वमा राम्रै चर्चा पायो । विवाहको सुरसार चलिरहँदा मेघान राजकुमार ह्यरीको पहिलो सन्तानको आमा पनि बन्न लागेको समाचारले विश्वमा सनसनी मच्चाएको छ। बेलायतको एक पत्रिकाले स्रोतको हवाला दिँदै मेघान गर्भवती भएको दाबी गरेको छ । विवाहपछि सन्तानको योजना नपाउँदै विवाहअघि नै मेगान गर्भवती भएपछि राजकुमार ह्यारीले मेगानसँग इन्गेजमेन्ट गरेर विवाहको हतारो गरेको हुन सक्ने सो समाचारमा बताइएको छ। पत्रिकाको दाबीलाई मिल्नेगरि, ह्यारीले हालैको एक अन्तरवार्तामा परिवारको योजना बारे बताएका थिए । ‘समयको एक खुड्किलो अगाडि बढेर हामी भविष्यमा परिवारको शुरुवात गर्नेछौं,’
More

सौराहा र टाँडीमा शंकास्पद वस्तु भेटियो

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहा र टाँडीमा सोमबार शंकास्पद वस्तु भेटिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने सभा नजिकै दुई शंकास्पद वस्तु भेटिएको हो । करिब दुई बजे तिर भेटिएको सो शंकास्पद वस्तु बम हुन सक्ने भन्दै नेपाली सेनाका बम डिस्पोजल टोलीले सो वस्तु साँझ निस्क्रिय पारेको थियो । रत्ननगर–३ स्थित न्यू क्यापिटल कलेज नजिक अपराहन्न शंकास्पद वस्तु भेटिएको भए पनि सभामा भाडदौड मच्चिन सक्ने अवस्थालाई मध्यनजर गरी त्यस वरपर आवतजावत गर्न सुरक्षा निकायले रोक लगाएको थियो । सभा सकिएर सबै घर गएपछि शंकस्पद वस्तु निस्क्रिय गरिएको हो । त्यसैगरी पर्यटकीय नगरी सौराहामा सोमबार एउटा
More